बिमस्टेकका सहयोग क्षेत्र (Cooperation Area)
- बिमस्टेकले पहिचान गरेको कुल सहयोगका मुख्य क्षेत्रहरु (Sectors) को संख्या: ७ वटा
- बिमस्टेकले पहिचान गरेको कुल सहयोगका मुख्य क्षेत्रहरु अन्तर्गतको उपक्षेत्रहरु (Sub-sectors) को संख्या: १४ वटा

बिमस्टेकका सहयोग क्षत्रको विस्तार:
| मिति | विस्तारको विवरण |
| सन् १९९७ जुन ०६ | बिमस्टेकको स्थापना (बैंकक घोषणापत्र) को प्रारम्भमा यो क्षेत्रीय समूहले आफ्नो सहयोगलाई मुख्यतः ६ वटा क्षेत्रहरू (व्यापार, प्रविधि, ऊर्जा, यातायात, पर्यटन, र मत्स्यपालन) मा केन्द्रित गरेको, |
| सन् १९९८ नोभेम्बर १८ | ढाका, बंगलादेशमा सम्पन्न भएको दोस्रो मन्त्रीस्तरीय बैठकले आधिकारिक रूपमा ६ वटा प्राथमिकताका क्षेत्रहरू – व्यापार र लगानी (Trade and Investment), यातायात र सञ्चार (Transport and Communication), ऊर्जा (Energy), प्रविधि (Technology), पर्यटन (Tourism) र मत्स्यपालन (Fisheries) पहिचान गरी घोषणा गरेको, |
| सन् २००५ डिसेम्बर १८-१९ |
ढाका, बंगलादेशमा सम्पन्न भएको आठौँ मन्त्रीस्तरीय बैठकमा पहिलो बिमस्टेक शिखर सम्मेलन (३१ जुलाई २००४) ले पहिचान गरेका थप ७ वटा क्षेत्रहरू – गरिबी निवारण (Poverty Alleviation), कृषि (Agriculture), सांस्कृतिक सहयोग (Cultural Cooperation), आतंकवाद र अन्तरदेशीय अपराध विरुद्धको अभियान (Counter-Terrorism and Transnational Crimes), वातावरण र विपद् व्यवस्थापन (Environment and Disaster Management), जनस्वास्थ्य (Public Health) र जनता-जनताबीचको सम्पर्क (People-to-People Contacts) लाई प्राथमिकताको सूचीमा समावेश गर्ने निर्णय गरिएको, जसले गर्दा सहयोगका क्षेत्रहरू १३ वटा पुगेको, |
| सन् २०१४ मार्च ०३ |
नेपिडो, म्यानमारमा सम्पन्न भएको चौधौँ मन्त्रीस्तरीय बैठकमा वरिष्ठ अधिकारीहरूको १३औँ बैठकको सिफारिसमा थप १ क्षेत्र थपिएको र कुल सहयोग क्षेत्र १४ वटा पुगेको (थपिएको १ क्षेत्र: जलवायु परिवर्तन (Climate Change)) |
| सन् २०१८ अगस्ट ३०-३१ |
काठमाडौँ, नेपालमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनमा बिमस्टेकका नेताहरूले ठोस परिणाम प्राप्तिका लागि विद्यमान १४ क्षेत्रहरूलाई पुनरावलोकन, पुनर्गठन र सुदृढीकरण (review, restructure and rationalize) गर्नुपर्ने आवश्यकतामा जोड दिएका, |
| सन् २०२२ मार्च ३० |
|
| सन् २०२३ मार्च ०९ |
|
बिमस्टेकका सहयोग क्षत्रको ७ मुख्य क्षेत्रहरू र नेतृत्वकर्ता देशहरू (Lead Countries):
| मुख्य क्षेत्र | नेतृत्व गर्ने सदस्य राष्ट्र | उप-क्षेत्र |
| व्यापार, लगानी र विकास (Business, Investment and Development) | बंगलादेश | नीलो अर्थव्यवस्था (Blue Economy) |
| वातावरण र जलवायु परिवर्तन (Environment and Climate Change) | भुटान | पर्वतीय अर्थतन्त्र (Mountain Economy) |
| सुरक्षा (Security) | भारत | काउन्टर-आतंकवाद र अन्तर्राष्ट्रिय अपराध, विपद् व्यवस्थापन, ऊर्जा (Counter-Terrorism and Transnational Crime, Disaster Management, Energy) |
| कृषि र खाद्य सुरक्षा (Agriculture and Food Security) | म्यानमार | कृषि, मत्स्यपालन र पशुधन (Agriculture, Fisheries & Livestock) |
| जनता-जनताबीचको सम्पर्क (People to People contact) | नेपाल | संस्कृति, पर्यटन, गरिबी उन्मूलन, व्यक्ति-व्यक्तिसम्पर्क (Culture, Tourism, Poverty Alleviation, People-to-People Contact) |
| विज्ञान, प्रविधि र नवप्रवर्तन (Science, Technology and Innovation) | श्रीलंका | प्रविधि, स्वास्थ्य, मानव संसाधन विकास (Technology, Health, Human Resource Development) |
| सम्पर्क सञ्जाल / जडान (Contact network / connection) | थाइल्याण्ड | – |