Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

प्राविधिक तर्फ कोशी प्रदेशमा सोधिएका प्रश्न

  • Susmita Shrestha
  • June 09, 2024
  • 509

प्राविधिक तर्फ कोशी प्रदेशमा सोधिएका प्रश्न

प्राविधिक तर्फ कोशी प्रदेशमा सोधिएका प्रश्न

1. तलको सही जोडा पहिचान गर्नुहोस् ।

A. आन्तरिक उत्प्रेरकः सिकाइद्वारा प्राप्त हुने उत्प्रेरक

B. आन्तरिक उत्प्रेरक: प्राथमिक उत्प्रेरक

C. आकाङ्क्षाको तहः सामाजिक उत्प्रेरक

D. आर्जित उत्प्रेरक: सामाजिक उत्प्रेरक

2. Classical Conditioning सम्बन्धी सिकाइ सिद्धान्तको उपयोग के का लागि गरिन्छ ?

A. आदतहरुको निर्माण र अनुशासन

B. खोजी गरी सिक्ने

C. गल्तिबाट सिक्ने

D. नविनतम सिर्जना

3. उत्प्रेरणाका प्रमुख चार तत्वहरु मध्ये पहिलो तत्व कुन हो ?

A. प्रतिस्पर्धा

B. पृष्ठपोषण

C. व्यवहार

D. अपेक्षा

4. “ नियम निर्माण सिकाइ स्थानान्तरणको आधार हो” यो भनाई स्थानान्तरणको कुन सिद्धान्तमा आधारित छ ?

A. मानसिक अनुशासन सिद्धान्त्

B. समान तत्वको सिद्धान्त

C. सामान्यीकरणको सिद्धान्त

D. साझा र विशिष्ट तत्त्वको सिद्धान्त

5. गाउँ शिक्षा योजना निर्माणको पहिलो चरणमा समाबेश नहुने कार्य कुन हो ?

A. जनसंख्या सम्बन्धी विवरण सङ्कलन

B. विद्यार्थी सम्बन्धी विवरण सङ्कलन

C. आवश्यकताहरुको प्राथमिकीकरण

D. तहगत शिक्षकहरुको उपलब्धता पत्ता लगाउने

6. तथ्याङ्क संकलनको द्वितीय स्रोत कुन हो ?

A. प्रत्यक्ष अवलोकन

B. प्रोफाइल

C. प्रतिवेदन तयारी

D. स्थलगत गणना

7. तलका मध्ये कुन आधारभूत तथा प्राथमिक शिक्षा परियोजना दोस्रोको मुख्य उद्देश्य हो ?

A. गुणस्तरीय प्राथमिक शिक्षा

B. प्राथमिक शिक्षाको व्यवस्थापकीय सुधार

C. सिकाइ उपलब्धिमा सुधार

D. प्राथमिक शिक्षक तालिम

8. शैक्षिक योजना निर्माण गर्दा व्यक्तिको, समाजको, समग्र मुलुक कै आवश्यक्ता आँकलन, प्रक्षेपण र विश्लेषण गर्ने योजना निर्माणको कुन उपागम हो ?

A. सामाजिक माग उपागम

B. सामाजिक न्याय उपागम

C. जनशक्ति योजना उपागम

D. प्रतिफल दर उपागम

9. विद्यालय सुधार योजना निर्माण गर्दा पहिलो चरणमा के कार्य गरिन्छ ?

A. स्रोतहरुको पहिचान र विश्लेषण गर्ने

B. लक्ष्य निर्धारण गर्ने

C. शैक्षिक समस्या र मुद्दाहरु पहिचान गर्ने

D. विद्यालयको वर्तमान अवस्थाको विश्लेषण गर्ने

10. बिद्यार्थीलाई नियमित गृहकार्य दिनुको प्रमुख उद्देश्य कुन हो ?

A. समयमै विषयवस्तुको शिक्षण कार्य सम्पन्न गर्न

B. सिकेको कुरालाई अभ्यास मार्फत चिरस्थायी बनाउन

C. शिक्षणमा सबै विद्यार्थीको समान सहभागिता सुनिश्चित गर्न

D. शिक्षण भएका विषयवस्तुको पुनरावलोकन गराउन

11. परीक्षामा सबै बिषयबस्तुलाई समेटेर प्रश्न निर्माण गर्ने भरपर्दो आधार कुन हो ?

A. पाठ्यपुस्तक

B. शिक्षक निर्देशिका

C. पाठ्यक्रम

D. विशिष्टीकरण तालिका

12. B+ ग्रेडको स्तरीकृत अंक र उपलब्धीस्तरको व्याख्या तलको कुन हो ?

A. २.८ र उत्तम

B. २.८ र उत्कृष्ट

C. ३.२ र उत्तम

D. ३.२ र उत्कृष्ट

13. निदानात्मक (Diagnostic) मूल्याङ्कनको प्रमुख अभिप्राय के हो ?

A. विद्यार्थीलाई उपयुक्त समूहमा विभाजन गर्नु

B. शिक्षण गर्दै गर्दा विद्यार्थीका सिकाइ समस्या पत्ता लगाउनु

C. विद्यार्थीलाई अर्को शैक्षिक कार्यक्रमको लागि छनौट गर्नु

D. विद्यार्थीका विशेषताहरुको खोजी गर्नु

14. तलको कुन भनाइले मूल्याङ्कनको बास्तविक अर्थ प्रस्तुत गर्दछ ?

A. संख्यात्मक रुपमा तथ्यहरुको वर्णन गर्नु

B. विद्यार्थी उपलब्धिको लेखाजोखा गर्नु

C. कुनैपनि वस्तुको मूल्य निर्धारण गर्नु

D. कुनै कुराको निर्णय दिनु

15. परीक्षणमा विश्वसनियता सुनिश्चित हुने परीक्षाको किसिम कुन हो ?

A. निबन्धात्मक परीक्षा

B. वस्तुगत परीक्षा

C. मौखिक परीक्षा

D. संक्षिप्त उत्तरात्मक परीक्षा

16. समाहित शिक्षाको अवधारणालाई प्रयोगमा ल्याउन जोड दिने विशेष शिक्षा सम्बन्धी सम्मेलन कहाँ भएको थियो ?

A. सालामान्का

B. जोम्टिन

C. डकार

D. अम्मान

17. बहुवर्ग शिक्षण व्यवस्थाको प्रयोग कस्तो अवस्थामा गर्नु उपयुक्त र सान्दर्भिक हुन्छ ?

A. विद्यालयमा विद्यार्थी संख्या कम भएको अवस्थामा

B. विद्यालयमा शिक्षकको उपस्थिति कम भएमा

C. विभिन्न विपद्को समयमा

D. विद्यालयमा शिक्षक विद्यार्थी दुवैको उपस्थिति कम भएमा

18. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपमा समावेशिता क्षेत्र अन्तरगत कतिबटा न्यूनतम मापदण्ड कायम गरिएको छ?

A. ३

B. ७

C. ९

D. ११

19. शिक्षकले कक्षा कोठा व्यवस्थापन गर्दा अपनाउनुपर्ने उपयुक्त क्रम कुन हो ?

A. योजना, नेतृत्व, नियन्त्रण, संगठन

B. नेतृत्व, नियन्त्रण, योजना, संगठन

C. योजना, संगठन, नेतृत्व, नियन्त्रण

D. योजना, संगठन, नियन्त्रण, नेतृत्व

20. कक्षाकोठामा हुने विविधताको व्यवस्थापनलाई कुन शिक्षाले समेटेको छ ?

A. समावेशी शिक्षा

B. विशेष शिक्षा

C. एकीकृत शिक्षा

D. विषय शिक्षा

21. विद्यालयको कामको सिलसिलामा मृत्यु भएका शिक्षकको परिवारले पाउने वृत्ति सिफारिस गर्न सम्बन्धित जिल्लामा रहने समितिको अध्यक्ष को हुन्छ ?

A. जिल्ला समन्वय समितिको प्रमुख

B. जिल्ला प्रहरी कार्यालयको प्रमुख

C. शिक्षा विकास तथा समन्वय इकाइको प्रमुख

D. प्रमुख जिल्ला अधिकारी

22. जान्ने व्यक्तिसँग रहेर सीप तथा दक्षता हासिल गर्नु कुन धारणा अन्तर्गत पर्दछ ?

A. सहपाठी सिकाइ

B. सहयोगी सिकाइ

C. अप्रेन्टिससीप सिकाइ

D. सहभागीमूलक सिकाइ

23. तलका कुन बिषय पढेको व्यक्तिले १० महिने तालिम निश्चित अवधिभित्र लिने शर्तमा अध्यापन अनुमति पत्र लिन पाउँछ ?

A. नेपाली

B. अङ्ग्रेजी

C. सामाजिक

D. माथिका कुनै पनि होइन

24. नेपालमा अध्यापन अनुमति पत्रको अवधारणको शुरुवात सर्वप्रथम कहिले गरिएको थियो ?”

A. वि.सं. २०११

B. वि.सं. २०१८

C. वि.सं. २०२३

D. वि.सं. २०२८

25. शिक्षक सेवा आयोगबाट छनोट भई नियुक्ति वा बढुवाका लागि सिफारिस भई आएका शिक्षकहरुलाई विद्यालयमा नियुक्ति गर्ने अधिकार को सँग रहेको हुन्छ ?

A. शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख

B. गाउँपालिका / नगरपालिकाका प्रमुख

C. जिल्ला शिक्षा समिति

D. गाउँ/नगर शिक्षा समिति

26. विद्यार्थीको वैयक्तिक सामाजिक विकास एवं पेशा वा व्यवसायमा सफलता प्राप्त गर्न कुन सीप आवश्यक पर्छ ?

A. कडा सीप (Hard skills)

B. प्राविधिक सीप (Technical Skills)

C. नरम सीप (Soft skills)

D. जीवनोपयोगी सीप (Life skills)

27. सबैका लागि शिक्षा अभियान कार्यान्वयनका लागि नेपालले तयार गरेको कार्ययोजनामा कति ओटा सूचक समाबेश गरिएका थिए ?

A. १७

B. १८

C. १९

D. २०

28. राष्ट्रिय भावना विकासका लागि शिक्षालाई कुन रुपमा लिइन्छ ?

A. प्रक्रिया

B. साध्य

C. लागत

D. साधन

29. बिद्यालय क्षेत्र सुधार योजनाले व्यवस्था गरे बमोजिम स्थापना गरिएको निकाय तलका मध्ये कुन हो ?

A. शिक्षा विकास तथा समन्वय इकाइ

B. शैक्षिक गुणस्तर परीक्षण केन्द्र

C. शैक्षिक तालिम केन्द्र

D. राष्ट्रिय परीक्षा बोर्ड

30. तलका मध्ये कुन बाल अधिकारको स्तम्भ होइन ?

A. बाल शिक्षा

B. बाल विकास

C. बाल बचाउ

D. बाल सहभागिता

31. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम अन्तर्गत सञ्चालन भइरहेको pre-diploma तहको अध्ययन अवधि कति रहेको छ ?

A. १५ महिना

B. १ वर्ष

C. १८ महिना

D. २ वर्ष

32. खुला तथा बैकल्पिक निरन्तर सिकाइको अनुगमन र मूल्याङ्कनको जिम्मा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले कसलाई दिएको छ ?

A. अनौपचारिक शिक्षा केन्द्र

B. शिक्षा विकास तथा समन्वय इकाइ

C. शिक्षा विकास निर्देशनालय

D. गाउपालिका वा नगरपालिका

33. राष्ट्रिय शिक्षा नीति, २०७६ को लक्ष्य तलका मध्ये कुन हो ?

A. आवश्यकता अनुरुपको मानव संशाधनको विकास गर्ने

B. शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनु

C. प्रतिष्पर्धी, सीपयुक्त एवं उत्पादनशील जनशक्ति तयार गर्नु

D. सबै तह र प्रकारका शिक्षाको गुणस्तर अभिवृद्धि गर्नु

34. नेपालमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन कहिले जारी भएको हो ?

A. वि.सं. २०३१

B. वि.सं. २०४९

C. वि.सं. २०६३

D. वि.सं. २०७५

35. निम्न मध्ये दिगो बिकासको लक्ष्य ४ ” गुणस्तरीय शिक्षा” सँग असम्बन्धित कार्यक्रम कुन हो ?

A. महिला तथा किशोरी विरुद्धको सबै प्रकारका विभेद अन्त्य गर्ने

B. दिगो विकासलाई अभिवृद्धि गर्न आवश्यक ज्ञान सीप आर्जन गराउने

C. माध्यमिक र उच्चशिक्षाको पहुँच सुनिश्चित गर्न

D. प्राप्त गर्न सकिने खालका प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गर्ने

36. नागरिक बडापत्रमा राख्नुपर्ने शुरुको बिषय कुन हो ?

A. सेवाग्राहीले पूरा गर्नुपर्ने कार्यविधि

B. सेवा र त्यसको प्रकृति

C. सेवा प्राप्त गर्न लाग्ने समयावधि

D. सेवा प्रदान गर्ने पदाधिकारी

37. कुनै व्यक्तिले दिएको निवेदन वा कार्यालयहरुबाट आएका पत्रहरुलाई प्राम्भिक अभिलेख राख्ने कार्यलाई के भनिन्छ ?

A. अभिलेखीकरण

B. दर्ता

C. पत्र व्यवहार

D. टिप्पणी

38. टिप्पणी लेखनको मुख्य उद्देश्य तलका मध्ये कुन होइन ?

A. स्वेच्छाचारी निर्णय हुनबाट रोक्ने

B. निर्णय गर्न पर्याप्त समय प्राप्त गर्ने

C. कार्यको ओचत्य प्रष्ट गर्ने

D. सहभागितामूलक निर्णय पद्धतिलाई प्रोत्साहन गर्ने

39. सार्वजनिक निकायले “परामर्श सेवा” खरिद गर्दा अपनाउन सक्ने विधिहरु कुन कुन हुन् ?

A. शिलबन्दी आह्वान र सोझै खरिद

B. खुला बोलपत्र र अमानत

C. कार्यालय र उपभोक्ता समितिको सहभागिता

D. प्रतिष्पर्धात्मक प्रस्ताव माग र सोझे वार्ता

40. कार्यालय व्यवस्थापनको मुख्य जिम्मेवारी तलका मध्ये कसको हो ?

A. कार्यालय प्रमुख

B. शाखा प्रमुख

C. विभागीय प्रमुख

D. प्रशासन प्रमुख

41. “नेपालमा शिक्षाको लक्षण (विशेषता) सर्वव्यापक र निःशुल्क हुनेछ र नागरिकलाई शिक्षित गर्न प्रौढ शिक्षालाई राष्ट्रिय उत्तरदायित्व मानिनु पर्छ” भनेर कुन आयोग/समिति/योजनाले जोड दिएको थियो ?

A. नेपाल राष्ट्रिय शिक्षा योजना आयोग

B. सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति

C. राष्ट्रिय शिक्षा पद्धतिको योजना

D. राष्ट्रिय शिक्षा आयोग

42. नागरिक विकास, जनशक्तिको विकास र नेतृत्वको विकास शिक्षाको कुन कार्य अन्तर्गत पर्दछ ?

A. व्यक्तिगत कार्य

B. सामाजिक कार्य

C. साँस्कृतिक कार्य

D. राष्ट्रिय कार्य

43. नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन, २०११ का अध्यक्ष को थिए ?

A. त्रैलोक्यनाथ उप्रेती

B. बाबुराम आचार्य

C. गोपाल पाण्डे

D. रुद्रराज पाण्डे

44. “विद्यार्थी एक पुस्तक हो, जसको प्रत्येक पाना शिक्षकले पढ्नुपर्छ” यो कसको भनाई हो ?

A. प्लेटो

B. रूसी

C. अरस्तु

D. चाणक्य

45. तलका कुन भनाईले शिक्षाको व्यापक अर्थ बुझाउँदछ ?

A. विद्यालय वा विश्व विद्यालयबाट प्राप्त गरिने शिक्षा

B. रोजगारीका उद्देश्यले प्राप्त गरिने शिक्षा

C. व्यक्तिगत शिक्षणलाई जोड दिइने शिक्षा

D. जीवन पर्यन्त शिक्षा

46. मानव विकासको २ हप्तादेखि २ वर्षसम्मको विकासात्मक अवस्थालाई के भनिन्छ ?

A. नवजात अवस्था

B. शैशव अवस्था

C. प्राम्भिक बाल्यावस्था

D. उत्तर बाल्यावस्था

47. गर्भावस्थाको कुन चरण पछिल्लो हो ?

A. जर्मिनल (Germinal)

B. जाइगोट (Zygote)

C. इम्ब्रोयो (Embryo)

D. फिटस (Fetus)

48. मानव वृद्धि र विकासका निर्धारकहरु कुन कुन हुन् ?

A. वंशाणुक्रम र वातावरण

B. स्थिरता र परिवर्तन

C. निरन्तरता र अनिरन्तरता

D. परिपक्वता र सिकाइ

49. तलका मध्ये कुन भनाइ ठिक छ ?

A. वृद्धि र विकास एक अर्काका परिपूरक हुन ।

B. मानव वृद्धि भनेको गुणात्मक परिवर्तन हो ।

C. वृद्धि नापजोख गर्न सकिन्छ ।

D. वृद्धि बंशाणुक्रम गुणबाट विकसित हुन्छ ।

50. “उत्तेजना र प्रतिक्रियाबीचको सम्बन्ध नै सिकाइ हो” भन्ने धारणा तलका कुन दृष्टिकोण हो ?

A. व्यवहारवाद

B. संज्ञानवाद

C. अनुभववाद

D. संरचनावाद

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 37
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 57
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 34
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 45
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 77
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA