Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सूचनाको हक सम्बन्धी महत्वपूर्ण कुराहरु

  • Pranisha Raya
  • April 10, 2023
  • 928

सूचनाको हक सम्बन्धी महत्वपूर्ण कुराहरु

सूचनाको हक सम्बन्धी महत्वपूर्ण कुराहरु

कुनै विषयको तथ्य, तथ्याङ्क एवं जानकारी सूचना हो। प्रत्येक नागरिकले आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माम वा प्राप्त गर्ने हकलाई सूचनाको हक भनिन्छ।

  • सूचनाको हक लोकतन्त्र र मानव अधिकारको आधारशीला हो।
  • यसले नागरिक र राज्यबीच सुसम्बन्ध सृजना गर्ने कार्य गर्दछ।
  • लोकतान्त्रिक शासन व्यवस्थाको अवधारणाको विकास सँगै सूचनाको हकको अवधारणाको पनि विकास भएको हो।
  • प्रत्येक लोकतान्त्रिक मुलुकमा सूचनाको हकलाई नागरिकको महत्वपूर्ण अधिकारको रुपमा लिईन्छ।
  • मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ ले अभिव्यक्ति र सूचनाको अधिकारलाई नैसर्गिक अधिकार मानेको छ ।
  • नेपालको वर्तमान संविधानको धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ।
  • सूचनाको हक सम्बन्धी संबैधानिक व्यवस्थाको प्रचलनका लागि मुलुकमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ जारी गरी लाग्‌ भएका छन्‌।

जनहित र जनकल्याणको माध्यम एवं लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको सूचनाको हकको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।

  • मानव अधिकारको प्रवर्धन गर्न,
  • भ्रष्ट्राचार नियन्त्रण गर्न,
  • आर्थिक अनुशासन कायम राख्न,
  • लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढीकरण गर्न,
  • विधिको शासन कायम गर्न,
  • पारदर्शिताको प्रवर्धन गर्न,
  • राज्यप्रति जनताको अपनत्वभाव सृजना गर्न,
  • शासकको शासितप्रति उत्तरदायित्व अभिबृद्धि गर्न,
  • समग्र मुलुकमा सुशासन कायम गर्न

अत ; सूचनाको हक सुशासन र पारदर्शिता कायम गर्ने एक महत्वपूर्ण नागरिक अधिकार हो । यसले समस्त मुलुकको शासन प्रणालीलाई सुव्यवस्थित र मर्यादित बनाउँन सहयोग पुच्याउँदछ ।

सूचनाको हक सम्बन्ध ऐन, २०६४ को दफा ३ को उपदफा ३ मा सार्वजनिक निकायमा देहायका सूचनाहरु प्रवाह नगरिने उल्लेख छ।

  • सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा तथा शान्ति सुव्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा असर गर्ने
  • अपराधको अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने
  • आर्थिक, व्यापारिक, मौद्रिक, बौद्धिक सम्पत्ति र बैंकिङ गोपनियतामा आघात पार्ने
  • विभिन्न जातजाती वा सम्प्रदायबीचको सुसम्बन्धमा प्रत्यक्ष असर पार्ने
  • व्यक्तिगत गोपनियता र जीउज्यान, सम्पत्ति, स्वास्थ्य वा सुरक्षामा खतरा पुन्याउने।

अतः माथि उल्लेखित सूचनाहरु प्रवाह नगरिने कानूनी व्यवस्था रहेको छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा सूचना प्राप्त गर्ने कार्यबिधि देहायबमोजिम उल्लेख गरिएको छ ।

  • कुनै सूचना प्राप्त गर्न चाहने नेपाली नागरिकले त्यस्तो सूचना प्राप्त गर्नुपर्ने कारण खुलाई सम्बन्धित सूचना अधिकारीसमक्ष निवेदन दिनुपर्ने
  • निवेदन प्राप्त भएपछि सूचना अधिकारीले तत्काल उपलब्ध गराउन सकिने प्रकृतिका सूचना भए तत्काल र तत्काल उपलब्ध गराउन नसकिने प्रकृतिका सूचना भए निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र निवेदकलाई सूचना उपलब्ध गराउनुपर्ने
  • तत्काल सूचना उपलब्ध गराउन नसकिने भएमा सूचना अधिकारीले सोको कारण सहितको जानकारी तुरुन्त निवेदकलाई गराउनुपर्ने
  • सूचना अधिकारीले कुनै व्यक्तिको जीउ-ज्यानको सुरक्षासँग सम्बन्धित सूचना माग गरेको रहेछ भने त्यस्तो सूचना माग गरेको २४ घण्टाभित्र निवेदकलाई उपलब्ध गराउनुपर्ने
  • सूचना अधिकारीले निवेदकद्वारा माग भएको सूचना उपलब्ध गराउँदा सूचनाको स्रोत बिग्रने, भत्कने वा नष्ट हुने सम्भावना भएमा सूचना अधिकारीले सोको कारण खोली उपयुक्त स्वरुपमा निवेदकलाई सूचना उपलब्ध गराउन सक्ने
  • कुनै व्यक्तिले कुनै लिखत, सामाग्री वा काम कारबाहीको अध्ययन वा अवलोकन गर्नको लागि निवेदन दिएको भए सूचना अधिकारीले निवेदकलाई त्यस्तो लिखत, सामाग्री वा काम कारबाहीको अध्ययन वा अवलोकनका निमित्त मनासिब समय उपलब्ध गराउने
  • सूचना माग सम्बन्धमा प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदकले माग गरेको सूचना आफ्नो निकायसँग सम्बन्धित नदेखिएमा सूचना अधिकारीले सो कुराको जानकारी तुरुन्त निवेदकलाई दिनुपर्न

अतः उल्लेखित प्रकृयाको अवलम्बन गरी सूचना प्राप्त गर्ने कार्यविधि सूचनाको हकले निर्दिष्ट गरेको पाईन्छ ।

Categories

  • Current Affairs 781
  • Gorkhapatra 341
  • Others 1178
  • Vacancy 1
  • Past Questions 140
  • Nepal Police 8

Latest Blogs

High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 20
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 45
International Court of Justice
Others

अन्तर्राष्ट्रिय न्यायालय (ICJ)

  • Sep 10, 2026
  • 52
International Decades Celebrated by the United Nations
Others

संयुक्त राष्ट्र संघद्वारा मनाइएको अन्तराष्ट्रिय दशकहरु

  • Sep 10, 2026
  • 81
World Suicide Prevention Day 2026
Current Affairs

विश्व आत्महत्या रोकथाम दिवस, २०२६

  • Sep 10, 2026
  • 83
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA