Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

रेडियो प्रसारण

  • Bikash Shrestha
  • August 21, 2025
  • 295

रेडियो प्रसारण

Radio Broadcasting

 

  • नेपालमा पहिलोपटक रेडियो सेट झिकाइएको उल्लेख राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा पाइन्छ। तर, सर्वसाधारण नेपालीलाई रेडियो राख्ने स्वतन्त्रता भने राणा प्रधानमन्त्री पद्मशमशेरको शासनकाल (वि.सं. २००४) देखि मात्र प्राप्त भयो। सो समयमा आएको रेडियो सेटबाट विदेशी प्रसारण मात्र सुन्न सकिन्थ्यो।
  • वि.सं. २००४ तिरै प्रधानमन्त्री पद्मशमशेरको पालामा काठमाडौंको बिजुली अड्डाबाट साँझपख स्थानीय बजारभाउ र भजनहरू प्रसारण गर्न आकाशवाणीको सेट प्रयोग गरिएको उल्लेख पाइन्छ।
  • वि.सं. २००७ मा देशभर जनक्रान्तिको लहर फैलिएपछि विराटनगरको क्रान्ति मैदानबाट पहिलोपटक "नेपाल प्रजातन्त्र रेडियो" नामक रेडियो गुन्जियो। यो सानो ‘टेलेवार’ नामक ट्रान्समिटरको सहायताबाट सञ्चालन भएको थियो। सोही ट्रान्समिटर काठमाडौं ल्याई सिंहदरबार परिसरभित्र राखेर वि.सं. २००७ चैत्र २० गतेदेखि नियमित प्रसारण कार्य सुरु गरियो।
  • यस २५० वाटको ट्रान्समिटरबाट भएको प्रसारणलाई सुरुवातमा “नेपाल प्रजातन्त्र रेडियो” भनियो, पछि यसको नाम “नेपाल रेडियो” र अन्ततः “रेडियो नेपाल” रह्यो। वि.सं. २००९ मा मिडियम वेभ ७५ वाटको ट्रान्समिटरमार्फत अलग प्रसारण सुरु भयो। वि.सं. २०१२ मा जाउलाखेलमा ५ किलोवाट क्षमताको सर्टवेभ ट्रान्समिटर स्थापना गरियो।
  • वि.सं. २०१४ चैत्र २९ गते रेडियो ऐन, २०१४ लालमोहरसहित जारी भई वि.सं. २०१५ वैशाख ४ गते नेपाल गजे टमा प्रकाशित गरियो। त्यसपछि रेडियो नेपालले संगठनात्मक सुधार गर्दै प्रसारण क्षमतामा वृद्धि मात्र होइन, कार्यक्रमहरूको विविधता पनि थप्दै सर्टवेभ, मिडियम वेभ र फ्रिक्वेन्सी मोडुलेशन (एफ.एम.) विस्तार गर्दै लग्यो।
  • रेडियो नेपालले नेपाली र अङ्ग्रेजी भाषाका समाचार बुलेटिनसँगै मगर, गुरुङ, तामाङ, राई, बान्तवा, लिम्बू, नेवारी, भोजपुरी, हिन्दी, उर्दू, पूर्वी थारू, पश्चिमी थारू, अवधी, शेर्पा, मैथिली, संस्कृत, खाम मगर र डोटेली भाषामा समेत समाचार प्रसारण गर्दै आएको छ।
  • रेडियो नेपालले आफ्ना कार्यक्रमहरू सन् १९९९ अगस्ट २६ देखि भी–सैट नेटवर्क मार्फत प्रसारण सुरु गर्‍यो। त्यसपछि श्रोतामाझ अझै नजिक पुग्ने उद्देश्यले रेडियो नेपालले इन्टरनेट प्रसारण पनि सुरु गरिसकेको छ। नेपालमा एफ.एम. रेडियो प्रसारणको सुरुवात रेडियो नेपालले वि.सं. २०५२ माघ २८ गते गर्‍यो।
  • वि.सं. २०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार नेपालमा रेडियोको पहुँच ९३ प्रतिशत पुगेको छ। हाल अनलाइनमार्फत २४ घण्टा ३२ भाषामा समाचार र २१ भाषामा विभिन्न कार्यक्रमहरू प्रसारण भइरहेका छन्।
  • वि.सं. २०८० फागुनसम्म नेपालमा ७२० वटा एफ.एम. रेडियो र १०६ वटा टेलिभिजन नियमित प्रसारणमा रहेका छन्। त्यस्तै, वि.सं. २०७९ असार मसान्तसम्म ७१४ वटा एफ.एम. र १०२ वटा टेलिभिजन नियमित प्रसारणमा थिए।

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2621
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 77
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 70
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1999
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 58
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA