Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मौलिक हकहरूको पुस्तागत वर्गीकरण (Generational Categorization)

  • Ajnabee Khadka
  • May 14, 2026
  • 606

मौलिक हकहरूको पुस्तागत वर्गीकरण (Generational Categorization)

Generational Categorization of Fundamental Rights
  • संवैधानिक वा मौलिक हकहरूलाई तिनको ऐतिहासिक विकास, प्रकृति र प्राथमिकताका आधारमा विभिन्न तीन पुस्तामा वर्गीकरण गरिन्छ,
  • सन् १९७९ मा अन्तर्राष्ट्रिय मानव अधिकार विज्ञ कारेल भासाक (Karel Vasak) ले फ्रान्सेली राज्यक्रान्तिको नारा "स्वतन्त्रता, समानता र बन्धुत्व" लाई आधार मानेर यसको सुरुवाती विभाजन गरेका,

हकहरूको विभिन्न पुस्ता (Generations of Rights) का आधारमा गरिएको वर्गीकरण:

पुस्ता
अधिकारको प्रकार
मूल नारा
प्रकृति
प्रमुख उदाहरणहरू
पहिलो पुस्ता (First Generation)
नागरिक तथा राजनीतिक अधिकार
स्वतन्त्रता (Liberty)
यसले राज्यलाई व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्नबाट रोक्छ र राज्यको शक्तिलाई सीमित गर्दछ,
  • सम्मानपूर्वक बाँच्न पाउने हक,
  • स्वतन्त्रताको हक,
  • समानताको हक,
  • न्यायसम्बन्धी हक,
  • मतदान गर्ने र राजनीतिक प्रतिस्पर्धामा भाग लिने हक
दोस्रो पुस्ता (Second Generation)
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार
समानता (Equality)
यी हकहरू सुनिश्चित गर्न राज्यले नीति, बजेट र स्रोतको व्यवस्था गरी सक्रिय भूमिका खेल्नुपर्ने दायित्व रहन्छ,
  • श्रम तथा रोजगारीको हक,
  • शिक्षा र स्वास्थ्यसम्बन्धी हक,
  • सामाजिक सुरक्षा र आवासको हक,
  • सांस्कृतिक पहिचानको हक,
तेस्रो पुस्ता (Third Generation)
सामूहिक वा ऐक्यबद्धताका अधिकार 
बन्धुत्व वा ऐक्यबद्धता (Fraternity)
यी हकहरू कुनै एक व्यक्ति एक्लैले उपभोग गर्न सक्दैन, बरु सम्पूर्ण समुदाय वा राष्ट्रले संयुक्त रूपमा उपभोग गर्दछन्,
  • स्वच्छ वातावरणको हक,
  • विकासको हक,
  • शान्तिको हक,
  • खाद्य सम्प्रभुताको हक
  • आधुनिक समयमा २१ औं शताब्दीको डिजिटल क्रान्ति, तीव्र प्राविधिक विकास, जैविक प्रविधि र सञ्चारको विस्तारसँगै अधिकारको चौथो पुस्ता (Fourth Generation) को अवधारणा विकसित भएको;
    • अधिकारको प्रकार: डिजिटल र प्राविधिक अधिकार 
    • प्रकृति: यो २१ औं शताब्दीको डिजिटल क्रान्ति, जैविक प्रविधि र सञ्चारको विस्तारसँगै विकसित भएको,
    • प्रमुख उदाहरणहरू: डिजिटल प्रणाली र इन्टरनेटमा पहुँचको हक, डिजिटल गोपनीयता (Cyber Privacy), डाटा सुरक्षा, बायो-एथिक्स र AI को सुरक्षित प्रयोगको अधिकार आदि

नेपालको वर्तमान संविधानको भाग-३ (धारा १६ देखि ४६ सम्म) मा व्यवस्था गरिएका ३१ वटा मौलिक हकहरूलाई तिनको ऐतिहासिक विकास र प्रकृतिका आधारमा निम्नानुसार पुस्तागत वर्गीकरण:

  • नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हकहरूमा मुख्यतया पहिलो, दोस्रो र तेस्रो पुस्ताका हकहरूलाई व्यापक रूपमा समेटिएको,
पुस्ता
अधिकारको प्रकृति
धारा र मौलिक हकहरू
पहिलो पुस्ता (First Generation)
नागरिक तथा राजनीतिक अधिकार: यिनीहरूलाई 'नकारात्मक अधिकार' भनिन्छ, जसले राज्यको शक्तिलाई सीमित गरी व्यक्तिको स्वतन्त्रता रक्षा गर्छन्,
धारा १६: सम्मानपूर्वक बाँच्न पाउने हक,
धारा १७: स्वतन्त्रताको हक,
धारा १८: समानताको हक,
धारा १९: सञ्चारको हक,
धारा २०: न्यायसम्बन्धी हक,
धारा २१: अपराध पीडितको हक,
धारा २२: यातना विरुद्धको हक,
धारा २३: निवारक नजरबन्द विरुद्धको हक,
धारा २४: छुवाछूत तथा भेदभाव विरुद्धको हक,
धारा २५: सम्पत्तिको हक,
धारा २६: धार्मिक स्वतन्त्रताको हक,
धारा २७: सूचनाको हक,
धारा २८: गोपनीयताको हक,
धारा ४५: देश निकाला विरुद्धको हक,
धारा ४६: संवैधानिक उपचारको हक,
दोस्रो पुस्ता (Second Generation)
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार: यिनीहरूलाई 'सकारात्मक अधिकार' भनिन्छ, जसको कार्यान्वयनका लागि राज्यले स्रोत र साधनको व्यवस्था गर्नुपर्ने हुन्छ,
धारा २९: शोषण विरुद्धको हक,
धारा ३१: शिक्षासम्बन्धी हक,
धारा ३२: भाषा तथा संस्कृतिको हक,
धारा ३३: रोजगारीको हक,
धारा ३४: श्रमको हक,
धारा ३५: स्वास्थ्यसम्बन्धी हक,
धारा ३७: आवासको हक,
धारा ३८: महिलाको हक,
धारा ३९: बालबालिकाको हक,
धारा ४०: दलितको हक,
धारा ४१: ज्येष्ठ नागरिकको हक,
धारा ४२: सामाजिक न्यायको हक,
धारा ४३: सामाजिक सुरक्षाको हक,
धारा ४४: उपभोक्ताको हक
तेस्रो पुस्ता (Third Generation)
सामूहिक वा ऐक्यबद्धताका अधिकार: यी अधिकारहरू समुदाय वा राष्ट्रले सामूहिक रूपमा उपभोग गर्दछन्,
धारा ३०: स्वच्छ वातावरणको हक,
धारा ३६: खाद्यसम्बन्धी हक (खाद्य सम्प्रभुता समेत)

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 233
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 296
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 260
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 428
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 223
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA