Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Ajnabee Khadka
  • June 28, 2026
  • 269

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

Some important scientists and their contributions that revolutionized the study of the universe and space
वैज्ञानिकको नाम
मुख्य योगदान र खोजहरू
इराटोस्थेनेस (Eratosthenes)
पृथ्वीको परिधि (Circumference) को पहिलो सटीक गणना गरेका,
निकोलाउस कोपरनिकस (Nicolaus Copernicus)
सूर्यकेन्द्रित सिद्धान्त (Heliocentric Theory) को प्रतिपादन; आफ्नो पुस्तक De Revolutionibus Orbium Coelestium मार्फत गणितीय आधारमा सूर्य सौर्यमण्डलको केन्द्रमा रहेको र पृथ्वी लगायतका ग्रहहरूले सूर्यलाई परिक्रमा गर्ने तथ्य स्थापित गरेका; उनलाई खगोल विज्ञानका पिता (Father of Astronomy) मानिन्छ,
जोहानेस केप्लर (Johannes Kepler)
ग्रहहरूको गतिको तीन नियमहरू (Kepler's Laws of Planetary Motion) प्रतिपादन गरेको,
ग्यालिलियो ग्यालिली (Galileo Galilei)
परिमार्जित दूरबिनको प्रयोग गरी खगोलीय पिण्डहरूको पहिलो प्रत्यक्ष अवलोकन गरेर सूर्यकेन्द्रित सिद्धान्तको पुष्टि र आधुनिक अवलोकन खगोल विज्ञानको जग बसालेका; उनलाई अवलोकनयोग्य खगोल विज्ञानका पिता (Father of Observational Astronomy) मानिन्छ,
सर आइज्याक न्युटन (Sir Isaac Newton)
विश्वव्यापी गुरुत्वाकर्षण र चालका नियमहरू प्रतिपादन गर्नुका साथै परावर्तक दूरबिन (Reflecting Telescope) को आविष्कार गरेर खगोलीय पिण्डहरूको गतिको गणितीय आधार खडा गरेका,
जेम्स क्लर्क म्याक्सवेल (Maxwell)
शनिका चक्रहरु (Rings) साना कणहरूले बनेका हुन् भनी प्रमाणित गरेका र प्रकाशलाई विद्युतीय-चुम्बकीय तरङ्गको रूपमा व्याख्या गरेर आधुनिक रेडियो खगोल विज्ञानको जग बसालेका,
अल्बर्ट आइन्स्टाइन (Albert Einstein)
सापेक्षताको सामान्य सिद्धान्त (General Relativity) मार्फत गुरुत्वाकर्षणलाई स्पेस-टाइमको वक्रता (Space-Time Fabric) को रूपमा व्याख्या गरेर श्यामछिद्र (Black Hole), ब्रह्माण्डको विस्तार र गुरुत्वाकर्षण तरङ्ग जस्ता आधुनिक खगोल विज्ञानका ठुला खोजहरूको जग बसालेका,
जर्ज लेमेत्रे (Georges Lemaître)
ब्रह्माण्ड स्थिर नभई फैलिरहेको छ भन्ने गणितीय निष्कर्ष निकाल्दै ब्रह्माण्डको उत्पत्ति एउटा सानो सघन विन्दुबाट भएको हो भन्ने 'महाविस्फोट सिद्धान्त' (Big Bang Theory) को पहिलो प्रस्ताव अघि सारेका,
एड्विन हबल (Edwin Hubble)
हाम्रो तारापुञ्ज (Galaxy) आकाशगङ्गा (Milky way) बाहिर अन्य अनगिन्ती तारापुञ्जहरु अस्तित्वमा रहेको पत्ता लगाएका र ब्रह्माण्ड निरन्तर फैलिरहेको छ भन्ने प्रत्यक्ष प्रमाण दिएर आधुनिक ब्रह्माण्ड विज्ञानको जग बसालेका,
स्टिफन हकिङ (Stephen Hawking)
क्वान्टम यान्त्रिकी (Quantum mechanics) र सापेक्षताको सिद्धान्त (General Relativity) लाई जोडेर श्यामछिद्र (Black Hole) हरूबाट विकिरण उत्सर्जन हुन्छ (Hawking's Radiation) भन्ने प्रमाणित गरे र ब्रह्माण्डको सुरुवाती क्षण (Singualrity) को गहिरो गणितीय व्याख्या गरेका,
भवेरा रुबिन (Vera Rubin)
तारापुञ्जहरू घुम्ने गतिको अध्ययन (Galaxy Rotation Curves) मार्फत ब्रह्माण्डमा अदृश्य रूपमा रहेको 'अदृश्य पदार्थ (Dark Matter)' को अस्तित्वको पहिलो ठोस र अकाट्य प्रमाण दिइएकी,

 

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 22
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 25
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 55
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 63
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 102
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA