Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आ.व. २०७९/८० मा सबैभन्दा धेरै नाफा कमाउने र घाटामा रहेका संस्थान

  • Ajnabee Khadka
  • May 28, 2024
  • 442

आ.व. २०७९/८० मा सबैभन्दा धेरै नाफा कमाउने र घाटामा रहेका संस्थान

आ.व. २०७९/८० मा सबैभन्दा धेरै नाफा कमाउने र घाटामा रहेका संस्थान

➥वि.सं. २०८०, फागुनसम्म नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थाको संख्या – ४४ (आ.व. २०७७/७८ – ४४)

➥नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका सार्वजनिक संस्थानको कुल संख्या – २०

➥नेपाल सरकारको अधिकांश स्वामित्व रहेका सार्वजनिक संस्थानको कुल संख्या – २४ 

➥आ.व. २०७९/८० मा नाफामा रहेको संस्थानको कुल संख्या – २६

➥आ.व. २०७९/८० मा घाटामा रहेको संस्थानको कुल संख्या – १५

➥आ.व. २०७९/८० मा शुन्य कारोबार भएको संस्थानको कुल संख्या – ३ (जनकपुर चुरोट कारखाना लि. , नेपाल विद्युत् उत्पादन क.लि. र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी)

➥आ.व. २०७९/८० सम्म निजीकरण गरिएको संस्थानको कुल संख्या – १८ (१० वटा नाफामा, ७ वटा घाटामा)

★ आ.व. २०७९/८० मा उच्च नाफा आर्जन गर्ने पाँच संस्थान:

संस्थान नाफा (रुपैयाँ)
नेपाल आयल निगम लिमिटेड ११ अर्ब ७२ करोड २९ लाख
नेपाल विद्युत् प्राधिकरण ९ अर्ब ४० करोड ५५ लाख
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ७ अर्ब ९२ करोड १ लाख
नागरिक लगानी कोष ३ अर्ब ८५ करोड ७० लाख
निक्षेप तथा कर्जा सुरक्षण कोष ३ अर्ब ८० करोड ६३ लाख

नोट:

  • आर्थिक वर्ष २०७८/०७९ को तुलनामा सार्वजनिक संस्थानको कुल नाफा ३०४६% ले बढेको छ।
  • आर्थिक वर्ष २०७९/०८० मा नाफामा रहेका कुल २६ वटा संस्थानको खुद नाफा ९८१% ले बढेको छ।

★ आ.व. २०७९/८० मा उच्च नोक्सानीमा रहेका पाँच संस्थान:

संस्थान नोक्सानी (रुपैयाँ)
नेपाल वायुसेवा निगम ६५ करोड २९ लाख
नेपाल खानेपानी संस्थान ५४ करोड ६९ लाख
दुग्ध विकास संस्थान ४८ करोड ४२ लाख
उदयपुर सिमेन्ट उद्योग लिमिटेड ३६ करोड २८ लाख
नेपाल टेलिभिजन ३५ करोड १२ लाख

नोट:

  • आर्थिक वर्ष २०७८/०७९ मा १७ वटा सार्वजनिक संस्थान घाटामा रहेका थिए भने आर्थिक वर्ष २०७९/०८० मा १५ वटा संस्थान घाटामा रहेका छन्।
  • आर्थिक वर्ष २०७९/०८० मा घाटामा रहेको कुल १५ वटा संस्थानको खुद नोक्सानी २.८१ प्रतिशत बढेको देखिन्छ।

★ अरु अन्य तथ्य र तथ्यांकहरु (जानी राखौं):

आर्थिक वर्ष २०७९/०८० मा सार्वजनिक संस्थानमा ३२,१८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्।

हाल अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमा, – औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५ जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान

हाल अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमा, – कम्पनी ऐन बमोजिम ३३, विशेष ऐन बमोजिम ७, सञ्चार संस्थान ऐन बमोजिम २, सहकारी ऐन बमोजिम एक र संस्थान ऐन बमोजिम १ वटा संस्थान स्थापना

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 38
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 58
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 35
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 45
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 78
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA