Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जनसंख्या व्यवस्थापन, शहरीकरण र बसाइँसराई

  • Ajnabee Khadka
  • September 05, 2023
  • 1689

जनसंख्या व्यवस्थापन, शहरीकरण र बसाइँसराई

जनसंख्या व्यवस्थापन, शहरीकरण र बसाइँसराई

जनसंख्या:

कुनै निश्चित स्थान र समयमा स्थायी रुपले बसोवास गरिरहेको सम्पुर्ण मानिसहरुको संख्यालाई त्यस स्थानको जनसंख्या भनिन्छ । नेपाल राज्य भरी स्थायी रुपले बसोवास गर्ने सम्पुर्ण मानिसहरुको संख्या नै नेपालको जनसंख्या हो । अर्को शब्दमा संगठित रुपले आबद्ध जनसमुहलाई जनसंख्या भनिन्छ । कुनै पनि स्थानमा बसोवास गर्ने जनसमुह जातिगत, भाषागत, सामाजिक, धार्मिक तथा सांस्कृतिक, आर्थिक आदि मुल्यमान्यताहरुमा विविधता भएता पनि एक आपसमा मिलेर आ–आफ्ना आवश्यकता पुरा गर्न सामाजिक संगठन निर्माणमा लागेका हुन्छन् । यसरी मानिस सामाजिक प्राणी भएकोले विविध जनसमुहका मुल्य मान्यता विविधता हुदाहुदै पनि एकआपसमा भातृत्व र सहयोगको भावना विकसित भएको पाइन्छ र उनीहरु संगठित भएका हुन्छन् त्यसैले एक अर्काप्रति सहयोगको भावना राखी संगठित कार्यमा आबद्ध जनसमुहलाई त्यस ठाउँको जनसंख्या भनिन्छ ।

जनसंख्या व्यवस्थापन भन्नाले के बुझिन्छ ? 

प्राकृतिक स्रोत र साधनको वितरण अनुसार जनसंख्यालाई सही रुपमा वितरण तथा नियन्त्रण गर्ने कार्यलाई जनसंख्या व्यवस्थापन भनिन्छ । जनसंख्या निरन्तर परिवर्तनशिल रहने हँुदा आवश्यक श्रोतको आपुर्ती र योजना गर्दा जनसंख्याको स्थितीलाई ध्यान दिनुपर्दछ । अतः जनसंख्या नियन्त्रणको माध्यमबाट होस वा जनसंख्या बृद्धिको माध्यमबाट होस उपलब्ध प्राकृतिक स्रोत तथा जनसंख्याबो परिणाम बिचमा सामान्यजस्यता ल्याउने कार्यलाई नै जनसंख्या व्यवस्थापन भनिन्छ ।

जनसंख्या व्यवस्थापन वा नियन्त्रणका उपायहरु निम्नानुसार छन् ।

   क) प्रत्यक्ष उपायहरु:

  • ढिलो विवाह
  • परिवार नियोजन
  • जन्मान्तर

    ख) अप्रत्यक्ष उपायहरु:

  • स्वास्थ र जनसंख्या शिक्षामा जोड
  • सामाजिक तथा आर्थिक विकास
  • महिला स्तर बृद्धि
  • मातृशिशु स्वास्थ सेवा
  • लैगिंक समानता
  • महिला शिक्षा तथा सशक्तिकरण
  • नियन्त्रण बसाईसराई, आदि ।

जनसंख्या वृद्धिका कारणहरु:

कुनै निश्चित सीमाभित्र निश्चित समयमा राज्यको एक अपरिहार्य तत्वको रुपमा बसोवास गर्ने मानिसहरुको संख्यालाई नै जनसंख्या भनिन्छ । देश विकासको लागि जनशक्तिको महत्वपुर्ण भुमिका हुन्छ तर उपलब्ध साधन स्रोतको तुलनामा जनसंख्याको चाप बढी भयो भने समस्या श्रृजना हुन थाल्छ । हाल जनसंख्या वृद्धिले विश्वलाई ने पिरोलिराखेको अवस्थामा नेपाल पनि यस समस्याबाट अछुतो रहन सकेको छैन ।

        सर्वप्रथम वि.सं. १९६८ मा जनगणना सुरु हुँदा नेपालको जनसंख्या ५६,३८,७४९ रहेको थियो भन्ने वि.सं. २०५८ को जनगणनामा नेपालको कुल जनसंख्या २,३१,५१,४२३ पुगेको छ । जनसंख्या वृद्धिको यसप्रकारको समस्या विकसित मुलुकहरुमा बढी रहेको छ । नेपालको सन्दर्भमा जनसंख्या वृद्धिका कारणहरु निम्नानुसार रहेका छन् ।

  • अधिक प्रजननदर
  • बालविवाह, बहुविवाह तथा अनमेल विवाह
  • अशिक्षा
  • धार्मिक अन्धविश्वास
  • खुला सिमाना तथा बसाईसराई
  • गरिबीको व्यापकता
  • परिवार नियोजनको कार्यक्रममा प्रभावकारितामा प्रभाव
  • परिवार नियोजनप्रति चेतनाको कमी
  • गर्भपतनलाई कानुनी मान्यता नदिनु
  • अव्यवस्थित बसोवास एवम् शहरीकरणमा बृद्धि
  • जन्मदर र मृत्युदरमा असमानता
  • जनसंख्या नियन्त्रणसम्बन्धी कानुन एवम् प्रभावकारी नितीको अभाव, आदि ।

जनसंख्या वृद्धिबाट श्रृजित समस्याहरु वा प्रभावहरु वा असरहरु:

  • गरिबी
  • बेरोजगारी
  • खाद्यान्न तथा अन्य सुविधाको कमी
  • कृषिमा अत्याधिक चाप, जमिनको उत्पादनशिलता घटेको
  • वातावरणीय ह्रास
  • आर्थिक एवम् सामाजिक विकासमा अवरोध
  • सामाजिक विकृतिको विकास
  • अव्यवस्थित बसोवास एवं सहरीकरणमा वृद्धि
  • सामाजिक अपराधमा बृद्धि
  • प्राकृतिक प्रकोप भौतिक सुविधाहरुको अप्रयाप्तता
  • प्राकृतिक स्रोत र साधनामथि अत्याधिक चाप
  • शान्ति सुरक्षामा चुनौती
  • आधारभुत आवश्यकता परिपुर्ति गर्नमा कठिनाई

जनसंख्या वृद्धिका चुनौतीहरु:

  • बढदो लैगिंक विभेद
  • वालविवाह, बहुविवाह, अनेमेल विवाह गर्ने पारिपाटी
  • उच्च मातृ, शिशु र बालमृत्युदर
  • बसाईसराई र शहरीकरण
  • परिवार नियोजनको साधनहरुको प्रयोगमा कमी
  • भावकारी चेतनामुलक कार्यक्रमहरु नहुनु
  • मातृस्वास्थलाई प्राथमिकता नदिइनु
  • उच्च प्रजनन आदि

जनसंख्या परिवर्तनका विभिन्न तत्वहरु”

जन्ममा प्रभाव पार्ने तत्वहरु:

 क) जैविक तत्व

  • वंशानुक्रम
  • उमेर
  • स्वास्थ
  • डिम्ब निष्कासन
  • स्तनपान
  • गर्भ खेर जाने

  ख) मनोवैज्ञानिक तत्व

  • आमाबाबु हुनु सम्पुर्णताको प्रतिकका रुपमा लिनु
  • बच्चा जन्माउनु पुरुषत्वको प्रतिक भनि ठान्नु
  • परिवारको नाम राख्न छोरा जन्माउनुपर्छ भने धारणा
  • प्रतिष्पर्धाको भावना

 ग) आर्थिक तत्व

  • धैरै हात धेरै काम
  • उच्च आम्दानी
  • सुरक्षा
  • बिमा (बुढेसकालमा हेरचाह)

 घ) सामाजिक, साँस्कृतिक वा धार्मिक

  • इश्वरिय बरदान र भाग्यवाद
  • परिवारको बनावट (संयुक्त परिवारमा हुर्काउन सजिलो)
  • आफुभन्दा ठुलोको आदर सम्मान पर्ने परम्परा (आमाबाबुको कुरा मान्ने)
  • प्रतिबन्धित क्रियाकलाप (बच्चा जन्मेपछि यौनसम्पर्क, विधुवा विवाह, विवाह योग्य उमेरको आदि)

मृत्युमा प्रभाव पार्ने तत्वहरु:

–         वंशाणुक्रम   – लिङ्ग   – उमेर  – रोग   – पोषणस्तर     – स्वास्थ सेवा र सुविधा   – स्वास्थ शिक्षा

 

सहरीकरण

कुनै गाउँमा यातायात, शिक्षा, विधुत, खानेपानी, सञ्चार , स्वस्थ्य जस्ता पूर्वाधारहरुको पर्याप्त विकास भई आवादी बढ्दै जानुलाई शहरीकरण भनिन्छ । सेवा सुविधा तथा अवसरहरुको उपलब्धताले मानिसहरुलाई ग्रामिण क्षेत्रबाट शहर तर्फ आकर्षण गर्ने र शहरको क्रमिक रुपमा विभिन्न कारणले गर्दा आफ्नो स्वरुप परिवर्तन गरी फैलावट बढाउने प्रक्रिया सहरीकरण हो ।

सहरीकरणबाट हुने फाइदाहरु:

  • उद्योगहरुको विकास भई विकासमा गतिशिलत आउने
  • यातायात, सञ्चार, सामाजिक सेवाको क्षेत्रमा सुधार हुने
  • स्वदेशी उत्पादनहरुलाई स्थायी बजार उपलब्ध हुने
  • रोजगारीका अवसरहरु वृद्धि हुने
  • आधुनिक प्रविधि, सेवा, सुविधाको उपलब्धताले जीवन पद्धति सरल र सहज हुने
  • आधारभुत आवश्यक्ताको सहज पूर्ति हुने

शहरीकरणबाट हुने बेफाइदाहरु:

  • फोहोरमैला बढी थुप्रिने
  • आवासको अपर्याप्तताको कारणले महँगी बढ्ने
  • धनी र गरीब बीचको अन्तर झन् बढ्दै जाने
  • कृषि उत्पादनमा वृद्धि र वितरणमा प्रतिकुल असर पर्ने
  • शान्ति, सुरक्षाको अवस्था विग्रदै जाने
  • सामाजिक विकृति बढ्द्र जाने
  • ढल निकास तथा सडकको सीमितताको कारणले प्रदुषण बढ्ने
  • शिक्षा, स्वास्थ्य खानेपानी, सञ्चार व्यवस्था उपलब्ध गराउन राज्यले बढी धनराशी लगानी गर्नु पर्ने

अव्यवस्थित शहरीकरणबाट उत्पन्न हुने समस्याहरु:

  • शिक्षा, स्वास्थ्य, रोजगार , खानेपानी लगायत आधारभुत सेवाहरुको वितरणमा असमानता र कमी
  • प्राकृतिक स्रोत साधनको विनाश
  • वातावरणीय प्रदुषणमा वृद्धि
  • फोहोरमैला व्यवस्थापन तथा ढल निकासमा कठिनाई
  • जैविक विविधतामा ह्रास
  • जनस्वास्थ्यमा प्रतिकुल प्रभाव
  • सामाजिक मुल्य मान्यता र सँस्कृतिमा असर पर्ने
  • शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न कठिनाई
  • सामाजिक विकृति र द्धण्दमा वृद्धि आदि

अव्यवस्थित सहरीकरण रोक्ने उपायहरु:

  • ग्रामिण क्षेत्रको विकास
  • रोजगारको सुविधा
  • सन्तुलित विकास
  • नगरोन्मुख क्षेत्रको विकास

 

बसाइसराई

जनसाङिख्यक दृष्टिले एक निश्चित समय अवधिभित्र एक भौगोलिक एकाईबाट अर्को भौगोलिक एकाईमा आफ्नो बासस्थानलाई परिवर्तन गर्न अस्थायी वा स्थायी रुपमा नयाँ बासस्थान तर्फ सरिनु भएका मानिसहरुको भौगोलिक चाललाई बसाईसराई भनिन्छ । बसाईसराई दुई प्रकारको हुन्छ ।

१) आन्तरिक बसाइसराई

        देश भित्रकै कुन एक स्थानबाट अर्को स्थानमा निश्चित समय अवधि भित्र बासस्थान परिवर्तन गर्ने प्रक्रियालाई नै आन्तरिक बसाईसराई आन्तरिक बसाईसराई भनिन्छ ।

२) अन्तराष्ट्रिय बसाइसराई

        अन्तराष्ट्रिय सिमाना पार गरी एक देशबाट अर्को देशमा हुने जनसंख्याको स्थानान्तरणलाई अन्तराष्ट्रिय बसाइसराई भनिन्छ ।

अन्तराष्ट्रिय बसाइसराई २ प्रकारको हुन्छ ।

क) आगमन÷आप्रवाशन ः— बाह्य मुलुकबाट राजनितीक सिमा पार गरी नयाँ देशमा भित्रीने कार्यलाई आगमन÷आप्रवाशन भनिन्छ र आगन्तुक लाई क्ष्mष्नचबलत भनिन्छ ।

ख) गमन÷प्रवासन (वा उत्प्रवास) ः— कुनै देशमा बसिरहेको मानिस अर्को मुलुकमा बसाई सरेर जाने कार्यलाई प्रवासन वा उत्प्रवास भनिन्छ र देश छोडेर जाने मानिसलाई भ्mष्नचबलत भनिन्छ ।

बसाइसराइको कारणहरु:

  • आर्थिक कारण
  • सामाजिक कारण
  • राजनैतिक कारण
  • जनसांख्यिक कारण
  •  प्राकृतिक कारण
  • बिर्कषण र आकर्षण का कारणहरु

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 3
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 70
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 120
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 105
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA