Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

१६ औँ आवधिक योजना संक्षिप्तमा

  • Bikash Shrestha
  • August 27, 2025
  • 2145

१६ औँ आवधिक योजना संक्षिप्तमा

16th Periodic Plan in brief

 

 

क्र. सं. राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक एकाइ आ.व. २०७५/७६ को स्थिति आ.व. २०७९/८० को स्थिति
आ.व. २१००/०१ को स्थिति
1 आर्थिक वृद्धिदर प्रतिशत 6.8 3.5 10.5
2 प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर 1047 1456 २२,५००
3 गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) प्रतिशत 8.7 20.3 0
4 सम्पत्तिमा आधारित जिनी गुणक गुणक 0.39 0.29 0.25
5 श्रमशक्तिमा सहभागिता दर (१५ वर्ष माथि) प्रतिशत 385 385 72
6 रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा प्रतिशत 36.5 36.5 70
7 विद्युत् उत्पादन (जडित क्षमता) मेगावाट १,२५० २,८७७ ४०,०००
8 विद्युत्‌मा पहुँच प्राप्त परिवार प्रतिशत 88 96.7 100
9 ३० मिनेटसम्मको दूरीमा यातायात पहुँच भएको परिवार प्रतिशत 82 85 99
10 राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग प्रतिशत ७,८९० १४,७५५ २६,०००
11 इन्टरनेटमा पहुँच प्राप्त जनसङ्ख्या प्रतिशत 65.9 69.2 100
12
अपेक्षित आयु (जन्म हुँदाको)
  वर्ष 69.7 70.5
  मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) जना 339 199 20
13 पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) जना 39 33 8
14 साक्षरता दर (५ वर्ष माथि) प्रतिशत 65.9 73.3 99
15 उच्च शिक्षामा कुल भर्नादर प्रतिशत 12 32 40
16 उच्चमध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या प्रतिशत 21 25.8 95
17 आधारभूत सामाजिक सुरक्षामा प्रतिशत 17 32 100
18 लैङ्गिक विकास सूचकाङ्क सूचकाङ्क 0.817 0.885 0.99
19 मानव विकास सूचकाङ्क सूचकाङ्क 0.571 0.601 0.69
           

सोह्रौँ योजनाको सोच, उद्देश्य, रणनीति तथा रूपान्तरणका क्षेत्र
सोच
"सुशासन, सामाजिक न्याय र समृद्धि"
दीर्घकालीन सोच २१०० ले तय गरेका समृद्धि र सुखका मुलभूत तत्त्वहरूलाई आत्मसात्
गर्दै सोह्रौँ योजनाले "सुशासन, सामाजिक न्याय र समृद्धि" को सोच राखेको छ।
सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिन्छ। सामाजिक न्यायसहितको
समृद्धिमा समाजवादी विशेषता अन्तर्निहित रहेको हुन्छ। सामाजिक न्याय स्थापित गर्दै
हासिल भएको समृद्धि दिगो, समावेशी समुन्नत एवम् अनुभूतियोग्य हुनेछ ।


उद्देश्य
आमनागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र सुशासन हासिल गर्नु सोह्रौँ योजनाको मूल उद्देश्य हो। यसका लागि योजनाले तय गरेको सोचबमोजिम क्षेत्रगत रूपमा
योजनाका प्रमुख उद्देश्यहरू देहायबमोजिम रहेका छन् :
(१) राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु,
(२) स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु,
(३) मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु । समष्टिगत रणनीति


अर्थतन्त्रको संरचनागत रूपान्तरणमार्फत द्रुत विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै सोह्रौँ योजनाले अवलम्बन गर्ने मुख्य रणनीति हो। यसक्रममा संरचनागत
रूपान्तरणका लागि पहिचान गरिएका क्षेत्रमा अवलम्बन गरिने समष्टिगत रणनीति निम्नानुसार रहेका छन् :
(१) विकासका सबै क्षेत्र तथा आयाममा देखिएका संरचनागत अवरोधहरूको पहिचान, सम्बोधन र निराकरण गर्दै उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता
अभिवृद्धि गर्ने ।
(२) सङ्घ, प्रदेश र स्थानीय तीनै तह तथा सरकारी, निजी, सहकारी र गैरसरकारी क्षेत्र एवम् विकास साझेदारबीचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत
तुल्याउँदै दिगो विकास योजना कार्यान्वयन गर्ने ।
(३) विकासका सबै क्षेत्र तथा आयाममा लैङ्गिक मूलप्रवाहीकरण, आधुनिक प्रविधिको प्रयोग, वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई आन्तरिकीकरण गर्ने ।
(४) अध्ययन, अनुसन्धान तथा तथ्य र प्रमाणमा आधारित नीति निर्माण एवम् विकासका कार्यक्रम कार्यान्वयन गर्ने ।
क्षेत्रगत रूपमा अवलम्बन गरिने रूपान्तरणकारी रणनीतिहरू सम्बन्धित परिच्छेदमा उल्लेख गरिएबमोजिम हुनेछन् ।


संरचनात्मक रूपान्तरणका प्रमुख क्षेत्र
(१) समष्टिगत आर्थिक आधारहरूको सबलीकरण र उच्च आर्थिक वृद्धि
(२) उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि
(३) उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा
(४) स्वस्थ, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माण
(५) गुणस्तरीय भौतिक पूर्वाधार विकास एवम् सघन अन्तर-आबद्धता
(६) योजनाबद्ध, दिगो र उत्थानशील सहरीकरण तथा बस्ती विकास
(७) लैङ्गिक समानता, सामाजिक न्याय तथा समावेशी समाज
(८) प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास
(९) गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण
(१०) प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि
(११) शासकीय सुधार तथा सुशासन प्रवर्द्धन
(१२) जैविक विविधता, जलवायु परिवर्तन र हरित अर्थतन्त्र
(१३) विकसित मुलुकबाट सहज स्तरोन्नति तथा दिगो विकास लक्ष्य कार्यान्वयन ।


सोह्रौँ योजनाका परिमाणात्मक लक्ष्य
सोह्रौँ योजनाले लिएको सुशासन, सामाजिक न्याय र समृद्धिको सोचअनुसार रूपान्तरणकारी रणनीति तथा प्रमुख हस्तक्षेपकारी कार्यक्रमहरू कार्यान्वयन गर्दा योजना अवधिमा हासिल
हुने उपलब्धिलाई देहायअनुसारका प्रमुख सूचकहरूका आधारमा मापन गरिनेछ 

 

क्र.स. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति आ.व. २०८५/८६ को लक्ष्य
१ विधिकीय शासन सूचकाङ्क सूचकाङ्क ०.५ २  ०.८० 
२ विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्क सूचकाङ्क ५२ ६५
३ भ्रष्टाचार न्यूनिकरण अनुभवित सूचकाङ्क सूचकाङ्क ३५ ४३ 
४ विद्युतिय सरकार विकास सूचकाङ्क सूचकाङ्क ०.५१२ ०.६००
५ निर्वाचनमा मतदाताको सहभागिता प्रतिशत ६२ ६५
६ अदालतममा दर्ता भएको मुद्दाको फर्छ्यौट प्रतिशत ४४ ५५
७ कुल विनियोजनमा खर्चको अनुपात प्रतिशत ५० ९०
८ बेरोजगारी (कुल श्रमशक्ति उत्पादनको अनुपातमा) प्रतिशत १०.१ ५.०
९ राष्ट्रिय परिचय-पत्र नम्बर प्राप्त गरेका नेपाली नागरिक प्रतिशत ६६.३८ ९०
१० पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता प्रतिशत ६९ १००

सामाजिक न्यायका राष्ट्रिय लक्ष्य

क्र.सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति
आ.व. २०८५/८६ को लक्ष्य
1 असमानता समायोजित मानव विकास सूचकाङ्क सूचकाङ्क 0.424 0.6
2 उपभोगमा आधारित जिनी गुणक गुणक 0.3 0.28
3 सम्पत्तिमा आधारित जिनी गुणक गुणक 0.24 0.22
4 उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवार प्रतिशत 1.3 1
5 आधारभूत सामाजिक सुरक्षा आबद्ध जनसङ्ख्या प्रतिशत 32 60
6 लैङ्गिक विकास सूचकाङ्क सूचकाङ्क 0.885 0.967
7 लैङ्गिक असमानता सूचकाङ्क सूचकाङ्क 0.145 0.225
8 रोजगारीमा महिला र पुरुषको सहभागिता अनुपात १:१.७ १:१.२
9 बाध्यकारी श्रमको दर (१५ वर्ष वा सोभन्दा माथि) प्रतिहजार 1.2 0
10 महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दर्ता गरेका परिवार प्रतिशत 22.8 34
  •  

 

सामाजिक न्यायका राष्ट्रिय लक्ष्य

 

क्र.सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति आ.व. २०८५/८६ को लक्ष्य
१. असमानता समायोजित मानव विकास सूचकाङ्क सूचकाङ्क ०.४२४ ०.६००
२. उपभोगमा आधारित जिनी गुणक गुणक ०.३०० ०.२८०
३. सम्पत्तिमा आधारित जिनी गुणक गुणक ०.२४ ०.२२
४. उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवार प्रतिशत १.३ १.०
५. आधारभूत सामाजिक सुरक्षा आबद्ध जनसङ्ख्या प्रतिशत ३२ ६०
६. लैङ्गिक विकास सूचकाङ्क सूचकाङ्क ०.८८५ ०.९६७
७. लैङ्गिक असमानता सूचकाङ्क सूचकाङ्क ०.१४५ ०.२२५
८. रोजगारीमा महिला र पुरुषको सहभागिता अनुपात १:१.७ १:१.२
९. बाध्यकारी श्रमको दर (१५ वर्ष वा सोभन्दा माथि) प्रतिहजार १.२ ०
१०. महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दर्ता गरेका परिवार प्रतिशत २२.८ ३४.०
 

 

समृद्धिका राष्ट्रिय लक्ष्य

क्र.सं. सूचक एकाइ आ.व. २०७९/८० को स्थिति
आ.व. २०८५/८६ को लक्ष्य
1 आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) प्रतिशत 3.6 7.3
2 प्रतिव्यक्ति आय 1450 2351
3 गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) प्रतिशत 20.3
4 उपभोक्ता मुद्रास्फीति प्रतिशत 7.7
5 मानव विकास सूचकाङ्क सूचकाङ्क 0.601
6 मानव सम्पत्ति सूचकाङ्क सूचकाङ्क 76.3
7 आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क सूचकाङ्क 29.7
8 साक्षरता दर (१५ वर्षमाथि) प्रतिशत 76.2
9 अपेक्षित आयु (जन्म हुँदाको) वर्ष 71.3
10 ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार प्रतिशत 77
11 उच्च मध्यस्तरको खानेपानीमा पहुँच भएको घरपरिवार प्रतिशत 25.8
12 बेरोजगारी दर प्रतिशत 11.4
13 श्रम उत्पादकत्व रु. हजारमा 245
14 कृषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली) मे.ट. प्रति हेक्टर 3.3
15 बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार प्रतिशत 63
16 सडक घनत्व कि.मि. प्रति व.कि.मि. 0.63
  १७८/नेपाल परिच    
17 विद्युत् उत्पादन (जलविद्युत् तथा वैकल्पिक ऊर्जाजडित क्षमता) मेगावाट २९६२*** ११,७६९
18 प्रतिव्यक्ति विद्युत् उपभोग किलोवाट घण्टा 380 700
19 विद्युत्मा पहुँच पुगेको जनसङ्ख्या प्रतिशत 96.7 100
20 इन्टरनेटमा पहुँच पुगेको जनसङ्ख्या प्रतिशत 69.2  90 

 

Categories

  • Current Affairs 611
  • Gorkhapatra 306
  • Others 998
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

Nepal's mountains higher than 8,000 meters
Others

नेपालका ८ हजार मिटरभन्दा अग्ला हिमालहरू

  • May 15, 2026
  • 70
A Brief Description Table of the Ten Avatars (Dasavatar) of Lord Vishnu
Others

भगवान विष्णुका दश अवतार (दशावतार) को संक्षिप्त विवरण तालिका

  • May 15, 2026
  • 79
Chronological table of the main events of the conflict between Israel, the US and Iran
Current Affairs

इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य घटनाक्रमको कालक्रमिक तालिका

  • May 15, 2026
  • 79
International Day of Families, 2026
Current Affairs

अन्तराष्ट्रिय परिवार दिवस, २०२६

  • May 15, 2026
  • 90
Reshuffle of the current Council of Ministers - April 31, 2083
Current Affairs

मौजुदा मन्त्रिपरिषद्‌ हेरफेर - बैशाख ३१, २०८३

  • May 14, 2026
  • 67
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA