विश्व मानसिक स्वास्थ्य दिवस, २०२६
- हरेक वर्ष अक्टोबर १० का दिन विश्वभर यो दिवस मनाइन्छ,
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Lived Experiences Heard: Real Voices, Real Change"
- दिवसको सुरुवात: सन् १९९२ देखि विश्व मानसिक स्वास्थ्य महासंघ (WFMH) को पहलमा मनाउन थालिएको,
- सुरुवाती पहलकर्ता: विश्व मानसिक स्वास्थ्य महासंघका उपमहासचिव रिचर्ड हन्टर (Richard Hunter)
- विश्व स्वास्थ संगठन (World Health Organization - WHO) को सहकार्य: सन् १९९४ देखि विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रत्येक वर्ष विशेष नारासहित मनाउने परम्परा सुरु भएको,
- दिवसको मुख्य उद्देश्य: मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिहरूको वास्तविक अनुभव र ज्ञानलाई नीति, सेवा र निर्णय निर्माण प्रक्रियामा प्राथमिकता दिनु,
- राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० (२०७७) अनुसार नेपालका करिब १० प्रतिशत वयस्कहरूले आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्या अनुभव गरेका,
- विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार विश्वभर करिब ८ मध्ये १ जना व्यक्ति कुनै न कुनै मानसिक स्वास्थ्य अवस्थाबाट प्रभावित
- राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन नम्बर: ११६६