Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८१ को जेष्ठ महिनाको महत्वपूर्ण समसामयिक घटनाहरु

  • Ajnabee Khadka
  • June 26, 2024
  • 449

वि.सं. २०८१ को जेष्ठ महिनाको महत्वपूर्ण समसामयिक घटनाहरु

वि.सं. २०८१ को जेष्ठ महिनाको महत्वपूर्ण समसामयिक घटनाहरु

१. सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आव २०८१/८२ को नीति तथा कार्यक्रम कहिले पेस गरियो – वि.सं. २०८१, जेठ १ 

  • नागरिकमैत्री शासन प्रणाली स्थापना तथा भ्रष्टाचार नियन्त्रण
  • सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमानको रक्षा,
  • सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण,
  • राष्ट्रिय आवश्यकताका क्षेत्रमा वैदेशिक सहायता परिचालन,
  • व्यावसायिक वातावरण निर्माण गरी बन्द उद्योग सञ्चालन,
  • सहकारीको नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना,

 

२.  इतिहासकार ज्ञानमणि नेपालको निधन – वि.सं. २०८१, जेठ १

  • नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नु भएका नेपालको इतिहासको खोज, अध्ययन र अनुसन्धानमा पछिल्लो समयमा समेत सक्रिय हुनुहुन्थ्यो ।
  • इतिहासकार नेपालका नेपाल निरूपण, नेपाल निरुक्त, नेपालको महाभारत, पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन, पुराना कवितालगायत दुई दर्जन कृति प्रकाशित छन् ।
  • उहाँको जन्म विसं १९८९ माघ शुक्ल पञ्चमीमा भोजपुरमा भएको हो ।

 

३. बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्र लागु – सन् २०२४ मे २० (वि.सं. २०८१, जेठ ७)

  • स्थापनाको २७ वर्षमा बिम्स्टेकको बडापत्र लागु भएको हो।
  • बिम्स्टेकका सदस्य मुलुक नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड र म्यानमारको सहमति अनुसार मे २० देखि सो बडापत्र लागु भएको हो।
  • सदस्य मुलुकका कार्यकारी प्रमुखहरूले सन् २०२२ मार्च ३० मा बिम्स्टेक बडापत्रमा हस्ताक्षर गरेका थिए ।
  • २७ पृष्ठ र ३६ दफामा समेटिएको उक्त बडापत्रमा बिम्स्टेकको कार्यक्षेत्र, सहकार्यका क्षेत्रहरू, संयन्त्र, सचिवालयको संरचनालगायत उल्लेख छ।
  • बडापत्रलाई बिम्स्टेकको कानुनी तथा संस्थागत ढाँचा मानिएको छ ।
  • आर्थिक, सामाजिक, प्राविधिक र वैज्ञानिक क्षेत्रहरूमा सदस्य मुलुकको साझा हितमा बिम्स्टेकले कार्य गर्ने बडापत्रमा उल्लेख छ।
  • अन्तर्राष्ट्रिय आतङ्कवाद, सीमापार अपराध, सङ्गठित अपराध, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा सरुवा रोग नियन्त्रणका लागि सहकार्य गर्ने पनि बडापत्रमा उल्लेख छ।
  • सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको हो।

 

४. १० औँ विश्व पानी सम्मेलन सम्पन्न – सन् २०२४ मे १८–२५, इन्डोनेसियाको बाली (वि.सं. २०८१, जेठ ५ -१२)

  • नारा: “साझा समृद्धिका लागि पानी“
  • सम्मेलनमा विश्वका विभिन्न देशका नेता तथा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो।
  • सम्मेलन जल संरक्षण, स्वच्छ पानी र सरसफाइ, खाद्य र उर्जा सुरक्षा तथा प्राकृतिक प्रकोपको न्यूनीकरण गरी चार विषयमा केन्द्रित रहेको थियो।

पुरा Notes का लागि GhokSewa Mobile Apps मा  सम्बन्धित विषय Subscription लिई Start Learning → Study → Current Affairs ✍️  मा जानुहोस् 

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 116
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 115
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 114
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 108
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA