Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री ७ आश्विन २०८१

  • Ritisha Shakya
  • September 23, 2024
  • 375

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री ७ आश्विन २०८१

नेपाल समाचारपत्र लोकसेवा तयारी  सामग्री ७ आश्विन २०८१

वस्तुगत सामग्री

१. याक दिवस कहिले मनाइन्छ ?
– वैशाख ७ गते
२. यहुदी देश इजरायललाई मान्यता दिने एसियाको पहिलो देश कुन हो ?
– नेपाल
– नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएको
– तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको पालामा कूटनीतिक सम्बन्ध कायम भएको
– प्यालेस्टिनी भू–भागबाट इजरायल हट्नुपर्ने प्रस्तावमा १ सय २४ देशले मतदान गरेको
– अमेरिकासहित १४ देशले विपक्षमा मतदान गरेको
– संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरुमध्ये विपक्षमा उभिएको अमेरिका मात्र रहेको
– ४३ वटा देश तटस्थ बसेको
३. रिहार धाम कुन जिल्लामा पर्दछ ?
– दाङ
४. २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गरिएपछि कहिलेदेखि सर्वसाधारणको लागि खुला गरिएको हो ?
– २०८१ साल असोज ३ गते
– विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरिको आदेशमा धरहरा निर्माण गरेको
– प्रथम प्रधानमन्त्री भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तले धरहरा निर्माण गरिएको
– विसं १९१३ मा धरहरा चट्याङ परी भत्किएको
– विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको
– विसं १९९० माघ २ गतेको महाभूकम्पमा परी धरहरा पुनः भत्किएको
– विसं १९९२ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा पुनर्निर्माण गरिएको
– १९९० सालको भूकम्पले भत्काएपछि धरहरा ११ तलाबाट ९ तल्लामा सीमित भएको
– २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट धरहरा पूर्णरूपमा क्षतिग्रस्त भएको
– २०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘मेरो धरहरा, मै बनाउछु’ अभियान शुरु गरिएको
– २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माणको काम शुरु भएको
– २०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा धरहराको उद्घाटन गरिएको
५. १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कुन जिल्लामा आयोजना गरिएको छ ?
– सुर्खेत
– २०८१ मंसिर २ गतेका लागि तय भएको
– २०३८ सालमा पहिलोपटक शुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु गरिएको
– प्रतियोगिता हरेक दुई वर्षमा आयोजना गर्ने गरिएको
६. २०८१ सालको भैरव पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?
– हास्यव्यंग्यकार लक्ष्मण गाम्नागे (पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपियाँ रहेको)
– भैरव वाङ्मय पुरस्कार – चूडामणि गौतम (पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रुपियाँ रहेको)
– भैरव प्रतिभा पुरस्कार – लक्ष्मी गिरी (पुरस्कार राशी ५१ हजार १ सय ११ रुपियाँ रहेको)
७. किर्मी जिउला मन्दिर कुन जिल्लामा पर्दछ ?
– जुम्ला
८. २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपको फाइनलमा नेपालकी एरिका गुरुङलाई पराजित गर्ने खेलाडी को हुन् ?
– भियतनामकी नाओन थि नुयेन
– गुरुङले रजत पदक प्राप्त गरेको
– चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजीमाथि तौल समूहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग एरिका ६ – ० ले पराजित भएको
– एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले पहिलोपटक यो पदक प्राप्त गरेको
९. विश्व शान्ति दिवस कहिले मनाइन्छ ?
– सेप्टेम्बर २१
– विश्व शान्ति सूचकाङ्क–२०२४ अनुसार नेपाल ८०औं स्थानमा पर्ने
– सूचकाङ्कको पहिलो स्थानमा आइसल्यान्ड र अन्तिम स्थानमा यमन पर्ने

विषयगत सामग्री

१. मर्यादापालकको पदमा नियुक्त हुनका लागि आवश्यक योग्यताहरु के–के हुन् ? मर्यादापालकले पालना गर्नुपर्ने आचरणहरु उल्लेख गर्दै संसद्मा मर्यादापालकको भूमिका माथि प्रकाश पार्नुहोस् ।
पृष्ठभूमि
–  राष्ट्रिय सभा नियमावली–२०७५ ले संघीय संसद्को सदन वा समितिको बैठकमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीबाट खटिएका तथा सचिवालयले सेवा करारमा नियुक्त गरेका पूर्वसैनिक वा प्रहरीलाई मर्यादापालकका रूपमा परिभाषित गरेको छ।
– संघीय संसद् सचिवालयसम्बन्धी ऐन–२०६४ को परिच्छेद ११ तथा संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली–२०६५ को परिच्छेद १४ मा मर्यादापालक सम्बन्धी विस्तृत व्यवस्था गरिएको छ ।
–  संघीय संसद्मा रहने ७ वटा समूहमध्ये मर्यादापालन समूहको समेत व्यवस्था गरिएको छ ।
–  सदनलाई मर्यादित र व्यवस्थित बनाउन एवं शान्ति सुरक्षा कायम गर्न मर्यादापालकको व्यवस्था गरिएको हुन्छ ।
मर्यादापालकको पदमा नियुक्त हुनका लागि आवश्यक योग्यताहरु
–  नेपाली नागरिक
– नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी सेवाको सम्बन्धित तहको पदमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको सेवारत वा सेवा निवृत्त व्यक्ति
– दरखास्त दिने अन्तिम मितिसम्ममा ५५ वर्ष ननाघेको
– स्वीकृत चिकित्सकको पदबाट शारीरिक र मानसिक रूपमा तन्दुरुस्त रहेको भनी प्रमाणित गरिएको
–  कुनै पनि राजनीतिक दलको सदस्य नरहेको
– भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको
– भ्रष्टाचार वा अन्य कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको
मर्यादापालकले पालना गर्नुपर्ने आचरणहरु
–  आफ्नो सेवा वा पद अनुकूलको आचरण पालन गर्नुपर्ने
– सचिवालयबाट निर्धारित समयमा नियमित रूपले कार्यालयमा हाजिर हुनुपर्ने
– बिदाको स्वीकृति नलिई कार्यालयमा अनुपस्थित हुन नहुने
– अनुशासनमा रही आफ्नो कर्तव्य इमानदारी र तत्परताको साथ पालन गर्नुपर्ने
–  संघीय संसद् र नेपाल सरकारको नीति विपरीत हुने गरी सार्वजनिक भाषण दिन वा वक्तव्य प्रकाशन गर्न नहुने
–  कर्तव्य पालना गर्दा जानकारीमा आएको कुनै गोप्य वा कानुनद्वारा निषेधित सूचना अनधिकृत व्यक्ति वा प्रेस वा अन्य निकायलाई दिन वा बताउन नहुने
– कुनै कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
–  कुनै पनि राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव पार्न नहुने
– कुनै पनि किसिमको प्रदर्शन, हड्ताल, थुनछेक तथा घेराउ जस्ता कार्यमा सरिक हुन नहुने
– आफू वा आफ्नो परिवारलाई मर्का परेको विषयमा आफैंले वा वारेसद्वारा सम्बन्धित निकाय वा अधिकारी समक्ष निवेदन दिन बाहेक अरूको तर्फबाट प्रतिनिधित्व गर्न नहुने
–  सबैप्रति शिष्ट व्यवहार गर्नुपर्ने
संसद्मा मर्यादापालकको भूमिका
– सचिवालयका महासचिवको सुपरीवेक्षणमा रही दुवै सदनको बैठक नियमित ढंगले सञ्चालन गर्ने गराउने कार्यमा आवश्यक भूमिका निर्वाह गर्ने
–  सभामुख वा अध्यक्षको आदेश अनुसार बैठक कक्षबाट बाहिर जान अस्वीकार गर्ने सदस्यलाई बाहिर पठाउने

– प्रतिनिधिसभा नियमावली–२०७५ तथा राष्ट्रिय सभा नियमावली–२०७५ मा उल्लेखित बैठकहरुमा सुव्यवस्था काम राख्ने सभामुख/अध्यक्षको आदेश/निर्देशन बमोजिम कार्यहरु गरी मर्यादा र सुव्यवस्था कायम गर्ने
– संघीय संसद् भवन, सभा भवन समिति हलहरुको सम्पूर्ण कार्यहरुलाई सुरक्षित एवं मर्यादित बनाउने
– विदेशी कूटनैतिक निकायका पदाधिकारीहरुको भेटघाट एवं बैठकमा समन्वयकारी भूमिकाका साथै आवश्यक प्रबन्ध मिलाउने
– संघीय संसद् भवनमा सञ्चालन हुने सभाको बैठक समिति उपसमितिहरुको बैठकमा सुरक्षा व्यवस्था मिलाउने
– संसद् सचिवालयमा काम विशेषले आउने विभिन्न संघ संस्थाका व्यक्तित्व, सर्वसाधारण तथा पत्रकारहरुलाई सोधपुछ, चेकजाँच गरी सम्बन्धित स्थानसम्म प्रवेशको व्यवस्था मिलाउने
– संसद् सचिवालय तथा संसद् भवनको ड्युटीहरु खटनपटन गर्दा र विशेष परिस्थितिहरुमा बाहिरी घेरामा सुरक्षा प्रदान गर्न अन्य सुरक्षा इकाइहरुसँग समन्वय गरी सुरक्षा व्यवस्था भरपर्दो बनाउने
– सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, महासचिव र दुवै सभाका सचिवालयो सम्पर्कमा रही आवश्यक सुरक्षा व्यवस्था मिलाउने
– सभाहलको दर्शकदिर्घामा आउने व्यक्तिहरुको निगरानी गरी हुन सक्ने खतराको रोकथाम गर्ने
– सभा/समितिहरुमा आउने आगुन्तक, आमन्त्रित पत्रकारहरुलाई सुरक्षा जाँच गरी तोकिएको स्थानमा बस्ने व्यवस्था गर्ने
– संसदीय पदाधिकारीहरु वा सांसदको शपथ ग्रहणसम्बन्धी समारोहको प्रबन्ध मिलाउन आवश्यक सहयोग गर्ने
– संसद्को बैठकमा आउने दर्शकका लागि संसद् सचिवालयबाट वितरण गरिएको प्रवेश पास सम्बन्धित आगन्तुकसँग भए नभएको यकिन गरी प्रवेशको व्यवस्था मिलाउने
– संयुक्त संसद् तथा दुवै सदनका संसदहरुको आसनसम्बन्धी व्यवस्थापनमा सहयोग पु¥याउने
– संघीय संसद् तथा संघीय संसद् सचिवालयको शान्ति सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने ड्रिल तथा तालिम समय समयमा गर्ने/गराउने
निष्कर्ष
संसद्मा दलहरुबीचको सैद्धान्तिक मतभेदका कारण अवरोध हुने तथा लामो समयसम्म प्रतिपक्षबाट विरोध र नारा जुलुसकाका बाबजुद सदन चल्दा हुन सक्ने झडप र अप्रिय अवस्था रोक्न एवं सदनमा हुने नाराबाजी, बेल घेराउ र अवरोधको अवस्थामा मर्यादापालकको भूमिका महत्वपूर्ण रहन्छ ।
२. मानव बेचविखन र मानव तस्कारीबीचको भिन्नता प्रस्तुत गर्नुहोस् ।
– मानव बेचविखनमा नाबालहरुको हकमा बाहेक बल प्रयोग, धोका वा करकाप जस्ता तत्वहरुको प्रयोग भएको हुनुपर्दछ भने मानव तस्करीमा तस्करीमा परेको मान्छे आफैं सहयोग गरिरहेको हुन्छ ।
–  मानव बेचविखनमा दास बनाइएका हुन्छन्, सीमित हिँडडुल गर्न दिइएको हुन्छ, एकान्तमा राखिएको हुन्छ भने मानव तस्करीको हकमा तस्करीमा परेका मानिसलाई कानुन उल्लङ्घनकर्ताका रूपमा लिइन्छ ।
– मानव बेचविखनमा बलजफ्ती श्रम वा शोषण गरिएको हुन्छ भने मानव तस्करीमा उनीहरु काम छाड्न वा परिवर्तन गर्न स्वतन्त्र हुन्छन् ।
– मानव बेचविखनमा पीडितको वास्तविक चलमल आवश्यक छैन भने मानव तस्करीमा तस्करले व्यक्तिलाई एक देशबाट अर्को देशमा मानिसहरुको अवैध प्रवेश गर्न पाउँछ ।
– मानव बेचविखनमा अन्तर्राष्ट्रिय सीमा नाघेर जानु जरुरी छैन भने मानव तस्करी जहिले पनि अन्तर्राष्ट्रिय सीमा नाघेर हुन्छ ।
– मानव बेचविखनमा व्यक्ति श्रम, सेवा वा यौन व्यवसायमा संलग्न हुनुपर्छ भने मानव तस्करीमा व्यक्ति अनधिकृत रूपमा अन्य देशभित्र प्रवेश गरेको वा प्रवेश गर्ने प्रयास गरेको हुनुपर्दछ ।
३. नेपालको संविधानमा स्थानीय आर्थिक कार्यप्रणालीको सम्बन्धमा गरिएको व्यवस्था स्पष्ट पार्नुहोस् ।
– कानुन बमोजिम बाहेक स्थानीय तहमा कुनै कर लगाउन, उठाउन र ऋण लिन नपाइने
–  स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा देहायका कुरामा प्रतिकूल नहुने गरी कानुन बनाई कर लगाउन सक्ने :
– राष्ट्रिय आर्थिक नीति
–  वस्तु तथा सेवाको ओसारपसार
– पुँजी तथा श्रम बजार
–  छिमेकी प्रदेश वा स्थानीय तह
– स्थानीय तहअन्तर्गतका प्रत्येक गाउँपालिका र नगरपालिकामा एक स्थानीय सञ्चित कोष रहने
–  स्थानीय सञ्चित कोषमा देहायका रकमहरु रहने :
–  गाउँपालिका वा नगरपालिकालाई प्राप्त हुने सबै प्रकारको राजस्व
– नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान
–  गाउँपालिका वा नगरपालिकाले लिएको ऋण रकम
– अन्य स्रोतबाट प्राप्त हुने रकम
–  स्थानीय सञ्चित कोषबाट गर्न सकिने खर्च सम्बन्धी व्यवस्था स्थानीय कानुन बमोजिम हुने
– गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानुन बमोजिम गाउँसभा वा नगरसभामा पेस गरी पारित गराउनुपर्ने
– घाटा बजेट निर्माण गर्नुपर्ने भएमा घाटा पूर्ति गर्ने स्रोत समेतको प्रस्ताव गर्नुपर्ने
४. बहसकलाका तत्वहरु के–के हुन् ? बहसकलाका चरणहरु उल्लेख गर्दै बहस व्यवस्थापनका विषयवस्तुहरुबारे स्पष्ट पार्नुहोस्।
पृष्ठभूमि
– तथ्य र प्रमाणका आधारमा पक्षले लिएको जिकिर एवं दाबी पुस्ट्याइँ र विपक्षको दाबीको खण्डन गर्न मुद्दा हेर्ने अधिकारीसमक्ष प्रस्तुत गरिने तर्क एवं अभिव्यक्तिलाई बहस भनिन्छ ।
–  उक्त बहस इजलासमा प्रभावकारी, युक्तिसंगत्, कलात्मक, विद्वतापूर्ण तरिकाले प्रस्तुत गर्ने विधि, कला, सीप र शैलीलाई बहसकला भनिन्छ ।
–  आफूले अभिव्यक्त गर्न खोजेको बहसलाई निश्चित तथा निर्धारित समयभित्र सबै विषयवस्तुलाई समेटी मिठास र तर्कपूर्ण तरिकाले अदालतलाई प्रभाव पार्न सक्ने गरी प्रस्तुत गर्नु नै बहस व्यवस्थापन हो ।
बहसकलाका तत्वहरु
–  अध्ययनशीलता
– सच्चरित्रता
– सदाचारिता
– इमानदारिता
– वाकपटुता
– तीक्ष्ण स्मरणशक्ति
–  तार्किकता
– सत्यवादिता
– आत्मविश्वास
–  प्रभावशाली व्यक्तित्व
– अनुभव
– विश्लेषात्मक क्षमता
– व्यवसायिक चरित्र
– मर्यादित भाषा
–  सहनशीलता
– शुद्ध भाषा
– कानुनी ज्ञान
– इजलासको सम्मान
बहसकलाका चरणहरु
(क) तयारी चरण
– तथ्यहरुको संकलन
– मिसिल अध्ययन
– सन्दर्भ सामग्रीहरुको संकलन
– प्रमाणहरुको विश्लेषण
–  सहकर्मीसँग कार्यविभाजन
–  बुँदा टिपोट
–  आधुनिक प्रविधिको प्रयोग
–  निर्धारित पोशाक
–  बहस प्रस्तुति योजना
(ख) प्रस्तुति चरण
–  परिचय
–  सम्मानजनक ढंगबाट सम्बोधन
– विवादमा निरुपण हुनुपर्ने कुराप्रतिको स्पष्टता
– योजनाबद्ध र सिलसिलेवार प्रस्तुति
– सबुत प्रमाण, सम्बन्धित कानुन, नजिर, अन्तर्राष्ट्रिय अभ्यासहरुको प्रस्तुति
–  विनम्र र मर्यादित हाउभाउ
–  इजलासको जिज्ञाशा प्रतिको दृष्टिकोण
(ग) जवाफ/प्रतिउत्तरको चरण
–  प्रतिउत्तरका लागि बुँदा टिपोट
–  विपक्षी कानुन व्यवसायीले उठाएको प्रश्नको खण्डन
– सामान्य भुल सुधार
–  बिदा हुने शैली
बहस व्यवस्थापनका विषयवस्तुहरु
(क) मिसिल व्यवस्थापन
– कागजातहरु दुरुस्त भए नभएको रुजु गर्ने
–  सम्बन्धित निकायबाट कागजात संकलन गर्ने
– आफ्नै सक्रियतामा आवश्यक कागजात जुटाउने
– मिसिल ठूलो भए पञ्जिका बनाइ छुट्याउने
–  कागजातको पहिचान खुल्ने नम्बर राख्ने
–  अक्षर मेटिएको, स्पष्ट नभएको, च्यातिएको अवस्थामा आवश्यक कागजातको नक्कल ल्याई सामेल गर्ने
(ख) तथ्यहरुको विश्लेषण
– मुद्दाको तथ्यहरुको पहिचान गर्ने
–  मुद्दामा मुख मिलेको र मुख नमिलेको कुरा के हुन छुट्याउने
– प्रमाणको भार कोसँग छ यकिन गर्ने
–  न्यायकर्ताले ठहर गर्नुपर्ने कुरालाई प्रमाणित वा खण्डन गर्ने प्रमाणहरु छुट्याउने
(ग) लिखत कागजहरुको क्रमबद्धता
–  मिति अनुसार फाइलिङ गरेर राख्ने
–  पक्ष–विपक्षका प्रमाणको छुट्टाछुट्टै पञ्जिका बनाउने
– आवश्यक कागज तत्काल फेला पर्ने गरी पहिचान चिह्न राख्ने
(घ) सम्बन्धित कानुनको ज्ञान
–  सम्बन्धित ऐन, कानुन, नियम, आदेश, सूचना संकलन र जानकारी गर्ने
– समय–समयमा भएका संशोधन, खारेजी, परिमार्जनमा अध्यावधिक हुने
(ङ) कार्यविधि कानुनहरु बारे जानकारी
(च) प्रमाण कानुन सम्बन्धी ज्ञान
(छ) कानुन तथा न्यायका मान्य सिद्धान्तको ज्ञान
(ज) प्रतिपादित नजिरहरुको जानकारी
(झ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नवीनतम अवधारणाको जानकारी
निष्कर्ष
कानुन व्यवसायीले पक्षको तर्फबाट रोचक तर्क, वितर्क, छलफल एवं प्रस्तुति सहित क्रमबद्ध, समयबद्ध, चरणबद्ध, व्यवस्थित, सिलसिलेवार र वैज्ञानिक ढंगबाट बहस गर्नुपर्दछ ।
५. वित्तीय उत्तरदायित्वको महत्व दर्साउँदै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७४ मा वित्तीय उत्तरदायित्वको सम्बन्धमा गरिएको व्यवस्था उल्लेख गर्नुहोस् ।
पृष्ठभूमि
–वित्तीय कारोबारमा संलग्न जिम्मेवारी अधिकारीले कानुनप्रदत्त अधिकारको प्रयोग गर्दा पूरा गर्नुपर्ने दायित्व तथा सरोकारवालाहरुलाई जवाफ दिने प्रक्रिया नै वित्तीय उत्तरदायित्व हो ।
