Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

युरोप महादेश

  • Ajnabee Khadka
  • August 07, 2026
  • 52

युरोप महादेश

Europe
विषयवस्तु
विस्तृत विवरण र तथ्यहरू
कुल क्षेत्रफल (अन्तर्राष्ट्रिय मानक)
  • १०,१८०,००० वर्ग किलोमिटर (३९,३०,००० वर्ग माइल) — युरोप महादेश क्षेत्रफलका आधारमा विश्वको छैटौँ ठूलो महादेश
  • पृथ्वीको कुल स्थल भू-भागमा युरोप महादेशले ओगटेको हिस्सा: करिब ६.८ % क्षेत्र ओगटेको,
  • पृथ्वीको कुल क्षेत्रफलमा युरोप महादेशले ओगटेको हिस्सा: करिब २ % क्षेत्र ओगटेको,
कुल क्षेत्रफल (रुस र टर्की जस्ता दुई महादेशमा फैलिएका (अन्तर-महाद्वीपिय) देशहरूको क्षेत्रलाई पूर्ण रूपमा हटाउँदा युरोपको क्षेत्रफल)
६१,९६,००० वर्ग किलोमिटर — युरोपको कुल क्षेत्रफल (१ करोड १ लाख ८० हजार वर्ग किमी) मध्ये करिब ३९ लाख ६० हजार वर्ग किलोमिटर (करिब ३९.५%) भाग एक्लै रुसले ओगट्छ,
भौगोलिक अवस्थिति
  • अक्षांशीय विस्तार (Latitude): ३६° उत्तरी अक्षांश देखि ७१° उत्तरी अक्षांशसम्म — पूर्ण रूपमा उत्तरी गोलार्द्धमा अवस्थित
  • देशान्तरीय विस्तार (Longitude): २५° पश्चिमी देशान्तर देखि ६६° पूर्वी देशान्तरसम्म — प्रायः भाग पूर्वी गोलार्द्धमा र केही पश्चिमी भाग पश्चिमी गोलार्द्धमा
जनसंख्या
यूरोपको जनसंख्याले विश्वको कुल जनसंख्याको करिब ८.९६% (लगभग ९%) हिस्सा ओगटेको — युरोप जनसंख्याको आधारमा विश्वको तेस्रो ठूलो महादेश
चार सिमाना
  • उत्तर (North): सुमेरु महासागर (Arctic Ocean) र बारेन्ट्स सागर (Barents Sea)
  • दक्षिण (South): भूमध्य सागर (Mediterranean Sea), कालो सागर (Black Sea) र काउकेसस पर्वतमाला (Caucasus Mountains)
  • पूर्व (East): एसिया महादेश 
  • पश्चिम (West): आन्ध्र महासागर (Atlantic Ocean)
अन्य महादेशहरूसँगको सिमाना
  • एसिया (Asia) सँगको सिमाना: 
    • पर्वत: युराल पर्वत (Ural Mountains) र ककेशस पर्वत (Caucasus Mountains)
    • नदी: युराल नदी (Ural River)
    • सागरहरू: क्यास्पियन सागर, कालो सागर (Black Sea), मार्मरा सागर र भूमध्य सागर
    • जलडमरूमध्य: बोस्फोरस र डार्डनेल्स जलडमरूमध्य (Bosphorus and Dardanelles Straits)
  • अफ्रिका (Africa) सँगको सिमाना: भूमध्य सागर (Mediterranean Sea) र जिब्राल्टर जलडमरूमध्य (Strait of Gibraltar)
  • उत्तर अमेरिका (North America) सँगको सिमाना: आन्ध्र महासागर (Atlantic Ocean) र डेनमार्क जलडमरूमध्य (Denmark Strait)
देशहरुको संख्या
कुल ५० वटा राष्ट्रहरु (५० वटा मध्ये ४४ वटा मात्र सार्वभौम स्वतन्त्र राष्ट्रहरू र बाँकी ६ वटा अन्य देशका अधिनमा रहेका क्षेत्र वा टापुहरू) —रुस (Russia), जर्मनी (Germany), संयुक्त अधिराज्य (United Kingdom), फ्रान्स (France), इटाली (Italy), स्पेन (Spain), युक्रेन (Ukraine), पोल्याण्ड (Poland), रोमानिया (Romania), नेदरल्याण्ड्स (Netherlands), बेल्जियम (Belgium), स्विडेन (Sweden), चेकिया (Czechia), पोर्चुगल (Portugal), ग्रीस (Greece), हङ्गेरी (Hungary), अस्ट्रिया (Austria), स्विट्जरल्याण्ड (Switzerland), बेलारुस (Belarus), बुल्गेरिया (Bulgaria), सर्बिया (Serbia), डेनमार्क (Denmark), नर्वे (Norway), फिनल्याण्ड (Finland), स्लोभाकिया (Slovakia), आयरल्याण्ड (Ireland), क्रोएसिया (Croatia), बोस्निया र हर्जेगोभिना (Bosnia and Herzegovina), मोल्डोभा (Moldova), लिथुआनिया (Lithuania), अल्बानिया (Albania), स्लोभेनिया (Slovenia), लात्भिया (Latvia), उत्तर म्यासेडोनिया (North Macedonia), साइप्रस (Cyprus), एस्टोनिया (Estonia), लक्जम्बर्ग (Luxembourg), मोन्टेनेग्रो (Montenegro), माल्टा (Malta), आइसल्याण्ड (Iceland), जर्सी (Jersey), आइल अफ म्यान (Isle of Man), एन्डोरा (Andorra), गुएर्नसे (Guernsey), फारो टापुहरू (Faroe Islands), जिब्राल्टर (Gibraltar), लिक्टेन्स्टाइन (Liechtenstein), मोनाको (Monaco), सान मारिनो (San Marino), भ्याटिकन सिटी (Vatican City)
अन्तर-महाद्विपीय (Transcontinental) देशहरु
रुस, टर्की, काजाकिस्तान, अजरबैजान र जर्जिया — यी राष्ट्रहरुको भू-भाग एसिया र युरोप दुवै महादेशमा फैलाएका,
भूपरिवेष्ठित (Landlocked) देशहरु
  • कुल भूपरिवेष्ठित देशहरूको सङ्ख्या: १४ वटा (अस्ट्रिया, स्विट्जरल्यान्ड, हङ्गेरी, चेक गणतन्त्र, बेलारुस, मोल्डोभा, सर्भिया, स्लोभाकिया, म्यासेडोनिया, अन्डोरा, सान मारिनो, भ्याटिकन सिटी, लक्जेम्बर्ग, लिक्टेन्स्टाइन)
  • युरोप महादेशको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र: बेलारुस
  • युरोप महादेशको सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र: भ्याटिकन सिटी
  • युरोप महादेशको दोहोरो भूपरिवेष्ठित राष्ट्र (Doubly Landlocked): लिक्टेन्स्टाइन
  • एउटै देशबाट घेरिएका भूपरिवेष्ठित राष्ट्र (Enclaved Landlocked): भ्याटिकन सिटी र सान मारिनो (दुवैलाई इटालीद्वारा घेरिएको,)
युरोप महादेशको क्षेत्रगत विभाजन (Regional Division of Europe) र प्रमुख देशहरू

१.) उत्तरी युरोप (Northern Europe): संयुक्त अधिराज्य (बेलायत), नर्वे, स्विडेन, डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड, इस्टोनिया, लाट्भिया, लिथुआनिया
२.) पश्चिमी युरोप (Western Europe):
फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, बेल्जियम, स्विट्जरल्याण्ड, अस्ट्रिया, लक्जमबर्ग, मोनाको, लिक्टेन्स्टाइन
३.) दक्षिणी युरोप (Southern Europe):
इटाली, स्पेन, पोर्चुगल, ग्रीस, सर्बिया, क्रोएसिया, स्लोभेनिया, अल्बानिया, उत्तर म्यासेडोनिया, बोस्निया र हर्जेगोभिना, मोन्टेनेग्रो, माल्टा, एन्डोरा, सान मारिनो, भ्याटिकन सिटी
४.) पूर्वी युरोप (Eastern Europe):
रुस (युरोपेली भूभाग), युक्रेन, पोल्याण्ड, रोमानिया, चेकिया (चेक गणतन्त्र), हङ्गेरी, बेलारुस, स्लोभाकिया, बुल्गेरिया, मोल्डोभा

क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देश
  • पूर्ण रूपमा युरोपमा पर्ने आधारमा: युक्रेन (Ukraine)
  • अन्तर-महाद्विपीय (Transcontinental) आधारमा: रुस (Russia) — रुसको करिब ७७ प्रतिशत भाग एसियामा महादेशमा र करिब २३ प्रतिशत भाग युरोप महादेशमा रहेको,
क्षेत्रफलको आधारमा सबैभन्दा सानो देश (विश्वकै)
भ्याटिकन सिटी (Vactican City)
सबैभन्दा उच्चतम विन्दु
  • पूर्ण रुपमा युरोपेली क्षेत्रको मात्र सन्दर्भमा: आल्प्स पर्वतमाला (Alps) को ४,८०८ मिटरको उचाई भएको मोन्ट ब्लाङ्क (Mont Blanc)
  • रुस (युरोपेली भूभाग) को क्षेत्रको सन्दर्भमा: रुसको भू-भाग अन्तर्गतको काकेशस पर्वत शृंखला (Caucasus Mountains) को ५,६४२ मिटरको उचाई भएको माउन्ट एल्ब्रुस (Mount Elbrus)
सबैभन्दा न्यूनतम विन्दु
क्यास्पियन सागरको तटीय क्षेत्र (Caspian Sea Shore), जून समुद्री सतहबाट करिब २८ मिटर (-२८ m) तल रहेको,
प्रमुख नदीहरु
  • भोल्गा नदी (Volga River), ड्यान्युब नदी (Danube River), राइन नदी (Rhine River), डिफर नदी (Dnieper River), थिम्स नदी (Thames River), सिन नदी(Seine River) आदि
  • युरोप महादेशको सबैभन्दा लामो नदी: करिब ३,५३० किलोमिटर लामो भोल्गा (Volga River) — यो नदी पूर्ण रूपमा रसियाको युरोपेली भूभाग (European Russia) भित्र उत्पत्ति भई बग्दछ,
  • विश्वको सबैभन्दा धेरै राष्ट्रहरु भएर बग्ने नदी (युरोपमा अवस्थित): ड्यान्युब नदी (Danube River)  — युरोपका १० वटा देशहरू भएर बग्छ,
प्रमुख मरुभूमिहरु
युरोप विश्वको एकमात्र मरुभूमि नभएको महादेश हो,
प्रमुख पर्वत शृंखलाहरु
  • काकेशस पर्वत श्रृंखला (Caucasus Mountains), आल्प्स पर्वत श्रृंखला (Alps), युराल पर्वत श्रृंखला (Ural Mountains), पेरेनिज पर्वत श्रृंखला (Pyrenees), कार्पेथियन पर्वत श्रृंखला (Carpathian Mountains), स्क्यान्डिनेभियन पर्वत श्रृंखला (Scandinavian Mountains) आदि
  • एसिया र युरोपको भौगोलिक सिमानाको रुपमा रहेको पर्वतमाल: युराल पर्वत श्रृंखला (Ural Mountains)
प्रमुख सागरहरु
भूमध्य सागर (Mediterranean Sea), कालो सागर (Black Sea), उत्तर सागर (North Sea), बाल्टिक सागर (Baltic Sea), नर्वेजियन सागर (Norwegian Sea), आड्रियाटिक सागर (Adriatic Sea), क्यास्पियन सागर (Caspian Sea), क्यास्पियन सागर (Caspian Sea) आदि
जनसंख्याको आधारमा सबैभन्दा ठुलो देश
रुस (Russia) को युरोपेली भू-भाग (यदि रुस बाहेक पूर्ण रूपमा युरोपमा मात्र अवस्थित देश सोधेमा जर्मनी (Germany) सबैभन्दा ठूलो रहेको,)
जनसंख्याको आधारमा सबैभन्दा सानो देश
भ्याटिकन सिटी (Vactican City)
जनसंख्याको हिसाबले सबैभन्दा ठूलो धार्मिक समूह 
ईसाई धर्म (Christianity)
प्रमुख भाषाहरू
अङ्ग्रेजी (English), जर्मन (German), रसियन (Russian), स्पेनिस (Spanish), इटालियन (Italian), पोलिस (Polish) आदि
प्रमुख जलवायु
भूमध्यसागरीय जलवायु (Mediterranean Climate), सामुद्रिक / पश्चिमी युरोपेली जलवायु (Oceanic / Maritime / Marine West Coast Climate), महाद्वीपीय जलवायु (Continental Climate), र टुन्ड्रा उप-ध्रुवीय जलवायु (Tundra and Subarctic Climate), पर्वतीय/अल्पाइन जलवायु (Highland / Alpine Climate) आदि
अतिरिक्त किर्तिमान
  • जनसंख्या र क्षेत्रफल दुवैको आधारमा विश्वकै सबैभन्दा सानो राष्ट्र तथा विश्वकै सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र भ्याटिकन सिटी (Vatican City) युरोप महादेशमा अवस्थित,
  • युरोप विश्वको एक मात्र यस्तो महादेश हो जहाँ प्राकृतिक रूपमा एउटा पनि मरुभूमि (Desert) छैन,
  • विश्वकै सबैभन्दा उत्तरमा अवस्थित राजधानी शहर, आइसल्याण्ड (Iceland) को राजधानी सहर रेक्याभिक (Reykjavík) युरोप महादेशमा पर्दछ,
  • ई.सं. ३०१ मा स्थापना भएको मानिने विश्वकै सबैभन्दा पुरानो सार्वभौमसत्ता सम्पन्न गणतन्त्र सान मारिनो (San Marino) युरोप महादेशमा अवस्थित,
  • विश्वका दुई दोहोरो भूपरिवेष्ठित देशमध्ये एक, लिक्टेन्स्टाइन(Liechtenstein) युरोपमा पर्दछ,
  • युरोप आफैँमा एसियाको एउटा ठूलो प्रायद्वीप हो र यहाँ धेरै प्रायद्वीपहरू (स्क्यान्डिनेभियन, इबेरियन, इटालियन, बाल्कन आदि) रहेकाले यसलाई 'प्रायद्वीपहरूको प्रायद्वीप (Peninsula of peninsulas)' भनिन्छ,
  • ई.सं. ९३० मा स्थापना भएको विश्वकै सबैभन्दा पुरानो र निरन्तर क्रियाशील संसद अलथिङ्गी (Althingi), युरोप महादेशको आइसल्याण्ड राष्ट्रमा रहेको,
  • विश्वकै लामो र गहिरो रेल सुरुङ (Rail Tunnel) : स्विट्जरल्याण्डको आल्प्स पर्वतमालामा अवस्थित ५७.१ कि.मी. लामो Gotthard Base Tunnel (गोथार्ड बेस सुरुङ)
  • एसिया र युरोप दुवै महादेशमा राजधानी सहर भएको राष्ट्र: इस्तानबुल (Istanbul), टर्की (Turkey)
  • हजारौँ तालहरूको देश (Land of a Thousand Lakes) भनेर चिनिने फिनल्याण्ड युरोप महादेशमा पर्दछ,
  • विश्वकै सबैभन्दा ठूलो आणविक अनुसन्धान प्रयोगशाला युरोप महादेशको स्विट्जरल्याण्ड र फ्रान्सको सिमानामा अवस्थित रहेको,

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 24
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 47
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 51
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 81
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA