Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Ajnabee Khadka
  • August 14, 2026
  • 496

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

Collection of National and International Records (2083 BS)
स्थापित वा अद्यावधिक भएको कीर्तिमान विवरण
३२औँ पटक सगरमाथा आरोहण गरी विश्व किर्तिमान कायम नेपाली आरोही कामिरिता शेर्पाद्वारा वि.सं. २०८३ जेठ ३ मा ३२औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्वकै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान परिमार्जन गर्नुभएको,
११औँ पटक सगरमाथाको सफल आरोहण गरी विश्वभरका महिला आरोहीहरूमध्ये सबैभन्दा बढी पटक सगरमाथा चढ्ने कीर्तिमान कायम नेपाली आरोही लाक्पा शेर्पा (वि.सं. २०८३ जेठ ३ गते)
५ दिनमा नुप्त्से, सगरमाथा र ल्होत्से हिमालको आरोहण गरी विश्व कीर्तिमान कायम नेपाली आरोही तेन्जिङ डेभिड शेर्पा (वि.सं. २०८३ जेठ ३, ६ र ७ गते क्रमशः)
एकै दिन सर्वाधिक आरोहीको कीर्तिमान
वि.सं. २०८३ जेठ ६ गते एकै दिन २७४ जना पर्वतारोही सगरमाथाको शिखरमा पुग्न सफल भई इतिहासकै एकै दिन धेरै आरोहण भएको किर्तिमान बनेको,
नेपालकै पहिलो मारवाडी महिला सगरमाथा आरोही
धरानकी प्रीति अग्रवाल (रतैरिया) वि.सं. २०८३ जेठ ८ मा सगरमाथाको सफल आरोहण गर्दै नेपालको मारवाडी समुदायबाट सगरमाथाको शिखर चुम्ने पहिलो महिला बन्नुभएको,
कृत्रिम खुट्टा विना, केवल दुई हातको सहाराले सगरमाथाको सफल आरोहण गर्ने विश्वको पहिलो डबल एम्प्युटी (कम्मरमुनिको भाग नभएका) व्यक्ति
रुसका रुस्तम नबिएभ (Rustam Nabiyev)
एकै आरोहण सिजनमा सगरमाथा र ल्होत्से हिमाल दुवै दुई-दुई पटक सफल आरोहण गरी विश्व किर्तिमान कायम गर्ने व्यक्ति
चिनियाँ आरोही गेक्सी लुओरी (Gexi Luori)
सर्वाधिक मातृभाषामा समाचार प्रकाशन गर्ने राष्ट्रिय अखबार
गोरखापत्र (४९ वटा मातृभाषामा समाचार प्रकाशन)
नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको अन्तर्राष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day)
एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेट इतिहासमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी
नेपाली स्पिनर सन्दीप लामिछाने — मात्र ७३ खेलमा १५० विकेट पूरा गरी जेठ ४, २०८३ मा विश्वकै सबैभन्दा छिटो यो कोसेढुङ्गा पार गर्ने कीर्तिमान बनाउनुभएको,
१०० वटा अन्तर्राष्ट्रिय टी–२० (T20I) खेल खेल्ने नेपालको पहिलो खेलाडी
दीपेन्द्र सिंह ऐरी — सिंगापुरमा आयोजित सन् २०२६ को एसियाली खेलकुद छनोट प्रतियोगितामा हङकङ विरुद्ध मैदानमा उत्रिएसँगै उनले यो ऐतिहासिक कीर्तिमान हासिल गरेका,
नेपाली पुरुष भलिबल टोली पहिलोपटक विश्व वरीयतामा
नेपाली पुरुष भलिबल टोली इतिहासमै पहिलोपटक FIVB को आधिकारिक विश्व वरीयतामा ८३औँ स्थानका साथ समावेश भएको,
नेपालकै पहिलो बहुराष्ट्रिय फ्रेन्चाइज (Multinational Franchise) टोली
नेपाल प्रिमियर लिग (NPL) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले बेल्जियमको ईयू टी–२० (EUT20) लिगमा टोली खरिद गरी नेपालकै पहिलो बहुराष्ट्रिय खेलकुद फ्रेन्चाइज बन्ने कीर्तिमान बनाएको,
नेपालको निजामती इतिहासमा सबैभन्दा कम उमेरमा सहसचिव
आरती न्यौपाने खुला महिला प्रतिस्पर्धाबाट मात्र ३१ वर्षको उमेरमा (८ वर्षको सेवा अवधिमै) सहसचिव बन्ने नेपालकै पहिलो महिला हुनुभएको,
नेपालको पहिलो इजाजतप्राप्त OTT प्लाटफर्म
डिसहोम डिजिटल अन्तर्गतको 'डिगो (Digo)' नेपाल सरकारबाट औपचारिक इजाजत (License) पाउने नेपालको पहिलो ओटीटी सेवा प्रदायक बनेको
नेपालको शैक्षिक इतिहासमै सबैभन्दा छिटो एसइई (SEE) नतिजा प्रकाशित परीक्षा नियन्त्रण बोर्डले परीक्षा सकिएको मात्र २९ दिनमा नतिजा सार्वजनिक गरी इतिहासकै सबैभन्दा छोटो अवधिमा नतिजा प्रकाशनको किर्तिमान बनाएको,
लगानी बोर्डको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (CEO)
याङ्की उक्याब (वि.सं. २०८३ साउन २० गते नियुक्ति हुनुभएकी)
सन् २०२६ को विश्वकै विलासी होटेलको सूचीमा नेपाली होटेल पहिलो स्थानमा
विश्वप्रसिद्ध पत्रिका 'रोब रिपोर्ट' ले सार्वजनिक गरेको सन् २०२६ को सूचीमा मुस्ताङको 'शिन्ता मणि मुस्ताङ' होटेल विश्वकै पहिलो स्थानमा पर्न सफल भएको,
कान्स (Cannes) फिल्म महोत्सवको विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्म
अविनाश विक्रम शाह निर्देशित 'एलिफेन्ट्स इन द फग (Elephants in the fog)' कान्स फिल्म महोत्सवको 'अन सर्टेन रिगार्ड (Un Certain Regard)' विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको,
विश्वकप (World Cup) का ६ वटा फरक संस्करणहरू (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६)  मा गोल गर्ने विश्वकै पहिलो खेलाडी
पोर्तुगलका क्रिस्टियानो रोनाल्डो (Cristiano Ronaldo) — सन् २०२६ को विश्वकपमा उज्बेकिस्तान विरुद्ध गोल गर्दै उनले यो किर्तिमान कायम गरेका,
विश्वकप (World Cup) इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता (All-time Top Scorer)
फ्रान्सका किलियन एम्बाप्पे (Kylian Mbappé) — २२ गोल
विश्वकप (World Cup) इतिहासकै सबैभन्दा बढी उमेरमा ह्याट्रिक (3 goals in a row) गर्ने पहिलो खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी (Lionel Messi) — ३८ वर्ष ३५७ दिनको उमेरमा १६ जुन २०२६ मा अल्जेरिया विरुद्ध ३ गोला गरेका (यसअघि यो रेकर्ड पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो, जसले सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध ३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका,)
विश्वकप (World Cup) इतिहासमै सबैभन्दा धेरै पास पूरा गर्ने पहिलो खेलाडी स्पेनका रोड्रि (Rodri) — ७९० पास
विश्वकप (World Cup) इतिहासकै सबैभन्दा बढी उमेरका प्रशिक्षक (Coach) कुरासाओका डिक एड्भोकाट (Dick Advocaat) — ७८ वर्ष २७१ दिन
विश्वकप (World Cup) जित्ने सबैभन्दा बढी उमेरका प्रशिक्षक (Coach)
स्पेनका लुइस डे ला फुएन्ते (Luis de la Fuente) — ६५ वर्ष २९ दिन (विश्वकप २०२६ को फाइनल खेलमा उनकै प्रशिक्षणमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गरेको,)
विश्वकप (World Cup) को नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने इतिहासकै सबैभन्दा सानो देश
केप भर्ड (Cabo Verde) — फिफा विश्वकप २०२६ बाट पहिलो पटक विश्वकप यात्रा सुरु गरेको राष्ट्र
विश्वकप (World Cup) विजेता टोलीले व्यहोरेको इतिहासकै सबैभन्दा कम गोल 
स्पेन — ८ खेलमा मात्र १ गोल व्यहोरेको,
आईपीएल (IPL) को इतिहासमा अरेन्ज क्याप (Orange Cap) जित्ने सबैभन्दा कान्छो खेलाडी
वैभव सूर्यवंशी
आईपीएल (IPL) को एउटै सिजनमा सबैभन्दा मूल्यवान खेलाडी (MVP - Most Valuable Player) र उदीयमान खेलाडी (Emerging Player) दुवै अवार्ड जित्ने पहिलो खेलाडी
वैभव सूर्यवंशी
आईपीएल (IPL) को इतिहासमा सबैभन्दा धेरै छक्का (Most Sixes) प्रहर गर्ने खेलाडी
वैभव सूर्यवंशी
सबैभन्दा कम समयमा लन्डन म्याराथन पूरा गर्ने विश्वको पहिलो व्यक्ति
केन्याका धावक सेबास्टियन सावे (Sébastien Saive) ले लन्डन म्याराथनमा १ घण्टा ५९ मिनेट ३० सेकेन्डको समय निकाल्दै औपचारिक प्रतिस्पर्धामा २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने विश्वकै पहिलो व्यक्तिको इतिहास रच्नुभएको,
बाल्टिक सागर (Baltic Sea) पौडिएर पार गर्ने विश्वको पहिलो व्यक्ति
पोल्यान्डका पौडीबाज बार्तोमेइ कुब्कोव्स्की (Bartomeu Kubkowski) बाल्टिक सागर (स्विडेनदेखि पोल्यान्डसम्म) लगातार ५६ घण्टासम्म बिनाकुनै विश्राम वा डुङ्गाको सहारा पौडिएर पार गर्ने विश्वकै पहिलो व्यक्ति बन्नुभएको,
विश्वको पहिलो खर्बपति (Trillionaire)
फोर्ब्सका अनुसार स्पेसएक्स (SpaceX) नास्डाक (Nasdaq) मा सूचीकृत भएसँगै इलन मस्क (Elon Musk) $१.१ ट्रिलियन डलर सम्पत्तिका साथ विश्वकै पहिलो 'खर्बपति (Trillionaire)' बन्नुभएको,
मन्दारिन चिनियाँ भाषाबाट बुकर पुरस्कार (Booker Prize) जित्ने पहिलो पुस्तक
याङ सुआङ-जी (Yang Xuan-ji) लिखित र लिन किङ (Lin Qing) द्वारा अनुवादित "Taiwan Travelogue" मन्दारिन चिनियाँ भाषाबाट अनुवाद भई अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो पुस्तक बनेको,
फिल्ड्स मेडल (Fields Medal) जित्ने पहिलो चिनियाँ गणितज्ञहरु
यु डेङ र हङ वाङ (Yu Deng and Hong Wang) 
विश्वकप, २०२६ (World Cup, 2026) विश्वकप इतिहासमै पहिलोपटक ३ राष्ट्रहरू (अमेरिका, क्यानडा, मेक्सिको) ले संयुक्त रूपमा आयोजना गरेको, विश्वकप इतिहासकै सर्वाधिक ४८ टोलीको सहभागिता, विश्वकप इतिहासकै सर्वाधिक खेल खेलिएको ( १०४ ) र विश्वकप इतिहासकै सर्वाधिक गोल (३०७ गोल) को कीर्तिमान 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 272
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 146
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 87
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 119
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 51
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA