Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वन

  • Bikash Shrestha
  • September 07, 2025
  • 519

वन

Forest

 

कुनै ठाउँको भू–धरातल, हावापानी, माटो आदिले त्यहाँको वनस्पतिलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छन् । हावापानी र वनस्पतिबीच आपसी निर्भरता हुन्छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वनसम्पदाको महत्वपूर्ण भूमिका छ ।

सन् २०२४ मा नेपालको कुल भूभागको ४६.०८ प्रतिशत भाग वन क्षेत्रले ढाकेको छ ।

  • सन् १९९० मा वन क्षेत्र ३९.६% थियो ।

  • सन् २०१५ मा ४४.७४% पुगेको थियो ।

  • सन् २०१९ मा ४५.३१% पुगेको थियो ।

  • हाल (सन् २०२४) मा ४६.०८% पुगेको छ ।

हाल नेपालमा:

  • वन क्षेत्रफल = ६३,९९,३४१ हेक्टर

  • झाडी/बुट्यान क्षेत्रफल = ३,९७,९१६ हेक्टर

  • वन ४३.३८% र झाडी/बुट्यान २.७०% गरी कुल ४६.०८% भूभागमा वनस्पति छ ।

परम्परागत रूपमा खाना पकाउन दाउराको प्रयोग हुने गर्थ्यो, तर अहिले ग्यास प्रयोग बढेकाले र बाँझो जमिनमा पुनः वनस्पति फस्टाउँदा वन क्षेत्र विस्तार भएको देखिन्छ ।


नेपालको वनस्पतिको वर्गीकरण

नेपालको भू–धरातल र वनजंगलको विविधताका आधारमा वनस्पतिलाई पाँच प्रमुख समूहमा वर्गीकरण गर्न सकिन्छः

(क) उष्णप्रदेशीय सदाबहार जंगल

  • स्थान: तराई, भावर, दून, चुरे पर्वतको १,२०० मि. सम्म

  • विशेषता: पर्याप्त गर्मी र वर्षा हुने, अग्ला, मोटा, बलिया र सधैं हरिया रुख।

  • प्रमुख वनस्पति: साल, सिसौ, खयर, सिमल, साँवे, ढड्डी, गाँज आदि।

  • वन्यजन्तु: हात्ती, गैँडा, बाघ, भालु, मृग आदि।

  • महत्व: आर्थिक तथा जैविक दृष्टिले अति महत्वपूर्ण।

(ख) समशीतोष्ण पतझर जंगल

  • स्थान: १,२०० – २,१०० मि., चुरेको माथिल्लो भाग, महाभारतको तल्लो भाग

  • विशेषता: तल्लो भागमा छायादार, माथिल्लो भाग चिसो र हिउँ पर्ने; प्रायः पातपतिङ्गर झर्ने।

  • प्रमुख वनस्पति: साल, सल्ला, देवदारु, कटुस, ओखर, गुराँस, पिपल, चिलाउने, बाँस, सिमल, उत्तिस, पलाँस, लाकुरी, चाँप आदि।

  • महत्व: उष्णप्रदेशीय सदाबहार जंगलभन्दा कम गुणस्तरीय मानिन्छ।

(ग) समशीतोष्ण सदाबहार कोणधारी जंगल

  • स्थान: २,१०१ – ३,३५० मि., महाभारतको माथिल्लो भाग र हिमालयको तल्लो भाग

  • विशेषता: वर्षभरि चिसो, हिमपात हुने; पात चुच्चो (कोण जस्तै)।

  • प्रमुख वनस्पति: चाँप, सल्ला, देवदारु, कटुस, धुपी, सिमल, चिलाउने, बाँस, उत्तिस, गुराँस, भोजपत्र आदि।

(घ) लेकाली वनस्पति (घाँसे मैदान)

  • स्थान: ३,३५१ – ५,००० मि.

  • विशेषता: कम तापक्रम, कम वर्षा; अग्ला, मोटा र कडा रुखहरू हुर्कन सक्दैनन्।

  • प्रमुख वनस्पति: गुराँस, निगाले (३,६०० मि. सम्म), माथिल्लो भागमा ठूलो–ठूलो घाँसे फाँट, रंगीबिरंगी बुकीफूल, औषधिजन्य जडीबुटी।

(ङ) शीत मरुभूमिको वनस्पति (टुन्ड्रा प्रकार)

  • स्थान: ५,००० मि. माथि

  • विशेषता: अत्यधिक चिसो, हिउँले ढाकिने; रुख उम्रन सक्दैनन्।

  • वनस्पति: काई, लेउ, झ्याउ मात्र।

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2632
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 78
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 70
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1999
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 58
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA