Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कर्मचारी सञ्चय कोष, प्रशासन, पाँचौ, प्रमुख सहायक पदमा सोधिएका प्रश्नहरू

  • Engineering Nepal
  • July 24, 2024
  • 804

कर्मचारी सञ्चय कोष, प्रशासन, पाँचौ, प्रमुख सहायक पदमा सोधिएका प्रश्नहरू

कर्मचारी सञ्चय कोष, प्रशासन, पाँचौ, प्रमुख सहायक पदमा सोधिएका प्रश्नहरू

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी क्षेत्रको प्रयास (BIMSTEC) मा हाल कुर्म कुन राष्ट्र सदस्य रहेका छन्?

A) बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटान

B) भारत, नेपाल, पाकिस्तान, म्यानमार, श्रीलंका, भुटान र बंगलादेश

C) भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल, भुटान र लाओस

D) भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल, भुटान र चीन

 

संयुक्त राष्ट्रसंघको पहिलो महासचिव को हुन्?

A) ट्रिग्वे ली

B) ड्याग ह्यामर सोल्ड

C) उ थान्त

D) बुत्रोस बुत्रोस घाली

 

विश्व वातावरण दिवस कहिले मनाइन्छ?

A) जुलाई ५

B) जुन ५

C) अप्रिल १५

D) मार्च ८

 

दिगो विकास प्रतिवेदन, २०२३ मा नेपाल कति औं स्थानमा रहेको छ?

A) ९१

B) ९७

C) ९८

D) ९९

 

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा शहरी क्षेत्रको जनघनत्व (जना प्रति वर्ग कि.मी.) कति रहेको छ?

A) ११०

B) १५१

C) १८०

D) २४०

 

भिटामिन B1 कमीको कारणले लाग्ने रोग तलका मध्ये कुन हो?

A) वरीवेरी

B) रतन्चो

C) रिकेंट्स

D) क्यान्सर

 

मौरी र महको प्रयोगद्वारा गरिने रोगको उपचार विधिलाई के भनिन्छ?

A) नेचुरोथेरापी

B) फोटोथेरापी

C) केमोथेरापी

D) एपिथेरापी

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण कहिले भएको थियो?

A) वि.सं. २०८० कार्तिक १२-१५

B) वि.सं. २०८० कार्तिक १६-१९

C) वि.सं. २०८० मंसिर ७-१०

D) वि.सं. २०८० मंसिर १०-१३

 

राष्ट्रिय जनगणना, २०७८ अनुसार देशभरमा घर संख्या कति रहेको छ?

A) ७० लाख ५० हजार ९०

B) ७१ लाख ५५ हजार ७६

C) ७५ लाख ५२ हजार ६६

D) ७६ लाख ७७ हजार ८०

 

सापेक्षताको सिद्धान्तका प्रतिपादक को हुन्?

A) आर्किमिडिज

B) निल्स बोहर

C) न्यूटन

D) अल्बर्ट आइन्स्टाइन

 

नेपाल सरकारले टिकटकमाथि कहिले प्रतिबन्ध लगाएको थियो?

A) वि.सं. २०८० कार्तिक ७

B) वि.सं. २०८० कार्तिक २०

C) वि.स. २०८० कार्तिक २७

D) वि.सं. २०८० मंसिर २७

 

‘चार्ली फोस्टर नेपाल र अर्को कुन देशले साइबर अपराध विरुद्ध चलाएको अपरेशन हो?

A) भारत

B) चीन

C) अमेरिका

D) बेलायत

 

विसं २०८० साल माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचन जम्मा कति सिटका लागि भएको थियो?

A) १५

B) १८

C) १९

D) २०

 

काभ्रेपलाञ्चोक जिल्लाको पनौती न.पा र ललितपुर जिल्लाको गोदावरी नपा अन्तर्गत पर्ने फुल्चोकी वनक्षेत्रलाई कहिले संरक्षण क्षेत्र तोकिएको हो?

A) वि.सं २०७९ असार

B) वि.सं. २०७९ वैशाख

C) वि.सं २०७८ असार

D) वि.स २०७८ वैशाख

 

महाभारत पर्वत श्रेणीको सबैभन्दा अग्लो भाग कुन जिल्लामा पर्दछ?

A) धादिङ

B) दैलेख

C) मकवानपुर

D) दोलखा

 

तल दिइएका मध्ये कुन स्थानको पुरानो नाम ‘अमरापुरी हो?

A) फर्पिङ

B) खोकना

C) भृकुटीमण्डप

D) बुङमती

 

६ चुलीको हिमाल भनेर कुन हिमाललाई चिनिन्छ?

A) गणेश

B) माछापुच्छ्रे

C) लाङटाङ

D) धवलागिरि

 

नेपालको उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ?

A) राप्ती

B) त्रिशुली

C) सानी भेरी

D) बबई

 

भित्री मधेश क्षेत्रमा पर्ने जिल्ला तलका मध्ये कुन होइन?

A) सिन्धुली

B) सल्यान

C) दाङ

D) सुर्खेत

 

नेपालमा दोस्रो संविधान सभाको निर्वाचन कहिले भएको थियो?

A) वि.सं २०६८ वैशाख २४

B) वि.सं २०६९ चैत्र २८

C) वि.सं २०७० मंसिर ४

D) वि.सं. २०७० चैत्र २६

 

काठमाडौंमा इन्द्रजात्रामा प्रदर्शन गरिने आकाश भैरवको शिरलाई कसको शिर मानिन्छ?

A) मञ्जुश्री

B) यलम्बर

C) गोरखनाथ

D) शिखी बुद्ध

 

निवृत्तिभरण सम्बन्धी कार्य गर्ने अड्‌डा कौशीतोषाखाना को स्थापना कसले गरेका हुन्?

A) पृथ्वीनारायण शाह

B) राम शाह

C) जंगबहादुर राणा

D) श्री ५ महेन्द्र

 

लिच्छविकालमा पसलमा लगाइने करलाई के भनिन्थ्यो?

A) मल्ल कर

B) सिंकर

C) आपण कर

D) तैल कर

 

तल दिइएका उपनाम र ऐतिहासिक व्यक्तित्व बीच जोडा मिलाइ सही विकल्प रोज्नुहोस् ।

उपनाम                      व्यक्तित्व

क) फिष्टे महाराज            १) गणेशमान सिंह

ख) जिउँदो सहिद            २) जुद्धशमशेर

ग) राजर्षि महाराज          ३) टंकप्रसाद आचार्य

घ) लौहपुरूष                ४) चन्द्रशम्शेर

 

A) क-२, ख-१, ग-४, घ-३

B) क-४, ख-३, ग-२, घ-१

C) क-३, ख-१, ग-४, घ-२

D) क-४, ख-२, ग-३, घ-१

 

जग्गा धनीलाई तल्सिङ र जग्गा कमाउनेलाई मोही भन्ने चलन चलाउने राजा को हुन्?

A) अभय मल्ल

B) प्रताप मल्ल

C) जयस्थिति मल्ल

D) रणजीत मल्ल

 

राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको पालिका कुन हो?

A) कञ्चन गा.पा (रुपन्देही)

B) राप्ती गा.पा. (दाङ)

C) कागेश्वरी मनोहरा न.पा (काठमाडौं)

D) राप्ती सोनारी गा.पा (बाँके)

 

कोशी नदीको लगभग बीच भागमा अवस्थित किराँत जातिको ऐतिहासिक धार्मिक महत्त्व रहेको पवित्र ढुंगाको नाम के हो?

A) खुवालुङ

B) तुवाचुङ

C) चोत्लुङ

D) मुकुमलुङ

 

मगर जातिको धार्मिक कार्य गर्ने जातीय पुरोहितलाई के भनिन्छ?

A) ब्राह्मण

B) गुभाजु

C) विजुवा

D) भुसाल

 

बुद्धधर्मको प्रमुख धार्मिक ग्रन्थ त्रिपिटकमा तलका मध्ये कुन पिटक पर्दैन?

A) विनय पिटक

B) शुक्त पिटक

C) अभिघम्म पिटक

D) महायान पिटक

 

नेपाल सरकारले कहिले कमैया मुक्तिको घोषणा गरेको हो?

A) वि.सं २०५७ साउन २

B) वि.सं. २०५८ साउन २

C) वि.सं २०५९ साउन २

D) वि.सं. २०६० साउन २

 

देउकी प्रथा तल दिइएका मध्ये कुन प्रदेशमा प्रचलित प्रथा हो?

A) कोशी

B) गण्डकी

C) कर्णाली

D) सुदूरपश्चिम

 

अलैची बढी उत्पादन हुने जिल्ला तलका मध्ये कुन हो?

A) इलाम

B) ताप्लेजुङ

C) झापा

D) मोरङ

 

नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा बढी पर्यटक भारतवाट आउँछन् भने भारतपछि सबैभन्दा बढी कुन देशबाट पर्यटक भित्रिन्छन्?

A) अमेरिका

B) चीन

C) बेलायत

D) अष्ट्रेलिया

 

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्धन गर्न आयोजना बैंक (Project Bank) स्थापना गर्ने कार्य कुन निकायबाट हुने गरेको छ?

A) अर्थ मन्त्रालय

B) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

C) राष्ट्रिय योजना आयोग

D) लगानी बोर्ड

 

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा साधारण खर्चमा मितव्ययिता अपनाउन कति वटा संस्थाहरू खारेज गरिने उल्लेख थियो?

A) १८

B) २०

C) २२

D) २४

 

कुल गार्हस्थ उत्पादनमा बढीबाट कम योगदान भएको प्रदेशको क्रम तलका मध्ये कुन सही छ?

A) कोशी, लुम्बिनी, बागमती

B) लुम्बिनी, कोशी, बागमती

C) बागमती, कोशी, लुम्बिनी

D) बागमती, लुम्बिनी, कोशी

 

नेपालमा बजेटको सुरुवात कहिले भयो?

A) वि.सं. २००८ पुष २१

B) वि.सं. २००८ माघ २१

C) वि.सं. २००९ पुष २१

D) वि.सं. २००९ माघ २१

 

नेपालको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र कुन हो?

A) उद्योग

B) कृषि

C) सेवा

D) जलविद्युत

 

औद्योगिक व्यवसाय ऐन, २०७६ मा गरिएको उद्योगको वर्गीकरण अनुसार कति रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योगलाई साना उद्योग भनिन्छ?

A) १० करोड

B) १५ करोड

C) २० करोड

D) ५० करोड

 

५०. कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको बीमा गर्ने कार्यको सुरूवात कहिले देखि गरेको हो?

A) वि.सं २०७५ मंसिर १

B) वि.सं २०७६ मंसिर १

C) वि.सं २०७७ मंसिर १

D) वि.सं २०७८ मंसिर १

राष्ट्रिय सहकारी विकास बोर्डको अध्यक्षता कसले गर्दछ?

A) प्रधानमन्त्री

B) अर्थमन्त्री

C) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वा राज्य मन्त्री

D) नेपाल सरकारबाट मनोनित व्यक्ति

 

कर्मचारी सञ्चय कोषमा कार्यरत कर्मचारीले तल दिइएका मध्ये कुन बिदा आधा दिन पनि लिन पाउँछन्?

A) निपरी आउने बिदा

B) घर बिदा

C) बिरामी बिदा

D) प्रसुति बिदा

 

हरेक वर्ष अंग्रेजी महिनाको डिसेम्बर १० मा कुन दिवस मनाइन्छ?

A) विश्व हुलाक दिवस

B) मानव अधिकार दिवस

C) विश्व पर्यटन दिवस

D) विश्व एड्स दियस

 

कर्मचारी सञ्चय कोषले प्रदान गर्ने सापटी तथा कर्जामा तलका मध्ये कुन पर्दैन?

A) घर सापटी

B) सवारी साधन खरिद कर्जा

C) विशेष सापटी

D) जग्गा खरिद कर्जा

 

नेपालको संविधानमा राष्ट्रिय गानको व्यवस्था कुन अनुसूचीमा गरिएको छ?

A) १

B) २

C) ३

D) 4

 

कर्मचारी सञ्चय कोषले नेपाल सरकारसँग राय वा स्वीकृतिका लागि समन्वय गर्दा कुन मन्त्रालय मार्फत सम्पर्क गर्ने व्यवस्था रहेको छ?

A) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय

B) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

C) अर्थ मन्त्रालय

D) कोषले सिधै सम्पर्क गर्ने गर्छ

 

नेपालको संविधान अनुसार देशको मुल संरचना संघ, प्रदेश र स्थानीय तह हुनेछ भन्ने व्यहोरा कुन भाग र धारामा उल्लेख गरिएको छ?

A) भाग ४, धारा ५६

B) भाग ५, धारा ५६

C) भाग ५, धारा ५७

D) भाग ५. धारा ५८

 

नेपालको कूटनीतिक सम्बन्ध देहायका मध्ये कुन मुलुकसँग सबैभन्दा पछि स्थापना भएको हो?

A) भारत

B) बेलायत

C) चीन

D) जापान

 

सार्क ऊर्जा केन्द्र कहाँ अवस्थित छ?

A) बंगलादेशको ढाका

B) नेपालको भक्तपुर

C) पाकिस्तानको इस्लामावाद

D) श्रीलंकाको कोलम्बो

 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थापना गर्दा बडापत्रमा हस्ताक्षर गर्ने राष्ट्रप्रमुख तलका मध्ये को होइनन्?

A) जनरल परवेज मुसरफ (पाकिस्तान)

B) राजिव गान्धी (भारत)

C) मौमुन अब्दुल गयुम (मालदिभ्स)

D) हुसेन मोहमद एर्साद (बंगलादेश)

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 12
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 110
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 67
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 41
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA