Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सनातन हिन्दू धर्मका १६ संस्कारहरू

  • Ajnabee Khadka
  • January 06, 2026
  • 731

सनातन हिन्दू धर्मका १६ संस्कारहरू

16 rituals of Sanatan Hinduism
क्रम संस्कारको नाम समय/अवस्था मुख्य उद्देश्य र विशेषता
१ गर्भाधान विवाह पश्चात उत्तम वंशोत्पत्ती र सन्तान प्राप्तिका लागि गरिने पहिलो संस्कार।
२ पुंसवन गर्भको २ वा ३ महिनामा स्वस्थ एवं उत्तम सन्तानको विकास र मानसिक वृद्धिका लागि।
३ सीमन्तोन्नयन गर्भको ६ वा ८ महिनामा गर्भवती आमाको मानसिक सुख र गर्भस्थ शिशुको रक्षाका लागि।
४ जातकर्म शिशु जन्मिनासाथ (नाल काट्नुअघि) नवजात शिशुलाई बल, बुद्धि र दीर्घायु प्राप्त होस् भनी घिउ र मह चटाइने।
५ नामांकरण (न्वारान) जन्मेको ११ औं दिनमा शिशुको ग्रह-नक्षत्र अनुसार नाम राख्ने र व्यक्तित्व विकासको कामना गर्ने।
६ निष्क्रमण जन्मेको ३ महिनापछि शिशुलाई पहिलो पटक घरबाहिर सूर्य र चन्द्रमाको दर्शन गराउने।
७ अन्नप्राशन (पास्नी) जन्मेको ६ महिनामा शिशुलाई आमाको दूधबाहेक पहिलो पटक अन्न (खीर) खुवाउने।
८ चूडाकर्म (छेवार) ३ वा ५ वर्षको उमेरमा गर्भको समयका दूषित केश हटाएर बौद्धिक विकासको कामना गर्ने।
९ विद्यारम्भ बाल्यकालमा अक्षर बोध गराई प्रारम्भिक शिक्षाको सुरुवात गर्ने।
१० कर्णवेध यज्ञोपवीत अघि कान छेड्ने संस्कार, जसको वैज्ञानिक र स्वास्थ्य सम्बन्धी महत्व छ।
११ यज्ञोपवीत (ब्रतबन्ध) करिब ८ वर्षको उमेरमा जनै धारण र गायत्री मन्त्रको दीक्षा लिई संयमित जीवन सुरु गर्ने।
१२ वेदारम्भ ब्रतबन्ध पश्चात गुरुकुलमा गएर वेद र विशिष्ट ज्ञानको अध्ययन सुरु गर्ने।
१३ केशान्त शिक्षा पूरा भएपछि स्नातक उपाधि पाउनुअघि केश मुण्डन गरी शुद्ध हुने।
१४ समावर्तन गृहस्थाश्रम प्रवेश अघि गुरुकुलको शिक्षा सकेर गुरुको आशीर्वाद लिई घर फर्कने संस्कार।
१५ विवाह युवावस्थामा सामाजिक र मर्यादित रूपमा गृहस्थ जीवनमा प्रवेश गर्ने महत्वपूर्ण संस्कार।
१६ अन्त्येष्टि मृत्यु पश्चात मृत शरीरलाई अग्निका साथ विधिवत् विसर्जन गरी आत्माको शान्तिको कामना गर्ने।

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 28
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 43
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 105
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 126
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 63
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA