एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?
● सन् २०२५-२०२९
● एडिबीले सन् २०२५ जुनमा 'नेपाल रणनीति २०२५-२०२९' सार्वजनिक गरेको ।
● सन् २०२५ देखि २०२९ सम्मका लागि लागु हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको ।
● सुशासन, सामाजिक न्याय, साझा समृद्धि हासिल गर्ने नेपालको १६ औं पञ्चवर्षीय योजनाको उद्देश्यसँग मेल खाने गरी यो रणनीति बनाइएको एडिबीले जनाएको ।
● यो रणनीति विश्व बैङ्ग समूहसँगको साझा अवधारणामा तयार पारिएको ।
● एडिबी र विश्व बैङ्कले नेपालमा कुल विकास सहयोगको झन्डै ७० प्रतिशत हिस्सा ओगट्छन् ।
● एडिबीले सन् २०२५ देखि २०२९ भित्र नेपालमा झन्डै २.३ अर्ब डलर सहयोग गर्ने जनाएको ।
● निजी क्षेत्रको अग्रसरतामा रोजगारीमूलक तथा हरित आर्थिक रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास एवं सार्वजनिक सेवा र जलवायु परिवर्तनप्रति प्रतिरोधी संरचनाको प्रवर्धनलाई नयाँ रणनीतिका मुख्य तीन प्राथमिकतामा
राखिएको ।