Gen-Z आन्दोलन
Gen-Z आन्दोलन देखि शुसिला कार्कीको नेतृत्वको अन्तरिम सरकार सम्म
• नेपालमा हालसालै भएको आन्दोलनको नेतृत्व कसले गरेका हुन् ?
(gen-z) Generation Z
(Gen Z भन्नाले लगभग सन् १९९६-२०१२ बीच जन्मिएका पुस्तालाई जनाइन्छ।
मुख्यतः Gen Z Internet + Social Media + Awareness + Change चाहने युवा पुस्ता हो।)
• जेन-जी आन्दोलनको प्रमुख २ तत्कालिन कारण कुन तिए?
Corruption & Social Media Ban
(गत २०८२ भदौ १९ मा नेपाल सरकारले २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णन गरेको थियो।)
• नेपालको Gen Z आन्दोलनमा "नातावाद र राजनीतिक परिवारवाद" विरुद्ध प्रयोग गरिएको चर्चित शब्द कुन हो ?
Nepo Babies
(अर्थः शक्तिशाली नेता वा उच्च अधिकारीका "बच्चा/नातेदार" जसले अवसर, जागिर, छात्रवृत्ति वा सुविधा योग्यताभन्दा नातावाद (nepotism)
को भरमा पाएका हुन्छन् । सामान्य युवाले संघर्ष गर्दा उनीहरूले बाबु-आमाको हैसियतका कारण सजिलै प्रगति गर्छन् ।)
• जेन-जी आन्दोलनको मुख्य नारा के के थिए ?
"Enough is Enough" / "Wake Up Gen Z" / "Youths Against Corruption"
अन्य घटनाक्रम :
• नेपालमा जेन-जी आन्दोलनको सुरुवात : २०८२ भदौ २३ गते
(सेप्टेम्बर ८ मा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सुरु भएको र २३ र २४ गते २ दिन चलेको ।)
• गृहमन्त्री रमेश लेखकले राजिनामा : २०८२ भदौ २३ गते
• सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा गर्ने मन्त्रीपरिषद्को निर्णन २०८२ भदौ २३ गते
• प्रधानमन्त्री केपि शर्मा वलीले राजिनामा : २०८२ भदौ २४ गते
• प्रधान सेनापति अशोकराज सिग्देलले राज्यको नाममा सम्बोधन : २०८२ भदौ २४ गते
• शुसिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन (संसद विघटन) २०८२ भदौ २७ गते
(अन्तरिम प्रधानमन्त्रीको रुपमा पुर्व प्रधानन्यायाधिस शुसिला कार्की बन्नुभएको। नेपालको पहिलो महिला
प्र.म तथा नेपालको ४६ औं प्रधानमन्त्री।)
आक्रमणमा भएको मुख्य क्षति :
• ५० बढिको मृत्यु र एक हजारभन्दा बढी घाइते भएका ।
• कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका का मुख्य भवनहरू जलेका।
• प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित महत्वपूर्ण सरकारी भवन र शीर्ष नेताहरूको निवासमा ठूलो क्षति ।
• सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, प्रधानमन्त्री तथा राष्ट्रपति भवनमा ठूलो क्षति