Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२७ फागुन २०८२, बुधबार)

  • Ajnabee Khadka
  • March 11, 2026
  • 363

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२७ फागुन २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (27 Falgun 2082, Wednesday)

१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ सबैभन्दा बढी मत ल्याई विजयी हुने उम्मेदवार को हुनुहुन्छ ?  

➤  बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (६८,३४८, झापा - ५) 

  • निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८,७३४ मत प्राप्त गर्नुभएको । 
  • यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक १२५ स्थान (प्रत्यक्षतर्फ) मा जित हासिल गरेको छ । 
  • निर्वाचन मिति : वि.सं. २०८२ फागुन २१ 
  • कुल मतदाता : १,८९,०३,६८९ (पुरुष मतदाता : ९६,६३,३५८; महिला मतदाता : ९२,४०,१३१; अन्य मतदाता : २००)
  • मतदान स्थल : १०,९६७ 
  • मतदान केन्द्र : २३,११२ 
  • निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दल : १३६ 
  • प्रत्यक्षतर्फ कुल उम्मेदवार : ३,४०६ जना (६५ राजनीतिक दलबाट ६१ निर्वाचन चिह्नमा)
  • (पुरुष उम्मेदवार : ३,०१७; महिला उम्मेदवार : ३८८; अन्य : १ जना)
  • समानुपातिकतर्फ कुल उम्मेदवार : ३,१३५ जना (६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा)
  • (पुरुष उम्मेदवार : १,३६३; महिला उम्मेदवार : १,७७२)
  • कुल मतदान : करिब ६० प्रतिशत
  • सबैभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्र : रामेछाप (एक लाख ८७ हजार ९५२ मतदाता)
  • प्रत्यक्षतर्फ निर्वाचित महिला सांसद : १४ (रास्वपा : १३ जना, नेका : एक जना)
  • सबैभन्दा कम मतका साथ विजयी उम्मेदवार : टेकबहादुर गुरुङ (२४१५, मनाङ १)
  • सबैभन्दा बढी मतान्तरले विजयी उम्मेदवार : डा. लेखजङ्ग थापा (५०,३७९, रुपन्देही ३)
  • सबैभन्दा कम मतान्तरले विजयी उम्मेदवार : विश्वराज पोखरेल (५, ओखलढुङ्गा १)
  • प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेरका विजयी उम्मेदवार : टेकबहादुर गुरुङ (७१ वर्ष, मनाङ १)
  • प्रत्यक्षतर्फ सबैभन्दा कम उमेरका विजयी उम्मेदवार : प्रशान्त उप्रेती (२५ वर्ष, मकवानपुर २)
  • सबैभन्दा पहिले विजेता घोषित उम्मेदवार : रञ्जु दर्शना (काठमाडौँ १)

Balen: the rapper who would be prime minister

२. आइसिसी पुरुष टी२० विश्वकप २०२६ को उपाधि जित्ने राष्ट्र कुन हो ? 

➤ भारत (उपविजेता : न्युजिल्यान्ड)

  • सन् २०२६ मार्च ८ मा भएको फाइनलमा न्युजिल्यान्डविरुद्ध ९६ रनको सहज जित निकाल्दै आयोजक भारतले आइसिसी पुरुष टी २० विश्वकपको उपाधि जितेको हो । 
  • भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक च्याम्पियन बनेको छ । यससँगै भारत उपाधि रक्षा गर्ने तथा घरेलु मैदानमा च्याम्पियन बन्ने पहिलो राष्ट्र भएको छ ।  भारतले सन् २००७ र २०२४ मा विश्वकप जितेको थियो । भारत तेस्रो पटक उपाधि जित्ने एक्लो टोली हो ।
  • अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा भारतले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा समेटिएको छ । 
  • खेल सञ्चालन मिति : सन् २०२६ फेब्रुअरी ७ मार्च ८ 
  • आयोजक राष्ट्र : भारत र श्रीलङ्का 
  • सहभागी राष्ट्र : २० 
  • जम्मा खेल : ५५
  • प्लेयर अफ द सिरिज : सन्जु स्याम्सन (भारत)
  • सर्वाधिक रन : साहिबजादा फरहान (३८३ रन, पाकिस्तान)
  • सर्वाधिक विकेट : जसप्रित बुम्राह र बरुण चक्रवर्ती (समान १४ विकेट, भारत) 

Loksewa with Ghoksewa | सन् २०२६ को आइसिसी पुरुष टि२० विश्वकप

३. इरानमा इस्लामिक गणतन्त्रको नयाँ नेताको रूपमा कसलाई नियुक्त गरियो ? 

➤ आयातोल्लाह सय्यद मोजतबा खामेनी

  • नियुक्त मिति : सन् २०२६ मार्च ९ 
  • सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलको सैन्य कारबाहीमा उनका बुबा आयातोल्लाह अली खामेनी मारिएका थिए । 
  • इरानको विशेषज्ञ सभाले मोजतबा खामेनीलाई इस्लामिक गणतन्त्रको नयाँ नेताका रूपमा नियुक्त गरेको हो । 
  • इरानको रिभोलुसनरी गार्डले सो नियुक्तिको समर्थन गरेको छ । साथै, इरान समर्थित लेबनानी लडाकु समूह हिजबुल्लाहले पनि समर्थन गरेको छ । 

असेंबली ऑफ एक्सपर्ट्स का ऐलान, खामेनेई का बेटा मुजतबा खामेनेई बना ईरान का  नया सुप्रीम लीडर

४. अली मियाँ लोक वाङ्मय सम्मान पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? 

➤ प्राडा कुशुमाकर न्यौपाने (साहित्यकार एवं समालोचक)

  • पुरस्कार : नगद ५० हजार र सम्मानपत्र । 

प्राडा न्यौपाने अली मियाँ पुरस्कारबाट सम्मानित - Samadhan News

५. ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ २०८२ कसलाई प्रदान गरियो ? 

➤ डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्राडा कृष्णराज घतानी

 

६. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा वि.सं. २०८२ माघ २६ मा सार्वजनिक ‘नेपाल बहुसूचक सर्वेक्षण २०२४÷२५’ अनुसार नेपालका कति घरधुरीमा खाना पकाउन दाउराको प्रयोग हुने गरेको छ ? 

➤ ५३.६ प्रतिशत (जसमध्ये ३०.७ प्रतिशत घरधुरीमा तीनढुङ्गे चुलो तथा २२.९ प्रतिशत घरमा सुधारिएको चुलो प्रयोग हुने गरेको छ ।) 

  • दाउरापछि धेरै ४१.९ प्रतिशत घरधुरीमा खाना पकाउन एलपिजी ग्यासको प्रयोग हुने गरेको छ । सहरका ५२.८ प्रतिशत र ग्रामीणका २०.१ प्रतिशत घरधुरीले एलपी ग्यास प्रयोग गरेको सर्वेक्षणमा देखिएको छ । 

 

७. विश्व सङ्गीतको सर्वोच्च अवार्ड ग्रामी (सन् २०२६ मा) अन्तर्गत ‘एल्बम अफ द इयर’ विधाको अवार्ड कसलाई प्रदान गरियो ?

➤    डेबी टिरार मास फोटोस (मैले अझै धेरै फोटोहरू खिच्नुपथ्र्यो।) ब्याड बन्नी 

  • (ग्रामी अवार्डको इतिहासमै ‘एल्बम अफ द इयर’ जित्ने पहिलो पूर्ण स्पेनिस भाषाको एल्बम हो ।)
  • रेकर्ड अफ द इयर : लुथर केन्ड्रिक लामार र सिजा 
  • सङ अफ द इयर : वाइल्ड फ्लावर बिली आइलिस 
  • बेस्ट न्यु आर्टिस्ट : ओलिभिया डिन

 

८. नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ? 

➤ सन् २०२५ मे 

 

९.  आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ ?

➤   १११ (प्रतिव्यक्ति वन क्षेत्र : ०.२ हेक्टर)

 

१०. नेपाल र भारतबिच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ? 

➤ वि.सं. २०८२ फागुन १३ (सन् २०२६ फेब्रुअरी २५)

  • समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारद्वारा हस्ताक्षर भएको हो । 
  • दुवै देशले संरक्षित क्षेत्र, जैविक विविधता र वन्यजन्तुको अपराध नियन्त्रणको क्षेत्रमा एकआपसमा समन्वय र सहकार्य गर्न, जैविक विविधतासम्बन्धी साझा रणनीति अवलम्बन गर्न, ‘फिल्ड’ मा कार्यरत कर्मचारीको क्षमता विकास गर्न यस समझदारीपत्रले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
  • वन्यजन्तुको अन्तर्राष्ट्रिय अपराध नियन्त्रण र नियमन गर्नका लागि दुवै देशले वन्यजन्तु अपराधसम्बन्धी सूचना दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) लाई आदानप्रदान गर्न सक्ने व्यवस्था समझदारीपत्रमा उल्लेख भएको छ ।
  • कुनै एक राष्ट्रले कूटनीतिक माध्यमबाट लिखित जानकारी नगरेसम्म हरेक पाँच वर्षमा सम्झौता स्वत: नवीकरण हुने तथा हरेक तीन वर्षमा पुनरवोलकन गर्ने व्यवस्था समझदारीपत्रमा गरिएको छ ।

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर –  Online Khabar

११. सरकारकाले जङ्गली बँदेललाई पुन: एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ फागुन ११

  • वन तथा वातावरण मन्त्रालयले फागुन ११ गते राजपत्रमा सूचना प्रकाशित गर्दै जङ्गली बँदेल लखेट्न तथा पक्रन सहज गरेको छ ।
  • कृषि हानिकारक वन्यजन्तु घोषणा भएसँगै जङ्गली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पु¥याउने अवस्था आएमा तोकिएको सर्तको अधीनमा रही बिनाअनुमति धपाउन, लखेट्न, पव्रmन वा मार्न सकिने भएको छ ।
  • यो सूचनाले दिएको सहजीकरणमा सानो जातको बँदेललाई भने नसमेट्ने मन्त्रालयले जनाएको छ । 
  • यसअघि सरकारले रातो बाँदरलाई समेत कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।

जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा – Online  Khabar

१२. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ? 

➤ आव २०८१/८२ २०८६/८७

 

१३.  इन्डोनेसिया सरकारले राष्ट्रिय नायकको उपाधि कसलाई प्रदान ग¥यो ? 

➤ पूर्वराष्ट्रपति सुहार्तो (सन् २०२५ नोभेम्बर १०)

 

१४.  सगरमाथा वृक्षरोपण महाअभियान कहिले देखि सुरु भएको हो ?

➤ वि.सं. २०८२ असार १४ (राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा)

 

१५. जापानको प्रधानमन्त्रीमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ? 

➤ सानाए ताकाइची (सन् २०२६ फेब्रुअरी) 

  • यसअघि उनी सन् २०२५ अक्टोबरमा जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि, सन् २०२६ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टीलाई भारी बहुमत (दुई तिहाइ) दिलाउँदै उनी प्रधानमन्त्रीका रूपमा पुन: निर्वाचित हुन सफल भएकी हुन् । 
  • उनी सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ की अध्यक्ष हुन् ।

 

१६. विश्वकै प्रतिष्ठित बाफ्टा फिल्म अवार्ड, २०२६ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ? 

➤ वन ब्याटल आफ्टर अनदर

  • ७९ औँ संस्करणको यस अवार्डमा वन ब्याटल आफ्टर अनदरले उत्कृष्ट फिल्मसहित कुल ६ अवार्ड जितेको छ ।

बाफ्टा फिल्म अवार्ड २०२६ : 'वन ब्याटल आफ्टर एनदर' ६ विधामा सर्वश्रेष्ठ –  Online Khabar

१७. विश्वभरका विश्वविद्यालयको वरीयता मापन गर्दै आइरहेको टाइम्स हाइअर एजुकेसन (टिएचई) का अनुसार सन् २०२६ मा त्रिभुवन विश्वविद्यालय कति औँ स्थानमा रहेको छ ? 

➤ १५०१ औँ 

  • त्रिभुवन विश्वविद्यालय विश्वका १६ हजार तीन सय विश्वविद्यालयमध्ये १५०१ औँ वरीयतामा परेको हो । 
  • विश्वविद्यालयको शैक्षिक नतिजा, जर्नल प्रकाशन, शैक्षिक वातावरण, गुणस्तरीयता, शैक्षिक क्षेत्रको लगानीलगायतलाई हेरेर वरीयता कायम गरिएको हुन्छ ।
  • नेपाल सन् २०१९ देखि वरीयताक्रमका लागि भाग लिँदै आइरहेको छ । 

 

१८. ‘अनुशासनबिनाको प्रतिभा छरिएको ऊर्जा जस्तै हो’ भन्ने व्यक्तित्व को हुन् ? 

➤ अल्बर्ट आइन्स्टाइन 

 

१९.  संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?

➤ सन् २०२१२०३०

 

२०. जगतबन्धुअन्जु कार्की चेतना विशेष सम्मान, २०८२ कसलाई प्रदान गरियो ? 

➤ कलाश्री विनोद खनाल (आसाम)

  • पुरस्कार राशि : दुई लाख रुपियाँ

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 583
  • Gorkhapatra 302
  • Others 968
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

International Workers' Day (Labor Day), 2026
Current Affairs

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस), २०२६

  • May 01, 2026
  • 59
World Press Freedom Index, 2026
Current Affairs

विश्व प्रेस स्वतन्त्रता सूचकांक, २०२६

  • May 01, 2026
  • 79
Buddha Jayanti, 2083
Current Affairs

बुद्ध जयन्ती, २०८३

  • May 01, 2026
  • 100
Detailed information about local levels
Others

स्थानीय तह सम्बन्धी विस्तृत जानकारी

  • Apr 30, 2026
  • 49
Diplomatic relations with SAARC member states and the then heads of government
Others

सार्क सदस्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध र तत्कालीन सरकार प्रमुखहरू

  • Apr 30, 2026
  • 18
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA