Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका प्रमुख साहित्यिक पुरस्कारहरू

  • Bikash Shrestha
  • August 01, 2025
  • 619

नेपालका प्रमुख साहित्यिक पुरस्कारहरू

Major literary awards of Nepal

नेपालका प्रमुख साहित्यिक पुरस्कारहरू

१. मदन पुरस्कार

मदन पुरस्कार स्वर्गीय जनरल मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाले स्थापना गर्नुभएको हो। यसको घोषणा वि.सं. २०१२ साल असोज १० गते गरिएको थियो भने वितरण भने २०१४ सालदेखि सुरु भएको हो। सुरुवातमा यस पुरस्कारको राशी ४ हजार रुपैयाँ र एक तोला सुन राखिएको थियो। पछि २०६१ सालदेखि राशी २ लाख बनाइएको थियो र २०७५ सालदेखि ४ लाख रुपैयाँ पुर्‍याइएको छ। वि.सं. २०३१ र २०३३ मा यो पुरस्कार कसैलाई पनि प्रदान गरिएको थिएन। मदन पुरस्कार हरेक वर्ष नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिमध्ये एकलाई प्रदान गरिन्छ।


२. जगदम्बाश्री पुरस्कार

रानी जगदम्बाको स्वर्गारोहणपछि उहाँको पुण्य स्मृतिमा मदन पुरस्कार गुठीले वि.सं. २०४५ सालमा जगदम्बाश्री पुरस्कार स्थापना गरेको हो। सोही वर्ष नारायणगोपाल गुरुवाचार्यलाई यो पुरस्कार प्रदान गरिएको थियो। सुरुमा यो पुरस्कारको राशी १ लाख रुपैयाँ थियो, अहिले ४ लाख रुपैयाँ प्रदान गरिन्छ। जगदम्बाश्री पुरस्कार नेपाली भाषा, संस्कृति, साहित्य लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ।


३. साझा पुरस्कार

साझा पुरस्कार साझा प्रकाशनद्वारा वि.सं. २०२६ सालमा स्थापना गरिएको हो। यो पुरस्कार साझा प्रकाशनले वर्षभरि प्रकाशित गरेका कृतिमध्ये उत्कृष्ट कृतिलाई प्रदान गरिन्छ। सर्वप्रथम भूपी शेरचनको कविता सङ्ग्रह "घुम्ने मेचमाथि अन्धो मान्छे" (वि.सं. २०२६) ले यो पुरस्कार प्राप्त गरेको थियो। हाल यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ।


४. प्रज्ञा पुरस्कारहरू

प्रज्ञा पुरस्कारहरू नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिन्छन्। प्रज्ञा–प्रतिष्ठानको स्थापना वि.सं. २०१४ मा "नेपाल एकेडेमी ऐन २०१४" अनुसार भएको हो। पछि वि.सं. २०३१ मा "नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान" मा रूपान्तरण गरिएको थियो। गणतन्त्र स्थापनापछि २०६४ सालमा नयाँ ऐनद्वारा पुनः संरचित गरी अहिलेको नेपाल प्रज्ञा–प्रतिष्ठान बनेको हो। प्रज्ञा प्रतिष्ठानबाट निम्न पुरस्कारहरू प्रदान गरिन्छन्:

१. पृथ्वी प्रज्ञा पुरस्कार

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको नाममा स्थापना गरिएको यो पुरस्कार हरेक चार वर्षमा सिर्जनशील प्रतिभा वा विद्वानलाई प्रदान गरिन्छ।

२. नेपाल प्रज्ञा भाषा पुरस्कार

नेपालका भाषासम्बन्धी योगदान दिने भाषाविद्लाई हरेक दुई वर्षमा प्रदान गरिन्छ।

३. नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति र दर्शन पुरस्कार

सामाजिक शास्त्र, संस्कृति वा दर्शनमा योगदान दिने विद्वानलाई हरेक दुई वर्षमा प्रदान गरिन्छ।

४. नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार

सिर्जनशील नेपाली साहित्यकारलाई हरेक वर्ष प्रदान गरिन्छ।

५. नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (पहाड क्षेत्र)

पहाडमा बोलिने मातृभाषाको साहित्यमा योगदान दिने स्रष्टालाई हरेक वर्ष प्रदान गरिन्छ।

६. नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (तराई क्षेत्र)

तराईमा बोलिने मातृभाषाको साहित्यमा योगदान दिने स्रष्टालाई हरेक वर्ष प्रदान गरिन्छ।

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2601
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 76
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 68
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1997
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA