Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

साहित्य

  • Bikash Shrestha
  • August 03, 2025
  • 586

साहित्य

Literature

साहित्य

साहित्य भाषामार्फत व्यक्त हुने कलात्मक अभिव्यक्ति हो। 'साहित्य' शब्दको क्षेत्र व्यापक छ। संस्कृत भाषामा 'काव्य'लाई नै साहित्य भनिएको भए पनि वर्तमान समयमा काव्य र साहित्यलाई पृथक् रूपले बुझिन्छ। साहित्यले कथा, कविता, उपन्यास, निबन्ध, नाटक आदि सबै विधाहरूलाई समेट्छ। पूर्वीय विद्वान् भामहका अनुसार, “शब्द र अर्थको सहभाव नै साहित्य हो।” नेपालमा विभिन्न भाषाहरूमा साहित्य सिर्जना भए तापनि ती सबै साहित्यहरूको पहिचान हुन नसकेको अवस्था छ।

नेपाली साहित्यको विकास र विस्तार

नेपाली साहित्यको विकासलाई तीन कालमा विभाजन गरेर अध्ययन गरिन्छः


(क) प्राथमिक काल (प्रारम्भदेखि वि.सं. १९३९ सम्म)

यस कालको आरम्भ मोतीराम भट्टको जन्मपूर्व अर्थात् शृङ्गारकाल सुरु हुनु अगाडिको समयदेखि हुन्छ। यस अवधिमा लेखिएका अभिलेखहरू (जस्तैः शिलापत्र, ताम्रपत्र, कनकपत्र आदि) र प्राचीन हस्तलिखित ग्रन्थहरू महत्त्वपूर्ण ठानिन्छन्।

प्रमुख अभिलेखहरूः

समय अभिलेख
वि.सं. ११४६ जुम्लाको डुम्राकोटे अभिलेख (सङ्ग्राम सिंहद्वारा जारी)
वि.सं. १३१२–१३९४ खस मल्ल राजाहरू—अशोक चल्ल, अक्षय मल्ल, नाग मल्ल, आदित्य मल्ल, पुण्यमल्ल आदि द्वारा जारी शिलालेखहरू
वि.सं. १४१३–१५३७ पृथ्वी मल्ल, निरयपाल, अभय मल्ल, सुमति वर्मा, कीर्ति मल्ल आदि द्वारा जारी ताम्रपत्र
वि.सं. १७०१–१७६० पहाडी शाही, राजा बहादुर शाह, प्रताप मल्ल, पृथ्वीपति आदि द्वारा जारी अभिलेखहरू
 

प्राचीन हस्तलिखित ग्रन्थहरुः
१५औँ शताब्दीदेखि भेटिएका हस्तलिखित ग्रन्थहरूमा भास्वती, राजा गगनीराजको यात्रा, रामशाहको जीवनी, वाज परीक्षा, ज्वरो उत्पत्ति चिकित्सा, प्रायश्चित्त प्रदीप, नृपश्लोकि ग्रन्थ, औषधि रसायन ग्रन्थ आदि उल्लेखनीय छन्।

यस कालमा नेपाली भाषामा लेखनको सुरुवात पृथ्वीनारायण शाहको एकीकरण अभियानसँगै भएको देखिन्छ। यस समयमा वीरता, साहस र पराक्रमलाई कवितात्मक रूपमा अभिव्यक्त गरिएको पाइन्छ। सुवानन्द दासलाई नेपालको पहिलो कवि मानिन्छ।


(ख) माध्यमिक काल (वि.सं. १९४० देखि १९७४ सम्म)

यो काल विलासी राणा शासनकालको प्रभावमा रहेको देखिन्छ। प्रारम्भमा वीर गाथाबाट सुरु भएको नेपाली साहित्य भक्तिकाल हुँदै शृङ्गारिक काव्यतर्फ अग्रसर भयो।

यस काललाई दुई भागमा बाँड्न सकिन्छ:

  • पूर्व–मध्यकाल: भक्तिकाल (कृष्णभक्ति, रामभक्ति, निर्गुण भक्ति)

  • उत्तर–मध्यकाल: शृङ्गारकाल

यस कालका प्रमुख स्रष्टाहरूमा मोतीराम भट्ट, शम्भुप्रसाद ढुंगेल, गङ्गीनाथ झा, चक्रपाणि चालिसे, सोमनाथ सिग्देल, गिरिशवल्लभ जोशी, रामप्रसाद सिटौला, पहलमान सिंह स्वाँर आदि पर्छन्। मोतीराम भट्टको योगदान उल्लेखनीय छ। उनले छापाखाना स्थापना गरी धेरै पुस्तकहरू प्रकाशित गरे। वि.सं. १९४३ मा ‘गोरखा भारतजीवन’ नामक साहित्यिक पत्रिका पनि सुरु गरे।


(ग) आधुनिक काल (वि.सं. १९७५ देखि हालसम्म)

कविशिरोमणि लेखनाथ पौड्यालको आगमनसँगै नेपाली साहित्यमा आधुनिक काल सुरु भएको मानिन्छ। उनको ऋतुविचार काव्य (वि.सं. १९७३ मा प्रकाशित) आधुनिक साहित्यको सुरुवात मानिन्छ।

अन्य आधुनिक कृतिहरूमा—

  • बालकृष्ण समको मुटुको व्यथा (नाटक)

  • विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मा (कथा)

  • पुष्कर शमशेरको लक्ष्यहीन (एकाङ्की)

  • बालकृष्ण समको बोक्सी (नाटक)
    आदि पर्दछन्।

वि.सं. २००७ सालपछि नेपाली साहित्यले तीव्र गति लिएको छ। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, मदन पुरस्कार जस्ता संस्थाहरूको स्थापना साहित्य विकासमा योगदानकारी रहे। वि.सं. २०२० तिर सुरु भएको आयामेली आन्दोलनले साहित्यमा नयाँ मोड ल्यायो। त्यसपछि साहित्यिक लेखनमा सहजता र कलात्मकता आउन थाल्यो। हालका दशकहरूमा साहित्य उत्तर–आधुनिक चिन्तनबाट प्रभावित हुँदै गइरहेको छ। परम्परागत विधा, शैलि र चिन्तनमा परिवर्तन आएको छ। यसरी, आधुनिक कालसम्म आइपुग्दा नेपाली भाषामा विभिन्न प्रकारका साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन्।

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2602
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 76
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 68
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1997
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA