Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सातै प्रदेशको सरकारी कामकाजका भाषा

  • Ajnabee Khadka
  • May 07, 2026
  • 506

सातै प्रदेशको सरकारी कामकाजका भाषा

Official languages ​​of all seven provinces
  • नेपालको संविधानको धारा ७ (१) बमोजिम देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा,
  • संविधानको धारा ७ (२) अनुसार प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था,

नेपालको भाषा आयोगले वि.सं. २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कका आधारमा सातै प्रदेशका लागि सरकारी कामकाजको भाषाका रूपमा देहायका भाषाहरूलाई सिफारिस गरेको;

प्रदेश सरकारी कामकाजका थप भाषाहरू (नेपाली बाहेक)
कोशी प्रदेश मैथिली (११.६८%) र माक्थुङ/लिम्बू (६.७०%)
मधेश प्रदेश मैथिली (४१.७३%), भोजपुरी (१८.८१%) र वज्जिका (१८.४४%)
बागमती प्रदेश तामाङ (१७.९९%) र नेपाल भाषा/नेवारी (११.८२%)
गण्डकी प्रदेश मगर ढुट (९.६०%) र गुरुङ (८.४४%)
लुम्बिनी प्रदेश अवधि (१६.७०%), थारू (१३.५९%) र भोजपुरी (१०.९७%)
कर्णाली प्रदेश खस (६.३४%) र मगर ढुट (१.६०%)
सुदूरपश्चिम प्रदेश डोटेली (१८.०७%) र थारू (१४.८०%)
  • बागमती प्रदेश सरकारले वि.सं. २०८० मा ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन’ जारी गरी वि.सं. २०८१ वैशाख २४ गतेदेखि नेपाल भाषा (नेवार) र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा औपचारिक रूपमा लागू गरेको,
  • प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस (बागमती प्रदेशका लागि मात्र): हरेक साल वैशाख २४ (नेपाल भाषा (नेवार) र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा औपचारिक रूपमा लागू गरेको दिनलाई  "प्रदेश भाषा दिवस" का रूपमा मनाउन सुरु गरिएको,)
  • भाषा आयोगले प्रदेशगत रूपमा १% भन्दा बढी वक्ता भएका भाषाहरूमध्येबाट न्यूनतम २ वटा भाषा वा ६ प्रतिशतभन्दा बढी वक्ता सङ्ख्या भएका भाषाहरूलाई सिफारिस गर्ने नीति लिएको,
  • भाषा आयोगले वि.सं. २०७८ भदौ २१ गते सातै प्रदेशका लागि ११ वटा भाषाहरूलाई सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरेको,
  • नेपालमा प्रत्येक वर्ष चैत्र २९ गते राष्ट्रिय भाषा दिवस मनाइन्छ,
  • विश्वभर (नेपालमा समेत) प्रत्येक वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ,

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 39
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 50
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 148
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 184
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 90
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA