Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२२ असोज २०८२, बुधबार)

  • Ajnabee Khadka
  • October 08, 2025
  • 517

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२२ असोज २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (22 Asoj 2082, Wednesday)

१.  सन् २०२५ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?

➤ अमेरिकाका मेरी ब्रन्को, फ्रेड र्‍याम्स्डेल र जापानका सिमोन साकागुची

  • शरीरको प्रतिरोध प्रणालीमा ‘रेगुलेटरी टी सेल’ भनिने विशेष कोष रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाउन गरेको विशेष योगदानका लागि पुरस्कृत गरिएको।
  • विजेताले प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कसरी नियन्त्रणमा राखिन्छ भन्ने कुरा पत्ता लगाएका । 
  • नयाँ खोजले क्यान्सर तथा ‘अटोइम्युन’ रोगको उपचारमा थप टेवा पुग्ने नोबेल कमिटीले जनाएको । यसले अङ्ग प्रत्यारोपणलाई अझ सफल बनाउन मद्दत पु¥याउन सक्ने वैज्ञानिकले जनाएका । 

२.  सन् २०२५ सेप्टेम्बरमा प्रकाशित एक सय एसियाली वैज्ञानिकको सूचीमा पर्न सफल पाँच नेपाली वैज्ञानिक को को हुन् ?

➤ फ्रेनसन प्रधान (केयु), राजु आचार्य (फ्रेन्स अफ नेचर), रिन्जिन फुनजोक लामा (इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिस्ट), डा. शैलेन्द्र गिरी (राप्ती इन्जिनियरिङ कलेज) र टिस्टा प्रसाईं जोशी (नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी) 

३.  सरकारले सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई कुन मन्त्रालय अन्तर्गत ल्याउने निर्णय गरेको हो ?

➤ अर्थ मन्त्रालय

  • विसं २०८२ असोज ९ गतेको मन्त्रीपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको । 
  • प्रधानमन्त्री कार्यालयमातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई विगतमा जस्तै सम्बन्धित मन्त्रालयमातहत ल्याउने निर्णय भएको ।
  • राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय भएको । 

 

४.  सन् २०२५ सेप्टेम्बरमा भएको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि कसले जित्यो ?

➤ नेपाल

  • नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृङ्खला २–० को अविजित अग्रतासँगै ऐतिहासिक जित हासिल गरेको ।
  • नेपालले युएईको शारजहाँ क्रिकेट रङ्गशालामा सेप्टेम्बर २९ मा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले पराजित गरेको ।
  • टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ सेख र सन्दीप जोराको अर्धशतकमा निर्धारित २० ओभरमा छ विकेट गुमाई १७३ रन बनाएको थियो । जवाफमा आएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भएको थियो ।
  • नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै शृङ्खला नै जित्न सफल भएको । 
  • नेपालले सेप्टेम्बर २७ मा भएको पहिलो खेलमा दुई पटकको टी–२० विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो, जुन पूर्ण टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो विजय थियो ।

५.  हाल मुलुकमा साक्षर घोषित जिल्लाको सङ्ख्या कति रहेको छ ?

➤ ६८ 

  • ६८ औँ जिल्ला : कालीकोट
  • साक्षर घोषणा : विसं २०८२ असोज ९ 
  • कर्णाली प्रदेशमा साक्षर घोषित हुन बाँकी जिल्ला : डोल्पा 
  • ६५ औँ : मुगु (विसं २०८१ असोज ७)
  • ६६ औँ : जुम्ला (विसं २०८१ मङ्सिर १२)
  • ६७ औँ : हुम्ला (विसं २०८२ जेठ ९)

६.  नेपालमा सुरक्षित गर्भपतन दिवस कहिले मनाइन्छ ?

➤ असोज १० 

  • विसं २०८२ (११ औँ) को नारा : सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा । 

 

७.  विद्युत् विकास विभागको महानिर्देशकमा कसलाई नियुक्त गरियो ?

➤ मनदेवी श्रेष्ठ (विसं २०८२ असोज १०)

  • उनी विभागको पहिलो महिला महानिर्देशक हुन् ।

८.  चीनले नयाँ भूउपग्रह ‘फेङ्ग्युन–३–०८’ सफलतापूर्वक कहिले प्रक्षेपण गरेको हो ?

➤ सन् २०२५ सेप्टेम्बर २७

  • यो उपग्रह मौसम पूर्वानुमान, वातावरणीय अध्ययन र जलवायु परिवर्तन निगरानीका लागि प्रयोग हुने बताइएको । 
  • उपग्रहलाई लङ मार्च–४ सी नामक प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइएको । 
  • यो भूउपग्रहमा नौ वटा टाढाबाट अवलोकन गर्ने यन्त्र जडान गरिएको ।

 

९.  नेपालमा पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ कहिले सार्वजनिक भएको हो ?

➤ विसं २०८२ असोज १०

  • प्लेटफर्मले व्यक्ति, व्यवसाय र सरकारी निकायलाई जोड्दै सम्पर्क, व्यापार र अवसरलाई एउटै प्लेटफर्ममा समेट्ने लक्ष्य राखेको । यसले डिजिटल खर्च घटाउने, स्थानीय रोजगारी बढाउने र विदेशी डिजिटल प्लेटफर्ममा जाने खर्चलाई रोक्ने दाबी गरिएको । 

१०.  विश्व शिक्षक दिवस कहिले मनाइन्छ ?

➤ अक्टोबर ५

  • सन् २०२५ को नारा : दी टिचर वी निड फर दी एजुकेसन वी वान्ट ः दी ग्लोबल इम्परेटिभ टु रिभर्स दी टिचर सर्टेज (हामीले चाहेको शिक्षाका लागि शिक्षक चाहिन्छ ः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता)

 

११.  विश्व शान्ति दिवस कहिले मनाइन्छ ? 

➤ सेप्टेम्बर २१

  • सन् २०२५ को नारा : एक्ट नाउ फर अ पिसफुल ।
  • मनाउन थालिएको : सन् १९८२ सेप्टेम्बर २१ ।

 

१२.  सन् २०२५ सेप्टेम्बरमा युएईमा सम्पन्न एसिया कप क्रिकेटको उपाधि जित्ने राष्ट्र कुन हो ?

➤ भारत 

  • फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै भारत नवौँ पटक एसिसी एसिया कप च्याम्पियन बनेको । 
  • युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको । 
  • उपाधि जिते पनि भारतका खेलाडीले खेलपछि एसिया कपको ट्रफी उचाल्न अस्वीकार गरेका । उनीहरूले ट्रफीबिना नै जित सेलिबे्रट गरेका । इएसपिएन व्रिmकइन्फोका अनुसार एसिया कपको ट्रफी एसियाली व्रिmकेट काउन्सिलका अध्यक्ष मोहसिन नक्बीले प्रदान गर्ने तालिका थियो तर नक्बी पाकिस्तानी नागरिकसँगै पाकिस्तानका आन्तरिक मन्त्रीसमेत भएकाले भारतका खेलाडीले उनीबाट ट्रफी लिन अस्वीकार गरेका ।

१३.  विद्युत् विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ सम्ममा नेपालको विद्युत्जडित क्षमता कति पु¥याउने लक्ष्य छ ?

➤ २८ हजार पाँच सय मेगावाट

 

१४.  सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?

➤ विसं २०८१–२०९१

 

१५. हालै वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गर्ने महानगर कुन हो ?

➤ ललितपुर महानगरपालिका 

 

१६.  सरकारले औद्योगिक विकास, यातायात पूर्वाधार र केबुलकार परियोजनालाई समेटी कति आयोजनाको सूची सार्वजनिक गरेको छ ?

➤ २० 

  • मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै यी आयोजनाको सूची सार्वजनिक गरेको ।
  • यस सूचीमा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालित केबुलकार आयोजना समावेश रहेका ।

मुख्य प्राथमिकता प्राप्त आयोजना : 

औद्योगिक ग्राम अन्तर्गत :

१.  बराहक्षेत्र औद्योगिक ग्राम, सुनसरी

२.  जोरायल औद्योगिक ग्राम, डोटी 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गत :

१.  दमक औद्योगिक क्षेत्र, झापा

२.  मयूरधाप औद्योगिक क्षेत्र, मकवानपुर

३.  शक्तिखोर औद्योगिक क्षेत्र, चितवन

४.  लक्ष्मीपुर औद्योगिक क्षेत्र, दाङ

५.  मोतीपुर औद्योगिक क्षेत्र, रुपन्देही 

६.  नौबस्ता औद्योगिक क्षेत्र, बाँके

७.  दैजी औद्योगिक क्षेत्र, कञ्चनपुर 

विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत :

१.  पाँचखाल विशेष आर्थिक क्षेत्र, काभ्रेपलाञ्चोक

२.  हरैया विशेष आर्थिक क्षेत्र, कैलाली 

नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत :

१.  दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँचचौकी, कञ्चनपुर 

नेपाल आयल निगम अन्तर्गत :

१.  सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना

२.  अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना 

निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजना अन्तर्गत :

१.  सत्यवती दर्शन प्रालि पाल्पा

२.  सानो पाथीभरा केबुलकार प्रालि, इलाम

३.  सिक्लेस अन्नपूर्ण केबुलकार प्रालि, कास्की 

४.  ड्रिम्स हिल्स प्रालि, चितवन 

५.  सुपादेउराली केबुलकार प्रालि, अर्घाखाँची 

६.  सूर्यकुण्ड गोसाइँकुण्ड केबुलकार प्रालि, सिन्धुपाल्चोक 

 

१७.  धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि औपचारिक निवेदन कहिले दिएका हुन् ?

➤ विसं २०८२ असोज ७

  • साम्पाङले दलको अध्यक्ष आफैँ रहने प्रस्तावसहित निवेदन पेस गरेका ।

 

१८.  सात वटै प्रदेशद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कुल कति राशिको बजेट प्रस्तुत गरियो ?

➤ रु. दुई खर्ब ८७ अर्ब ७० करोड

 

१९.  नाट्यरत्न २०८२ बाट सम्मानित व्यक्तित्व को को हुनुहुन्छ ? 

➤ हेमराज भुसाल, कमल गाउँले, डिल्लीनारायण पाण्डेय, नारायण योगी, शान्तराम गिरी, प्राडा रामचन्द्र पोखरेल, दिल साहनी, झपेन्द्र जिसी, भावना खनाल, डा. नारायणप्रसाद पन्थ र पुष्कर रेग्मी अथक ।

 

२०.  नेपाल प्रहरीमा आर्थिकसम्बन्धी अपराध अनुसन्धान गर्ने उद्देश्यका साथ आर्थिक तथा वित्तीय अपराध अनुसन्धान एकाइको गठन कहिले भएको हो ? 

➤ विसं २०८२ वैशाख

 

२१.  विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?

➤ सेप्टेम्बर २७ 

  • सन् २०२५ (४६ औँ) को नारा : टुरिजम एन्ड सस्टेनेबल ट्रान्सफर्मेसन ।
  • सन् २०२४ को नारा : टुरिजम एन्ड पिस ।
  • मनाउन सुरु : सन् १९८० 

 

२२.  ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२५ फेब्रुअरी ११ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

➤ १०७ औँ

 

२३.  ‘जोगियाना’ नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने ‘कर्मणा’ नामक कृतिका लेखक को हुन् ? 

➤ झमककुमारी घिमिरे

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 634
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2651
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 83
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 71
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 2002
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 59
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA