काठमाडौं म्युनिसिपालिटी निर्वाचन, २००४
- नेपालको निर्वाचन इतिहासको पहिलो निर्वाचन,
- कानुनी आधार: राणा प्रधानमन्त्री पद्म शमशेरले जारी गरेको "नेपाल सरकार वैधानिक कानुन, २००४" को संवैधानिक सुधार योजना अन्तर्गत,
- निर्वाचन मिति: वि.सं.२००४ साल जेठ २९ गते
- वडा विभाजन: तत्कालीन काठमाडौं म्युनिसिपालिटीलाई २१ वटा वडामा विभाजन गरिएको,
- नगरपालिका बोर्ड: बोर्डमा कुल ३१ जना सदस्य रहने व्यवस्था थियो, जसमा २१ जना निर्वाचित र १० जना सरकारद्वारा मनोनीत
- मतपत्र वितरण र पहिचान: निर्वाचनको अघिल्लो दिन नै परिवारका पुरुष मतदाताको सङ्ख्या बमोजिम मतपत्रहरू घरघरमै पुर्याइएको र मतदाताको पहिचानका लागि घरको "ब्लक नम्बर (House Block No.)" प्रयोग गरिएको,
- मतदान केन्द्र: काठमाडौंका विभिन्न २२ वटा स्थानमा मतदान केन्द्रहरू तोकिएका,
- मतदानको उमेर: २१ वर्ष उमेर पूरा भएका बालिग नागरिकहरू (पुरुष मात्र) लाई मतदानको अधिकार दिइएको (यस निर्वाचनमा महिलाहरूलाई मताधिकारबाट वञ्चित गरिएको.)
- उम्मेदवारको योग्यता: उम्मेदवार बन्नका लागि न्यूनतम २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने, सरकारी जागिरे (निजामती वा जंगी अड्डाको कर्मचारी) नभएको हुनुपर्ने र सम्बन्धित वडाकै मतदाता हुनुपर्ने,
- बाकस प्रणाली: प्रत्येक उम्मेदवारका लागि छुट्टाछुट्टै रङका बाकस राखिएका,
- मतपेटिकाहरू खुला ठाउँमा राखिएको हुनाले कसले कुन बाकसमा मत खसाल्यो भन्ने कुरा वरपरका मानिसले स्पष्ट देख्न सक्दथे, जसले गर्दा मतदानको गोपनीयता कायम थिएन,
- निर्वाचन प्रतिशत: उक्त निर्वाचनमा करिब ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान गरिएको,
- निर्विरोध निर्वाचित: वडा नं. २१ बाट भुवनलाल प्रधान निर्विरोध निर्वाचित भएका,
- सभापति: मनोनीत सदस्य गेहेन्द्र शमशेर थापा
- उपसभापति: निर्वाचित सदस्य शंकरदेव पन्त
- निर्वाचित र मनोनीत सदस्यहरूबीच कार्यशैलीमा तालमेल नमिल्दा २१ निर्वाचित सदस्यमध्ये १६ जनाले सामूहिक राजीनामा दिएका,
- यो नगरपालिका बोर्ड वि.सं. २००७ को क्रान्तिसम्म सक्रिय रहेको,
- २००४ सालमै भक्तपुर र ललितपुर म्युनिसिपालिटीको पनि निर्वाचन सम्पन्न भएको;
- भक्तपुर: १० निर्वाचित र ४ मनोनीत सदस्य रहने व्यवस्था,
- ललितपुर: १२ निर्वाचित र ४ मनोनीत सदस्य रहने व्यवस्था,