– वित्तीय अधिकार प्रयोग गर्ने पदाधिकारीले आफूले गरेको कामको औचित्य, कानुनी आधार, प्रतिफल र नतिजाको जिम्मेवारी बहन गर्ने प्रणाली नै वित्तीय उत्तरदायित्व हो ।
वित्तीय उत्तरदायित्वको महत्व
– आर्थिक गतिविधिहरुमा पारदर्शिता अभिवृद्धि गर्न
–आम्दानी र खर्च प्रक्रियामा जवाफदेहिता कायम गर्न
–आर्थिक अनियमितता एवं भ्रष्टाचारजन्य गतिविधिमा कमी ल्याउन
– स्रोत साधनको विवेकपूर्ण र मितव्ययी प्रयोग गर्न
–सेवा प्रवाहमा प्रभावकारिता ल्याउन
–निर्धारित समयमा कामहरु सम्पन्न गर्न
वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनमा भएको व्यवस्था
– देहायको कार्य गरी वित्तीय उत्तरदायित्व कायम गर्ने/गराउने कर्तव्य संवैधानिक अङ्ग तथा निकायको हकमा सम्बन्धित संवैधानिक अङ्ग तथा निकायको प्रमुख, मन्त्रालय तथा केन्द्रीयस्तरको सचिवालय तथा आयोगको हकमा सम्बन्धित मन्त्रालयका विभागीय मन्त्री वा राज्यमन्त्रीको हुने :
– योजना छनोट गर्ने
–  मध्यमकालीन खर्च संरचना तयार गर्ने
– बजेट प्रस्ताव गर्ने
–  सरकारी सम्पत्तिको संरक्षण, व्यवस्थापन गर्ने/गराउने
– बजेट समर्पण गर्ने/गराउने
– योजना तथा कार्यक्रमको अनुगमन गर्ने
–  लेखा राख्ने, खर्च गर्ने तथा बेरुजु फस्र्यौट गर्ने/गराउने लगायतका वित्तीय उत्तरदायित्व बहन गर्ने जिम्मेवारी सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुने
–  विभागीय मन्त्री वा राज्यमन्त्रीबाट वित्तीय उत्तरदायित्व बहन भए÷नभएको सम्बन्धमा प्रधानमन्त्रीबाट निगरानी हुने
–  लेखा उत्तरदायी अधिकृतबाट वित्तीय उत्तरदायित्व बहन भए÷नभएको सम्बन्धमा संवैधानिक निकायको हकमा त्यस्तो निकायको प्रमुख र अन्य निकायको हकमा सम्बन्धित विभागीय मन्त्री वा राज्यमन्त्रीबाट निगरानी हुने
–  वित्तीय उत्तरदायीत्व बहन गर्ने गराउने सम्बन्धमा सम्बन्धित पदाधिकारीको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी र प्रक्रिया तोकिए बमोजिम हुने
निष्कर्ष
वित्तीय उत्तरदायित्वको अवधारणाले बजेट निर्माण पूर्व, बजेट निर्माणको चरण, बजेट कार्यान्वयन र बजेट कार्यान्वयनको परीक्षणका सबै क्षेत्रहरूमा वित्तीय अनुशासनको परिकल्पना गरेको हुन्छ । साथै, वित्तीय उत्तरदायित्वले विनियोजन दक्षता, खर्च गर्न सक्ने दक्षता र खर्चको औचित्यता नियमितता पारदर्शिता तथा उत्तरदायित्वको आयाममा जोड दिएको हुन्छ ।

 

– ताराप्रसाद ओली
सहायक न्यायाधिवक्ता (शाखा अधिकृत)
महान्यायाधिवक्ताको कार्यालय

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 250
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 259
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 133
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 259
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA