मानव अधिकारको विश्वव्यापी घोषणापत्र (UDHR)
- घोषणा मिति: संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर १९४८ मा यो घोषणापत्र जारी गरेको (यसै दिनलाई विश्वभर "मानव अधिकार दिवस (Human Rights Day)" को रूपमा मनाइन्छ,)
- उद्देश्य: दोस्रो विश्वयुद्धको विभत्स घटनाहरू पछि भविष्यमा त्यस्ता अत्याचारहरू नदोहोरिउन् भन्ने सुनिश्चित गर्न र सबैका लागि आधारभूत अधिकारको साझा मापदण्ड तय गर्न यो ल्याइएको,
- घोषणापत्रको मस्यौदा समितिको अध्यक्ष: एलिनोर रुजवेल्ट (संयुक्त राज्य अमेरिकाका ३२ औं राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टको पत्नी)
- प्रमुख सिद्धान्त र संरचना:
- मूल नारा (धारा १): "सबै मानिसहरू जन्मजात स्वतन्त्र हुन् र उनीहरूको प्रतिष्ठा र अधिकार समान हुन्छ"
- संरचना: यसमा जम्मा ३० वटा धाराहरू रहेका;
- नागरिक र राजनीतिक अधिकार: धारा ३ देखि २१ सम्म (जस्तै: जीवनको अधिकार, दासता विरुद्धको अधिकार, न्यायको अधिकार, अभिव्यक्ति स्वतन्त्रता आदि)
- आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार: धारा २२ देखि २७ सम्म (जस्तै: सामाजिक सुरक्षा, कामको अधिकार, शिक्षा र स्वास्थ्यको अधिकार आदि)
-
कानुनी हैसियत र विशेषताहरू:
- कानुनी हैसियत: यो आफैमा कानुनी रूपमा बाध्यकारी सन्धि होइन, तर यसले विश्वव्यापी रूपमा उच्च नैतिक शक्ति प्राप्त गरेको,
- अन्तर्राष्ट्रिय विधेयक (International Bill of Human Rights): मानव अधिकारको विश्वव्यापी घोषणापत्र (UDHR), आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (र तिनका ऐच्छिक प्रोटोकलहरू) लाई संयुक्त रूपमा "मानव अधिकारको अन्तर्राष्ट्रिय विधेयक" भनिन्छ,
- अनुवादको विश्व कीर्तिमान: यो विश्वकै सबैभन्दा धेरै अनुवाद गरिएको दस्ताबेज (यो ५०० भन्दा बढी भाषाहरूमा उपलब्ध छ र यसले गिनिज वर्ल्ड रेकर्ड राखेको,)
-
यस घोषणापत्रले जाति, वर्ण, लिङ्ग, भाषा वा धर्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई निम्न अधिकारहरू प्रदान गर्दछ;
- जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकार
- यातना वा क्रूर व्यवहार विरुद्धको अधिकार
- कानुनको नजरमा समानता र समान संरक्षण
- स्वेच्छाचारी गिरफ्तारी वा निर्वासन विरुद्धको अधिकार
- अभिव्यक्ति, विचार र धर्मको स्वतन्त्रता
- शिक्षा र स्वास्थ्यको अधिकार
- काम गर्ने र उचित पारिश्रमिक पाउने अधिकार
-
प्रभाव र उपलब्धिहरू:
- यो घोषणापत्रले पछि बनेका ८० भन्दा बढी अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि र घोषणाहरूको लागि जग तयार गरेको,
- यसले विश्वभर 'मानव अधिकारको संस्कृति' निर्माण गर्न र महिला, बालबालिका, अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणमा मार्गदर्शन गरेको,
- नेपालको सन्दर्भमा, UDHR का सिद्धान्तहरूलाई नेपालको संविधान (२०१५) को मौलिक हकहरूमा व्यापक रूपमा समावेश गरिएको,