विश्वका प्रशिद्ध विचारक र दार्शनिकहरूका केही प्रभावशाली भनाइहरू
| विश्वका प्रशिद्ध विचारक | भनाई |
| चिनियाँ दार्शनिक कन्फ्युसियस | विनम्रता सबै गुणको आधारशिला हो । विनम्रता विना अन्य गुणको अवस्था त्यस्तै हुन्छ, जस्तो नून विना तरकारीको हुन्छ । त्यसैले यदि ज्ञानी र गुणी बन्नु छ भने पहिले विनम्र हुन सिक्नुपर्छ । |
| महर्षि वेदव्यास | प्रतिकुल अवस्थामा शत्रुलाई पनि काँधमा बोकेर हिँड्नुपर्ने हुन्छ । होइन भने विजयको चाहना चाहनामै सीमित हुन्छ । |
| डेल कार्नेगी |
बहस वा विरोध गर्न सकिन्छ तर यसबाट पूर्णरूपमा जित्न भने कसैलाई पनि सकिन्न । भौतिकरूपमा जित्न सके पनि उसको सद्भावलाई जित्न भने सकिएको हुँदैन । |
| आद्यशङ्कराचार्य |
प्राय हामी कुनै सम्प्रदायमा आबद्ध हुनु वा यज्ञअनुष्ठान गर्नुलाई धर्म भन्ने गछौँ तर यथार्थ त्यस्तो होइन । वास्तवमा धर्म भनेको कुनै सिद्धान्त वा अनुष्ठान नभई जीवनको अनुभव हो । |
| थियोडोर रुजबेल्ट |
जिन्दगीले दिने सबैभन्दा उत्कृष्ट उपहार भनेको असल काममा कडा मिहिनेत गर्ने अवसर दिनु हो । त्यसैले उन्नति र प्रगति गर्न चाहनेले जिन्दगीबाट केही पाइएन भन्नेतिर नभई उसले दिएको उपहारको महत्व बुझ्नेतिर ध्यान दिनुपर्ने हुन्छ । |
| गौतम बुद्ध |
जस्तो सोचिएको हुन्छ त्यस्तै बनिन्छ । असल कुरा सोचे असल बनिन्छ खराव कुरा सोचे खराब बन्न पुगिरहिएको हुन्छ । त्यसैले असल मानिस हुन चाहनेले असल कुरा नै सोच्ने वानी बसाउनुपर्छ । |
| सत्यसाइ बाबा |
भोको मानिसलाई ज्ञानको कुनै अर्थ छैन । यदि उसलाई ज्ञान दिनु छ भने पहिले खान दिनुपर्छ । |
| एरिस्टोटल |
बुद्धिमान मानिसले आफूले सोचेको सबै कुरा भन्दै हिँड्दैन तर उसले बोलेको सबै कुराले अर्थ राख्छ । |
| प्लेटो |
सानोतिनो असफलतामा जो डराउँछन्, उनीहरू जीवनभर मुकदर्शक बनिरहन्छन् । |
| विन्स्टन चर्चिल |
निराशावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामा अवसर देख्छ । |
| महात्मा गान्धी |
तिमी आफैं त्यो परिवर्तन बन, जुन तिमी संसारमा हेर्न चाहन्छौ । |
| जिद्दु कृष्णमूर्ति |
अविश्वास नै डरको जननी हो । |
| नेल्सन मण्डेला |
शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई प्रयोग गरेर तिमी संसार बदल्न सक्छौ । |
| अब्राहम लिङ्कन |
भविष्यको भविष्यवाणी गर्ने सबैभन्दा राम्रो तरिका त्यसलाई आफैले सिर्जना गर्नु हो । |
| स्वामी विवेकानन्द |
आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो । |
| स्टेफिन हकिङ |
बुद्धिमता भनेको परिवर्तनमा अनुकूलन हुन सक्ने क्षमता हो । |
| मार्टिन लुथर किङ जुनियर |
यदि तिमी उड्न सक्दैनौ भने दगुरा, दगुर्न सक्दैनौ भने हिँडा, तर सधैं अगाडि बढ। |
| रुमी |
हिजो म बाठो थिएँ त्यसैले संसार बदल्न चाहन्थेँ, आज म समझदार छु त्यसैले आफूलाई बदलिरहेछु । |
| रुसो | मानिस स्वतन्त्र जन्मिन्छ, तर ऊ सर्वत्र साङ्लोले बाँधिएको हुन्छ । |
| कार्ल मार्क्स |
दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या गरेका छन्, तर मुख्य कुरा यसलाई बदल्नु हो । |