Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

खरिदार आ.प्र. २०८१/०३/१६ सामान्य ज्ञान अन्तर्गत सोधिएका प्रश्नहरू

  • Engineering Nepal
  • July 01, 2024
  • 908

खरिदार आ.प्र. २०८१/०३/१६ सामान्य ज्ञान अन्तर्गत सोधिएका प्रश्नहरू

खरिदार आ.प्र. २०८१/०३/१६ सामान्य ज्ञान अन्तर्गत सोधिएका प्रश्नहरू

1. नेपालमा पन्ध्रों योजनाको अन्तिम आर्थिक वर्ष तलको कुन हो?
(A) आ.व. २०८०/८१
(B) आ.व. २०८१/८२
(C) आ.व. २०८२/८३
(D) आ.व. २०८३/८४

2. नेपालमा स्थानीय तहको संख्या कति रहेका छन्?
(A) ६६१
(B) ६५३
(C) ७६१
(D) ७५३

3. नेपालमा कार्यकारिणी अधिकार कसमा निहित रहने व्यवस्था छ?
(A) मन्त्रिपरिषद्
(B) प्रधानमन्त्री
(C) राष्ट्रपति
(D) संघीय संसद

4. गाउँपालिकाको वडाको संख्या हेरफेर कसले गर्न सक्छ?
(A) सम्बन्धित गाउँपालिकाको अध्यक्ष
(B) सम्बन्धित गाउँसभा
(C) प्रदेश सरकार
(D) नेपाल सरकार

5. अन्तरप्रदेश परिषद्‌को अध्यक्षता कसले गर्दछ?
(A) सम्बन्धित प्रदेशको मुख्यमन्त्री
(B) प्रधानमन्त्री
(C) राष्ट्रपति
(D) उपराष्ट्रपति

6. नेपालको संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि विषयमा वार्षिक प्रतिवेदन कंसले को समक्ष पेश गर्नुपर्ने व्यवस्था छ?
(A) कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीले प्रधानमन्त्री समक्ष
(B) प्रधानमन्त्रीले संघीय संसद समक्ष
(C) नेपाल सरकारले राष्ट्रपति समक्ष
(D) माथिका कुनै होइनन्

7. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको पदावधि कति वर्षको हुन्छ?
(A) नियुक्ति भएको मितिले ४ वर्ष
(B) नियुक्ति भएको मितिले ५ वर्ष
(C) नियुक्ति भएको मितिले ६ वर्ष
(D) नियुक्ति भएको मितिले ८ वर्ष

8. नेपालमा सहकारी ऐन सर्वप्रथम कहिले जारी भएको थियो?
(A) वि.सं. २००९
(B) वि.सं. २०११
(C) वि.सं. २०१६
(D) वि.सं. २०१९

9. हाल नेपालको निजामती सेवामा कतिवटा सेवा रहेका छन्?
(A) ८
(B) ९
(C) १०
(D) ११

10. सन् १९४५ को जुन २६ मा ५० वटा देशहरूले हस्ताक्षर गरेको दस्तावेज कुन हो?
(A) मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र
(B) बालअधिकार सम्बन्धी महासन्धि
(C) आणविक हतियार निषेध सन्धि
(D) संयुक्त राष्ट्र संघको बडापत्र

11. संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्‌का अस्थायी सदस्य राष्ट्रहरूको निर्वाचन कसरी गरिन्छ?
(A) महासभाको २/३ बहुमतबाट
(B) महासभाको सामान्य बहुमतबाट
(C) स्थायी सदस्य राष्ट्रहरूको सहमतिबाट
(D) सदस्य राष्ट्रहरूको सहमतिबाट

12. नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिले भएको थियो?
(A) सन् १९४५ सेप्टेम्बर
(B) सन् १९५० डिसेम्बर
(C) सन् १९५५ डिसेम्बर
(D) सन् १९६० नोभेम्बर

13. सार्कको प्रथम शिखर सम्मेलन कुन देशमा सम्पन्न भएको थियो?
(A) नेपाल
(B) भारत
(C) बंगलादेश
(D) पाकिस्तान

14. नेपालले BIMSTEC को सदस्यता कहिले प्राप्त गरेको थियो?
(A) सन् १९९७ जुन
(B) सन् १९९७ डिसेम्बर
(C) सन् २००४ फेब्रुअरी
(D) सन् २००५ जुन

15. कुनै पनि पानी भरेको भाँडोमा केही बस्तु डुबायो भने त्यही बस्तुको आयतन बराबरको पानी त्यहाँवाट बिस्थापन हुन्छ भन्ने सिद्धान्त कसको हो?
(A) ग्यालिलियो ग्यालिली
(B) न्यूटन
(C) आर्किमिडिज्
(D) जोन डाल्टन

16. डाईनामाईट (Dynamite) को आविष्कारक हो हुन्?
(A) माईकल फराडे
(B) अल्फ्रेड नोबेल
(C) अस्कानियो सोनेरो
(D) विलियम सन्ले

17. Dengue रोग कुन लामखुट्टेको टोकाइबाट सर्ने रोग हो?
(A) क्युलेक्स्
(B) एनोफिलिश
(C) स्याण्डफ्लाई
(D) एडिज्

18. तल दिइएका मध्ये प्रायजसो नेपालमा प्रयोग हुने रासायनिक मल कुन हो/हुन्?
(A) डि.ए.पी.
(B) पोटास
(C) युरिया
(D) माथिका सबै

19. SDG को Goal Number 13 मा के रहेको छ?
(A) Good Health Wellbeing
(B) Affordable Clean Energy
(C) Life on Land
(D) Climate Action

20. २०७९ सालको मदन पुरस्कार कसलाई दिइयो?
(A) नवराज लम्साल
(B) योगेश राज
(C) विवेक ओझा
(D) चन्द्र बानियाँ

21. मिति २०८० असोजमा चीनमा भएको एशियाली खेलकुद कतिऔं संस्करण हो?
(A) १७ औं
(B) १८ औं
(C) १९ औं
(D) २० औं

22. जी-२० को अठारौं शिखर सम्मेलन कुन देशमा भएको थियो?
(A) इन्डोनेशिया
(B) साउदी अरेबिया
(C) भारत
(D) बेलायत

23. सन् २०२३ को नोबेल शान्ति पुरस्कार कसले प्राप्त गरे?
(A) मलाला युसुफजाई
(B) क्लाउडिया गोल्डिन
(C) जोन फोसे
(D) नर्गिस मोहम्मदी

24. नेपालले कहिलेसम्म विकासशील मुलुकको रूपमा स्तरोन्नति (Graduation) गर्ने लक्ष्य लिएको छ?
(A) सन् २०३०
(B) सन् २०४५
(C) सन् २०३६
(D) सन् २०२६

25. पृथ्वीदेखि चन्द्रमासम्म अन्तरिक्ष रेल चलाउने योजना कुन देशले ल्याएको हो?
(A) अमेरिका
(B) रूस
(C) चीन
(D) जापान

26. नेपालको कूल क्षेत्रफलको कति प्रतिशत भू-भाग नदीनालाले ओगटेको छ?
(A) २.५ प्रतिशत
(B) ३.९ प्रतिशत
(C) ४.२ प्रतिशत
(D) ४.५ प्रतिशत

27. भगवान बुद्धसँग सम्बन्धित अशोक स्तम्भ कहाँ रहेको छ?
(A) तिलौराकोट
(B) सगरहवा
(C) निग्लिहवा
(D) लुम्बिनी

28. दक्षिण एशियाको कूल क्षेत्रफल मध्ये नेपालको हिस्सा कति प्रतिशत रहेको छ?
(A) २.५३%
(B) २.८६%
(C) ३.९%
(D) ४.२६%

29. नदीका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको पाइन्छ?
(A) ३
(B) ४
(C) ५
(D) ६

30. कुन पर्वत श्रेणीलाई होचो हिमालय पनि भनिन्छ?
(A) महाभारत श्रेणी
(B) चुरे पर्वत श्रेणी
(C) शिवालिक पर्वत
(D) मध्यभूमि श्रेणी

31. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका मध्ये सबैभन्दा कम जनसंख्या भएको जिल्ला कुन हो?
(A) रसुवा
(B) डोल्पा
(C) मुस्ताङ
(D) मनाङ

32. भद्राधिवास नामक दरबार तलका मध्ये कसले निर्माण गराएका हुन्?
(A) अंशुबर्मा
(B) नरेन्द्रदेव
(C) शिवदेव
(D) मानदेव

33. किराँत वंशका प्रथम राजा को थिए?
(A) यलम्बर
(B) भक्तमान
(C) धर्माकर
(D) वीरसिंह

34. नेपालमा सर्वप्रथम तामाको पैसाको प्रचलन कसले चलाएका थिए?
(A) प्रताप मल्ल
(B) रत्न मल्ल
(C) आनन्द मल्ल
(D) भूपतिन्द्र मल्ल

35. नेपालको इतिहासमा भण्डारखाल पर्व कति सालमा भएको थियो?
(A) वि.सं. १९०१
(B) वि.सं. १९०२
(C) वि.सं. १९०३
(D) वि.सं. १९०४

36. दरवार हाईस्कूलको स्थापना कसले गरेका थिए?
(A) चन्द्र शमशेर
(B) बीर शमशेर
(C) जङ्ग बहादुर
(D) देव शमशेर

37. वि.सं. २०३७ वैशाख २० गते सम्पन्न भएको जनमत संग्रहको परिणाम कुन मितिमा घोषणा भएको थियो?
(A) २०३४ जेठ
(B) २०३५ जेठ
(C) २०३६ जेठ
(D) २०३७ जेठ

38. कर्णाली प्रदेशमा प्रचलित मृत्यु गीतलाई के भनिन्छ?
(A) भैलो
(B) कर्को
(C) देउडा
(D) भुवो

39. नेपाल सरकारले घोषित रूपमा हलिया प्रथाको अन्त्य कहिले गरेको थियो?
(A) २०६३ भदौ
(B) २०६४ भदौ
(C) २०६५ भदौ
(D) २०६६ भदौ

40. नेपाली कलामा हस्तकला अन्तर्गत के पर्दछ/पर्दछन्?
(A) चित्रकला
(B) मूर्तिकला
(C) वास्तुकला
(D) माथिका सबै

41. सुनुवार जातिको पुरोहितलाई के भनिन्छ?
(A) नाक्सो
(B) डोपा
(C) नासो
(D) भर्रा

42. चार वेदमध्ये तलको कुन पर्दछ?
(A) ऋग्वेद
(B) आयुर्वेद
(C) गन्धर्ववेद
(D) स्थापत्यवेद

43. झिझिया कुन समुदायको लोक नृत्य हो?
(A) मैथिली
(B) लिम्बु
(C) शेर्पा
(D) थारू

44. उदयपुर सिमेन्ट कारखाना कसको सहयोगमा निर्माण भएको हो?
(A) जापान
(B) भारत
(C) संयुक्त अधिराज्य
(D) चीन

45. तलका मध्ये न्यूनतम समर्थन मूल्य के सँग सम्बन्धित छ?
(A) औद्योगिक उत्पादन
(B) सेवा व्यापार
(C) पर्यटन व्यवसाय
(D) कृषि उपज

46. क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र तलका मध्ये कुन हो?
(A) धनकुटा औद्योगिक क्षेत्र
(B) बालाजु औद्योगिक क्षेत्र
(C) पाटन औद्योगिक क्षेत्र
(D) हेटौंडा औद्योगिक क्षेत्र

47. त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे सुरु‌मार्गको कूल लम्बाई कति रहेको छ?
(A) ४५९९ मिटर
(B) ४९५९ मिटर
(C) ५४९९ मिटर
(D) माथिका कुनै होइनन्

– 2,688 m

48. सन् २०२१ को श्रमशक्ति सर्वेक्षण अनुसार नेपालको कृषि क्षेत्रमा आबद्ध जनसंख्या कति प्रतिशत रहेको छ?
(A) ६०.४ प्रतिशत
(B) ३०.५ प्रतिशत
(C) ४०.७ प्रतिशत
(D) ५०.४ प्रतिशत

49. नेपालको निजी क्षेत्रमा स्थापित पहिलो बिमान सेवा तलका मध्ये कुन हो?
(A) कस्मिक एयर
(B) नेपाल एयरवेज
(C) तारा एयर
(D) हिमालयन एभिएशन

50. नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत भयो?
(A) वि.सं. २००६
(B) वि.सं. २००८
(C) वि.सं. २०१०
(D) वि.सं. २०१२

  • २००८ साल माघ २१ गतेका दिन
  • पेश गर्ने सुवर्णसम्सेर जबराले

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 12
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 110
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 67
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 41
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA