Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ को असार महिनाको समसामयिक घटनाक्रम

  • Ajnabee Khadka
  • June 19, 2026
  • 6

वि.सं. २०८३ को असार महिनाको समसामयिक घटनाक्रम

Current events of the month of Asar, B.S. 2083

असार महिनाको समसामयिक घटनाक्रम

सातै प्रदेशद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत:

  • बजेट प्रस्तुत मिति: वि.सं. २०८३, असार १ (सन् २०२६ जुन १५)

प्रदेशको नाम

कुल बजेट

चालु खर्च

पुँजीगत खर्च

आन्तरिक राजस्व

कोशी प्रदेश

४० अर्ब ४४ करोड ९८ लाख

१३ अर्ब ९७ करोड ६३ लाख

२० अर्ब ७५ करोड ९९ लाख

५ अर्ब ५० करोड

मधेश प्रदेश

४१ अर्ब १३ करोड ८६ लाख 

१४ अर्ब ६६ करोड ३२ लाख २९ हजार

२६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार

११ अर्ब २२ करोड ७५ लाख

बागमती प्रदेश

६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार 

२२ अर्ब ९६ करोड १९ लाख ३० हजार

४३ अर्ब ९७ करोड १४ लाख ३ हजार

३७ अर्ब ८९ करोड ५ लाख ८० हजार (कर राजस्व (रु. ३० अर्ब १५ करोड ६ लाख ६८ हजार) र अन्य राजस्व (रु. ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार) दुवै जोडिएको)

गण्डकी प्रदेश

३२ अर्ब ९९ करोड ९९ लाख

१२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार

२० अर्ब २ करोड ६१ लाख २२ हजार

५ अर्ब ८४ करोड १८ लाख ५२ हजार

लुम्बिनी प्रदेश

३७ अर्ब ३८ करोड ४५ लाख

११ अर्ब ११ करोड २७ लाख १० हजार

२२ अर्ब ७१ करोड ६५ लाख ४० हजार

६ अर्ब ६१ करोड ८५ लाख

कर्णाली प्रदेश

३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार

८ अर्ब ६० करोड ४५ लाख ५६ हजार

२० अर्ब ७४ करोड ६७ लाख १२ हजार

८५ करोड ५ लाख ९० हजार

सुदूरपश्चिम प्रदेश

३७ अर्ब ७० करोड ४० लाख

१० अर्ब १२ करोड ७६ लाख ३० हजार

२० अर्ब ८९ करोड ४३ लाख ८० हजार

१ अर्ब ७२ करोड

  • सबैभन्दा ठूलो बजेट: बागमती प्रदेश (रु. ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार)
  • सबैभन्दा सानो बजेट: गण्डकी प्रदेश (रु. ३२ अर्ब ९९ करोड ९९ लाख) 
  • प्रायः सबै प्रदेशहरूले विकास निर्माण (पुँजीगत) तर्फ कुल बजेटको ५० प्रतिशतभन्दा बढी रकम विनियोजन गरेका छन्। जस्तै, मधेश प्रदेशले ६४.३६ प्रतिशत र बागमती प्रदेशले ६५.६९ प्रतिशत पुँजीगत खर्चका लागि छुट्ट्याएका,
  • बागमती प्रदेश आन्तरिक स्रोत परिचालनमा सबैभन्दा धेरै (रु. ३७ अर्ब ८९ करोड ५ लाख ८० हजार), र कर्णाली प्रदेशको आन्तरिक राजस्व सबैभन्दा कम (रु. ८५ करोड ५ लाख ९० हजार) रहेको,

लोक सेवा आयोग को ७६औँ स्थापना दिवस:

  • लोक सेवा आयोग को ७६औँ स्थापना दिवस: वि.सं. २०८३, असार १ (सन् २०२६ जुन १५)
  • स्थापना मिति: वि.सं. २००८ साल आषाढ १ गते
  • प्रारम्भिक नाम: "नेपाल पब्लिक सर्भिस कमिसन"
  • स्थापनाको वैधानिक आधार: सम्बत् २००७ सालको ऐतिहासिक राजनीतिक परिवर्तन पश्चात् सोही वर्ष जारी भएको 'नेपालको अन्तरिम शासन विधान' को धारा ६४ बमोजिम
  • वर्तमान अवस्था: वि.सं. २००८ देखि हाल वि.सं. २०८३ सालसम्म निष्पक्ष र स्वच्छ कार्यप्रणालीका माध्यमबाट आम नेपालीको विश्वास र भरोसाको केन्द्रको रूपमा स्थापित
  • प्रकृति: सार्वजनिक प्रशासनका लागि उपयुक्त र योग्य उम्मेदवार छनोट गर्ने एक विशिष्टीकृत संवैधानिक निकाय
  • संवैधानिक प्रावधान: नेपालको संविधानको भाग २३ अन्तर्गत धारा २४२ र धारा २४३ मा आयोगको गठन, काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको,
  • कुल पदाधिकारी संख्या: ५ जना (१ जना अध्यक्ष र ४ जना अन्य सदस्य)
  • मुख्य कर्तव्य: नेपालको संविधानको धारा २४३ बमोजिम निजामती सेवाका पदहरूमा उपयुक्त उम्मेदवार छनोटका लागि परीक्षा सञ्चालन गर्नु,

आयोगको ऐतिहासिक विकासक्रम:

  • २००८ असार १: पब्लिक सर्भिस कमिसनको स्थापना
  • २००८ भाद्र १८: पहिलो विज्ञापन (६ पदका लागि) प्रकाशन
  • २०१२ साल: पोष्टग्याजुएट/ग्याजुएट अफिसर छनोट सुरु
  • २०१६ साल: लोक सेवा आयोगको पहिलो प्रतिवेदन पेश
  • २०१७ साल: लोक सेवा आयोग निलम्बन भएको (२०१७ साल माघ २५ देखि २०१८ जेष्ठ मसान्तसम्म)
  • २०२३ साल: संगठित संस्थाको पदपूर्तिको जिम्मेवारी प्राप्त
  • २०४३ साल: सार्वजनिक संस्थानको कर्मचारी भर्ना सम्बन्धी सामान्य सिद्धान्त प्रतिपादन गर्ने अधिकार प्राप्त
  • २०४७ साल: आयोगको अधिकार क्षेत्र निजामती सेवामा मात्र सीमित
  • २०६३ साल: सुरक्षा निकायहरूमा नियुक्ति र बढुवाका सामान्य सिद्धान्तका विषयमा परामर्श दिने जिम्मेवारी प्राप्त
  • २०६३ साल: संगठित संस्थाले 'चाहेमा' पदपूर्ति र विभागीय कारबाहीका विषयमा आयोगको परामर्श लिनसक्ने व्यवस्था
  • २०६९ वैशाख १३: परीक्षार्थीले उत्तरपुस्तिकामा अनिवार्य रूपमा कालो मसी प्रयोग गर्नुपर्ने व्यवस्था
  • २०६९ भाद्र ७: अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट वस्तुगत बहुउत्तर उत्तरपुस्तिका परीक्षण सुरु
  • २०७१ चैत्र २३: अनलाइन प्रणालीबाट दरखास्त संकलन सुरु
  • २०७२ साल: सुरक्षा निकाय र संगठित संस्थाका पदमा पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्राप्त
  • २०७२ पुष ६: उत्तरपुस्तिकाको दोहोरो परीक्षण सुरु
  • २०७३ साल: एसेस्मेन्ट सेन्टर मेथोडोलोजी (ए.सी.एम.) परीक्षण प्रविधिको सुरुवात
  • २०७५ साल: रा.प.द्वित्तीय श्रेणी (उपसचिव) अप्राविधिक पदमा In Basket Exercise परीक्षण सुरुवात
  • २०७६ जेठ १५: स्थानीय तहका लागि एकै पटक ९१६१ पदको विज्ञापन
  • २०७७ साल: सङ्गठित संस्थातर्फ नवौं तह र सो भन्दा माथिका उत्तरपुस्तिका विज्ञहरूद्वारा आयोग परिसरमै परीक्षण गराउने व्यवस्था
  • २०७९ असार ३१: नेपालको संविधान अनुसार कार्यक्षेत्र व्यवस्थित गर्ने गरी लोक सेवा आयोग ऐन, २०७९ जारी
  • २०७९ मंसीर २६: आयोगको दोस्रो रणनीतिक योजना (२०७९/८०-२०८३/८४) कार्यन्वयनमा
  • २०७९ पुस १४: सुरक्षा निकाय, अन्य संघीय सरकारी सेवा र सङ्गठित संस्थाका पदपूर्तिका लागि लिइने परीक्षाको पाठ्यक्रम सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत
  • २०८३ वैशाख ८: लोक सेवा आयोगले अपनाएको सिद्धान्त र मापदण्ड सार्वजनिक

विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको चेतना दिवस, २०२६ (World Elder Abuse Awareness Day)

  • दिवस मनाइने मिति: हरेक वर्षको जुन १५ (वि.सं. २०८३ को सन्दर्भमा: असार १ गते)
  • औपचारिक सुरुवात: सन् २०१२ देखि (संयुक्त राष्ट्र सङ्घद्वारा आधिकारिक मान्यता)
  • घोषणा गर्ने निकाय: संयुक्त राष्ट्र सङ्घको साधारण सभा (UN General Assembly) द्वारा डिसेम्बर २०११ मा पारित
  • सुरुवात गर्ने संजाल: International Network for the Prevention of Elder Abuse (INPEA) द्वारा सन् २००६ जुन १५ मा पहिलो पटक यो दिवस मनाउन थालिएको,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Beyond Awareness: Making Elder Abuse Prevention Work" ("सचेतना भन्दा माथि: ज्येष्ठ नागरिक दुर्व्यवहार रोकथामलाई प्रभावकारी बनाउने कार्य")

चुरे संरक्षण दिवस, २०८३

  • मनाइने मिति: हरेक वर्ष असार २ गते 
  • कतिऔं संस्करण?: १२ औं
  • वि.सं. २०८३ को दिवसको नारा:"चुरेको माटो चुरेलाई, सफापानी सबैलाई"
  • नेपाल सरकारद्वारा 'राष्ट्रपति चुरे संरक्षण कार्यक्रम' मार्फत यस क्षेत्रको एकीकृत संरक्षणको सुरुवात: आ.व. २०६६/६७ देखि
  • नेपाल सरकारद्वारा चुरे पहाडका १६४ नदी प्रणाली र जलाधार क्षेत्रलाई 'वातावरण संरक्षण क्षेत्र' घोषणा गर्दै राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठन: वि.सं. २०७१ साल असार २
  • आयोजनाको स्तर: यो कार्यक्रम नेपाल सरकारको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना अन्तर्गत संचालित,
  • चुरे क्षेत्रको उत्पत्ति: करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड
  • चुरे शृङ्खलालानेपालमा चुरेको अवस्था र फैलावटई 'शिवालिक पर्वत (Siwalik Hills)' को नामबाट पनि चिनिन्छ,
  • नेपालमा चुरेको अवस्था र फैलावट:
    • विस्तार: पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म नेपालका ३७ वटा जिल्लाहरूमा फैलिएको,
    • क्षेत्रफल: नेपालको कुल भू-भागको १२.७८ प्रतिशत हिस्सा चुरे क्षेत्रले ओगटेको,
    • पहिचान: तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रबाट ओर्लिंदा भेटिने अन्तिम पहाड
  • भौगोलिक अवस्थिति (अन्तर्राष्ट्रिय): पश्चिममा पाकिस्तानको इन्डस (सिन्धु) नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको,

५२ औं G-7 शिखर सम्मेलन

विषय

विवरण

आयोजना मिति

सन् २०२६ जुन १५ देखि १७ सम्म (वि.सं. २०८३ असर १ देखि ३ गते)

संस्करण

५२ औं

आयोजक राष्ट्र/स्थान

एभियान-लेस-बेंस (Évian-les-Bains), फ्रान्स

मुख्य नारा (Theme)

"Working Together to Address Major International Challenges"

अध्यक्षता

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ (Emmanuel Macron)

G-7 का ७ सदस्य राष्ट्रहरू र युरोपेली संघ (EU) का प्रमुख प्रतिनिधिहरू

१.) फ्रान्स: इमानुएल म्याक्रोँ

२.) क्यानडा: मार्क कार्नी

३.) जर्मनी: फ्रेडरिक मर्ज

४.) इटाली: जोर्जिया मेलोनी

५.) जापान: सानाए ताकाइची

६.) बेलायत (UK): किर स्टार्मर

७.) अमेरिका (USA): डोनाल्ड ट्रम्प 

८.) युरोपेली संघ (EU): एन्टोनियो कोस्टा र उर्सुला भोन डेर लेयन

सम्मेलनका मुख्य एजेन्डा र निर्णयहरू

  • भू-राजनीतिक घटनाक्रम: सम्मेलन सुरु हुनु केही घण्टा अघि मात्र अमेरिका र इरानबीच भएको प्रारम्भिक शान्ति सम्झौता र युक्रेन-रुस युद्धको आगामी रणनीतिबारे गहन छलफल भएको,
  • चीनमाथिको निर्भरता कम गर्ने: विश्व बजारमा महत्त्वपूर्ण खनिज पदार्थहरू (Critical Minerals) को आपूर्तिमा चीनको एकाधिकार तोड्न र आत्मनिर्भर बन्ने रणनीति तय गरिएको,
  • विश्वव्यापी असन्तुलन: व्यापारिक तथा वित्तीय क्षेत्रमा देखिएका विश्वव्यापी आर्थिक असन्तुलन कम गर्ने फ्रान्सको प्राथमिकता अनुरूप साझा प्रतिवद्धता जनाइएको,
  • अन्य विषयहरू: संगठित अपराध, बालबालिकाको अनलाइन सुरक्षा, स्वास्थ्य (क्यान्सर विरुद्धको लडाइँ र कंगोको इबोला महामारी नियन्त्रण) तथा मानव तस्करी नियन्त्रणमा संयुक्त घोषणापत्र जारी गरिएको,

ऐतिहासिक रेकर्ड

एभियान (Évian) शहर दुई पटक (सन् २००३ को २९ औं G8 र सन् २०२६ को ५२ औं G7) शिखर सम्मेलन आयोजना गर्ने पहिलो फ्रान्सेली शहर बनेको,

अघिल्लो सम्मेलन

५१ औं G-7 सम्मेलन (२०२५): कानानास्किस, क्यानडा

अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस, २०२६ (International Day of Family Remittances)

  • दिवस मनाइने मिति: हरेक वर्षको जुन १६ (वि.सं. २०८३ को सन्दर्भमा: असार २ गते)
  • औपचारिक सुरुवात: सन् २०१५ देखि (IFAD द्वारा सुरु) र संयुक्त राष्ट्र सङ्घको साधारण सभाद्वारा सन् २०१८ मा आधिकारिक रूपमा अनुमोदन
  • नेतृत्व गर्ने निकाय: अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD)
  • महत्त्व: आफ्नो परिवारको सुखद भविष्यका लागि जन्मभूमि छोडी पराई मुलुकमा अहोरात्र खट्ने सम्पूर्ण श्रमजीवी कामदारहरूप्रति आदर र कृतज्ञता प्रकट गर्ने विशेष दिन,
  • सन् २०२६ को नारा: "Beyond Transfers: Turning Remittances into Rural Resilience, Entrepreneurship and Employment" (रकम हस्तान्तरण भन्दा माथि: विप्रेषणलाई ग्रामीण उत्थानशीलता, उद्यमशीलता र रोजगारीमा रूपान्तरण गर्ने कार्य)

आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कका आधारमा नेपालको विप्रेषण आप्रवाह (Remittance Inflow) सम्बन्धी प्रमुख तथ्य र तथ्याङ्कहरू:

सूचक / विवरण

वर्तमान स्थिति (२०८२ फागुनसम्म)

कुल विप्रेषण आप्रवाह (रु. अर्बमा)

१,४४९.७

विप्रेषण वृद्धिदर (प्रतिशतमा)

३७.७ %

 कुल ग्राहस्थ उत्पादन (GDP) मा विप्रेषणको हिस्सा

३१.५९ % (अनुमान)

चालु खाता प्राप्तिमा विप्रेषणको अंश

६९.७७ %

चालु ट्रान्सफर आयमा विप्रेषणको अंश

९०.५७ %

विश्व खडेरी विरुद्ध संघर्ष दिवस, २०२६ (World Day to Combat Desertification and Drought)

  • प्रत्येक वर्ष जुन १७ तारिख (वि.सं. २०८३ को सन्दर्भमा: असार ३ गते) का दिन विश्वभर यो दिवस मनाइन्छ,
  • संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा यो दिवसको घोषणा गरेपछि सन् १९९५ देखि नियमित रूपमा मरुभूमिकरण र खडेरी विरुद्धको ऐक्यबद्धताका लागि यो दिवस मनाउन थालिएको,
  • २०२६ को अन्तर्राष्ट्रिय नारा: “Rangelands: Recognize. Respect. Restore.” (नेपाली रूपान्तरण: “चरन क्षेत्र: चिनौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ”)
  • २०२६ को Host Country: केन्या (अफ्रिकी महादेशमा करिब एक दशकपछि यो विश्वव्यापी कार्यक्रम आयोजना गरिएको,)
  • सन् २०२६ लाई संयुक्त राष्ट्रसङ्घले ‘अन्तर्राष्ट्रिय चरन क्षेत्र तथा पशुपालक वर्ष’ (International Year of Rangelands and Pastoralists) घोषणा गरेको,

दिगो गैस्ट्रोनोमी दिवस, २०२६ (Sustainable Gastronomy Day)

  • दिवस मनाइने मिति: हरेक वर्षको जुन १८ (वि.सं. २०८३ को सन्दर्भमा: असार ४ गते)
  • औपचारिक सुरुवात: सन् २०१७ देखि (संयुक्त राष्ट्र सङ्घद्वारा आधिकारिक मान्यता)
  • घोषणा गर्ने निकाय: संयुक्त राष्ट्र सङ्घको साधारण सभा (UN General Assembly) द्वारा २१ डिसेम्बर २०१६ मा पारित प्रस्ताव (A/RES/71/246) बमोजिम
  • नेतृत्व गर्ने निकाय: संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (UNESCO) र खाद्य तथा कृषि सङ्गठन (FAO)
  • २०२६ को अन्तर्राष्ट्रिय नारा: "Celebrating Food Heritage" (मौलिक खाद्य सम्पदाको उत्सव)
  • के हो ग्यास्ट्रोनोमी (Gastronomy)?: यसलाई सरल भाषामा 'पाक कला' वा 'भोजनको संस्कृति' भनिन्छ। यो कुनै विशेष क्षेत्रको स्थानीय खाना र त्यहाँको संस्कृतिबीचको सम्बन्धको अध्ययन हो।
  • यो दिवसले संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य (Sustainable Development Goals) हासिल गर्न प्रत्यक्ष मद्दत पुर्‍याउँछ: लक्ष्य २ (भोकमरी अन्त्य - Zero Hunger), लक्ष्य १२ (दिगो उपभोग तथा उत्पादन - Responsible Consumption & Production) र लक्ष्य १३ (जलवायु कार्य - Climate Action)

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६ (International Day for the Elimination of Sexual Violence in Conflict)

  • दिवस मनाइने मिति: हरेक वर्षको जुन १९ (वि.सं. २०८३ को सन्दर्भमा: असार ५ गते)
  • घोषणा मिति: १९ जुन सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घको महासभा (प्रस्ताव नम्बर: A/RES/69/293) द्वारा घोषणा
  • दिवसको मुख्य उद्देश्य: विश्वभरका सशस्त्र द्वन्द्व वा युद्धग्रस्त क्षेत्रहरूमा युद्धको रणनीतिका रूपमा प्रयोग गरिने यौन हिंसा (जस्तै: जबरजस्ती करणी, यौन दासता, जबरजस्ती गर्वधारण) लाई पूर्ण रूपमा अन्त्य गर्नु; द्वन्द्वकालीन यौन हिंसाबाट पीडित तथा प्रभावित भएका व्यक्तिहरूको सम्मान, न्याय र उपचारको सुनिश्चितता गर्नु; युद्ध र द्वन्द्वको समयमा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुन (International Humanitarian Law) को पालना गराउन विश्व समुदायलाई एकजुट बनाउनु,
  • २०२६ को नारा: "Conflict-Related Sexual Violence Against Children: Safeguarding Futures and Empowering Caregivers" (द्वन्द्वकालीन बाल यौन हिंसा: भविष्यको सुरक्षा र हेरचाहकर्ताहरूको सबलीकरण)

राष्ट्रिय चलचित्र पुरस्कार, २०८२

  • आयोजक: चलचित्र विकास बोर्ड
  • वितरण मिति: वि.सं. २०८३ असार ५ गते (सन् २०२६ जुन १९)
  • पुरस्कार वितरण समारोह गरिएको स्थान: राष्ट्रपति कार्यालय, शीतल निवास
  • पुरस्कार वितरण गर्ने व्यक्तित्व: राष्ट्रपति रामचन्द्र पौडेल
  • निर्णायक मण्डल (ज्यूरी) संयोजक: हरिहर शर्मा (वरिष्ठ अभिनेता)
  • निर्णायक मण्डलका सदस्यहरू: मिलन चाम्स (निर्देशक), अरुण थापा (वरिष्ठ फिल्म प्राविधिक), सरिता गिरी (अभिनेत्री), र प्रा. अरुण गुप्तो (संस्कृतिविद्)

पुरस्कार तथा सम्मान वितरण (विधागत विवरण)

विधा / सम्मान

विजेता (व्यक्ति)

उत्कृष्ट चलचित्र

ऊनको स्वीटर

उत्कृष्ट निर्देशक

नवीन चौहान (ऊनको स्वीटर)

उत्कृष्ट अभिनेत्री

मिरुना मगर (ऊनको स्वीटर)

उत्कृष्ट अभिनेता

नीर शाह (परान)

उत्कृष्ट पटकथा

याम थापा र दीपक आचार्य (परान)

उत्कृष्ट छायांकन

नहकुल खड्का (कोशेढुंगा)

चलचित्र दीर्घ साधना सम्मान

मदनकृष्ण श्रेष्ठ (वरिष्ठ कलाकार)

विशेष चलचित्र पुरस्कार

नामछोङ (लिम्बु भाषाको फिल्म)

उत्कृष्ट आदिवासी फिल्म

इन्दिरा धिमे मैचा (नेवारी भाषाको फिल्म)

ज्यूरी प्रोत्साहन पुरस्कार

आना शर्मा (रमिताको पिरती)

बिमोचन दवाडी (झरी पछिको इन्द्रेणी)

विशेष योगदान सम्मान:

  • चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका लागि निम्न ११ जना व्यक्तित्वहरूलाई 'विशेष योगदान सम्मान' प्रदान गरिएको:
    १. विष्णु गोपाल श्रेष्ठ (प्रदर्शक)
    २. डा. सिंह गुरुङ (प्रदर्शक)
    ३. मेनुका प्रधान (अभिनेत्री)
    ४. अभिनाश विक्रम शाह (निर्देशक)
    ५. रोहित रुम्बा (अभिनेता)
    ६. प्रकाश सुवेदी (सञ्चारकर्मी)
    ७. एन्जिला तुम्बापो सुब्बा (अभिनेत्री तथा खेलाडी)
    ८. लक्ष्मी बर्देवा (अभिनेत्री)
    ९. विनोद शेरचन (निर्माता)
    १०. शंकर पाण्डे (प्राविधिक)
    ११. स्वर्गीय दिनेश सिटौला (पत्रकार - मरणोपरान्त)

अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६ (International Father's Day, 2026)

  • मनाइने दिन: हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार (सन् २०२६ मा यो दिवस जुन २१ मा परेको,) 
  • शुरुआतको पृष्ठभूमि: सन् १९०७ मा अमेरिकाको मोनोगाह (Monogah) खानी दुर्घटनामा २५० जना बुवाहरू सहित ३६७ पुरुषको निधन भएपछि, सन् १९०८ मा वेस्ट भर्जिनियाकी एक महिलाको पहलमा चर्चबाट यसको शुरुआत भएको मानिन्छ,
  • विश्वव्यापीकरण: भारतमा बेलायती शासनकालमा जुनको तेस्रो आइतबार बुवाप्रति समर्पित गर्ने दिन मनाउन थालियो, जसलाई पछि बेलायतले आफ्नै देशमा लागू गर्‍यो र क्रमशः यो विश्वभर फैलिएको,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Fathers: Guiding Strength and Building Futures" (पिता: मार्गदर्शक शक्ति र भविष्यका निर्माता)
  • सनातन दर्शनको आदर्श: परापूर्व कालदेखि नै "मातृ देवो भव, पितृ देवो भव" को नारालाई आत्मसाथ गर्दै आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको,
  • परम्परा: सनातन संस्कृतिमा 'आमाको मुख हेर्ने दिन' र 'बुवाको मुख हेर्ने दिन' (कुशे औँशी) का रूपमा पितृलाई स्नेहपूर्वक पुज्ने विशेष रैथाने परम्परा समेत रहिआएको,

अन्तर्राष्ट्रिय योग दिवस, २०२६ (International Yoga Day, 2026)

  • मनाइने मिति: हरेक वर्ष जुन २१ (वि.सं. २०८३ को सन्दर्भमा: असार ७ गते)
  • शाब्दिक अर्थ: योगको अर्थ 'जोड्नु' हो (मानिसको चेतना र शरीर, तथा मन र मस्तिष्कको सम्बन्धलाई जोड्ने प्रक्रिया)
  • मूल सूत्र: 'योगश्चित्तवृत्तिनिरोधः' (चित्त र वृत्तिको निरोध नै योग हो) 
  • योगको उद्गमस्थल: हिमवत्खण्ड प्राचीन कालदेखि ऋषिमुनिहरूको तपोभूमि भएकाले नेपाललाई योगको उद्गमस्थल मानिन्छ,
  • वर्ष २०२६ को नारा (Theme 2026):"Yoga for Healthy Ageing" (स्वस्थ बुढ्यौलीका लागि योग)
  • योगको प्रतिपादक: हजारौँ वर्ष पहिले महात्मा पतञ्जलिले १९५ वटा योगसूत्र समाहित गरी शुरुआत गरेका,
  • योगको  व्याख्याकर्ता: सर्वप्रथम व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका,
  • अन्य योगदान: जैन धर्मगुरु हेमचन्द्रद्वारा ध्यान विधिको रूपमा प्रयोग; १९ औँ शताब्दीमा स्वामी विवेकानन्दद्वारा पश्चिमा देशहरूमा प्रवर्धन,
  • विश्व योग दिवसको प्रस्ताव: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा प्रस्ताव,
  • विश्व योग दिवसको प्रस्तावको प्रथम समर्थक राष्ट्र: नेपाल (तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला), जसलाई पछि युरोपियन युनियन र सुरक्षा परिषदका स्थायी सदस्यहरूले समर्थन गरेका,

हेन्ली पासपोर्ट इंडेक्स, २०२६ (जुन महिनाको तथ्यांक)

  • तथ्याङ्कको स्रोत: अन्तर्राष्ट्रिय हवाई यातायात संघ (IATA)
  • कुल समावेश राहदानी: १९९ वटा
  • कुल यात्रा गन्तव्य: २२७ वटा
  • पहिलो स्थान: सिंगापुर (भिसा-मुक्त स्कोर: १९२)
  • दोस्रो स्थान: जापान, दक्षिण कोरिया, र संयुक्त अरब इमिरेट्स (UAE) (भिसा-मुक्त स्कोर: १८८)
  • तेस्रो स्थान: स्वीडेन (भिसा-मुक्त स्कोर: १८७)
  • विश्वकै सबैभन्दा कमजोर राहदानी: अफगानिस्तान (१०४ औँ)

नेपालको वर्तमान र विगतको स्थिति:

  • नेपालको स्थान (सन् २०२६): ९८ औँ स्थान (नोट: नेपालको स्कोर ३५ रहेको र सूचकांकको तालिका अनुसार यो ९८ औँ स्थान हो)
  • नेपालको स्थान (सन् २०२५): १०१ औँ स्थान
  • भिसा-मुक्त स्कोर: ३५ (नेपाली नागरिकले ३५ गन्तव्यमा भिसा-मुक्त वा अन-अराइभल भिसा पाउने)

दक्षिण एसियाली (SAARC) देशहरूको स्थिति (२०२६)

दक्षिण एसियाली देश

विश्वव्यापी स्थान

भिसा-मुक्त स्कोर

माल्दिभ्स

५४

९३

भारत

८१

५६

भुटान

८८

४८

श्रीलंका

९४

४०

बङ्गलादेश

९७

३६

नेपाल

९८

३५

पाकिस्तान

१०१

३०

अफगानिस्तान (विश्वकै सबैभन्दा कमजोर)

१०४

२३

अन्तर्राष्ट्रिय एकल महिला दिवस, २०२६ (International Widows' Day)

  • मनाइने मिति: हरेक वर्षको जुन २३ (वि.सं. २०८३ को सन्दर्भमा: असार ९ गते)
  • शुरुवात भएको वर्ष: सन् २०११ देखि विश्वभर मनाउन सुरु गरिएको,
  • मुख्य उद्देश्य: एकल महिलाहरूले भोगिरहेको गरिबी, हिंसा, र स्वास्थ्य समस्याबारे ऐक्यबद्धता जनाउनु र राज्यस्तरमा पैरवी गर्नु
  • वर्ष २०२६ का लागि दुईवटा मुख्य नाराहरू तय गरिएका छन्:
    • “Justice, Dignity and Economic Empowerment for Widows” (एकल महिलाका लागि न्याय, सम्मान र आर्थिक सशक्तीकरण)
    • “Invisible Women, Invisible Problems” (ओझेलमा परेका महिला, ओझेलमा परेका समस्या)

फिफा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता: लियोनल मेसी (Lionel Messi)

  • सन् २०२६ जुन २२ (वि.सं. २०८३, असार ८) मा अमेरिकाको डालस स्टेडियममा भएको फिफा विश्वकप २०२६ अन्तर्गत अस्ट्रिया विरुद्धको खेलमा व्यक्तिगत दोस्रो गोल (विश्वकप करियरको १८ औँ गोल) गर्दै मेसीले यो ऐतिहासिक कीर्तिमान रचेका,
  • कीर्तिमान: फिफा पुरुष विश्वकप इतिहासमा सर्वाधिक गोल (All-Time Top Scorer)
  • कुल गोल संख्या: १८ गोल (जुन २२, २०२६ को अस्ट्रिया विरुद्धको खेलपछि)
  • पूर्व रेकर्ड: जर्मनीका मिरोस्लाभ क्लोजको नाममा १६ गोलको कीर्तिमान रहेको, (मेसीले २०२६ को अर्जेन्टिनाको उद्घाटन खेलमा अल्जेरिया विरुद्ध ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए र जुन २२, २०२६ अस्ट्रिया विरुद्धको खेलमा पुर्व रेकोर्ड तोडेका,)
  • मेसीको सम्बन्धित राष्ट्र: अर्जेन्टिना (कप्तान)
  • मेसीद्वारा खेलिएको कुल विश्वकप संख्या: ६ वटा (सन् २००६ देखि २०२६ सम्म)
  • मेसीद्वारा खेलिएको विश्वकपको कुल खेल संख्या: २८ खेल

मेसीका नाममा स्थापित अन्य विश्वकप कीर्तिमानहरू:

  • लगातार ६ खेलमा गोल: मेसी विश्वकपका लगातार ६ खेलमा गोल गर्ने विश्वकै तेस्रो खेलाडी (यसअघि फ्रान्सका जस्ट फोन्टेनले १९५८ र ब्राजिलका जर्जिन्होले १९७० मा यो उपलब्धि हासिल गरेका,)
  • सर्वाधिक विश्वकप सहभागिता: ६ वटा फिफा विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी
  • सर्वाधिक खेल: विश्वकप इतिहासमा सबैभन्दा बढी (२८ खेल) खेल्ने खेलाडी
  • पाँच विश्वकपमा गोल: पाँच अलग-अलग विश्वकप संस्करण (२००६, २०१४, २०१८, २०२२, २०२६) मा गोल गर्ने कीर्तिमान

नेपालको पहिलो इजाजतप्राप्त OTT प्लाटफर्म: डिगो (Digo)

  • ऐतिहासिक रेकर्ड: 'डिगो' (Digo) नेपाल सरकारबाट औपचारिक इजाजत (License) पाउने नेपालको पहिलो ओभर द टप (OTT) सेवा प्रदायक बनेको,
  • औपचारिक इजाजत (License) प्राप्त मिति: वि.सं. २०८३, असर ९ गते
  • मातृ कम्पनी: यो डिसहोम डिजिटल प्रालि अन्तर्गत सञ्चालित ओटीटी प्लाटफर्म,
  • इजाजत दिने निकाय: सूचना तथा प्रसारण विभाग
  • इजाजत दस्तुर: रु. १ करोड (कागजी प्रक्रिया र दस्तुर भुक्तानीसहित इजाजत पत्र प्राप्त)
  • कानुनी आधार: ओटीटी (OTT) प्लाटफर्महरूलाई कानुनी दायरामा ल्याउन सरकारले हालै 'राष्ट्रिय प्रसारण नियमावली' संशोधन गरी राजपत्रमा प्रकाशित गरेको,

बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य सम्बन्धी दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलन (South Asia Ministerial Conference on Ending Violence Against Children (SAMC-EVAC))

  • आयोजना मिति: सन् २०२६ जुन २३–२४ (वि.सं. २०८३ असार ९-१०)
  • आयोजना स्थल: कोलम्बो, श्रीलंका
  • सहभोजक/आयोजक संस्थाहरू:
  • सार्क (SAARC) सचिवालय
    • श्रीलंका सरकार
    • युनिसेफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय (UNICEF ROSA)
    • विश्व स्वास्थ्य संगठन (WHO SEARO र WHO EMRO)
    • बालबालिकाविरुद्ध हुने हिंसा सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधिको कार्यालय (OSRSG-VAC)
  • प्रमुख नारा/उद्देश्य: दक्षिण एसियामा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न क्षेत्रीय प्रतिबद्धता सुदृढ गर्ने र सामूहिक कार्यलाई तीव्र बनाउने,
  • सम्बन्धित अन्तर्राष्ट्रिय दिगो लक्ष्य: संयुक्त राष्ट्रसंघको दिगो विकास एजेन्डा २०३० (SDGs) सँग आवद्ध

नेपालको सहभागिता र प्रगति (अति महत्त्वपूर्ण तथ्यहरू)

  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्व: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याल
  • नेपालले प्रस्तुत गरेका मुख्य उपलब्धि/प्रगतिहरू:
    • बालबालिका सम्बन्धी राष्ट्रिय कार्ययोजना (२०२६) को कार्यान्वयन
    • समर्पित बाल अदालत (Juvenile Court) को स्थापना
    • बाल कल्याण अधिकारीहरूको नियुक्ति र बाल हेल्पलाईन सेवाको विस्तार
    • बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली (CPIMS) मार्फत डाटा र अनुगमन प्रणालीको सुदृढीकरण

नेपालमा बाल संरक्षणका विद्यमान चुनौतीहरू (Nepal Multiple Indicator Cluster Survey 2024-25 को तथ्याङ्क)

सूचक

वर्तमान स्थिति (प्रतिशतमा)

१८ वर्ष नपुग्दै विवाह हुने बालिकाहरू (बालविवाह)

२७.६ %

हिंसात्मक अनुशासन/सजाय भोग्ने बालबालिकाहरू

७८.७ %

बालश्रममा संलग्न बालबालिकाहरू

१२.० %

चिन्ता (Anxiety) र डिप्रेसनको लक्षण भएका युवाहरू

९.३ %

लगातार ६ वटा विश्वकप फुटबलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी: क्रिस्टियानो रोनाल्डो (Cristiano Ronaldo)

  • ऐतिहासिक रेकर्ड: लगातार ६ वटा विश्वकप फुटबलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी
  • गिनिज वर्ल्ड रेकर्ड: यो ऐतिहासिक उपलब्धिलाई ‘गिनीज वर्ल्ड रेकर्ड्स’ ले समेत आधिकारिक रूपमा प्रमाणित गरेको,
  • राष्ट्रिय रेकर्ड: पोर्चुगलका महान् खेलाडी इयुसेबियोलाई पछि पार्दै विश्वकपमा पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेको,
  • रोनाल्डोले सन २०२६ को फुटबल विश्वकपमा प्रतिस्पर्धा टोली उज्बेकिस्तान (समूह चरणको दोस्रो खेल) को खेलको पहिलो हाफमै व्यक्तिगत २ गोल गरेर यो किर्तिमान रचेका,

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६ (United Nations International Day Against Drug Abuse and Illicit Trafficking)

  • दिवस मनाइने मिति: हरेक वर्ष जुन २६ (वि.सं. २०८३ को सन्दर्भमा: असार १२ गते)
  • घोषणा वर्ष: संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर १९८७ को प्रस्ताव नम्बर ४२/११२ (Resolution 42/112) मार्फत यो दिवस मनाउने निर्णय गरेको,
  • दिवसको उद्देश्य: लागुऔषधको दुरुपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माणका लागि सहयोग र कार्यलाई सुदृढ गर्ने,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "The World Drug Problem: Persisting Issues, New Challenges, Innovative Responses" (विश्व लागुऔषध समस्या: निरन्तर समस्याहरू, नयाँ चुनौतीहरू, नवीन प्रतिक्रियाहरू)
  • अन्तराष्ट्रिय स्तरमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध लड्नको लागि स्थापित निकाय: United Nations Office on Drugs and Crime (UNODC)
  • नेपालमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रणका लागि काम गर्ने केन्द्रीय निकाय: गृह मन्त्रालय अन्तरगतका लागूऔषध नियन्त्रण शाखा र लागूऔषध नियन्त्रण ब्युरो

राष्ट्रिय धान दिवस, २०८३

  • दिवसको ऐतिहासिकता: नेपाल सरकारको वि.सं. २०६१ मंसिर २९ गतेको निर्णयानुसार प्रत्येक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको,
  • पहिलो पटक मनाइएको: यो दिवस औपचारिक रूपमा सर्वप्रथम वि.सं. २०६२ असार १५ गते मनाइएको,
  • अन्तर्राष्ट्रिय सन्दर्भ: संयुक्त राष्ट्रसंघ (UN) ले सन् २००४ लाई 'अन्तर्राष्ट्रिय धान वर्ष (International Year of Rice)' को रूपमा घोषणा गरी मनाएको,
  • वि.सं. २०८३ मा २३ औँ राष्ट्रिय धान दिवस मनाइँदैछ,
  • वि.सं. २०८३ को राष्ट्रिय नारा: "जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि"
  • आजै (असार १५) को दिन दहीचिउरा खाने दिन पनि पर्दछ,

पछिल्ला केही वर्षका राष्ट्रिय नाराहरू (तुलनात्मक तालिका)

वि.सं.

संस्करण

राष्ट्रिय नारा (Slogan)

२०८३

२३ औँ

"जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि"

२०८२

२२ औँ

"धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता"

२०८१

२१ औँ

"जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि"

२०८०

२० औँ

"जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि"

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • ऐतिहासिक घोषणा: बागलुङ जिल्लाको बडिगाड गाउँपालिका नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा भएको,
  • घोषणा मिति: वि.सं. २०८३ असार १५ गते (धान दिवस तथा असार १५ को अवसरमा)
  • उद्घाटनकर्ता: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
  • घोषणाको आधार: गाउँपालिकाका सबै १० वटै वडाहरूले पोषणका तोकिएका ३४ वटै सूचकहरू पूरा गरेपछि यो ऐतिहासिक घोषणा गरिएको,
  • पोषणमैत्री स्थानीय तह घोषणा कार्यक्रमकै अवसरमा मुख्यमन्त्रीद्वारा १५ शय्या (Beds) को क्षमता भएको बडिगाड गाउँपालिका स्तरीय आधारभूत अस्पताल उद्घाटन गरेका; सोही अस्पतालबाट मिर्गौला रोगीका लागि डाइलाइसिस सेवाको समेत सुरुवात,
  • विगत ३ वर्ष (आव २०७९/०८० देखि) संघीय र प्रदेश सरकारको सहयोगमा संचालित अभियानका मुख्य उपलब्धि:
    • वडा स्तरीय संरचना: वडा-वडा तहमा पोषण समिति र सहजकर्ता गठन
    • व्यवहारगत सुधार: पशुपालनमा सहयोग, गोठ/खोर सुधार, र घर-घरमा कौसी खेती (Kitchen Garden)
    • खाद्य बानीमा परिवर्तन: विद्यालय तथा समुदायमा पत्रु खाना (Junk Food) पूर्ण रूपमा निषेध र रैथाने बाली (कोदो, फापर, चना आदि) को प्रवर्धन।

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८२

  • पुरस्कृत व्यक्तित्व: रमेश रूछेन राई (पेशागत रूपमा लेखक तथा स्वतन्त्र अनुसन्धानकर्ता)
  • पुरस्कृत कृति: ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’— यो कृति मदन भण्डारीको जीवनीमा आधारित एक अनुसन्धानमूलक पुस्तक हो।
  • पुरस्कार प्रदान गर्ने संस्था: मदन भण्डारी फाउन्डेसन
  • पुरस्कार समर्पण गर्ने व्यक्तित्व: नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
  • पुरस्कारको राशि: रूपैयाँ २ लाख नगद र सम्मानपत्र
  • पुरस्कार स्थापना/सुरुवात: यो राष्ट्रिय पुरस्कार वि.सं. २०६८ देखि प्रदान गर्न थालिएको,

पुरस्कार प्राप्त गर्ने पछिल्ला तीन वर्षका व्यक्तित्वहरू:

वि.सं.

पुरस्कार प्राप्त गर्ने व्यक्तित्व

२०८२

रमेश रूछेन राई

२०८१

आङ छिरिङ शेर्पा

२०८०

डा. मिङमार ग्याल्जेन शेर्पा

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकार नियुक्ति: 

  • नियुक्त व्यक्ति: शैलेन्द्र झा
  • पद: सल्लाहकार, शिक्षा तथा खेलकुद मन्त्रालय
  • नियुक्ति मिति: वि.सं. २०८३ असार १७ गते (सन् २०२६ जुलाई १)
  • मुख्य जिम्मेवारी: विद्यालय शिक्षा सुधार, सीपमूलक शिक्षाको विस्तार, डिजिटल शिक्षाको प्रवर्द्धन, र अनुसन्धानमा आधारित राष्ट्रिय नीति निर्माणमा मन्त्रीलाई विशेषज्ञ परामर्श दिने,
  • पूर्व प्रशासनिक अनुभव: काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा, प्रविधि र सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्य, 'टिच फर नेपाल' (Teach for Nepal) मा करिब ८ वर्ष सञ्चालन निर्देशक तथा भर्ती व्यवस्थापकका रूपमा कार्य र 'बीआईटीएस लिडर इन्टरनेशनल प्रा.लि.' का संस्थापक अध्यक्ष

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नयाँ अध्यक्ष: किशोर थापा

  • नियुक्त व्यक्ति: किशोर थापा
  • पद: अध्यक्ष, त्रिभुवन विश्वविद्यालय सेवा आयोग
  • नियुक्ति मिति: वि.सं. २०८३ असार १७ गते (सन् २०२६ जुलाई १)
  • हालसम्म त्रिविकै प्राध्यापकहरूमध्येबाट सेवा आयोगको अध्यक्ष नियुक्त गर्ने प्रचलन रहेकामा इतिहासमै पहिलो पटक विश्वविद्यालय बाहिरका प्रशासनिक विज्ञलाई यो जिम्मेवारी सुम्पिएको,
  • थप नियुक्ति (सदस्य): आयोगको रिक्त सदस्य पदमा प्रा. डा. रेजिना मास्के (रेजिना मास्के ब्याञ्जु) नियुक्त
  • प्रशासनिक अनुभव: नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदबाट अवकाश प्राप्त अधिकारी र सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिवको रूपमा नेतृत्वदायी भूमिका

गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त:

  • नियुक्त व्यक्ति: हिक्मत बहादुर रावल
  • पद: महाप्रबन्धक (General Manager), गोरखापत्र संस्थान
  • नियुक्ति मिति: वि.सं. २०८३ असार १८ गते (सन् २०२६ जुलाई २)
  • पूर्व आबद्धताहरू: रावलले बीबीसी (BBC) नेपाली सेवा, ग्यालेक्सी फोरके (Galaxy 4K), न्यूज २४ र एभिन्युज टेलिभिजनमा सुदूरपश्चिम प्रदेश प्रमुख तथा विभिन्न व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका,

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त:

  • नियुक्त व्यक्ति: प्रा. डा. भोला थापा
  • पद: उपकुलपति (Vice Chancellor), त्रिभुवन विश्वविद्यालय
  • नियुक्ति मिति: वि.सं. २०८३ असार १९ गते (सन् २०२६ जुलाई ३)
  • नियुक्ति गर्ने अधिकारी: प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन शाह)
  • पूर्व प्राज्ञिक अनुभव: प्रा. डा. भोला थापा काठमाडौँ विश्वविद्यालय (KU) को पूर्व उपकुलपति (सन् २०२१–२०२५), पूर्व रजिस्ट्रार र स्कुल अफ इन्जिनियरिङको पूर्व डिन
  • एकैसाथ सात विश्वविद्यालयमा नियुक्ति: त्रिविसँगै नेपालका अन्य ६ वटा विश्वविद्यालयहरू (पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम, कृषि तथा वन, र राजर्षि जनक) मा पनि सोही दिन खुला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति नियुक्त गरिएको;
    • त्रिभुवन विश्वविद्यालय: प्रा.डा. भोला थापा
    • पोखरा विश्वविद्यालय: देवेन्द्र अधिकारी
    • पूर्वाञ्चल विश्वविद्यालय: सुजनबाबु मरहट्टा
    • सुदूरपश्चिम विश्वविद्यालय: किसनदत्त भट्ट
    • मध्यपश्चिम विश्वविद्यालय: राजन सुवाल
    • कृषि तथा वन विश्वविद्यालय: ऋषिराम कट्टेल
    • राजर्षि जनक विश्वविद्यालय: श्यामनारायण लाभ
  • वि.सं. २०८३ वैशाखमा जारी 'विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश' र दलीय संगठन सम्बन्धी नयाँ व्यवस्थापछि दलीय भागबण्डा अन्त्य गर्दै पूर्ण खुला प्रतिस्पर्धाबाट यो नियुक्ति गरिएको,

अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२६ (International Cooperative Day)

  • मनाइने दिन: हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबार
  • सन् २०२६ को मिति: सन् २०२६ जुलाई ४ (वि.सं. २०८३ असार २० गते)
  • सुरुवात (अन्तर्राष्ट्रिय सहकारी महासङ्घ): सन् १९२३ देखि
  • संयुक्त राष्ट्र सङ्घ (UN) द्वारा मान्यता: सन् १९९५ देखि (संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा)
  • संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई 'अन्तर्राष्ट्रिय सहकारी वर्ष' (International Year of Cooperatives) का रूपमा मनाएको,
  • अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२६ को संस्करण: १०४ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस (र ३२ औँ संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सहकारी दिवस)
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Cooperatives for a Peaceful World" (शान्त विश्वका लागि सहकारी)
  • राष्ट्रिय सहकारी दिवस: नेपालमा हरेक वर्ष चैत २० गते (नेपालमा संस्थागत रूपमा वि.सं. २०१३ चैत २० गते चितवनमा स्थापित 'बखान ऋण सहकारी संस्था' को स्मरणमा मनाइने,)

संयुक्त राज्य अमेरिकाको २५० औँ वर्षगाँठ (Semiquincentennial)

  • संयुक्त राज्य अमेरिकाले सन् २०२६ जुलाई ४ मा आफ्नो स्थापनाको २५० औँ स्वतन्त्रता दिवस (Semiquincentennial) भव्य रूपमा मनाएको,
  • उत्सवको आधिकारिक नाम: "अमेरिका२५०" (America250) र डोनाल्ड ट्रम्प प्रशासनद्वारा यसलाई "फ्रीडम २५० (Freedom 250)" पनि भनिएको,
  • ऐतिहासिक घोषणा: सन् १७७६ जुलाई ४ मा उत्तरी अमेरिकाका १३ बेलायती उपनिवेशले स्वतन्त्रताको घोषणा गर्दै बेलायतबाट अलग हुने निर्णय गरेका र त्यहि दिनको स्मरणमा हरेक बर्षको जुलाई ४ मा संयुक्त राज्य अमेरिकामा स्वतन्त्रता दिवस (Independece Day) मनाइन्छ,

लोकसेवा परीक्षाका लागि अति-सम्भावित वस्तुगत प्रश्नोत्तर (MCQs):

प्रश्न

उत्तर

अमेरिकाले आफ्नो २५० औँ स्वतन्त्रता दिवस कहिले मनायो?

सन् २०२६ जुलाई ४

अमेरिकी स्वतन्त्रताको २५० औँ वर्षगाँठलाई के नाम दिइएको छ?

अमेरिका२५० (America250)

सन् १७७६ जुलाई ४ मा कतिवटा ब्रिटिस उपनिवेशहरूले स्वतन्त्रताको घोषणा गरेका थिए?

१३ वटा

अमेरिकी स्वतन्त्रता घोषणापत्रको मुख्य मस्यौदाकार को हुन्?

थॉमस जेफरसन

अमेरिकालाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने पहिलो विदेशी राष्ट्र कुन हो?

नेदरल्यान्ड्स

डायमनशमशेर साहित्यिक पुरस्कार:

  • पुरस्कारको नाम: डायमनशमशेर राणा साहित्यिक पुरस्कार/सम्मान
  • वितरण मिति: वि.सं. २०८३, असार २१ (सन् २०२६ जुलाई ५)
  • आयोजक: डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान
  • अवसर: उपन्यासकार डायमनशमशेर राणाको १०९ औँ जन्मजयन्ती
  • पुरस्कार राशि: जनही रु. २५,०००/- (पच्चिस हजार नगद) र प्रमाणपत्र

पुरस्कृत व्यक्तित्वहरू र योगदान:

क्र.सं.

पुरस्कृत व्यक्तित्व

योगदान / कारण

१.

डा. टीकाराम पोखरेल

डायमनशमशेर राणाका विषयमा विद्यावारिधि (Ph.D.) गरेको,

२.

डा. माधव वियोगी

डायमनशमशेरको विषयमा ‘डायमनश्री’ महाकाव्य लेखन गरेको,

३.

उपप्रा. डा. विष्णु न्यौपाने

डायमनशमशेर राणाका विषयमा खोज अनुसन्धान गरेको,

  • साथी हो थाहा छ!: नेपाली साहित्य जगतमा 'चामत्कारिक यथार्थवाद (Magic Realism)' भित्र्याउने श्रेय डायमनशमशेर दिइन्छ,

अन्तर्राष्ट्रिय फुटबलबाट नेयमार (Neymar) को सन्यास घोषणा:

  • घोषणा मिति: सन् २०२६ जुलाई ५ (वि.सं. २०८३ असार २२, सोमबार)
  • अन्तिम खेल: फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ (ब्राजिल विरुद्ध नर्वे)
  • अन्तिम खेल खेलिएको स्थान: मेटलाइफ स्टेडियम (MetLife Stadium), न्युजर्सी, संयुक्त राज्य अमेरिका
  • सन्यास लिँदाको उमेर: ३४ वर्ष
  • अन्तिम गोल: नर्वे विरुद्धको खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत (यो उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम गोल बनेको,)
  • अन्तर्राष्ट्रिय डेब्यु (सुरुआत): सन् २०१० अगस्ट १० मा संयुक्त राज्य अमेरिका विरुद्धको मैत्रीपूर्ण खेलबाट (संयोगवश उनको डेब्यु र सन्यास दुवै मेटलाइफ स्टेडियममै भएको,)

आइसीसी महिला टि-२० विश्वकप, २०२६

  • आयोजक राष्ट्र: इङ्गल्याण्ड र वेल्स
  • सञ्चालन अवधि: सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म
  • संस्करण: १० औँ संस्करण
  • सहभागी टोली संख्या: १२ टोली (यसअघि १० टोली थिए, यसपटक संख्या थपिएको हो)
  • जम्मा खेल संख्या: ३३ खेलहरू
  • विजेता टोली: अस्ट्रेलिया (आयोजक राष्ट्र इङ्गल्याण्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले कीर्तिमानी ७ औँ पटक विश्वकपको उपाधि जितेको,)
  • उपविजेता टोली: इङ्गल्याण्ड
  • फाइनल खेल भएको स्थान: लर्ड्स क्रिकेट ग्राउन्ड, लन्डन
  • प्रतियोगिताकै उत्कृष्ट खेलाडी (Player of the Tournament): बेथ मुनी (अस्ट्रेलिया) 
  • प्रतियोगितामा सर्वाधिक रन (Most Runs) लिने खेलाडी: इङ्गल्याण्डकी ड्यानी व्याट-हज (७ इनिङ्समा कुल ३०२ रन)
  • प्रतियोगितामा सर्वाधिक विकेट (Most Wickets) लिने खेलाडी: भारतकी श्री चरणी (५ खेलमा कुल १४ विकेट)
  • सन् २०२४ को ९ औँ आइसीसी महिला टि-२० विश्वकपको विजेता: न्युजिल्याण्ड

दिगो विकास प्रतिवेदन २०२६: संक्षिप्त तथ्यपत्र 

१.) विश्वव्यापी परिदृश्य र सूचकांक:

  • समावेश देश: कुल १९३ मध्ये १६९ राष्ट्रहरू (नयाँ थपिएका देश: इरिट्रिया र टिमोर-लेस्टे)
  • मापन स्केल: ० देखि १०० (कुल सूचक संख्या: १२३)
  • शीर्ष ३ राष्ट्रहरू: १. फिनल्याण्ड (८७.४), २. स्वीडेन (८६.३), ३. डेनमार्क (८५.७)
  • पुछारको राष्ट्र: दक्षिण सुडान (१६९ औँ स्थान, स्कोर: ३९.९)
  • प्रगतिमा उत्कृष्ट क्षेत्र: पूर्व र दक्षिण एसिया (सन् २०१५ यता विश्वमै सबैभन्दा द्रुत प्रगति)
  • विश्वव्यापी लक्ष्य प्राप्ति: मात्र १६.५% लक्ष्यहरू पुरा हुने दिशामा (On track) रहेका

२.) सूचकगत उपलब्धि (सफल र कमजोर)

  • सबैभन्दा सफल सूचक (लक्ष्य ९): मोबाइल ब्रोडब्यान्ड सदस्यता र इन्टरनेटको प्रयोग
  • सबैभन्दा कमजोर सूचक (लक्ष्य १६): भ्रष्टाचार धारणा सूचकांक र प्रेस स्वतन्त्रता सूचकांक

३.) नेपालको अवस्था:

  • नेपालको स्थान: १६९ देशमध्ये ९० औँ स्थान (सन् २०२५ मा ८५ औँ स्थानमा थियो – ५ स्थान गिरावट)
  • नेपालको स्कोर: १०० मा ६८.७ (सन् २०१५ यता ९.१ प्रतिशत बिन्दुले सुधार)
  • क्षेत्रीय औसत: पूर्व र दक्षिण एसियाको औसत स्कोर ७०.५ (नेपाल औसत भन्दा पछाडि)

४.) दक्षिण एसियाली देशहरूको वरीयता क्रम (SAARC Ranking)

सार्क देश

विश्व वरीयता (Rank)

प्राप्त स्कोर (Score)

सार्कमा स्थान

माल्दिभ्स

६३

७३.३

१

भुटान

७३

७१.१

२

नेपाल

९०

६८.७

३

श्रीलंका

९२

६८.५

४

भारत

९४

६८.३

५

बंगलादेश

११०

६४.८

६

पाकिस्तान

१३१

५९.३

७

अफगानिस्तान

१६१

४८.८

८

विश्वव्यापी शान्ति सूचकांक (GPI) २०२६

  • प्रतिवेदन सार्वजनिक गर्ने संस्था: IEP (सिड्नी, अस्ट्रेलिया)
  • संस्करण: २०औँ
  • कूल समेटिएका देश: १६३
  • शीर्ष स्थान (सबैभन्दा शान्त): आइसल्याण्ड (लगातार १९औँ वर्ष)
  • पुछारको स्थान (सबैभन्दा अशान्त): रुस (१६३औँ)
  • सबैभन्दा बढी सुधार गर्ने देश: पोल्याण्ड (२३ स्थान माथि)
  • सबैभन्दा बढी गिरावट आउने देश: नेपाल (२६ स्थान तल)
  • नेपालको स्थान: १११औँ (गत वर्ष ७६औँ स्थानमा रहेको, २६ स्थान तल झरेको)
  • नेपालको गिरावटको मुख्य कारण: सेप्टेम्बर २०२५ को 'जेन जी' (Gen Z) आन्दोलन
  • दक्षिण एसियामा नेपालको स्थान: तेस्रो 
  • दक्षिण एसियाको शीर्ष देश: भुटान (विश्वव्यापी १६औँ)
  • दक्षिण एसियाको पुछारको देश: अफगानिस्तान (विश्वव्यापी १५७औँ)
  • दक्षिण एसियाली देशहरूको क्रमिक वरीयता: भुटान (१६औँ) > श्रीलंका (६७औँ) > नेपाल (१११औँ) > बंगलादेश (११७औँ) > भारत (१२७औँ) > पाकिस्तान (१५२औँ) > अफगानिस्तान (१५७औँ)

बहुपक्षीयता सूचकांक (UN-Mi), २०२६

  • सार्वजनिक गर्ने: दिगो विकास प्रतिवेदन २०२६ (संयुक्त राष्ट्र संघको बडापत्रप्रतिको प्रतिबद्धता मापन)
  • कुल राष्ट्र: १९३ (UN सदस्य राष्ट्रहरू) 
  • स्केल: ० देखि १००
  • विश्व औसत स्कोर: ६५.२
  • शीर्ष देश (बलियो समर्थन): बारबाडोस (स्कोर: ९०.७)
  • पुछारको देश (कमजोर समर्थन): संयुक्त राज्य अमेरिका (१९३औँ, स्कोर: १.७)

नेपालको अवस्था:

  • स्थान (Rank): ७१औँ (१९३ देशमध्ये)
  • स्कोर (Score): ६९.४
  • प्रवृत्ति (Trend): स्थिर (Stagnating)
  • श्रेणी (Category): बलियो समर्थन देखाउने देश (Category 2)

नेटो (NATO) शिखर सम्मेलन, २०२६

  • आयोजन मिति: सन् २०२६ जुलाई ७ - ८ (वि.सं. २०८३ असार २३ - २४)
  • आयोजक राष्ट्र: टर्की, अंकारा
  • सम्मेलन संस्करण: ३६औँ शिखर सम्मेलन
  • अध्यक्षता: नेटोका महासचिव मार्क रुट (Mark Rutte)
  • टर्कीले नेटो शिखर सम्मेलन आयोजना गरेको यो दोस्रो पटक; यसअघि सन् २००४ मा टर्कीको इस्तानबुलमा सम्मेलन भएको,
  • यसअघिको सम्मेलन: ३५औँ नेटो शिखर सम्मेलन सन् २०२५ जुन २४-२५ मा द हेग, नेदरल्याण्ड्समा सम्पन्न भएको,
  • सन् २०२६ को अंकारा सम्मेलनमा मुख्य रूपमा निम्नलिखित ३ वटा विषयहरूमा छलफल केन्द्रित रहेको;
    • सन् २०३५ सम्ममा नेटोका सदस्य राष्ट्रहरुले आफ्नो कुल गार्हस्थ्य उत्पादन (GDP) को ५% रक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका,
    • नेटोका सदस्य राष्ट्रहरू बीच सैन्य सामग्रीको औद्योगिक उत्पादन र संयुक्त खरिद प्रणालीलाई सुदृढ बनाउने,
    • युक्रेन-नेटो काउन्सिल (NATO-Ukraine Council) मार्फत युक्रेनको आत्मरक्षा र सैन्य सहायतालाई निरन्तरता दिने,

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति:

क्षेत्र / विषय

विवरण तथा तथ्याङ्क

जारी गर्ने निकाय

नेपाल राष्ट्र बैंक

नीति सार्वजनिक भएको समय

वि.सं. २०८३ असार २३ 

मौद्रिक नीतिको क्रम

आर्थिक वर्ष २०५९/६० देखिको २५ औं मौद्रिक नीति

कानुनी आधार

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९४

आर्थिक वृद्धिको लक्ष्य

७.० प्रतिशत 

मुद्रास्फीति (Inflation) सीमा

५.५ प्रतिशत भित्र राख्ने प्रक्षेपण 

विदेशी विनिमय सञ्चिति लक्ष्य

कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी

मौद्रिक नीतिको कार्यदिशा

सजगतापूर्वक लचिलो (Cautiously Flexible)

मौद्रिक नीतिको अङ्कुश (Anchor)

भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर 

सञ्चालन लक्ष्य (Operating Target)

भारित औसत अन्तरबैंक दर 

नीतिगत दर (Policy Rate)

यथावत् राखिएको

बैंक दर (Bank Rate)

यथावत् राखिएको

निक्षेप संकलन दर

यथावत् राखिएको

अनिवार्य नगद अनुपात (CRR)

यथावत् राखिएको

वैधानिक तरलता अनुपात (SLR)

यथावत् राखिएको

थप महत्वपूर्ण नीतिगत जानकारीहरू (लोकसेवा उपयोगी)

  • नयाँ संरचनाको सुरुवात: यस वर्षदेखि मौद्रिक नीतिको आधार र यसको कार्यान्वयनको विस्तृत विश्लेषणका लागि 'मौद्रिक नीतिको समीक्षा प्रतिवेदन' र 'Macroeconomic Report, 2026 July' गरी छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गर्ने नयाँ संरचना सुरु गरिएको,
  • विदेशी मुद्रा व्यवस्थापन: वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिने र विदेशी मुद्रा खरिद गर्दा 'निषेचित हस्तक्षेप (Sterilized intervention) गर्ने नीति लिइएको,
  • कर्जा तथा नियमन:
    • व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्व हटाउने व्यवस्था गरिने,
    • चेक अनादरका कारण कालोसूचीमा पर्ने व्यवस्थामा पुनरावलोकन गरी बैंकिङ पहुँचको बाधा कम गरिने,
    • ठूला सार्वजनिक विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपात (LTV Ratio) लाई सहजीकरण गरिने,
  • डिजिटल बैंकिङ: व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित Peer to Peer (P2P) लेनदेन सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गरिने,
  • निर्देशन सरलीकरण: कर्जा प्रवाह, ब्याजदर र वित्तीय ग्राहक संरक्षणसम्बन्धी निर्देशनहरूलाई पहिलो चरणमा पुनर्लेखन गरी सरलीकरण गरिने लक्ष्य,

नेपाल सरकारको मुख्यसचिव पदमा गोविन्दबहादुर कार्की नियुक्त:

  • नाम: गोविन्दबहादुर कार्की
  • मुख्यसचिवमा नियुक्ति मिति: वि.सं. २०८३ असार २४ (सन् २०२६ जुलाई ८)
  • कतिऔँ मुख्यसचिव: ३०औँ
  • तात्कालीन पद: मुख्यसचिव हुनुअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत
  • २९औँ मुख्यसचिव: सुमनराज अर्याल
  • पहिलो मुख्यसचिव: चन्द्रबहादुर थापा
  • पहिलो महिला मुख्यसचिव: लीलादेवी गढतौल

संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुख सम्मेलन (UNCOPS 2026)

  • सम्मेलनको नाम: पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुख शिखर सम्मेलन (5th United Nations Chiefs of Police Summit - UNCOPS 2026)
  • संस्करण: पाँचौँ (5th) संस्करण
  • आयोजना मिति: सन् २०२६ जुलाई ७ देखि ८ सम्म (वि.सं. २०८३ असार २३ - २४)
  • आयोजना स्थल: संयुक्त राष्ट्रसंघ (UN) मुख्यालय, न्युयोर्क, अमेरिका
  • मुख्य नारा (Theme): "The role of UN Police in preventing conflict and violence and sustaining peace" (द्वन्द्व तथा हिंसा रोकथाम र शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघीय प्रहरीको भूमिका)
  • सहभागिता: विश्वका १४५ भन्दा बढी राष्ट्रका गृहमन्त्री, प्रहरी प्रमुख तथा वरिष्ठ अधिकारीहरू
  • सहभागी नेपाली प्रतिनिधिमण्डल:
    • नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (IGP) दान बहादुर कार्की (नेपाली टोलीको नेतृत्व)
    • सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक (IGP) नारायण दत्त पौडेल
  • सम्मेलनका मुख्य एजेन्डा र निष्कर्षहरू (Key Agendas)

१.) उदीयमान सुरक्षा चुनौतीहरू: साइबर अपराध (Cybercrime), आतंकवाद, अन्तरदेशीय संगठित अपराध र भ्रामक सूचना (Misinformation) विरुद्ध साझा रणनीति
२.) प्रविधि र नवप्रवर्तन: शान्ति स्थापना कार्यमा प्रविधिको जिम्मेवार प्रयोग र 'डाटा-ड्रिभन' (Data-driven) आधुनिक पुलिसिङ
३.) विशिष्टीकृत क्षमता विकास: नागरिक सुरक्षा (विशेष गरी महिला र बालबालिका) का लागि 'फर्म्ड पुलिस युनिट्स' (FPUs) र विशिष्ट टोलीहरूको क्षमता अभिवृद्धि
४.) भावी मार्गचित्र (Future Vision): अन्तर्राष्ट्रिय प्रहरी सेवालाई अझ बढी प्रभावकारी बनाउन आगामी दशकका लागि नयाँ रणनीतिक दृष्टिकोण (Updated Vision) को तर्जुमा

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपतिहरु नियुक्त:

  • नियुक्ति मिति: २०८३ असार २६ गते (सन् २०२६ जुलाई १०)
  • नियुक्ति गर्ने अधिकारी: प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाह
  • शपथ ग्रहण गराउने अधिकारी: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेता
  • कानुनी आधार/कार्यविधि: स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३
  • पद्धति: खुला, प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रिया (कुल ११३ जनाको आवेदन परेको)

६ वटा प्रतिष्ठान र नवनियुक्त उपकुलपतिहरू:

क्र.सं.

स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम

नवनियुक्त उपकुलपतिहरुको नाम

१.

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS)

डा. विवेक आचार्य

२.

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. नविसमानसिंह प्रधान

३.

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS)

डा. स्मृति कार्की

४.

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. नारायणसिंह गुरुङ

५.

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS)

डा. सूर्यमान म्याहाङ्बो

६.

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. अजयकुमार मिश्र

विश्व जनसंख्या दिवस, २०२६ (World Population Day)

  • दिवस मनाइने मिति: हरेक वर्षको जुलाई ११ (वि.सं. २०८३ मा असार १७ गते यो दिन परेको,)
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा (Theme): "Realizing the hopes and aspirations of young people: today and for the future" (युवाहरूको आशा र आकांक्षाको पहिचान: आज र भविष्यका लागि)
  • ऐतिहासिक पृष्ठभूमि: सन् १९८७ जुलाई ११ मा विश्वको जनसंख्या ५ अर्ब (बिलियन) पुगेको दिन (Five Billion Day) लाई आधार मानी यो दिवस तय गरिएको,
  • दिवस मनाउने निर्णय: संयुक्त राष्ट्रसंघीय विकास कोष (UNDP) को गभर्निङ काउन्सिलले सन् १९८९ मा यो दिवस मनाउने निर्णय गरेको,
  • दिवस मनाउन थालिएको मिति: आधिकारिक रूपमा पहिलो पटक सन् १९९० देखि यो दिवस मनाउन थालिएको,
  • विश्वको हालको कुल जनसंख्या: आठ अर्ब तीस करोड (8.3 Billion)
  • राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या: २,९१,६४,५७८
  • सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र: भारत
  • सबैभन्दा थोरै जनसंख्या भएको राष्ट्र: भ्याटिकन सिटी

२१३औं भानु जयन्ती:

  • २१३ औं जन्मजयन्ती वर्ष: वि.सं. २०८३, असार २९ (सन् २०२६ जुलाई १३)
  • भानु जयन्ती मनाउन थालिएको: वि.सं. १९७१ (सन् १९१४)
  • पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले 'रामायण' महाकाव्य मार्फत भाषिक र सांस्कृतिक रूपमा एकीकरण गरेका,
  • उनलाई पहिलोपटक 'आदिकवि' भनेर उल्लेख गर्ने व्यक्ति: मोतिराम भट्ट
  • भानु जन्मजयन्तीको अन्तर्राष्ट्रिय पहुँच: २१३ औं जयन्ती नेपालबाहेक नेपाली भाषाभाषी बाहुल्य रहेका भारत (दार्जिलिङ, सिक्किम, आसाम), भुटान, बर्मा र नेपाली डायस्पोरा रहेका विश्वका विभिन्न मुलुकमा मनाइन्दै,

रेडियो कान्तिपुर राष्ट्रिय संगीत अवार्ड–२०८२

  • अवार्डको नाम: आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड–२०८२
  • आयोजक: रेडियो कान्तिपुर (रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवको अवसरमा)
  • आयोजना स्थल: द प्लाजा, पुल्चोक
  • आयोजना मिति: २०८३ असार २६
  • अवार्ड वितरण गरिएका कुल विधा: १६ वटा विधा

अवार्ड विजेता तथा उत्कृष्ट विधाहरू (विजेता तालिका)

क्र.सं.

विधा

विजेता

सम्बन्धित गीत / चलचित्र

१.

लाइफ टाइम एचिभमेन्ट अवार्ड

नीर शाह

(समग्र कला/संगीत क्षेत्रमा योगदान)

२.

उत्कृष्ट गीतकार

नारायणकुमार आचार्य

'सुन्छौ मलाई कसम'

३.

उत्कृष्ट संगीतकार

न्ह्यु बज्राचार्य

'कस्तो नशा'

४.

उत्कृष्ट पार्श्व गायिका

झुमा लिम्बू

'काफ्ले' (चलचित्र: ‘ऊनको स्वीटर’)

५.

उत्कृष्ट पार्श्व गायक

जोन चाम्लिङ राई

'माया गर्नु ल' (चलचित्र: ‘जेरी अन टप’)

६.

द एक्स्ट्रिम एनर्जेटिक पर्फमेन्स अवार्ड

जोन चाम्लिङ राई

-

७.

उत्कृष्ट आधुनिक गायक

शिव परियार

'तिमी अर्कैको भइदियौ'

८.

उत्कृष्ट आधुनिक गायिका

रेश्मा पुन

'मायाका गीत'

९.

उत्कृष्ट लोक गायक

अर्जुन सापकोटा

'झलिको'

१०.

उत्कृष्ट लोक गायिका

देवी घर्ती मगर

'यानिमाया'

११.

उत्कृष्ट पप गायिका

रचना दाहाल

'आज्ञा'

१२.

उत्कृष्ट पप गायक

सुशान्त केसी

'जि छन्त मातिना'

१३.

उत्कृष्ट ब्यान्ड

अभया एन्ड द स्टिम इन्जिन्स

'हे साइँला' (स्वर/कम्पोज: अभया सुब्बा)

१४.

आर.एन्ड.बी/हिप.हप

उजन शाक्य

-

१५.

पिपुल्स चोइस अवार्ड

उजन शाक्य

-

१६.

उत्कृष्ट नवगायक

दिलेश्वर परियार

'मुटु जलेपछि'

कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधन: 

  • शेख हमद बिन खलिफा अल थानीको निधन को थिए?: कतारका पूर्वअमिर (शासक) र वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीका पिता
  • उनलाई "आधुनिक कतारका प्रमुख योजनाकार एवं निर्माता" रुपमा चिनिन्छ,
  • निधन भएको मिति: सन् २०२६ जुलाई १२ (वि.सं. २०८३ असार २८)
  • उमेर: ७४ वर्ष
  • निधन भएको स्थान: दोहा, कतार
  • नेतृत्व/शासन अवधि: सन् १९९५ देखि २०१३ सम्म (सन् १९९५ को जुनमा आफ्ना बुवा शेख खलिफा बिन हमद अल थानीलाई रक्तहीन सत्ता परिवर्तन (Bloodless Coup) मार्फत विस्थापित गरी नेतृत्व सम्हालेका,)
  • सत्ता हस्तान्तरण: अरब क्षेत्रको आधुनिक इतिहासको सबैभन्दा दुर्लभ घटना मानिने खाडी मुलुकको परम्परा विपरित २५ जुन २०१३ मा उनले स्वेच्छाले आफ्ना छोरा (वर्तमान अमिर शेख तमिम बिन हमद अल थानी) लाई सत्ता हस्तान्तरण गरेका, 
  • प्राकृतिक ग्यास (LNG) उद्योगमा ठूलो लगानी गरी सन् २००६ सम्ममा कतारलाई विश्वकै ठूलो एलएनजी निर्यातकर्ता बनाएका,
  • उनको १८ वर्षे कार्यकालमा कतारको कुल गार्हस्थ्य उत्पादन (GDP) २४ गुणाभन्दा बढीले वृद्धि भएको,
  • उनकै शासनकालमा सन् १९९६ मा अन्तर्राष्ट्रिय समाचार संस्था 'अल जजिरा (Al Jazeera)' सञ्चार सञ्जालको स्थापना भएको,
  • कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने ऐतिहासिक दाबेदारी सन् २०१० मा उनकै नेतृत्वमा जितेको,
  • उनकै शासनकालमा सन् २००६ मा नेपाल र कतारबीच ऐतिहासिक श्रम सम्झौता भएको (नेपालसँग श्रम सम्झौता गरेर नेपाली श्रमिक लैजाने कतार खाडी क्षेत्र (Gulf Countries) कै पहिलो राष्ट्र)

केप भर्डेका फुटबल गोलरक्षक भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरण:

  • वैज्ञानिक नाम: अल्डिसा भोजिन्हा (Aldisa vozinhai/Aldisa vozhinha)
  • कसको नामबाट नामकरण गरिएको?: केप भर्डे (Cape Verde) का प्रख्यात अन्तर्राष्ट्रिय फुटबल गोलरक्षक जोसिमार जोस इभोरा डायस 'भोजिन्हा' (Josimar Jose Evora Dias 'Vozinha'); फिफा विश्वकप २०२६ मा केप भर्डेका लागि असाधारण खेल प्रदर्शन गर्दै स्पेन विरुद्ध ऐतिहासिक गोलरक्षण गरेपछि उनको सम्मानमा यो नाम राखिएको,
  • जीवको प्रकार: समुद्री चिप्लेकीरा (Sea Slug)
  • फेला पारिएको क्षेत्र: क्यारेबियन सागर
  • पत्ता लागेको मिति: सन् २०२६ जुलाई १२ (वि.सं. २०८३ असार २८)
  • जीवको शारीरिक विशेषता: यो करिब ४ मिलिमिटर लामो र रातो रङको जीव
  • अनुसन्धानकर्ता वैज्ञानिक: स्पेनका ७५ वर्षीय समुद्री जीवविज्ञानी जेसस ओर्टेआ (Jesús Ortea)

विश्व युवा दक्षता दिवस, २०२६

  • घोषणा: सन् २०१४ डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घ (UN) को साधारण सभाद्वारा निर्णय गरिएको,
  • दिवस मनाइने मिति: जुलाई १५ (विक्रम संवतको सन्दर्भमा असार ३१ गते)
  • पहिलो दिवस: १५ जुलाई २०१५ मा पहिलोपटक विश्वव्यापी रूपमा यो दिवस मनाइएको,
  • मुख्य उद्देश्य: युवाहरूको सामाजिक-आर्थिक अवस्था सुदृढ गर्ने, विश्वभर बढ्दै गइरहेको बेरोजगारी र योग्यताअनुरूपको रोजगार नपाइने समस्यालाई सम्बोधन गर्ने र युवाहरूलाई उचित प्रशिक्षण प्रदान गरी मर्यादित काम, रोजगारी र उद्यमशीलताका लागि सीप सिर्जना गर्ने।
  • सन् २०२६ को नारा: "Skills for a Shared Future" (साझा भविष्यका लागि सीप)

अन्तराष्ट्रिय क्रिकेट परिषद (ICC) को नयाँ सदस्य राष्ट्र - मौरिसस

  • नयाँ सदस्य राष्ट्र: मौरिसस (Mauritius)
  • आबद्धताको प्रकार: सह-सदस्य (Associate) राष्ट्र
  • सदस्यता प्राप्त मिति: सन् २०२६ जुलाई १५ (वि.सं. २०८३, असार ३१)
  • घोषणा गरिएको स्थान: एडिनबर्ग, स्कटल्याण्ड (आईसीसी (ICC) को वार्षिक साधारण सभाद्वारा)
  • आबद्धता क्रम: आईसीसी (ICC) को १११औँ समग्र सदस्य र ९९औँ सह-सदस्य
  • महादेशीय क्षेत्र: अफ्रिका (मौरिसस आईसीसी (ICC) सदस्यता पाउने २३औँ अफ्रिकी राष्ट्र)
  • आईसीसी (ICC) को वर्तमान सदस्य संरचना (सन् २०२६ जुलाई अनुसार)
    • पूर्ण सदस्य (Full Members): १२ (टेस्ट म्याच खेल्ने मान्यता प्राप्त राष्ट्रहरू पूर्ण सदस्य हुन्)
    • सह-सदस्य (Associate Members): ९९
    • समग्र सदस्य संख्या: १११
  • हालैका वर्षहरूमा आईसीसीमा जोडिएका नयाँ सदस्यहरू (क्रमशः)
    • सन् २०२६: मौरिसस (१११औँ सदस्य)
    • सन् २०२५: टिमोर लेस्टे 
    • सन् २०२२: कम्बोडिया, उज्वेकिस्तान र आइभोरी कोस्ट
    • सन् २०२१: मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तान

 

 

Categories

  • Current Affairs 722
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 104
  • Nepal Police 8

Latest Blogs

World Geography Questions Asked by Public Service Commission till Asar 2083 BS
Past Questions

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

  • Jul 26, 2026
  • 60
Gandaki Province, Mechanical Supervisor (Fifth Level) - 2083/04/07
Past Questions

गण्डकी प्रदेश, मेकानिकल सुपरभाइजर (पाँचौं तह) - २०८३/०४/०७

  • Jul 26, 2026
  • 64
44th Chinnalata Song Awards and Honors
Current Affairs

४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान

  • Jul 26, 2026
  • 59
Economic Survey 2082/083: Consolidated Table of Key Figures
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

  • Jul 26, 2026
  • 102
Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 102
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA