Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

जनक शिक्षा सामग्री प्रशासन, पाँचौं, वरिष्ठ सहायक २०८१/०३/१९ मा सोधिएको GK प्रश्नहरू

  • Engineering Nepal
  • July 04, 2024
  • 532

जनक शिक्षा सामग्री प्रशासन, पाँचौं, वरिष्ठ सहायक २०८१/०३/१९ मा सोधिएको GK प्रश्नहरू

जनक शिक्षा सामग्री  प्रशासन, पाँचौं, वरिष्ठ सहायक २०८१/०३/१९ मा सोधिएको GK प्रश्नहरू

1. गोरखा जिल्लाको विशेषता तलका मध्ये कुन होइन ?

A) तिब्बतसँग जोड्ने ग्याला भञ्ज्याङ रहेको छ

B) गोरखनाथ मन्दिर तथा मनकामना मन्दिर रहेको छ

C) आबुखैरेनी गाउँपालिका रहेको छ

D) रूक्चे ताल तथा कल्छुमन ताल रहेको छ

 

2. सबैभन्दा उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो?

A) सल्लेरी

B) चामे

C) फिदिम

D) सिमिकोट

 

3. नेपालको इतिहासमा राणाकालीन प्रशासनिक अड्डा खड्ग निशान अड्डा ले के काम गर्दथ्यो?

A) श्री ३ को सचिवालय/प्रधानमन्त्रीको कार्यालय हेर्न

B) परराष्ट्र मामिला सम्बन्धी कार्य हेर्ने

C) लेखा राख्ने र लेखा परीक्षण गर्ने

D) गरगहनाको व्यवस्था गर्ने

 

4. महर्षि वाल्मिकीले रामायण महाकाव्य कुन नदीको किनारमा बसेर रचना गरेका थिए?

A) सरयू

B) तामस

C) चर्नवती

D) गण्डकी

 

5. खैरेनीघाट कृतिका लेखक को हुन्?

A) शंकर कोइराला

B) धुक्चन्द्र गौतम

C) रूद्रराज पाण्डे

D) झमककुमारी घिमिरे

 

6. निम्न मध्ये कुन जातिको भाषालाई आग्नेय परिवारको मानिन्छ?

A) झाँगड

B) व्यासी

C) सतार

D) धिमाल

 

7. नेपालको कुन प्रशासन सुधार आयोगले गरेको थियो ? कर्मचारीको संख्या २५ प्रतिशतले कटौती गर्न सिफारिस

A) प्रशासन सुधार आयोग, २०२५

B) प्रशासन सुधार आयोग. २०३२

C) उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८

D) प्रशासन सुधार समिति, २०६५

 

8. नेपालमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा कहिले भएको हो?

A) वि.स २०६३ जेठ १५

B) वि.सं. २०६५ जेठ १५

C) वि.सं. २०६९ जेठ १५

D) वि.सं. २०७२ जेठ १५

 

9. नेपालको राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजनाको क्षमता कति मेगावाट छ?

A) ६४०

B) ९००

C) १२००

D) १५००

 

10. सोह्रौं योजनाको अन्तिम वर्ष आर्थिक वर्ष २०८५/८६ सम्म नेपालीहरूको प्रतिव्यक्ति आय वार्षिक कति अमेरिकी डलर पुन्याउने लक्ष्य राखिएको छ?

A) २२१५

B) २२५१

C) २३५१

D) २४५१

 

11. नेपालमा पहिलो पटक स्याटलाइट प्रणालीबाट टेलिफोन सेवा सुरू भएको जिल्ला कुन हो?

A) काठमाडौं

B) मोरङ

C) चितवन

D) मुस्ताङ

 

12. वि.सं. २०२१ सालमा निर्माण भइ वि.स. २०५४ सालसम्म सञ्चालनमा रहेको काठमाडौं-हेटौंडा रोपवे कुन देशको सहयोगमा निर्माण भएको थियो ? 

A) संयुक्त राज्य अमेरिका

B) चीन

C) रूस

D) भारत

 

13. पृथ्वीमा ऋतु परिवर्तन हुने प्रमुख कारण के हो?

A) पृथ्वीको दैनिक गति

B) पृथ्वीको वार्षिक गति

C) पृथ्वीको आफ्नो अक्षमा ढल्काइ

D) चन्द्रमाले पृथ्वीको परिक्रमा गर्नु

 

14. अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइन्छ?

A) २२ मे

B) ४ जुन

C) २२ सेप्टेम्बर

D) २९ डिसेम्बर

 

15. पन्ध्रौं आवधिक योजनाको अन्त्यसम्ममा मानव विकास सूचकांक कति पुग्ने लक्ष्य राखिएको छ?

A) ०.५७९

B) ०.६०१

C) ०.६२४

D) ०.६४३

 

16. चालु पन्ध्रौ योजनाको पहिलो रणनीति तलका मध्ये कुन हो?

A) उत्पादन र उत्पादकत्व वृद्धि गर्ने

B) आन्तरिक र अन्तरदेशीय अन्तरआबद्धता वृद्धि गर्ने

C) सुलम तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता गर्ने

D) तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने

 

17. शिक्षा क्षेत्रमा म्यापिङको अवधारणा (Concept of Mapping in Education) सबैभन्दा पहिले प्रयोग गर्ने विद्वान को हुन् ?

A) E.C. Tolman

B) Noam J. Chomsky

C) Joseph D. Novak

D) Martin E. Seligman

 

18. वैज्ञानिक मापन प्रणाली Meter, Kilogram, Second (MKS) System का प्रतिपादक को हुन् ?

A) Galileo Galilei

B) Archimedes

C) Isaac Newton

D) Giovanni Giorgi

 

19. संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा कुल खेतीयोग्य भूमिमध्ये वर्षै भरि सिँचाइ सुविधा पुगेको भूमि कति प्रतिशत पुऱ्याउने लक्ष्य राखिएको छ?

A) ६०

B) ७०

C) ८०

D) ९०

 

20. नेपालको संविधान बमोजिम प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली बमोजिम कति सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ?

A) ५९

B) ११०

C) १६५

D) १७५

 

21. दिवेही कुन राष्ट्रको राष्ट्रभाषा हो?

A) गुटान

B) बंगलादेश

C) पाकिस्तान

D) माल्दिम्स

 

22. BIMSTEC का सदस्य राष्ट्रहरूले BIMSTEC Day कहिले मनाउने गर्दछन् ?

A) ८ डिसेम्बर

B) ८ अगष्ट

C) ६ जुन (परीक्षामा भने २६ जुन दिइएको)

D) ९ मे

 

23. झुटो पत्ता लगाउन प्रयोग गरिने यन्त्रको नाम के हो?

A) सिस्मोग्राफ

B) पोलिग्राफ

C) फेडोमिटर

D) व्यारोमिटर

 

24. साइटोलोजी (Cytology) के सँग सम्बन्धित छ?

A) कोषिकाहरू (Cells) को अध्ययन गर्ने विज्ञान

B) रक्तसञ्चार (Blood Circulation) बारे अध्ययन गर्ने विज्ञान

C) छाला रोग (Skin Disease) बारे अध्ययन गर्ने विज्ञान

D) रौं (Hair) बारे अध्ययन गर्ने विज्ञान

 

25. सर्वाधिक सगरमाथा आरोहणको कीर्तिमान बनाएका कामिरिता शेर्पा वि.स. २०८१ वैशाख मसान्तसम्म कति पटक सगरमाथा शिखरमा पुग्न सफल भए?

A) २७

B) २८

C) २९

D) ३०

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 22
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 25
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 55
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 63
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 102
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA