Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कपिलवस्तुमा रहेको शाक्यहरूको गणराज्य

  • Bikash Shrestha
  • June 11, 2025
  • 501

कपिलवस्तुमा रहेको शाक्यहरूको गणराज्य

The Republic of the Shakyas in Kapilvastu

कपिलवस्तुमा रहेको शाक्यहरूको गणराज्य
कपिलवस्तु जिल्लामा अवस्थित ‘तिलौराकोट’ नामक स्थान प्राचीन शाक्यहरूको राजधानी रहेको ठानिन्छ। विभिन्न प्राप्त ऐतिहासिक प्रमाणका आधारमा तिलौराकोट नै शाक्य वंशको प्राचीन कपिलवस्तु नगरी थियो।

प्राचीन गणराज्यहरूमध्ये शाक्यहरूको राज्य विशेष रूपमा चर्चित थियो, किनभने यसै स्थानमा कनकमुनी, सिद्धार्थ गौतम (महात्मा बुद्ध) लगायतका बुद्धहरूको जन्म भएको थियो। सिद्धार्थ गौतमलाई नै बुद्ध धर्म प्रवर्तक महापुरुषको रूपमा चिनिन्छ।

त्यो समयको कपिलवस्तु शहर पञ्चभुजाकार दुर्गाका रूपमा बसाइएको थियो। व्यापारिक मार्गको रूपमा प्रयोग हुने एक प्रमुख राजमार्ग उत्तरतिरको श्रावस्तीदेखि दक्षिणपूर्वतिरको राजगिरिसम्म फैलिएको थियो, जुन कपिलवस्तु राज्यभित्रबाट पनि गुज्रन्थ्यो।

शाक्यहरूको कपिलवस्तु राज्य एक गणराज्य थियो, जहाँ शासन व्यवस्था प्राचीन उत्तर भारतीय गणराज्यहरूको जस्तै थियो। शासन सञ्चालनका लागि दुई मुख्य निकायहरू थिए:

  1. साधारण सभा – यो राज्यको कार्यकारी सभाको रूपमा काम गथ्र्यो।

  2. भारदारी सभा – यो पनि शासनमा संलग्न महत्वपूर्ण निकाय थियो।

कार्यकारी सभाका प्रमुख व्यक्तिलाई 'राजा' भनिन्थ्यो। सिद्धार्थ गौतम बुद्धको जन्मताका कार्यकारी सभाका प्रमुख शुद्धोधन थिए। शुद्धोधनपछि, कार्यकारी सभाको नेतृत्व तथा राज्य प्रमुखका रूपमा महानामलाई निर्वाचित गरिएको थियो।

कपिलवस्तु राज्यको पछिल्लो कालमा कोशल राज्यका राजाको आक्रमणका कारण पतन भएको इतिहासमा उल्लेख छ।

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 57
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 61
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 40
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 64
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA