Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Ajnabee Khadka
  • August 05, 2026
  • 44

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)

१. साहस र समर्पणका पर्याय विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ नेपाली आरोहीको दु:खद निधन कहिले भएको हो ? 

➤ वि.सं. २०८३ साउन १४ (सन् २०२६ जुलाई ३०)

  • विश्वका सर्वोच्च शिखरहरूमा पाइला टेक्दै नेपालको नाम सगरमाथाभन्दा माथि पु¥याउने अदम्य साहस र समर्पणका प्रतीक निर्मल पुर्जा (निम्स दाइ) सहित छ नेपाली र चार अन्य मुलुकका गरी १० आरोहीको पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी दु:खद निधन भएको । यस अकल्पनीय निधनले सिङ्गो विश्व पर्वतारोहण क्षेत्रलाई स्तब्ध र शोकमग्न बनाएको ।
  • घटनाको सङ्क्षिप्त विवरण:
    - निधन भएको मिति : वि.सं. २०८३ साउन १४ (सन् २०२६ जुलाई ३०), 
    - स्थान : पाकिस्तानमा अवस्थित विश्वको १२ औँ अग्लो ‘ब्रोड पिक’ हिमाल, जसको उचाइ ८,०५१ मिटर छ,
    - कारण : भीषण हिमपहिरोमा परेर, 
    - क्षति : विश्व कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना आरोहीको मृत्यु ।
  • ज्यान गुमाएका छ नेपाली:
    १.) निर्मल पुर्जा (निम्स दाइ) म्याग्दी, दाना
    २.) पुरबहादुर गुरुङ (युक्त) गोरखा
    ३.) किलीपेम्बा शेर्पा (किलु) दोलखा  
    ४.) निमा शेर्पा सङ्खुवासभा 
    ५.) नवाङ थिन्डु शेर्पा सङ्खुवासभा
    ६.) ग्यालु शेर्पा ओखलढुङ्गा
  • निर्मल पुर्जाको व्यक्तिगत विवरण:
    - नाम : निर्मल पुर्जा (उपनाम : निम्स दाइ)
    - जन्ममिति : वि.सं. २०४० साउन ९ (सन् १९८३ जुलाई २५)
    - जन्मस्थान : म्याग्दी जिल्ला, दानागाउँ (गण्डकी प्रदेश, नेपाल)
    - उमेर (निधन हुँदा) : ४३ वर्ष
    - नागरिकता : नेपाल र संयुक्त अधिराज्य (युके) 
    - पेसा/पृष्ठभूमि : पर्वतारोही, बेलायतको गोर्खा रेजिमेन्टमा सेवा गरी विशेष सुरक्षा बल (एसबिएस) मा आबद्ध पूर्वगोर्खा सैनिक ।  
    - पत्नी : सूची पुर्जा
    - सन्तान : एक छोरी 
  • प्रमुख विश्व कीर्तिमान तथा उपलब्धि:
    - प्रोजेक्ट पोसिबल (सन् २०१९) : विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटै हिमाल मात्र छ महिना छ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम । यो रेकर्ड सन् २०२३ सम्म कायम थियो,
    - सबैभन्दा छिटो आरोहण : सगरमाथा, ल्होत्से र मकालु जस्ता कठिन हिमाल मात्र ४८ घण्टाभित्रै सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका,
    - के२ हिमालको ऐतिहासिक आरोहण : सन् २०२१ को जनवरीमा के२ हिमाल जाडोयाममा पहिलो पटक सफल आरोहण गर्ने १० नेपाली सदस्य टोलीको नेतृत्व गरेका,
    - सम्मान तथा पुरस्कार : बेलायत सरकारबाट ‘मेम्बर अफ दी अर्डर अफ दी ब्रिटिस एम्पायर’ सम्मान प्राप्त गरेका,
    - साहित्य÷कृति : उनको साहसिक यात्रामा आधारित पुस्तक ‘बियोन्ड पोसिबल’ र नेटफ्लिक्समा ‘१४ पिक : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री निकै प्रेरणादायी रहेका,
    - आधुनिक पर्वतारोहणका एक मार्गदर्शक र इतिहासकै महान् आरोहीमध्येका अद्वितीय प्रतिभा निम्सले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट पहिचान दिलाउन महìवपूर्ण भूमिका निर्वाह गरेका । 

२. प्रसिद्ध पद्मश्री साहित्य पुरस्कार, २०८२ का लागि सङ्क्षिप्त सूचीमा पर्न सफल कृति कुन कुन हुन् ? 

➤ तोरकीन (क्षितिज समर्पण), महायुग (सीमा आभास), स्वस्पर्श (डा. नवराज केसी), सलह (श्रवण मुकारुङ), हिउँद (नदीश) 

३. आर्थिक ऐन, २०८३ अनुसार लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सूचना रापजत्रमा कहिले प्रकाशित भएको हो ? 

➤ वि.सं. २०८३ साउन ६ 

  • हालसम्म असुल गरिएको शिक्षा समता शुल्क वा स्वास्थ्य समता शुल्क असुलउपर गर्ने व्यक्ति वा निकायले भुक्तानीकर्तालाई १५ दिनभित्र फिर्ता दिने र सो अवधिभित्र फिर्ता दिन सम्भव नभएमा सङ्घीय सञ्चित कोषमा दाखिला गर्ने जनाइएको ।

 

४. गाजामा शान्ति कायम गर्ने सम्बन्धमा बोर्ड अफ पिस, हमास तथा अन्य सशस्त्र समूहबिच इजिप्टमा भएको सम्झौता अनुसार गाजास्थित हमास र अन्य सशस्त्र समूहले कुन निकायलाई आफ्नो हतियार बुझाउने सहमति भएको छ ?

➤ नेसनल कमिटी फर दी एडमिनिस्ट्रेसन अफ गाजा (एनसिएजी),

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ जुलाई ३० मा ‘बोर्ड अफ पिस’, हमास तथा अन्य सशस्त्र समूहबिच इजिप्टमा गाजाको पूर्ण नि:शस्त्रीकरणसम्बन्धी सम्झौता भएको घोषणा गरेका ।

 

५. दाहाल यज्ञनिधि पुरस्कार, २०८३ बाट क-कसलाई प्रदान गरियो ? 

➤ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा, 

  • भारतको मणिपुरमा बसेर नेपाली भाषा साहित्य र शिक्षणमा सक्रिय साहित्यकार भवानी अधिकारी र सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पु¥याउने निर्देशक नवीन सुब्बालाई यो पुरस्कार संयुक्त रूपमा प्रदान गरिएको, 
  • यस पुरस्कारको राशि संयुक्त रूपमा एक लाख ५० हजार रुपियाँ रहेको । 

६. राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अनुसार हाल नेपालमा बाघको सङ्ख्या कति पुगेको छ ? 

➤ ४२९ 

  • सार्वजनिक मिति: २०८३ साउन १३ (२९ जुलाई २०२६, विश्व बाघ दिवसका अवसरमा।)
  • सर्वेक्षणका प्रमुख झलक:
    - कुल अनुमानित बाघको सङ्ख्या : ४२९ वटा (सीमा : ४०२५००)
    - पहिचान भएका छुट्टाछुट्टै बाघ : ३७३ वटा
    - सर्वेक्षण गरिएको कुल क्षेत्रफल : सात ३९३ वर्ग किमी
    - सर्वेक्षणको वैज्ञानिक तथा प्राविधिक पक्ष
    - बाघको वासस्थानलाई तीन वटा मुख्य कम्प्लेक्स (चितवन-पर्सा कम्प्लेक्स, बाँके-बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्स) मा विभाजन गरी सर्वेक्षण गरिएको,
    - हरेक कम्प्लेक्सलाई दुई किमी लम्बाइ र दुई किमी चौडाइका वर्गाकार ग्रिडहरूमा बाँडिएको । प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामरा जडान गरी अनुगमन गरिएको,
    -‘स्पेसियल्ली एक्सप्लिसिट क्याप्चररिक्याप्चार’ मोडेलको प्रयोग गरिएको ।
  • कुन निकुञ्जमा कति छन् बाघ ?
    १.) चितवन राष्ट्रिय निकुञ्ज : १४५ वटा (सबैभन्दा बढी)
    २.) बर्दिया राष्ट्रिय निकुञ्ज : ११२ वटा
    ३.) पर्सा राष्ट्रिय निकुञ्ज : ७१ वटा
    ४.) बाँके राष्ट्रिय निकुञ्ज : ५१ वटा
    ५.) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : ५० वटा
    - वि.सं. २०८२ पुस १२०८३ वैशाख १० सम्म सञ्चालित यस सर्वेक्षणमा एक हजार ८४८ वटा ग्रिडमा कुल तीन हजार ६९६ स्वचालित क्यामरा प्रयोग गरिएका । ती क्यामराबाट बाघका ११ हजार ९११ तस्बिर प्राप्त भएका ।
  • नेपालमा बाघको सङ्ख्या बढ्दो क्रममा:
    - सन् २०१०: १२१
    - सन् २०१४: १९८
    - सन् २०१८: २३५
    - सन् २०२२: ३५५
    - सन् २०२६: ४२९
    नोट : नेपालमा हरेक चार/चार वर्षमा बाघ गणना हुने ।
    - हाल विश्वभर पाँच हजार छ सयभन्दा बढी बाघ रहेको अनुमान ।
    - बाघ संरक्षणलाई निरन्तरता दिन सन् २०२३२०३२ सम्मको अवधिलाई बाघसम्बन्धी १० बर्से कार्ययोजनाका रूपमा सञ्चालन ।
  • बाघ दिवसको नारा:
    - सन् २०२६ : सेभ दी टाइगर्स, सेभ दी वाइल्ड ।  
    - सन् २०२५ : रेइज अवेयरनेस अबाउट दी इम्पोर्टेन्स अफ टाइगर्स एन्ड दी थ्रेट्स दे फेस ।   

७. राष्ट्रिय यातायात नीति, २०८३ कहिले स्वीकृत भएको हो ? 

➤ वि.सं. २०८३ असार २४ 

  • सार्वजनिक यातायात र सडक पूर्वाधारको विकासमा निजी क्षेत्रको सहभागिता प्रवर्धन गर्न पिपिपी तथा अन्य उपयुक्त मोडेल अवलम्बन गरिने नयाँ नीतिमा उल्लेख । 

 

८. अमेरिकाको वासिङ्टन डिसीमा आयोजित ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को उपाधि कसले जितेकी छन् ?

➤ दीपिका शर्मा (मेरिल्यान्ड) 

  • प्रथम उपविजेता : अनामिका श्रेष्ठ (मिसिगन)
  • दोस्रो उपविजेता : अनामिका खड्गी (साउथ क्यारोलाइना)
  • तेस्रो उपविजेता : रेश्मा निरौला (टेक्सास)
  • ग्रान्ड फिनालेमा १६ जना प्रतिस्पर्धीले भाग लिएका  
  • आयोजक संस्था : ड्रिम्ज युनिभर्सल (प्रमुख : शैलैन्द्र श्रेष्ठ)

मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन खुला::Milap News

९. विश्व हेपाटाइटिस दिवस कहिले मनाइन्छ ? 

➤ जुलाई २८ 

  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा : हेपाटाइटिस : लेट्स ब्रेक इट डाउन । 

 

१०. फिफा विश्वकप २०२६ मा ‘गोल अफ दी टुर्नामेन्ट’ घोषित गोल कुन हो ? 

➤ केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्धको खेलमा गरेको गोल 

 

११. नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ ? 

➤ साउन १६ गते 

  • वि.सं. २०८२ असार २३ गतेको मन्त्रीपरिषद् बैठकले हरेक वर्षको साउन १६ गतेलाई औपचारिक रूपमा ‘कोदो दिवस’ मनाउने निर्णय गरेको । यद्यपि यसअघि नेपालमा विगत सात वर्षदेखि स्वस्फूर्त रूपमा साउन १५ मा मनाइँदै आएको । 

 

१२. ‘दी हिडन ट्रेजर’ द्वारा आयोजित ‘मिस नेपाल २०२६’ को मुख्य उपाधि (मिस नेपाल वल्र्ड२०२६) कसले जित्नुभएको हो ? 

➤ दीपमाला ढकाल

  • मिस नेपाल इन्टरनेसनल, २०२६ : आर्या निशान्त 
  • मिस नेपाल कोस्मो, २०२६ : कशिश सुब्बा  

१३.  मधेश प्रदेश मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८३ साउन ११ 

  • मधेश प्रदेश मानव अधिकार सम्मेलनले दलित तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, मुक्त हरवाचरवाको पुनस्र्थापना, बालविवाह तथा लैङ्गिक हिंसा अन्त्य, जलवायु न्याय र आदिवासी जनजातिको अधिकार कार्यान्वयनलगायत विषय समेटेको १५ बुँदे घोषणापत्र जारी गरेको ।

मधेश प्रदेश मानव अधिकार सम्मेलन: निमुखाको आवाज सुन्न र 'जेनजी आन्दोलन'  प्रतिवेदन सार्वजनिक गर्न जोड - Ablokit Daily

१४. ‘आउट स्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड, २०२६’ बाट सम्मानित हुने नेपाली बालरोग विशेषज्ञ को हुन् ?

➤ प्राडा मणीन्द्ररञ्जन बराल 

  • उक्त सम्मान श्रीलङ्काको कोलम्बोमा जुलाई २८ मा आयोजित १९ औँ एसिया प्यासिफिक कङ्ग्रेस अफ पेडियाट्रिक्सको उद्घाटन समारोहमा प्रदान गरिएको ।

१५. उद्योग विभागले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउन कुन प्रणाली अनिवार्य रूपमा लागु गर्ने घोषणा गरेको छ ?

➤ औद्योगिक व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस)

  • उद्योग विभागले वि.सं. २०८३ साउन १८ देखि उद्योग दर्तादेखि अन्य कामका लागि लगानीकर्ताले भौतिक रूपमा उपस्थित भएर दिने आवेदन तथा कागजात अनलाइनबाटै गर्नुपर्ने जनाएको । 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 14
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 43
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 7
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 0
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 9
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA