सगरमाथा संवाद २०२५
● कहिले सम्पन्न भएको हो ? विसं २०८२ जेठ २-४
● नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे 'सगरमाथा कार्य आह्वान' जारी गर्दै सम्पन्न भएको ।
● परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाद्वारा सो घोषणापत्र सार्वजनिक गर्दै विश्व समुदायलाई जलवायु सङ्कटविरुद्ध एकजुट भई कदम चाल्न आह्वान ।
● घोषणापत्रमा १.५ डिग्री सेल्सियसको तापक्रम सीमा कायम राख्न आवश्यक उपायहरू प्रस्तुत गरिएको साथै विकासोन्मुख देशहरूलाई सहयोगको आवश्यकता औंल्याइएको ।
●सगरमाथा संवादमार्फत हिमाल मात्र नभई समुद्र सतहसम्म प्रभावित हुने मुलुकहरूको सरोकार उजागर गर्न खोजिएको ।