Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मल्ल राज्यको विभाजन

  • Bikash Shrestha
  • June 13, 2025
  • 1511

मल्ल राज्यको विभाजन

Division of the Malla kingdom

मल्ल राज्यको विभाजन

मल्लकालमा एकीकृत नेपाल उपत्यकाको राजधानी भक्तपुर थियो, र राजा ‘यथु निम्हा’ र ‘त्रिपुरा’ दरबारबाट शासन चलाउँथे। बाह्य आक्रमणबाट जोगिन चार पाटे किल्लाका रूपमा दरबारहरू निर्माण गरिन्थे, जसलाई स्थानीय भाषामा "चाक्वाठँ" भनिन्थ्यो।

नेपाल उपत्यकामा संगठित रूपमा शासन गर्ने अन्तिम मल्ल राजा यक्ष मल्ल थिए। यक्ष मल्लको शासनपछि नेपाल उपत्यका तीन भाग—कान्तिपुर, पाटन र भक्तपुर (भादगाउँ)—मा विभाजित भयो।

कान्तिपुरको हनुमानढोकाको दरबार निर्माण इस्वी संवत् १२औँ शताब्दीमा राजा गुणकामदेवको पालामा भएको वंशावलीमा उल्लेख छ। पछि राजा प्रताप मल्लले यस दरबारलाई विस्तार गरेर थप "खण्ड" र "चाक" निर्माण गरेका थिए। पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेपछि केही पुराना खण्डहरू हटाइए र नयाँ संरचनाहरू थपिए।


तालिका नं. २.१: उपत्यकाका मल्ल राजाहरू

कान्तिपुरका मल्ल राजाहरू
१) रत्न मल्ल
२) सूर्य मल्ल
३) अमर मल्ल
४) महेन्द्र मल्ल
५) शिवसिंह मल्ल
६) लक्ष्मीनरसिंह मल्ल
७) प्रताप मल्ल
८) नृपेन्द्र मल्ल
९) पार्थिवेन्द्र मल्ल
१०) भूपालेन्द्र मल्ल
११) भाष्कर मल्ल
१२) जयजय मल्ल
१३) जयप्रकाश मल्ल

पाटनका मल्ल राजाहरू
१) रण मल्ल
२) विष्णु मल्ल
३) नरसिंह मल्ल
४) पुरन्दरसिंह मल्ल
५) उद्धवसिंह मल्ल
६) हरिहरसिंह मल्ल
७) सिद्धिनरसिंह मल्ल
८) श्रीनिवास मल्ल
९) योगनरेन्द्र मल्ल
१०) लोकप्रकाश मल्ल
११) इन्द्र मल्ल
१२) महीन्द्र मल्ल
१३) वीर नरसिंह मल्ल
१४) ऋद्धिनरसिंह मल्ल
१५) भाष्कर मल्ल
१६) योगप्रकाश मल्ल
१७) विष्णु मल्ल
१८) राज्यप्रकाश मल्ल
१९) विश्वजित मल्ल
२०) जयप्रकाश मल्ल
२१) रणजित मल्ल
२२) तेजनरसिंह मल्ल

भक्तपुर (भादगाउँ) का मल्ल राजाहरू
१) राय मल्ल
२) सुवर्ण मल्ल
३) प्राण मल्ल
४) विश्व मल्ल
५) जगज्योति मल्ल
६) नरेन्द्र मल्ल
७) जगतप्रकाश मल्ल
८) जितामित्र मल्ल
९) भूपतिन्द्र मल्ल
१०) रणजित मल्ल

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 82
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 62
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 40
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 64
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA