Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२४ असार २०८३, बुधबार)

  • Ajnabee Khadka
  • July 08, 2026
  • 251

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२४ असार २०८३, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (24 Ashar 2083, Wednesday)

१.  इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा प्रकाशित ग्लोबल पिस इन्डेक्स २०२६ को प्रतिवेदन अनुसार नेपाल विश्व शान्ति सूचकाङ्कमा कतिऔँ स्थानमा छ? 

➤ १११ औँ 

२. नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि सरकारले पछिल्लो पटक कहिलेसम्मको समय थप गर्न राष्ट्र सङ्घसमक्ष अनुरोध गरेको छ ?

➤ सन् २०३०

  • सन् १९७१ मा विश्वका प्रतिव्यक्ति आय कम भएका ५२ वटा देशलाई अल्पविकसित मुलुकको सूचीमा समावेश गरिएको थियो ।
  • स्तरोन्नति हुनका लागि तीन मुख्य सूचक (पिसिआई, एचएआई र इभिआई) मध्ये कुनै दुई सूचक पूरा गर्नुपर्ने प्रावधान छ ।
  • विशेष प्रावधान : यदि कुनै देशको प्रतिव्यक्ति आय तोकिएको सीमाको तेब्बर अर्थात् ३,९१८ अमेरिकी डलर पुगेमा एउटै सूचकका आधारमा पनि स्तरोन्नति हुन सकिन्छ ।
  • यस लक्ष्यका आधारमा हालसम्म आठ वटा देश स्तरोन्नति भइसकेका छन् । हाल अतिकम विकसित राष्ट्रको सङ्ख्या ४४ रहेको छ । 

 

३. २० औँ एसियाली खेलकुद (एसियाड) कहिले र कहाँ हुने भएको छ ? 

➤ सन् २०२६ सेप्टेम्बर १९अक्टोबर ४, जापान 

  • २० औँ एसियाडमा नेपाल २३ खेलमा सहभागी हुने जनाइएको । 

जापानमा हुने एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपालबाट ३२ खेलका ४३४  खेलाडी दर्ता :: सेतोपाटी संवाददाता :: Setopati

४. त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) को उपकुलपतिमा कसलाई नियुक्त गरियो ? 

➤ प्राडा भोला थापा 

  • वि.सं. २०८३ असार १९ मा त्रिविसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको । 

विश्वविद्यालय उपकुलपति:

  1. सुदूरपश्चिम विश्वविद्यालय: किसन दत्त भट्ट
  2. मध्यपश्चिम विश्वविद्यालय: राजन सुवाल
  3. कृषि तथा वन विश्वविद्यालय: ऋषिराम कट्टेल
  4. राजर्षि जनक विश्वविद्यालय: श्यामनारायण लाभ
  5. पोखरा विश्वविद्यालय: देवेन्द्र अधिकारी
  6. पूर्वाञ्चल विश्वविद्यालय: सुजनबाबु मरहट्टा

को हुन् त्रिविकाे उपकुलपतिमा नियुक्त भएका प्रा.डा. भोला थापा ? | Nepal's  first 24-hour updated news portal - Ratopati

५. १३ औँ म्युजिक खबर अवार्डमा ‘म्युजिक खबर दीर्घ साधना सम्मान २०८२’ बाट सम्मानित हुने कलाकार को हुनुहुन्छ ? 

➤ वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा  

  • विशिष्ट सम्मान गीतकार उन्नति शिला बोहोरा
  • रजत सङ्गीत सम्मान गीतकार विजय सिवाकोटी
  • दशक सङ्गीत सम्मान गायक शिव परियार र गायिका कालिका रोकामगर
  • म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान पत्रकारद्वय कुवेर गिरी र गोपीकृष्ण चापागाईं 
  • अवार्ड समारोहमा विविध विधाका प्रतिभालाई सम्मान गरिएको । 

म्युजिक खबर दीर्घ साधना सम्मान बाँस्कोटालाई – Online Khabar

६. विज्ञापन नीति २०८३ कहिले स्वीकृत गरिएको हो ? 

➤ वि.सं. २०८३ असार १८ 

  • स्पोन्सर कन्टेन्ट तथा इन्फ्लुएन्सर मार्केटिङको स्वघोषणा गर्न लगाउने दुई वर्ष
  • स्टार्टअप बिजनेस तथा साना व्यवसायीलाई निश्चित रकमसम्म सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा विज्ञापन गर्न दिने व्यवस्था मिलाउने दुई वर्ष
  • विदेशी वस्तु तथा सेवाको कारोबारबाट निश्चित प्रतिशत रकम उपभोक्ता सचेतनामूलक कार्यक्रम अनिवार्य सञ्चालनमा खर्च गर्नुपर्ने व्यवस्था गर्ने दुई वर्ष
  • स्वदेशी वस्तु तथा सेवा उत्पादकलाई विज्ञापन खर्चमा सहुलियत दिने व्यवस्था गर्ने एक वर्षभित्र
  • सरकारले एकीकृत सूचना व्यवस्थापन प्रणालीमार्फत विज्ञापनको दररेट निर्धारण गर्ने दुई वर्ष भित्र
  • विज्ञापन एजेन्सीलाई कार्यप्रकृतिका आधारमा वर्गीकरण गर्ने निरन्तर

 

७. कुमारी हिमाल भनी माछापुच्छ्रेलाई चिनिन्छ भने सेतो हिमाल भनी कुन हिमाललाई चिनिन्छ ? 

➤ धौलागिरि 

 

८. एसियाली विकास बैङ्कका अध्यक्ष मासातो कान्डाद्वारा हालै नेपालको तीन दिवसीय भ्रमण कहिले सम्पन्न भएको हो ?  

➤ वि.सं. २०८३ असार २१-२३ (सन् २०२६ जुलाई ५-७)

  • प्रधानमन्त्री वालेन्द्र शाह र एडिबीका अध्यक्षबिच नेपालको जलविद्युत्, पर्यटन, डिजिटलाइजेसन र सडक पूर्वाधारको क्षेत्रमा दीर्घकालीन सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको ।

नेपाल आइपुगे एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा, बालेनसँग भेट्दै |  प्रशासन

९. उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सम्मेलन हालै कहाँ आयोजना गरियो ? 

➤ अङ्कारा, टर्की (सन् २०२६ जुलाई ७-८) 

  • सम्मेलनमा नेटोका सबै ३२ सदस्य राष्ट्रका नेता सहभागी भएका । 

Updates: Trump, NATO leaders in Turkiye’s Ankara as defence tops agenda

१०.  सरकारले एक सयभन्दा ठुला दरका भारु नोट नेपालमा चलनचल्तीमा ल्याउने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ मङ्सिर २९ 

  • सरकारले सन् २०१६ नोभेम्बर ९ यता निष्कासन भएका दुई सय तथा पाँच सय दरका भारतीय नोट राख्न र ओसारपसार फुकुवा गरेको तर  सन् २०१६ नोभेम्बर ९ अगाडिका नोट भने चल्ने छैनन् ।
  • २०८२ मङ्सिर २९ को मन्त्रीपरिषद् बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको ।
  • सन् २०१६ मा भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय भारु भन्दामाथिका नोट नेपालमा चल्दैन थियो ।

 

११. नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ? 

➤ कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया र कैलालीको बिच) 

 

१२.  नेपालको दोस्रो स्याटलाइटमुनाल कहिले प्रक्षेपण गरियो ?

➤ वि.सं. २०८२ पुस २८ (सन् २०२६ जनवरी १२)

 

१३.  राष्ट्रिय रेसम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

➤ वि.सं. २०८२ पुस २६, काठमाडौँ 

  •   सम्मेलनले नेपालमा रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य भएको र दिगो राष्ट्रिय क्षेत्रका रूपमा पुनस्र्थापना गर्ने लक्ष्य राखेको ।
  •   सम्मेलनमा सरकार, निजी क्षेत्र, बैङ्क, लगानीकर्ता, गैरआवासीय नेपाली, किसान र उद्यमीहरू उपस्थिति रहेका ।  

 

१४. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिनका रूपमा मनाउने निर्णय गरियो ? 

➤  डिसेम्बर २७

 

१५. नेपालको कुन ठाउँमा कृषि आनुवांशिक केन्द्र (जिन बैङ्क) स्थापना गरिएको छ ? 

➤ ललितपुरको खुमलटार 

 

१६. पेरुको नयाँ राष्ट्रपतिमा चयन हुन सफल राजनीतिज्ञ को हुनुहुन्छ ?

➤ केइको फुजिमोरी (सन् २०२६ जुलाई ३)

  • निर्वाचन प्रमुख रोबर्टो बुर्नेओद्वारा फुजिमोरीलाई राष्ट्रपति तथा लुइस फर्नान्डो गालारेटालाई प्रथम उपराष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिएको । 
  • दिवङ्गत पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी ५१ वर्षीय केइकोले जुलाई २८ मा अन्तरिम राष्ट्रपति होसे मारिया बाल्काजारबाट पदभार ग्रहण गर्नुहुने छ । 

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा 'नयाँ अध्याय' सुरु हुने घोषणा

१७.  कर्णाली प्रदेशको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आव २०८२/८३ मा सो प्रदेशको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरिएको छ ? 

➤ २.९४ प्रतिशत 

१८. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो ? 

➤ धादिङ (११ गाउँपालिका)

 

१९. सरकारद्वारा राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ कहिले स्वीकृत गरिएको हो ? 

➤ वि.सं. २०८२ साउन १८ 

  • नेपाली श्रमिकको मानव अधिकारको संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चित, श्रमिकको सिप विकास, श्रम कूटनीतिक सुदृढीकरण तथा पुन:एकीकरणमा जोड दिनु नीतिको प्रमुख उद्देश्य रहेको । 
  • नीतिमा वैदेशिक रोजगारीमा जाने अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण र व्यवस्थापन, विदेशी श्रमिकको नियमन, महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक श्रमिकप्रति संवेदनशील नीति र कार्यक्रमको व्यवस्था गरिएको । 
  • श्रम आप्रवासन क्षेत्रका समस्या, चुनौती र जोखिमलाई सम्बोधन गर्दै यो नीतिले श्रम आप्रवासनलाई प्रतिफलयुक्त बनाइ प्राप्त विप्रेषणलाई उत्पादन र उद्यमशीलता केन्द्रित गरी समृद्धिको आधार बनाउने मार्गचित्र प्रस्तुत गरेको । 
  • नीति अन्तर्गत वैदेशिक रोजगार ऐन तथा नियमावलीको संशोधन, श्रम कूटनीति सबलीकरण, एकद्वार प्रणालीको विकास, सिप प्रमाणीकरण, उद्यमशीलता प्रवर्धन तथा सामाजिक सुरक्षा कार्यक्रमको पहुँच विस्तार गरिने व्यवस्था गरिएको । 
  • यस नीतिले वैदेशिक रोजगार नीति, २०६८ लाई प्रतिस्थापन गरेको । 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 21
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 24
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 55
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 59
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 102
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA