Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधानमा व्यवस्था गरिएका रिट (Writs) हरू

  • Ajnabee Khadka
  • May 18, 2026
  • 137

नेपालको संविधानमा व्यवस्था गरिएका रिट (Writs) हरू

Writs provided for in the Constitution of Nepal
  • नेपालको संविधान (२०७२) ले नागरिकका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन र संरक्षणका लागि संवैधानिक उपचारको हकको व्यवस्था गरेको,
  • संविधानको धारा ४६ मा यस भागद्वारा प्रदत्त हकहरूको प्रचलनका लागि धारा १३३ वा १४४ मा लेखिए बमोजिम संवैधानिक उपचार पाउने हक हुनेछ भन्ने उल्लेख,
  • संविधानको धारा १३३ को उपधारा (२) र (३) ले सर्वोच्च अदालतलाई र धारा १४४ ले उच्च अदालतलाई मौलिक हकको प्रचलन वा सार्वजनिक सरोकारको विवादमा उपयुक्त आदेश वा रिट जारी गर्ने असाधारण अधिकारक्षेत्र प्रदान गरेको,

नेपालको संविधानमा व्यवस्था गरिएका पाँच प्रकारका रिट (Writs) हरूको संशिप्त विवरण:

रिटको नाम
नेपाली नाम
मुख्य उद्देश्य/विवरण
सम्बन्धित संवैधानिक व्यवस्था
Habeas Corpus
बन्दी प्रत्यक्षीकरण
गैरकानुनी रूपमा थुनामा राखिएको व्यक्तिलाई अदालतमा उपस्थित गराई थुनामा राख्नुको कारण सोध्ने र कानुन सम्मत नभए मुक्त गर्ने आदेश,
धारा १३३(३), १४४(२)
Mandamus
परमादेश
कुनै सार्वजनिक निकाय वा अधिकारीले आफ्नो कानुनी कर्तव्य पालना नगर्दा सो कार्य गर्नका लागि दिइने बाध्यात्मक आदेश,
धारा १३३(३), १४४(२)
Certiorari
उत्प्रेषण
तल्लो तहका अदालत वा अर्ध-न्यायिक निकायले गरेको त्रुटीपूर्ण निर्णयलाई बदर गरी अभिलेख मगाउने आदेश,
धारा १३३(३), १४४(२)
Prohibition
प्रतिषेध
आफ्नो अधिकारक्षेत्र नाघेर काम गर्न लागेको तल्लो निकाय वा अधिकारीलाई सो कार्य गर्नबाट रोक्ने आदेश,
धारा १३३(३), १४४(२)
Quo Warranto
अधिकारपृच्छा
कुन अधिकार वा योग्यताको आधारमा कुनै व्यक्तिले सार्वजनिक पद धारण गरेको हो भनी सोध्ने र योग्यता नपुगेको पाइए पदमुक्त गर्ने आदेश,
धारा १३३(३), १४४(२)

 

Categories

  • Current Affairs 621
  • Gorkhapatra 306
  • Others 1001
  • Vacancy 1
  • Past Questions 76

Latest Blogs

Major valleys located in the hilly regions of Nepal
Others

नेपालको पहाडी प्रदेशमा अवस्थित प्रमुख उपत्यकाहरू

  • May 18, 2026
  • 123
Writs provided for in the Constitution of Nepal
Others

नेपालको संविधानमा व्यवस्था गरिएका रिट (Writs) हरू

  • May 18, 2026
  • 136
Ebola outbreak declared a global health emergency
Current Affairs

इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

  • May 18, 2026
  • 108
Uttam Peace Award, 2082
Current Affairs

उत्तम शान्ति पुरस्कार, २०८२

  • May 18, 2026
  • 133
Nepal's first household green hydrogen project
Current Affairs

नेपालकै पहिलो घरायसी हरित हाइड्रोजन परियोजना

  • May 18, 2026
  • 115
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA