Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सार्क र नेपाल

  • Bikash Shrestha
  • August 26, 2025
  • 1074

सार्क र नेपाल

SAARC and Nepal

 

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को विधिवत् स्थापना सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न पहिलो शिखर सम्मेलनबाट भएको हो। सो सम्मेलनमा दक्षिण एसियाली राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले भाग लिएर सार्क चार्टरलाई अनुमोदन गरेका थिए।

सार्कमा हालसम्म बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान, भुटान, श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तान गरी आठ सदस्य राष्ट्रहरू रहेका छन्। यसको स्थायी सचिवालय सन् १९८७ जुन १७ मा काठमाडौँमा स्थापना गरिएको हो।

सार्क स्थापना भएपछि यस क्षेत्रका राष्ट्रहरूबीच आपसी सहयोग, समझदारी, समानता र सुरक्षाको वातावरण निर्माण भएको छ। नेपालले सार्कलाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अङ्गका रूपमा ग्रहण गरेको छ र यसको प्रवर्द्धनप्रति निरन्तर प्रतिबद्ध रहेको छ। नेपाल विश्वास गर्दछ कि सार्कको सफलताले यस क्षेत्रमा देखापर्ने साझा समस्या समाधान गर्न सकिन्छ।


तालिका नं. १०.७

हालसम्म भएका सार्क शिखर सम्मेलनहरूमा नेपालको सहभागिता

क्र.सं. स्थान नेपालको प्रतिनिधित्व मिति
१ ढाका, बङ्गलादेश राजा वीरेन्द्र सन् १९८५ डिसे. ७–८
२ बैङ्गलोर, भारत राजा वीरेन्द्र सन् १९८६ नोभे. १७–१८
३ काठमाडौँ, नेपाल राजा वीरेन्द्र सन् १९८७ नोभे. २–४
४ इस्लामाबाद, पाकिस्तान राजा वीरेन्द्र सन् १९८८ डिसे. २९–३१
५ माले, माल्दिभ्स कृष्णप्रसाद भट्टराई सन् १९९० नोभे. २१–२३
६ कोलम्बो, श्रीलङ्का गिरिजाप्रसाद कोइराला सन् १९९१ डिसे. २१
७ ढाका, बङ्गलादेश गिरिजाप्रसाद कोइराला सन् १९९३ अप्रिल १०–११
८ नयाँ दिल्ली, भारत मनमोहन अधिकारी सन् १९९५ मे २–४
९ माले, माल्दिभ्स लोकेन्द्रबहादुर चन्द सन् १९९७ मे १२–१४
१० कोलम्बो, श्रीलङ्का गिरिजाप्रसाद कोइराला सन् १९९८ जुलाई २९–३१
११ काठमाडौँ, नेपाल शेरबहादुर देउवा सन् २००२ जन. ४–६
१२ इस्लामाबाद, पाकिस्तान सूर्यबहादुर थापा सन् २००४ जन. ४–६
१३ ढाका, बङ्गलादेश राजा ज्ञानेन्द्र सन् २००५ नोभे. १२–१३
१४ नयाँ दिल्ली, भारत गिरिजाप्रसाद कोइराला सन् २००७ अप्रिल ३–४
१५ कोलम्बो, श्रीलङ्का गिरिजाप्रसाद कोइराला सन् २००८ अग. २–३
१६ थिम्पु, भुटान माधवकुमार नेपाल सन् २०१० अप्रिल २८–२९
१७ अड्डु सहर, माल्दिभ्स डा. बाबुराम भट्टराई सन् २०११ नोभे. १०–११
१८ काठमाडौँ, नेपाल सुशील कोइराला सन् २०१४ नोभे. २६–२७
१९ इस्लामाबाद, पाकिस्तान – (स्थगित) सन् २०१६ नोभे. १५–१६

अतिरिक्त जानकारी

  • सार्क राष्ट्रहरूबीच आपसी आर्थिक विकास र व्यापार विस्तारलाई सहज बनाउन सार्क प्रिफरेन्सेसियल ट्रेड एग्रिमेन्ट (SAPTA) लागू गरिएको छ। यसको कार्यान्वयन चरणबद्ध रूपमा भइरहेको छ।

  • नेपालले सार्कको कुल खर्चको करिब १०.७२% हिस्सा बेहोर्दछ।

  • सार्क क्षेत्रीय संस्थामध्ये सार्क क्षयरोग केन्द्र नेपालमै स्थापना गरिएको छ।

  • नेपालले पहिलो, आठौँ र एघारौँ दक्षिण एसियाली खेलकुद आयोजना गरिसकेको छ। सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुदको आयोजक पनि नेपाल नै थियो।

  • नेपालसँग पहिलो कूटनीतिक सम्बन्ध कायम गर्ने सार्क मुलुक भारत (सन् १९४७ जुन १३) हो भने अन्तिम भुटान (सन् १९८३ जुन ३) हो।

  • क्षेत्रफलका आधारमा नेपाल सार्क सदस्य राष्ट्रहरूमध्ये पाँचौँ ठूलो देश हो।

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2623
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 77
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 70
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1999
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 58
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA