Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सातै प्रदेशको सरकारी कामकाजका भाषा

  • Ajnabee Khadka
  • May 07, 2026
  • 769

सातै प्रदेशको सरकारी कामकाजका भाषा

Official languages ​​of all seven provinces
  • नेपालको संविधानको धारा ७ (१) बमोजिम देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा,
  • संविधानको धारा ७ (२) अनुसार प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था,

नेपालको भाषा आयोगले वि.सं. २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कका आधारमा सातै प्रदेशका लागि सरकारी कामकाजको भाषाका रूपमा देहायका भाषाहरूलाई सिफारिस गरेको;

प्रदेश सरकारी कामकाजका थप भाषाहरू (नेपाली बाहेक)
कोशी प्रदेश मैथिली (११.६८%) र माक्थुङ/लिम्बू (६.७०%)
मधेश प्रदेश मैथिली (४१.७३%), भोजपुरी (१८.८१%) र वज्जिका (१८.४४%)
बागमती प्रदेश तामाङ (१७.९९%) र नेपाल भाषा/नेवारी (११.८२%)
गण्डकी प्रदेश मगर ढुट (९.६०%) र गुरुङ (८.४४%)
लुम्बिनी प्रदेश अवधि (१६.७०%), थारू (१३.५९%) र भोजपुरी (१०.९७%)
कर्णाली प्रदेश खस (६.३४%) र मगर ढुट (१.६०%)
सुदूरपश्चिम प्रदेश डोटेली (१८.०७%) र थारू (१४.८०%)
  • बागमती प्रदेश सरकारले वि.सं. २०८० मा ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन’ जारी गरी वि.सं. २०८१ वैशाख २४ गतेदेखि नेपाल भाषा (नेवार) र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा औपचारिक रूपमा लागू गरेको,
  • प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस (बागमती प्रदेशका लागि मात्र): हरेक साल वैशाख २४ (नेपाल भाषा (नेवार) र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा औपचारिक रूपमा लागू गरेको दिनलाई  "प्रदेश भाषा दिवस" का रूपमा मनाउन सुरु गरिएको,)
  • भाषा आयोगले प्रदेशगत रूपमा १% भन्दा बढी वक्ता भएका भाषाहरूमध्येबाट न्यूनतम २ वटा भाषा वा ६ प्रतिशतभन्दा बढी वक्ता सङ्ख्या भएका भाषाहरूलाई सिफारिस गर्ने नीति लिएको,
  • भाषा आयोगले वि.सं. २०७८ भदौ २१ गते सातै प्रदेशका लागि ११ वटा भाषाहरूलाई सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरेको,
  • नेपालमा प्रत्येक वर्ष चैत्र २९ गते राष्ट्रिय भाषा दिवस मनाइन्छ,
  • विश्वभर (नेपालमा समेत) प्रत्येक वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 235
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 298
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 262
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 429
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 224
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA