Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (२८ असोज २०८३, बुधबार)

  • Ajnabee Khadka
  • October 14, 2026
  • 328

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (२८ असोज २०८३, बुधबार)

Public Service Preparation Materials: Objective Questions and Answers (28 Asoj 2083, Wednesday)

१. सन् २०२६ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ? 

▶ नाभनेथेम ‘नाभी’ पिल्ले (दक्षिण अफ्रिका) 

 २. अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५३ औँ  महासभा कहिले र कहाँ सम्पन्न भएको हो ? 

▶ सन् २०२६ अक्टोबर ५–९,  आरुसा, तान्जानिया 

  • यस महासभमा नेपालका तर्फबाट सभामुख डिपी अर्याल सहभागी हुनुभएको । 
  • तान्जानियाको आरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को यस महासभामा नेपालले भोटेकोशी बाढीको विषयलाई आकस्मिक प्रस्तावका रूपमा प्रस्तुत गरेको । 
  • उक्त प्रस्ताव छलफलका लागि प्रस्तुत गर्ने सन्दर्भमा आवश्यक दुई तिहाइभन्दा बढी मत प्राप्त भएको थियो । 
  • नेपालको प्रस्तावमाथि दक्षिण अफ्रिका, भारत, नेदरल्यान्ड्स, संयुक्त अधिराज्य, संयुक्त अरब इमिरेट्स, टिमोर–लेस्टे, म्यान्मार, तान्जानिया, नाइजेरिया र इरानलगायतका संसद्का प्रतिनिधिले आआफ्नो धारणा राखेका थिए । 
  • यस प्रस्तावले संसदीय जलवायु कूटनीतिको उत्कृष्ट अभ्यासको थालनी गर्ने तथा सदस्य राष्ट्रबिच जलवायु र मौसमसम्बन्धी सीमापार पूर्वसूचक प्रणाली र प्रविधिमा पहुँच पुर्‍याउन कानुनी ढाँचा तयार हुने विश्वास गरिएको ।

May be an image of dais and text

३. विश्व हुलाक दिवस कहिले मनाउने गरिन्छ ? 

▶ अक्टोबर ९ 

  • सन् २०२६ (१५२ औँ) को नारा : ‘वान पोस्टल नेटवर्क, इनफिनिट पोसिबिलिटिज’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनगन्ती सम्भावना ।’ 
  • संसारभरका सरकारी हुलाक सेवाको अन्तर्राष्ट्रिय छाता संस्था विश्व हुलाक सङ्घ (युपियु) सन् १८७४ अक्टोबर ९ मा स्थापित भई १५१ वर्ष पार गरेर १५२ औँ वर्षमा प्रवेश गरेको छ । 
  • नेपालमा वि.सं. १९३५ मा नेपाल हुलाक घर स्थापना गरी औपचारिक रूपमा हुलाक सेवा सुरु भएको हो । नेपालले सन् १९५६ अक्टोबर ११ (वि.सं. २०१३ असोज २६) मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको छ ।

World Post Day 2026

४. प्रसिद्ध भारतीय अभिनेता नाना (विश्वनाथ) पाटेकरको निधन कहिले भयो ?

▶ सन् २०२६ अक्टोबर ८ (७५ वर्षको उमेरमा)

  • जन्म : सन् १९५१ जनवरी १, महाराष्ट्र
  • पहिलो चलचित्र : गमन (सन् १९७९)
  • परिन्दा, सलाम बम्बे, क्रान्तिवीर, अग्नि साक्षी, तिरङ्गा, खामोसी, नटसम्राट्, वेलकमलगायत थुप्रै चलचित्रमा पाटेकरले अभिनय गरेका छन् ।  
  • सम्मान : पद्मश्री (सन् २०१३, भारत सरकारद्वारा) तथा कलाकारितासम्बन्धी थुप्रै पुरस्कार तथा अवार्ड उनले प्राप्त गरेका छन् । 
  • सादा जीवनशैली र स्पष्टवादी स्वभाव एवं समाजसेवी कलाकारका रूपमा उनले आफ्नो पहिचान बनाएका छन् । 

नाना पाटेकर : विश्वनाथबाट कसरी बने 'नाना' ? – Online Khabar

५. बुढीगण्डकी नदीमा भीषण बाढी कहिले आएको हो ? 

▶ वि.सं. २०८३ असोज २५ 

  • गोरखाको चुमनुब्री गाउँपालिकामा ठुलो पहिरो खसेर नदी थुनिएपछि बाँध फुट्दा आकस्मिक बाढी आएको हो । यस बाढीबाट गोरखाका दुई गाउँपालिका चुमनुब्री र धार्चे सबैभन्दा बढी प्रभावित भएका छन् ।
  • बाढीका कारण चार दर्जन घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सो बाढीले तीन वटा पक्की एवं तीन वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ । 

बुढीगण्डकी बाढी: १९ विदेशीसहित ३१४ को उद्धार, ५ बेपत्ताको खोजी तीव्र |  Hamro Patro

६. ‘खुसी मिल्न तपाईंको सोचाइ, बोलाइ र गराइमा समानता हुनु पर्छ ।’ भन्ने विचारक को हुन् ?  

▶ महात्मा गान्धी 

 

७. कोशी प्रदेश सरकारले कति वटा राष्ट्रभाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ ? 

▶ १३

  • कोशी प्रदेशले नेपाली भाषाका अतिरिक्त १३ वटा राष्ट्रभाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको छ । 
  • १३ भाषा : मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तावा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सान्थाली । 

 

८. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?

▶ सन् १९८९

  • यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको छ ।
  • यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको हो ।

 

९. नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ? 

▶ वि.सं. १९६१

 

१०. सञ्चार प्रविधिको क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्दै हालै कुन देशले विश्वकै पहिलो ‘प्रिसिक्सजी’ परीक्षण नेटवर्क सञ्चालनमा ल्याएको छ ?

▶ चीन (सन् २०२६ अप्रिल) 

  • मुख्य उपलब्धि : विश्वकै पहिलो ‘प्रिसिक्सजी’ परीक्षण नेटवर्कको शुभारम्भ ।
  • प्रमुख क्षमता : हाल प्रचलनमा रहेको फाइभजी भन्दा १० गुणा बढी ।
  • प्राविधिक विशेषता: 
    • उच्च ब्यान्डविथ र न्यूनतम ढिलाइ (लो लेटेन्सी)।
    • आर्टिफिसियल इन्टेलिजेन्सको सहज एकीकरण।
    • लामो दुरीको कभरेज र प्रणालीगत प्रमाणीकरण।
  • परीक्षणका प्रमुख क्षेत्र : 
    1. होलोग्राफिक कम्युनिकेसन (त्रिविमीय सञ्चार)।
    2. रोबोटिक्स र एम्बडेड इन्टेलिजेन्स।
    3. औद्योगिक उत्पादन।
    4. लो–अल्टिच्युड इन्सपेक्सन।

११. जिटुजी अवधारणा केसँग सम्बन्धित छ ?

▶ वैदशिक रोजगार

 

१२. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आर्थिक स्थितिपत्र २०८३ कहिले सार्वजनिक गरिएको हो ?

▶ वि.सं. २०८३ वैशाख १४

 

१३. कर्मचारीलाई योग्यता, क्षमता, कार्यसम्पादन, अनुभव र दक्षताको आधारमा एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने वा जिम्मेवारी दिने प्रक्रियालाई के भनिन्छ ?

▶ मेरिटमा आधारित सरुवा तथा पदस्थापन (मेरिट–बेस्ड ट्रान्सफर एन्ड प्लेसमेन्ट)

  • नेपालमा नयाँ सरकारद्वारा (वि.सं. २०८२ चैत महिनादेखि) यसको सुरुवात गरिएको हो ।
  • मुख्य आधार : राजनीतिक दबाब, पहुँच, व्यक्तिगत सम्बन्ध वा पक्षपातका आधारमा नभई विशुद्ध कार्यसम्पादन र योग्यताका आधारमा कर्मचारीको नियुक्ति वा सरुवा गरिने ।

 

१४. नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषिक्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

▶ २५.२ प्रतिशत

  • जिडिपीमा क्षेत्रगत योगदान :
    • कृषि : २५.२ प्रतिशत । 
    • सेवा क्षेत्र : ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको ।
    • उद्योग : १४.१ प्रतिशतबाट घटेर १२.८ प्रतिशतमा झरेको । 
    • विद्युत् पहुँच : एक दशकमा विद्युत् उत्पादन ८२९ मेगावाटबाट तीन हजार ३८० मेगावाट पुगेको । 
    • रेमिट्यान्स : कुल विप्रेषणको योगदान २७.४ प्रतिशत रहेको ।
  • सरकारका आगामी आर्थिक लक्ष्य
    • प्रतिव्यक्ति आय : आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार  अमेरिकी डलर पु¥याइने ।
    • अर्थतन्त्रको आकार : अर्थतन्त्रलाई एक सय अर्ब अमेरिकी डलरनजिक पुर्‍याइने ।
    • विद्युत् उत्पादन : आगामी पाँच वर्षभित्र कुल जडित क्षमता पन्घ्र हजार मेगावाट पुर्‍याउने ।
    • आर्थिक वृद्धि : आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने ।
    • आरोग्य पर्यटन रणनीति
  • प्रमाणीकरणका तीन स्तर : 
    1. कांस्य : नेपाल आरोग्य प्रमाणित
    2. रजत : नेपाल आरोग्य उत्कृष्टता
    3. स्वर्ण : नेपाल आरोग्य धाम
  • सन् २०३० सम्मका प्रमुख लक्ष्य :
    • आरोग्य उन्मुख पर्यटकको सङ्ख्या ११ प्रतिशतले वृद्धि गरिने । पर्यटकको सन्तुष्टि स्तर ८.५ (१० मा) भन्दा माथि पु¥याइने ।
    • दुई हजार नयाँ जनशक्तिलाई तालिम दिइने र रोजगारीमा ३० प्रतिशत महिला, युवा र स्थानीयलाई प्राथमिकता दिइने ।
    • नमुना परियोजना : सन् २०२७ सम्ममा पोखरा वा काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रिट्रिट, लुम्बिनीमा ‘आरोग्य ग्राम’ र बुटिक हिल स्टेसन स्थापना गरिने ।
    • सरकारले आरोग्य पर्यटन प्रवर्धन गर्ने रणनीति अन्तर्गत नेपाल भ्रमणमा आउने पर्यटकलाई उनीहरूको रुचि र उद्देश्यका आधारमा सात वटा मुख्य समूह (स्रोत बजार) मा वर्गीकरण गरी पहिचान गरेको छ ।  

 

१५. १० औँ ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्स–२०२६’ मा ‘बेस्ट म्यानेज्ड कमर्सियल बैङ्क अफ दी इयर २०२६’ बाट सम्मानित हुने बैङ्क कुन हो ?

▶ एभरेस्ट बैङ्क

  • पुरस्कृत विधा र व्यक्तित्व/कम्पनी:
    • लाइफटाइम एचिभमेन्ट इन बिजनेस लिडरसिप २०२६ : हरिप्रसाद पाण्डे
    • बेस्ट म्यानेज्ड आइटी कम्पनी अफ दी इयर : कोडअभातार टेक प्रालि
    • कफी इन्डस्ट्री लिडरसिप एन्ड ब्रान्ड एक्सपान्सन अवार्ड : हिमालयन जाभा
    • हस्पिटालिटी ग्रोथ एन्ड इन्टरप्राइज एक्सिलेन्स अवार्ड : सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी
    • बेस्ट म्यानेज्ड कमर्सियल बैङ्क अफ दी इयर २०२६ : एभरेस्ट बैङ्क
    • बेस्ट बैङ्क इन डिजिटल फाइनान्सियल सर्भिसेज २०२६ : ग्लोबल आइएमई बैङ्क
    • बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अफ दी इयर २०२६ : गरिमा विकास बैङ्क
    • बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ दी इयर २०२६ : मञ्जुश्री फाइनान्स कं. लि.
    • बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अफ दी इयर २०२६ : नेपाल इन्स्योरेन्स कं.लि.
    • बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ दी इयर २०२६ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कं. लि.

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 176
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 224
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 216
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 397
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 195
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA