Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Ajnabee Khadka
  • August 01, 2026
  • 43

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

Second National Millet Day, 2083
  • दिवस मनाइने मिति: प्रत्येक वर्षको साउन १६ गते (वि.सं. २०८३ साउन १६ गते दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको,)
  • अन्तर्राष्ट्रिय सन्दर्भ: संयुक्त राष्ट्र संघले सन् २०२३ लाई 'अन्तर्राष्ट्रिय कोदो वर्ष (International Year of Millets)' का रूपमा मनाएको,
  • वि.सं. २०८३ को मूल नारा: “कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन”
  • वि.सं. २०८३ को मूल समारोह स्थल: सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–२, ठोकर्पा
  • राष्ट्रिय कोदो दिवस मनाउने सरकारको औपचारिक निर्णय: नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असार २३ गतेको बैठकले प्रत्येक वर्ष साउन १६ लाई 'राष्ट्रिय कोदो दिवस' मनाउने निर्णय गरेको,
  • पहिलो (प्रथम) राष्ट्रिय कोदो दिवस: वि.सं. २०८२ साउन १६ गते मनाइएको, (नारा: "कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार")

नेपालमा कोदोको उत्पादन स्थिति (२०७९/८० देखि २०८२/८३ सम्म)

  • खाद्यान्नमा कोदोको स्थान: धान, मकै र गहुँपछि नेपालको चौथो मुख्य खाद्यान्न बाली
  • व्यापार स्थिति (आ.व. २०८२/८३):
    • आयात: रु. ६२ करोड २८ लाख बराबरको (४४.८८ टन कोदो तथा जुनेलो आयात)
    • निर्यात: रु. १३ लाख २५ हजार बराबरको (२.११ टन मात्र निर्यात)
  • कोदोको मुख्य उत्पादन क्षेत्र (पकेट क्षेत्र): खोटाङ, सिन्धुपाल्चोक, कास्की, बागलुङ, स्याङ्जा आदि पहाडी जिल्लाहरू
  • सात भाइ कोदे बाली: नेपालमा बढी प्रचलित ७ प्रजातिहरू— कोदो, कागुनो, चिनो, जुनेलो, चामा, घोंगे, र धान कोदो
  • स्थानीय जात (Landraces): नेपालमा यी ७ प्रजातिभित्र करिब १,१०० रैथाने जातहरू रहेका,
  • जिन बैंकमा संरक्षण: राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) मा कोदोजन्य बालीका १,२८० परिग्रहण (Accessions) सुरक्षित
  • दर्ता भएका जातहरू: नार्क (NARC) द्वारा कोदोका ६, चिनोको १ र कागुनोको १ गरी जम्मा ८ वटा जात दर्ता
आर्थिक वर्ष
क्षेत्रफल (हजार हेक्टर)
उत्पादन (हजार मे.टन)
उत्पादकत्व (मे.टन/हेक्टर)
२०८२/८३ (प्रारम्भिक अनुमान)
२६७.०७
३४२.७२
१.२८
२०८१/८२
२६२.५५
३४१.१५
१.३०
२०८०/८१
२६३.५०
३४१.२३
१.२९
२०७९/८०
२६३.२६
३४१.०२
१.३०

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 31
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 37
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 42
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 22
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 146
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA