Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१९ मंसिर २०८१, बुधबार)

  • Ajnabee Khadka
  • December 04, 2024
  • 432

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१९ मंसिर २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१९ मंसिर २०८१, बुधबार)

१.  नेपालको क्रिकेट इतिहासमा पहिलो पटक आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) मा कति टिमको सहभागिता रहेको छ ?

➤ आठ 

  • सञ्चालन मिति : विसं २०८१ मङ्सिर १५ देखि पुस ६ ।
  • स्थान : त्रिवि क्रिकेट मैदान ।
  • सहभागी टिम : सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स । 
  • आठ फ्रेन्चाइज टिम, ४० विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्टार स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण ।
  • उद्घाटन खेल : जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स ।
  • एनपिएलमा तीन स्वदेशी र पाँच विदेशी प्रशिक्षक ।
  • नारा : एनपिएल–फेस्टिभल अफ हिमालयज ।

२.  सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी)को एघारौँ बैठक कहिले र कहाँ सम्पन्न भयो ?

➤ वि.सं. २०८१ मङ्सिर ८–११, कम्बोडिया 

  • उक्त कार्यक्रममा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख देवराज घिमिरे मङ्सिर ७ मा त्यसतर्फ प्रस्थान गरेका । 

३.  मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

➤ १३५ मेगावाट 

  • अर्धजलाशययुक्त सो जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको । 
  • आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरीवेक्षण नर्थवेस्ट इन्जिनियरिङ कम्पनीले गर्ने । 
  • कम्पनीको स्वपुँजीमा २० प्रतिशत बुटवल पावर कम्पनीको र ८० प्रतिशत चिनियाँ लगानीको हिस्सा रहने । 

 

४.  राफेल नाडाल कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?

➤ टेनिस 

  • स्पेनका राफेल नाडाल चर्चित टेनिस खेलाडी हुन् । 
  • २२ पटक ग्रान्डस्लाम उपाधि जितेका नाडालले सन् २०२४ नोभेम्बर १९ मा अन्तर्राष्ट्रिय टेनिसबाट सन्न्यासको घोषणा गरेका । 
  • सर्वाधिक ग्रान्डस्लाम जित्ने नाडाल दोस्रो खेलाडी हुन् । शीर्ष स्थानमा रहेका सर्बियाली नोभाक जोकोभिकले २४ ग्रान्डस्लाम हात पारेका । 
  • ‘किङ्ग अफ क्ले’ उपनाम पाएका नाडालले फ्रेन्च ओपन सिङ्गल्समा १४ पटक, युएस ओपनमा चार पटक र बिम्वल्डन ओपनमा २/२ पटक उपाधि जितेका । 
  • पछिल्लो डेढ दशकमा रोजर फेडेरर, नाडाल र जोकोभिकले एटिपीदेखि ग्रान्डस्लाम टेनिसमा एकाधिकार जमाएका थिए । यी तीन खेलाडीले प्रतियोगितामा भाग लिँदा दुई जना निश्चित रूपमा फाइनलमा पुग्ने गरेको पाइन्छ । फेडेररले गत वर्ष सन्न्यास लिएका थिए । यी तीनमध्ये अब सर्बियाली जोकोभिक मात्र सक्रिय छन् । 

 

५.  नेपाल चिकित्सक सङ्घको आयोजनामा चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन कहिले हुने भएको छ ?

➤ वि.सं. २०८१ मङ्सिर २८ र २९, काठमाडौँ 

६.  फिच रेटिङ लिमिटेडद्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (कन्ट्री रेटिङ) मा नेपालले कुन ग्रेड प्राप्त गरेको छ ? 

➤ बिबी माइनस

  • अन्तर्राष्ट्रिय फिच रेटिङ्सले (२०८१ मङ्सिर ६ –सन् २०२४ नोभेम्बर २१) मा यस्तो रेटिङ प्रतिवेदन सार्वजनिक गरेको । 
  • फिच रेटिङ लिमिटेडले गरेको मापनमा नेपालको सार्वभौम साख निर्धारण –सोभरिन क्रेडिट रेडिङ) मा लगानीका लागि सुरक्षित मानिने ‘डबल बी माइनस’ रेटिङ पाएको । यो तुलनात्मक रूपमा राम्रो सूचक हो । फिचका अनुसार यो रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सामथ्र्य रहेको अवस्थालाई जनाउने । 
  • फिचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको बलियो बाह्य तरलता, जलविद्युत् क्षेत्रबाट अर्थतन्त्रमा पुगेको टेवालगायतले अर्थतन्त्रमा बल पु¥याएको उल्लेख । सन् २००६ मा सशस्त्र द्वन्द्वको अन्त्य र सोपश्चात्को राजनीतिक सङ्व्रmमणमा भएको सुधारले पनि केही हदसम्म सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । 
  • रेमिटेन्स आय तथा विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति बचतलाई पनि फिचले सकारात्मक रूपमा लिएको ।
  • सार्वभौम रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्र –अर्थतन्त्रको संरचनात्मक स्थिति, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक क्षेत्र र बाह्य क्षेत्र) लाई लिइएको । 
  • सार्वभौम रेटिङमा मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतम ‘डी’ देखि अधिकतम ‘एएए’ सम्म रेटिङ प्रदान गर्ने गरिएको । फिच रेटिङ्स अमेरिकास्थित अन्तर्राष्ट्रिय रेटिङ्स एजेन्सी हो । ठुला तीन रेटिङ एजेन्सीमा फिचबाहेक मुडिज र स्ट्यान्डर्ड एन्ड पोअर्स रहेका । 

७.  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी कहिले जारी गरेको हो ?

➤ सन् २०२४ नोभेम्बर २१

  • उनलाई युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको । 
  • आइसिसीले नेतान्याहु पूर्वरक्षामन्त्री योभ गालान्ट र हमास समूहका नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको । 
  • अब यो पक्राउ पुर्जी लागु गर्ने वा नगर्ने निर्णय गर्ने आइसिसीका १२४ सदस्य राष्ट्रमा निर्भर हुने छ । 
  • आइसिसीले नेतान्याहु र गालान्टले गाजाका नागरिकलाई खाना, पानी, औषधी, चिकित्सा आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेको जनाएको । जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइ रहेको ।

८.  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ? 

➤ नोभेम्बर २५ देखि डिसेम्बर १०

  • सन् २०२४ को नारा : टुवार्ड्स थर्टी इयर्स अफ दि बेइजिङ डिक्लेरेसन एन्ड प्लेटफर्म फर एक्सन, युनाइट टु इन्ड भायोलेन्स अगेन्स्ट वुमन । 
  • राष्ट्रिय नारा : हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता 
  • नेपाल सरकारले हरेक वर्ष नाभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरिएको । साथै यस अवधिभर सरोकारवाला निकायको समन्वयमा थप कार्यव्रmम गरिँदै आएको ।
  • सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले यसको अनुमोदन गरेपश्चात् महिला माथि हुने हिंसाविरुद्धको विविध अभियान सुरु भएका । 

९.  फिल्म साउथ एसिया महोत्सवको चौंथो संस्करण कहिले र कहाँ सम्पन्न भयो ?

➤ विसं २०८१ मङ्सिर ६–९, ललितपुर 

  • उत्कृष्ट चलचित्र : सिक्स–ए आकाशगङ्गा
  • जुरी अवार्ड : देवी र चर्दी कला– अन ओड टु रिसाइलेन्स
  • उत्कृष्ट स्टुडेन्ट चलचित्र : हेलो गाइज
  • उत्कृष्ट डेब्यु चलचित्र : सिज इन द एअर
  • बेस्ट फिल्म इन दी क्लाइमेट क्राइसिस : अ फ्लेमिङ फरेस्ट
  • महोत्सवमा विभिन्न देशका ४७ लघु चलचित्र र वृत चित्र प्रदर्शन गरिएको । 
  • नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशका चलचित्रले सहभागिता जनाएका । 
  • महोत्सवको थिम : डकुमेन्ट्री इन एन्थ्रोपोसन । 

१०.  सातौँ ‘मिस्टर एन्ड मिस लिटिल कोशी’ को उपाधि जित्ने प्रतिभा को हुन् ?

➤ मिस्टरतर्फ : ओसियनजङ्ग थापा र मिसतर्फ : उपासना रामदाम (वि.सं. २०८१ मङ्सिर) 

११.  एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को १२ औँ साधारण सभा कहाँ सम्पन्न भयो ?

➤ कम्बोडिया, वि.सं. २०८१ मङ्सिर ६–९ (सन् २०२४ नोभेम्बर २१–२४)

  • सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन र युरोपका राजनीतिक पार्टीका प्रतिनिधिको सहभागिता रहेको । 
  • सम्मेलनमा नेपालबाट आठ दलका १३ नेता सहभागी भएका । 

१२.  इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

➤ ब्राउजर

 

१३.  लोक सेवा आयोगको प्रतीक चिह्न (लोगो) कहिलेदेखि प्रचलनमा आएको हो ?

➤ वि.सं. २०७३ असार १

 

१४.  २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?

➤ हेटौँडास्थित गुम्बाडाँडा

 

१५.  प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि कहिले त्यसतर्फ प्रस्थान गर्नुभयो ?

➤ वि.सं. २०८१ मङ्सिर १७ (चार दिवसीय) 

  • चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिवसीय भ्रमणका लागि चीन जानुभएको ।

१६.  सरकारद्वारा प्रदान गरिने वर्ष २०८० को राष्ट्रिय पुरस्कार (२०८१ मा) अन्तर्गत उत्कृष्ट चलचित्रको पुरस्कार जित्न सफल चलचित्र कुन हो ?

➤ चलचित्र - बुलाकी 

  • वर्ष २०८० मा रिलिजमा आएका चलचित्र र तिनका कलाकार तथा प्राविधिकलाई पुरस्कृत गर्न चलचित्र विकास बोर्डद्वारा २०८१ मङ्सिर १२ मा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१ मा बुलाकीले उत्कृष्ट चलचित्रको पुरस्कार प्राप्त गरेको । 
  • उत्कृष्ट चलचित्र : बुलाकी 
  • उत्कृष्ट अभिनेता : विपिन कार्की (चलचित्र : प्रसाद–२)
  • उत्कृष्ट अभिनेतृ : स्वस्तिमा खड्का (चलचित्र : दिमाग खराब) 
  • उत्कृष्ट निर्देशक : निश्चल बस्नेत (चलचित्र : दिमाग खराब) 
  • उत्कृष्ट सम्पादन : मित्र डी गुरुङ (चलचित्र : महाजात्रा) 
  • उत्कृष्ट आदिवासी जनजाति मातृभाषी फिल्म : लोजीमा (लिम्बु भाषा) 
  • उत्कृष्ट कथा, पटकथा र संवाद लेखन : राजबहादुर साने (चलचित्र : बुलाकी)
  • उत्कृष्ट छायाङ्कन : शिव ढकाल (चलचित्र : बुलाकी) 
  • दीर्घ साधना सम्मान : चैत्यदेवी सिंह

१७.  १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादनको सुरुवात कहिलेदेखि गरिएको हो ?

➤ वि.सं. २०८१ मङ्सिर ५

  • रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्मित सो आयोजनाका ३७ मेगावाटका तीन वटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको । 
  • चिलिमे जलविद्युत्को अगुवाइमा निर्मित सो आयोजनाबाट उत्पादित विद्युत् टिमुरे –तातोपानी) स्थित विद्युत्गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०÷१३२÷३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको । 

१८.  नेपालको पहिलो राष्ट्रिय जलस्रोत नीति कहिले सार्वजनिक भएको हो ?

➤ विसं २०७७ पुस २

  • ऊर्जा मन्त्रालयद्वारा सार्वजनिक सो नीतिमा सात वटा उद्देश्य रहेको । 
  • नीतिमा ११ रणनीति र ११५ कार्यनीति रहेको ।

 

१९.  आयात–निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ?

➤ नेपाल ट्रेड –नेपाल सरकारद्वारा ल्याइएको

 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2471
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 67
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 67
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1996
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 57
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA