नेपालको बजेट तर्जुमा प्रक्रिया
|
|
के गर्ने (चरण/कार्य)
|
कसले गर्ने (जिम्मेवार निकाय)
|
कहिले गर्ने (समयसीमा)
|
|---|---|---|---|
|
१.)
|
आवश्यकता र योजना पहिचान: मुलुक र नागरिकका आवश्यकता अनुसार नयाँ योजना तथा कार्यक्रम पहिचान गर्ने,
|
राष्ट्रिय योजना आयोग, विषयगत मन्त्रालय तथा सम्बन्धित निकाय
|
साउन–पुस
|
|
२.)
|
स्रोत अनुमान तथा MTEF तयारी: आगामी आवको रकम/खर्च अनुमान गर्ने र ३ वर्षको लागि मध्यमकालीन खर्च संरचना (MTEF) बनाउने,
|
राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्र बैंक
|
पुस–माघ
|
|
३.)
|
बजेट सीमा (Budget Ceiling) निर्धारण: प्रत्येक मन्त्रालय/निकायले पाउने बजेटको सीमा तोक्ने र मार्गदर्शन वितरण गर्ने,
|
राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय
|
माघ–फागुन
|
|
४.)
|
आयोजना तथा बजेट प्रस्ताव: सीमाभित्र रही प्राथमिकताका कार्यक्रम र बजेट प्रस्ताव गरी आयोजना बैंक (Project Bank) मा प्रविष्ट गर्ने,
|
मन्त्रालय, विभाग तथा सम्बन्धित कार्यालयहरू
|
फागुन
|
|
५.)
|
बजेट छलफल र छनोट: संसदमा नीति तथा कार्यक्रम पेस गर्ने; आयोजनाको आवश्यकता, प्राथमिकता र स्रोत हेरी अङ्क तय गर्ने,
|
राष्ट्रपति, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयहरू
|
चैत–वैशाख
|
|
६.)
|
बजेटको अन्तिम तयारी: संसदमा बजेटका सिद्धान्त र प्राथमिकता (Pre-Budget) पेस गर्ने र बजेट वक्तव्यलाई अन्तिम रूप दिने,
|
अर्थ मन्त्रालय
|
वैशाख–जेठ
|
|
७.)
|
संसदमा बजेट पेस: आगामी आर्थिक वर्षको आय-व्ययको विवरण (बजेट) संसदमा पेस गर्ने,
|
अर्थमन्त्री / नेपाल सरकार
|
जेठ १५ (संवैधानिक व्यवस्था)
|
|
८.)
|
छलफल, स्वीकृति र प्रमाणीकरण: बजेटमाथि दफावार छलफल गरी विनियोजन विधेयक पारित र प्रमाणीकरण गर्ने,
|
संघीय संसद र राष्ट्रपति
|
जेठ–असार
|
|
९.)
|
बजेट कार्यान्वयन: विनियोजित बजेट अनुसार योजना तथा कार्यक्रमको कार्यान्वयन सुरु गर्ने,
|
मन्त्रालय, विभाग तथा मातहतका कार्यालयहरू
|
असार–साउन (साउन १ देखि लागू)
|
स्रोत: नागरिक बजेट, आर्थिक वर्ष २०८३/०८४