नोबेल पुरस्कार, २०२६: अर्थशास्त्र तर्फ
- पुरस्कारको अधिकारिक नाम: अल्फ्रेड नोबेलको स्मृतिमा अर्थशास्त्रतर्फको स्वेरिजेस रिस्कबैंक पुरस्कार, २०२६ (Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 2026)—अर्थशास्त्रतर्फको यो पुरस्कार नोबेलको मूल पाँच विधामा नभई सन् १९६८ मा स्विडिस केन्द्रीय बैंक (Sveriges Riksbank) द्वारा स्थापित गरिएको र पहिलो पटक सन् १९६९ मा प्रदान गरिएको,
- अर्थशास्त्र (Economics) तर्फको नोबेल पुरस्कार घोषणा मिति: सन् २०२६ अक्टोबर १२ मा (वि.सं. २०८३ असोज २६ गते)
- पुरस्कार प्रदान गरिनुको प्रमुख कारण: उनीहरूलाई "समष्टिगत आर्थिक स्थिरीकरणको व्यष्टिगत आर्थिक आधार (For microeconomic foundations of macroeconomic stabilisation)" सम्बन्धी मौलिक अनुसन्धानका लागि यो पुरस्कार दिइएको,
- पुरस्कार घोषणा गर्ने निकाय: स्वीडेनको स्टकहोमस्थित 'शाही स्वीडेनी विज्ञान प्रतिष्ठान (The Royal Swedish Academy of Sciences)'— यो संस्था भौतिकशास्त्र (Physics), रसायनशास्त्र (Chemistry), र अर्थशास्त्र (Economic Sciences) तर्फका नोबेल पुरस्कार विजेताहरूको अन्तिम छनोट र घोषणा गर्ने आधिकारिक निकाय
- पुरस्कारको राशि: कुल १ करोड २० लाख स्विडिस क्रोनर (करीब १२ लाख अमेरिकी डलर)— दुवै जना विजेतामा बराबर (१/२ का दरले) बाँडिने,
- पुरस्कार वितरण हुने ऐतिहासिक दिन: हरेक वर्ष झैँ नोबेल पुरस्कारको संस्थापक अल्फ्रेड नोबेल (Alfred Nobel) को स्मृति दिवसको अवसरमा डिसेम्बर १० मा स्विडेनको स्टकहोममा प्रदान गरिने,
नोबेल पुरस्कार, २०२६: अर्थशास्त्र तर्फको विजयताहरु:
| क्रम | विजयताको नाम | विवरण |
| १. | रोबर्ट ई. हल (Robert E. Hall) |
|
| २. | माइकल वुडफोर्ड (Michael Woodford) |
|