Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय चलचित्र दिवस, २०८३

  • Ajnabee Khadka
  • October 01, 2026
  • 445

राष्ट्रिय चलचित्र दिवस, २०८३

National Film Day, 2083
  • दिवस मनाइने नयाँ मिति: यस वर्षदेखि हरेक वर्षको असोज १५ गतेका दिन राष्ट्रिय चलचित्र दिवस मनाउन थालिएको — यसभन्दा अघिका वर्षहरूमा चलचित्र विकास बोर्डको स्थापना दिनको स्मरणमा असोज १ गते यो दिवस मनाउने गरिएको,
  • परिवर्तनको निर्णय: चलचित्र विकास बोर्डको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं. २०८२ असार १३ गतेको बैठकले असोज १५ लाई स्थायी रूपमा चलचित्र दिवस मनाउने घोषणा गरेको,
  • चलचित्र दिवस परिवर्तनको आधार: नेपालमा निर्मित पहिलो कथानक चलचित्र 'आमा' वि.सं. २०२२ असोज १५ गते (सन् १९६४ अक्टोबर ७) मा पहिलो पटक प्रदर्शन भएको ऐतिहासिक दिनलाई आधार मानी यो मिति तय गरिएको,
  • दिवसको औपचारिक सुरुवात: चलचित्र विकास बोर्डको पहलमा वि.सं. २०६९ सालदेखि नेपालमा औपचारिक रूपमा चलचित्र दिवस मनाउन थालिएको,

नेपालको चलचित्र क्षेत्रका विशेष तथ्यहरू:

विषय / शीर्षक लोकसेवा सान्दर्भिक तथ्य (विवरण)
नेपाली भाषाको पहिलो चलचित्र 'सत्य हरिश्चन्द्र' (वि.सं. २००८, भारतको कलकत्तामा डि.बी. परियारद्वारा निर्मित)
नेपालमा निर्मित पहिलो चलचित्र 'आमा' (वि.सं. २०२१ असोज १५, सूचना विभागद्वारा निर्मित, निर्देशक: हीरासिंह खत्री)
पहिलो पटक सर्वसाधारणलाई सिनेमा प्रदर्शन वि.सं. १९५८ वैशाख २६ (राणा प्रधानमन्त्री देवशमशेरको पालामा टुँडिखेलमा)
नेपालको पहिलो सिनेमा हल काठमाडौँ सिनेमा घर (पछि 'जनसेवा सिनेमा', वि.सं. २००६ मंसिर २६ मा न्यूरोडमा उद्घाटन)
नेपालको पहिलो निजी ब्यानरको चलचित्र 'माइतीघर' (वि.सं. २०२३, सुमनञ्जली फिल्म्स प्रा.लि., निर्देशक: बि.एस. थापा)
नेपालको पहिलो रङ्गिन चलचित्र 'कुमारी' (वि.सं. २०३४, पहिलो इष्टम्यान कलर, निर्देशक: प्रेमबहादुर बस्नेत)
पहिलो राष्ट्रिय चलचित्र पुरस्कार वि.सं. २०६२ असार २७ (चलचित्र विकास बोर्डद्वारा औपचारिक सुरुवात गरिएको)
पहिलो सफल व्यावसायिक चलचित्र 'माइतीघर' (वि.सं. २०२३)
पहिलो नेपाली चलचित्र विकास निगम शाही नेपाल चलचित्र संस्थान (स्थापना: वि.सं. २०२८ कात्तिक १६ गते)
पहिलो आधुनिक/डिजिटल चलचित्र 'कागबेनी' (वि.सं. २०६४, निर्देशक: भूषण दाहाल)
पहिलो राष्ट्रिय चलचित्र दिवस वि.सं. २०६९ असोज १ (नोट: वि.सं. २०८२ देखि यो दिवस असोज १५ गते मनाउन थालिएको,)
पहिलो नेपाली महिला निर्देशक सुचिता श्रेष्ठ (चलचित्र: 'प्रेमयुद्ध', वि.सं. २०५९)
पहिलो अभिनेता/अभिनेत्री क्रमशः चलचित्र 'आमा' बाट शिवशंकर मानन्धर र भुवन चन्द
पहिलो गीति-चलचित्र 'गौँथली' (वि.सं. २०६१, संवादहरू पनि गीतकै माध्यमबाट प्रस्तुत गरिएको चलचित्र)
बालकृष्ण समको कृतिमा आधारित चलचित्र 'प्रेमपिण्ड' (वि.सं. २०५०, निर्देशक: यादव खरेल, नाटक 'प्रेमपिण्ड' मा आधारित)
नेवारी भाषाको पहिलो चलचित्र 'शिलु' (वि.सं. २०४४, निर्देशक: प्रदीप उपाध्याय)
चलचित्र विकास बोर्डको स्थापना वि.सं. २०५७ असार १६ गते (चलचित्र निर्माण, प्रदर्शन र प्रवर्द्धनका लागि गठित)
सर्वाधिक आम्दानी गर्ने नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी 
एकै दिन सर्वाधिक आम्दानी गर्ने चलचित्र पूर्णबहादुरको सारङ्गी; प्रदर्शनको एक दिनमा करिब ३ करोड ८९ लाख रुपैयाँ ग्रस आम्दानी गरेको,
१ करोड क्लबमा प्रवेश गर्ने पहिलो चलचित्र 'लुट' (वि.सं. २०६८, व्यावसायिक रूपमा १ करोड कमाउने पहिलो चलचित्र)
हिन्दी भाषामा डब भई रिलिज पहिलो चलचित्र 'प्रेम गीत ३' (वि.सं. २०७९, भारतका हलहरूमा 'इन्डो-नेपाली' चलचित्रका रूपमा भव्य रिलिज भएको)
राजेश हमालको पहिलो चलचित्र 'युगदेखि युगसम्म' (वि.सं. २०४६, निर्देशक: दीपक रायमाझी)
गुरुङ भाषाको पहिलो चलचित्र 'न्हम्स्यो न्होरी'
राई भाषाको पहिलो चलचित्र 'सायाबुङ' 
थारु भाषाको पहिलो चलचित्र 'जितभुज'

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 180
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 228
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 219
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 399
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 196
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA