नोबेल साहित्य पुरस्कार, २०२६
- पुरस्कार घोषणा मिति: वि.सं. २०८३ साल असोज २२ गते (सन् २०२६ अक्टोबर ८) — स्वीडेनको स्टकहोमस्थित स्वीडिस एकेडेमी (Swedish Academy) ले यो पुरस्कार घोषणा गरेको,
- सन् २०२६ को नोबेल साहित्य पुरस्कार प्राप्त गर्ने स्रष्टा: एन कार्सन (Anne Carson) — नोबेल साहित्य पुरस्कारको १२६ वर्षभन्दा लामो इतिहासमा कार्सन यो पुरस्कार जित्ने १९औँ महिला
- स्वीडिस एकेडेमीका अनुसार उनलाई "शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसिक र नवीन कृतिहरूका लागि (for her bold and inventive oeuvre that, in playful dialogue with the classical tradition, has created new forms for contemporary literature)" यो पुरस्कार प्रदान गरिएको,
- पुरस्कारको राशि: कुल १ करोड २० लाख स्विडिस क्रोनर (करीब १२ लाख अमेरिकी डलर)
- पुरस्कार वितरण हुने ऐतिहासिक दिन: हरेक वर्ष झैँ नोबेल पुरस्कारको संस्थापक अल्फ्रेड नोबेल (Alfred Nobel) को स्मृति दिवसको अवसरमा डिसेम्बर १० मा स्विडेनको स्टकहोममा प्रदान गरिने,
- सन् २०२५ को नोबेल साहित्य पुरस्कारको विजेता: लाज्लो क्राज्नाहोर्काई (László Krasznahorkai)