Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको पहिलो राष्ट्रिय आर्थिक जनगणना २०७५: मुख्य नतिजाहरू

  • Ajnabee Khadka
  • March 02, 2026
  • 516

नेपालको पहिलो राष्ट्रिय आर्थिक जनगणना २०७५: मुख्य नतिजाहरू

Nepal's First National Economic Census 2075: Key Results

जनगणनाको सामान्य रूपरेखा:

  • सञ्चालन अवधि: २०७५ वैशाख १ देखि जेठ ३१ सम्म
  • सन्दर्भ मिति: २०७५ वैशाख १ गते
  • मुख्य उद्देश्य: आर्थिक नीति निर्माण, योजना तर्जुमा र राष्ट्रिय लेखा प्रणालीलाई सुदृढ बनाउन आधारभूत तथ्याङ्क सङ्कलन गर्नु

प्रतिष्ठानको अवस्था र दर्ता स्थिति:

  • कुल प्रतिष्ठान संख्या: ९,२३,३५६
  • दर्ताको अवस्था:
    • दर्ता भएका: ४,६२,६०५ (५०.१%)
    • दर्ता नभएका: ४,६०,४२२ (४९.९%)
  • स्वामित्व र व्यवस्थापन:
    • पुरुष व्यवस्थापक: ७०.२६% (६,४८,७७३)
    • महिला व्यवस्थापक: २९.६१% (२,७३,४३६)
  • साङ्गठनिक स्वरूप: ८९.३६% प्रतिष्ठानहरू एकल एकाइ (Single Unit) का रूपमा सञ्चालित,

जनशक्ति र रोजगारीको अवस्था:

विवरण पुरुष महिला कुल
कुल जनशक्ति २०,१२,२३७ (६२.३%) १२,१६,२२० (३७.७%) ३२,२८,४५७
औसत जनशक्ति - - ३.५ जना प्रति प्रतिष्ठान
  • विशेष नोट: १० जना वा सोभन्दा बढी जनशक्ति भएका ठूला प्रतिष्ठानहरू केवल ४.६% मात्र रहेका छन्, जसले नेपालमा साना व्यवसायको बाहुल्यता देखाउँछ।

कुन क्षेत्रमा सबैभन्दा बढी लगानी र जनशक्ति छ?

  • थोक तथा खुद्रा व्यापार: ५३.९४% प्रतिष्ठान र ३०.६१% जनशक्ति (सबैभन्दा ठूलो क्षेत्र)
  • शिक्षा: प्रतिष्ठान संख्या ४.४२% मात्र भए तापनि १५.९०% (५,१३,३३६) जनशक्ति यसै क्षेत्रमा आबद्ध,
  • आवास तथा खाना (होटल): १४.१४% प्रतिष्ठानहरू
  • औद्योगिक उत्पादन (Manufacturing): ११.२७% प्रतिष्ठान र १५.८१% जनशक्ति

प्रादेशिक उपस्थिति:

  • सबैभन्दा बढी व्यावसायिक गतिविधि: बागमती प्रदेश (२,८२,९२० प्रतिष्ठान)
  • सबैभन्दा कम व्यावसायिक गतिविधि: कर्णाली प्रदेश (४२,८०७ प्रतिष्ठान)

व्यावसायिक सञ्चालन र भौतिक पूर्वाधार:

  • सञ्चालन समय: ५१.३०% प्रतिष्ठानहरू दैनिक १२ घण्टा वा सोभन्दा बढी खुल्छन्
  • सञ्चालन स्थान:
    • ४६.१८% भाडाको घर/कोठामा
    • ४३.४१% आफ्नै स्वामित्वको भवनमा
    • ४१.८४% व्यवसायी आफ्नै बसोबास गर्ने घरमै व्यवसाय गर्छन्
  • क्षेत्रफल: ५७.२४% प्रतिष्ठानहरू १०० देखि ४९९ वर्गफिटको सानो क्षेत्रमा खुम्चिएका,

नेपाली प्रतिष्ठानहरूको आर्थिक पारदर्शिता र ऋणको अवस्था:

  • लेखा स्रेस्ता: ५२.४३% प्रतिष्ठानले कुनै पनि प्रकारको लिखित लेखा राख्ने नगरेका,
  • ऋणमा पहुँच: केवल ३५.६% प्रतिष्ठानले मात्र व्यवसायिक ऋण लिएका,
    • सहकारी, व्यक्तिगत वा अन्य स्रोतबाट: १७.५%

वस्थापकहरूको जनसांख्यिकीय विवरण:

  • उमेर: सबैभन्दा बढी सक्रिय व्यवस्थापकहरू ३०-३९ वर्ष (३३.७६%) उमेर समूहका,
  • राष्ट्रियता:
    • नेपाली नागरिक: ८८.५५%
    • भारतीय नागरिक: १.०८%
    • अन्य मुलुक: ०.०४%

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 68
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 83
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 49
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 39
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA