Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा बढी सेना पठाउने देश, “नेपाल”

  • Ajnabee Khadka
  • February 08, 2024
  • 805

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा बढी सेना पठाउने देश, “नेपाल”

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा बढी सेना पठाउने देश, “नेपाल”

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना परिचालनको वेबसाइटले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार नेपाल अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई उछिन्दै सबैभन्दा धेरै सेना परिचालन गर्ने राष्ट्र बनेको छ ।

  • नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घीय पर्यवेक्षक समूह (United Nations Observer Group in Lebanon (UNOGIL)) लेबनानमा पाँच पर्यवेक्षक पठाएर संयुक्त राष्ट्रसंघको शान्ति प्रयासमा सहभागी हुन थालेको थियो।
  • पुरानो गोरख गणलाई सन् १९७४ मा संयुक्त राष्ट्रसंघीय आपतकालीन बल (United Nations Emergency Force (UNEF–II)), इजिप्टमा पहिलो नेपाली टोलीको रूपमा पठाइएको थियो।
  • सन् १९५८ देखि हालसम्म १ लाख ४९ हजार ८९० नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसंघीय मिसनमा सेवा गरेका छन् । यो संख्यामा नेपाल प्रहरीका ८ हजार ६ सय १५ र सशस्त्र प्रहरी बलका ८ हजार ७ सय ८५ सदस्य रहेका छन् ।
  • नेपाली सेनाका अनुसार कंगो, दक्षिण सुडान, अबेई सुडान, पश्चिमी सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, इराक र यमनमा नेपाली शान्ति सैनिक तैनाथ छन् ।
  • संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता ६४ वर्ष लामो र ४४ संयुक्त राष्ट्र नियोगहरू समेटिएको छ।
  • नेपाली सेनाका अनुसार शान्ति सेनाको सम्पूर्ण यात्रामा ७३ नेपाली शान्ति सैनिकको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 47
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 44
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 54
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 86
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA