Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • Ajnabee Khadka
  • May 26, 2026
  • 67

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

Historical development of the establishment of the United Nations
वर्ष / मिति
ऐतिहासिक घटनाक्रम
८ जनवरी १९१८
अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले अमेरिकी कंग्रेसमा दिएको आफ्नो "चौध बुँदे" भाषणमा पहिलो पटक "राष्ट्र संघ (League of Nations)" को प्रस्ताव गरेका,
२८ जुन १९१९
प्रथम विश्वयुद्धको अन्त्यपछि विश्व शान्ति र सामूहिक सुरक्षा कायम गर्ने उद्देश्यले राष्ट्र संघ (League of Nations) को आधिकारिक स्थापना भएको,
३ सेप्टेम्बर १९३९
दोस्रो विश्वयुद्धको अधिकारिक सुरुवात
१२ जुन १९४१
सेन्ट जेम्स प्यालेसको घोषणापत्र: लन्डनमा भेला भएका विभिन्न राष्ट्रका प्रतिनिधिहरूले युद्धपछि विश्वमा मिलेर काम गर्ने प्रतिबद्धता जनाउँदै पहिलो महत्त्वपूर्ण पाइला चालेका,
१४ अगस्ट १९४१
अमेरिकी राष्ट्रपति फ्रंकलिन डी. रुजवेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले "एटलान्टिक बडापत्र (Atlantic Charter)" जारी गरे, जसमा युद्धपछिको विश्व शान्तिका सिद्धान्तहरू उल्लेख,
१-२ जनवरी १९४२
२६ राष्ट्रका प्रतिनिधिहरूले वासिङ्टन डि.सी. मा "संयुक्त राष्ट्र संघको घोषणापत्र (Declaration by United Nations)" मा हस्ताक्षर गरेका; पहिलो पटक "United Nations" नाम आधिकारिक रूपमा प्रयोग भएको,
अक्टोबर-डिसेम्बर १९४३
मस्को र तेहरान सम्मेलनहरू: ठूला शक्ति राष्ट्रहरूले विश्व शान्ति कायम गर्न एक नयाँ अन्तर्राष्ट्रिय संगठनको स्थापना गर्ने आवश्यकतालाई औपचारिक रूपमा स्वीकार गरेका,
अगस्ट-अक्टोबर १९४४
डम्बार्टन ओक्स सम्मेलन: वासिङ्टन डि.सी. मा भएको यस बैठकमा चीन, सोभियत संघ, बेलायत र अमेरिकाले भावी संयुक्त राष्ट्र संघको संरचना र मुख्य अंगहरूको रूपरेखा तयार पारेका,
११ फेब्रुअरी १९४५
याल्टा सम्मेलन: फ्रंकलिन डी. रुजवेल्ट, विन्स्टन चर्चिल र जोसेफ स्टालिनले संयुक्त राष्ट्र संघ स्थापना गर्ने दृढ संकल्प दोहोर्‍याएका र सुरक्षा परिषद्को मतदान प्रणालीमा सहमति जनाएका,
२५ अप्रिल - २६ जुन १९४५
सान फ्रान्सिस्को सम्मेलन: ५० राष्ट्रका प्रतिनिधिहरू सहभागी भएर संयुक्त राष्ट्र संघको बडापत्रलाई अन्तिम रूप दिएका,
२६ जुन १९४५
सान फ्रान्सिस्कोमा ५० संस्थापक राष्ट्रहरूद्वारा संयुक्त राष्ट्र संघको बडापत्र (UN Charter) मा सर्वसम्मतिले हस्ताक्षर गरिएको,
१५ अक्टोबर १९४५
पोल्याण्डले बडापत्रमा हस्ताक्षर गरेको (पोल्याण्ड सम्मेलनमा उपस्थित हुन नसके पनि यसलाई संयुक्त राष्ट्र संघको ५१ औं संस्थापक सदस्य मानिन्छ,)
२४ अक्टोबर १९४५
सुरक्षा परिषद्का पाँच स्थायी सदस्य र अन्य बहुमत राष्ट्रहरूले बडापत्र अनुमोदन गरेपछि संयुक्त राष्ट्र संघको आधिकारिक रूपमा स्थापना भएको (यसै दिनलाई विश्वभर 'संयुक्त राष्ट्र संघ दिवस' को रूपमा मनाइन्छ,) 

 

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2468
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 67
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 66
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1995
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 56
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA