Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भाषा परिवारहरू

  • Bikash Shrestha
  • August 01, 2025
  • 1115

भाषा परिवारहरू

Family of Languages

१. भारोपेली भाषा परिवार

परिचय:
भारोपेली भाषा परिवार विश्वकै सबैभन्दा समृद्ध भाषा परिवार मानिन्छ। यसमा भारतदेखि युरोपसम्मका मुख्य भाषा समावेश छन्। संसारभरि फैलिएको यो भाषा परिवारले साहित्य, सभ्यता, संस्कृति, विज्ञान, राजनीति आदि क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ। भाषावैज्ञानिक दृष्टिले पनि यस भाषाको अध्ययन अत्यधिक भएको पाइन्छ।

मुख्य शाखाहरू:

  • सतम शाखा:
    अल्बानियाली, बाल्टिक, स्लाभिक, आर्मेनी, आर्य–इरानी

  • केन्तुम शाखा:
    केल्टिक, जर्मानिक, ग्रीक, इटालिक, टोक्हारेन, हित्ताइट

प्रमुख भाषाहरू:
संस्कृत, अवेस्ता, ग्रीक, ल्याटिन, रुसी, जर्मन आदि यसै परिवारका प्राचीन र समृद्ध भाषाहरू हुन्।

नामकरण र उत्पत्ति:
यस भाषा परिवारलाई विगतमा इन्डो–जर्मानिक, इन्डो–युरोपियन, इन्डो–हिट्टाइट आदि नाम दिइएको भए पनि अहिले "भारोपेली (Indo-European)" नाम लोकप्रिय छ। यसको ठोस उत्पत्तिस्थान नखुले पनि अनुमान अनुसार ई.पू. ४५०० तिर एक समूह एउटै भाषा बोल्थे र त्यस समूहलाई "विरोस" भनिन्थ्यो।


२. द्रविड भाषा परिवार

परिचय:
द्रविड भाषा परिवार भारतको तमिलनाडु, श्रीलंका, मलेसिया, इन्डोनेसिया, बर्मा, पूर्वी तथा दक्षिण अफ्रिकासम्म फैलिएको छ। तमिल भाषा यस परिवारको मुख्य र अत्यन्त समृद्ध भाषा हो, जुन ई.पू. १५०० अघि देखि नै प्रचलनमा आएको मानिन्छ।

अन्य भाषाहरू:
सेन्ट–तमिल, मलयालम, कन्नड, तेलुगू, कोलामी आदि।

भाषिक विशेषताहरू:

  • अन्तःयोगात्मक स्वरूप (agglutinative)

  • दुईवचन र तीन लिङ्ग

  • कर्मवाच्यको अभाव

  • मूर्धन्य ध्वनिको प्रचुर प्रयोग

  • स्वरान्त शब्दहरूको प्रयोग बढी

  • विभक्ति प्रत्ययबाट जनाइन्छ

  • लिङ्ग निर्धारणका लागि 'पुरुष' वा 'स्त्री' वाचक शब्द संलग्न गरिन्छ
    → उदाहरण: पुरुष नामसँग "पुरुष" वा "स्त्री" थपिने

नेपालमा प्रचलन:
झाँगड (धाँगड) भाषा द्रविड परिवारअन्तर्गत नेपालमा प्रयोग हुने भाषा हो।


३. भो ट–बर्मेली (चिनियाँ–तिब्बती) भाषा परिवार

परिचय:
वक्ताको संख्याका हिसाबले भारोपेलीपछिको दोस्रो ठूलो भाषा परिवार हो। चीन, तिब्बत, बर्मा लगायत बङ्गलादेश, नेपाल, भुटान, थाइल्यान्ड, भियतनाम आदि देशमा बोलीने भाषाहरू यसमा पर्दछन्।

नेपालमा बोलिने भाषाहरू:
तामाङ (मुर्मी), नेवारी, मगर, राई, किराँती, गुरुङ, लिम्बू, शेर्पा, चेपाङ, सुनुवार, थामी, धिमाल, तिब्बती, जिरेल आदि।

भाषिक विशेषताहरू:

  • अयोगात्मक संरचना

  • एकाक्षरी शब्दहरू

  • स्थानअनुसार अर्थ परिवर्तन

  • तान (intonation) का आधारमा अर्थ फरक

  • अनुनासिक ध्वनिको बहुलता

  • छुट्टाछुट्टै चिह्नहरू प्रयोग गरिने (वर्णभन्दा फरक संरचना)


४. आग्नेय भाषा परिवार (Austric / Austroasiatic)

परिचय:
दक्षिणपूर्वी एसियाको मूलभूत भाषा परिवार मानिन्छ। यसले अन्नाम, कम्बोडिया, बर्मा, थाइल्यान्ड, भारत हुँदै निकोबार द्वीपसम्म फैलावट पाएको छ। नेपालमा सतार (सन्थाल) भाषा यस परिवारअन्तर्गत पर्दछ।

मुख्य शाखाहरू:

  • मुन्डा (कोल)

  • मोन–ख्मेर (सबैभन्दा समृद्ध)

  • अन्नाम–मुआङ

भाषिक विशेषताहरू:

  • अश्लिष्ट योगात्मकता

  • विभक्तिको कार्य उपसर्गद्वारा

  • लिङ्ग निर्धारणका लागि विशेष शब्द प्रयोग
    → जस्तै: आँडिया कुल = बाघ, एङ्गा कुल = बघिनी

  • तीन वचनको प्रयोग

  • पुरुषअनुसार क्रियामा रूपभेद नहुने

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 58
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 65
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 65
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 26
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 151
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA