अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस), २०२६
- दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस
- मनाइने दिन: मे १
- मुख्य उद्देश्य: श्रमिक अधिकारको पैरवी गर्ने र श्रमको उचित मूल्य सुनिश्चित गर्ने,
- १९औँ शताब्दीलाई श्रम र श्रमिकको शताब्दी मानिन्छ,
- ऐतिहासिक सन्दर्भ: सन् १८८६ मे ४ मा अमेरिकाको सिकागोमा भएको "हे मार्केट काण्ड" मा सहादत प्राप्त गर्ने श्रमिकहरूको बलिदानको सम्मान गर्दै सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न 'अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन' ले मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस का रूपमा मनाउने निर्णय गरेको,
- नेपालमा वि.सं. २००७ सालमा नेपालको औद्योगिक केन्द्रविन्दुको रुपमा रहेको विराटनरगमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको,
- वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको,
- सन् २०२६ मा मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको संस्करण: १३७औँ श्रमिक दिवस
- सन् २०२६ मा मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको नारा (Theme): "Ensuring a Healthy Psychosocial Working Environment" (स्वस्थ मनोसामाजिक कार्य वातावरणको सुनिश्चितता)
- अन्तर्राष्ट्रिय श्रम संगठन (International Labour Organization - ILO):
- विश्वभरका श्रमिकहरूको अधिकार, सामाजिक न्याय र मर्यादित कामका लागि कार्य गर्ने संयुक्त राष्ट्र संघको एउटा विशिष्ट संस्था,
- स्थापना: सन् १९१९ अक्टोबर २९ मा भर्सायल्सको सन्धि (Treaty of Versailles) मार्फत
- मुख्यालय: जेनेभा, स्वीट्जरल्याण्ड
- सन् १९६९ मा यस संस्थालाई विश्वमा सामाजिक न्याय र शान्तिका लागि पुर्याएको योगदान स्वरूप नोबेल शान्ति पुरस्कार प्रदान गरिएको,
- नेपाल सन् १९६६ अगस्ट ३० मा यसको सदस्य बनेको,
- नेपालको संविधानको धारा ३४ मा 'श्रमको हक' लाई मौलिक हकका रूपमा व्यवस्था गरिएको,