अन्तराष्ट्रिय संघ संस्था: वस्तुगत प्रश्नोत्तर
| प्रश्न | उत्तर |
| संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? | सन् १९४५ अक्टुवर २४ |
| संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ? | ३१ |
| Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ? | विश्व वैंक |
| संयुक्त राष्ट्रसंघद्वारा सन १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ? | विश्व जनसंख्या वर्ष |
| अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ? | हेग |
| संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ? | ४८ |
| संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? | अन्तर्राष्ट्रिय न्यायालय |
| विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ? | वि.सं. २०१३ |
| संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ? | सन् १९४७ अक्टोवर २० देखि |
| संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ? | ५ वटा |
| संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ? | महासभा |
| नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पु¥याएको अन्तर्राष्ट्रिय संस्था कुन हो ? | UNESCO |
| नेपालले कहिले सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापनामा सहयोग पु¥याएको थियो ? | सन् १९६९-७० मा र पुनः १९८८-८९ |
| UNO सम्वद्ध कम विकसित, भूपरिवेष्ठित र साना टापुराष्ट्रहरूको विकाशोन्मुख मुलुक समूह कहिले गठन भयो ? | सन् २००१ |
| बंगलादेशले UNO को कहिले सदस्यता प्राप्त ग¥यो ? | सन् १९७४-९-१७ |
| UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ? | ILo |
| UNO को ५१ औंं संस्थापक सदस्य राष्ट्रका रूपमा हस्ताक्षर गर्ने राष्ट्र कुन हो ? | पोल्याण्ड |
| संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ? | अंग्रेजी र फ्रेन्च |
| राष्ट्रसंघ स्थापना गर्ने सन्धिलार्ई के भनिन्छ ? | भर्सिलिज सन्धि |
| राष्ट्रसंघ कुन प्रणाली अन्तर्गत रहेको थियो ? | अर्ध संगठन/अर्ध सम्मेलन |
| An Agenda for Peace प्रतिवेदन पेश गर्ने UNO का महासचीव को हुन् ? | डा.वुत्रोस वुत्रोस घाली |
| संयुक्त राष्ट्र संघको अंगहरू मध्ये हाल Function Lees भएको अंग कुन हो ? | जिम्मा जमानी परिषद |
| UNO को स्थापना गर्न कति ओटा वैठक बसेका थिए ? | ८ |
| स्वीजरल्याण्डले कहिले UNO को सदस्यता प्राप्त ग¥यो ? | सन् २००२ |
| सूरक्षा परिषदमा एफ्रो एशीयाली क्षेत्रबाट कति सदस्य छन् ? | ५ |
| संयुक्त राष्ट्र संघको आव्हानमा सन् २००० देखि २०१२ सम्मका लागि कुन दशकको रूपमा मनाउने निर्णय गरिएको छ ? | सयुक्त राष्ट्र संघीय साक्षरता दशक |
| सुडानको जनमत संग्रहको अनुगमन गर्ने उच्चस्तरीय राष्ट्र संघीय प्यानलमा चयन हुने नेपाली को हुन् ? | भोजराज पोखरेल |
| संयुक्त राष्ट्र संघले कहिलेसम्ममा विश्वमा आधा गरिबी घटाउने लक्ष्य लिएको छ ? | सन् २०१५ सम्ममा |
| अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको प्रधान कार्यालय कहाँ रहेको छ ? | मन्ट्रियल |
| संयुक्त राष्ट्रसंघमा अति कम विकसित, भुपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि उपमहासचीव बन्नु भएको नेपालकै प्रथम व्यक्तित्व को हो ? | ज्ञानचन्द्र आचार्य |
| वान कि मुनUNO को कति औंं महासचीव हुन् ? | ८ औं |
| विश्व हुलाक संघ (UPU) को प्रधान कार्यालय कहाँ छ ? | वर्न |
| UNO को सदस्यता स्थगित गर्ने पहिलो देश कुन हो ? | इण्डोनेशीया |
| अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) को प्रतिवेदन अनुसार विश्वका १५५ मुलुकहरू मध्ये सूचना प्रविधि विकास परिसूचकमा नेपाल कति औंं स्थानमा परेको छ ? | १३७ औं |
| विश्व बैंकको स्थापना कहिले भएको हो ? | सन् १९४५ डिसेम्बर २७ |
| संयुक्त राष्ट्र संघद्वारा मानव अधिकार घोषणा पत्र कहिले जारी गरीएको हो ? | सन् १९४८ |
| राष्ट्र संघको स्थापना कहिले भयो ? | १० जनवरी १९२० |
| राष्ट्रसंघ जनसंख्या कोषले सार्वजनिक गरेको विश्व जनसंख्याको अवस्था नामक प्रतिवेदनमा कम उमेरमा वच्चा जन्माउनेमा सवै भन्दा बढी कुन देशका नागरिक छन् र कति प्रतिशत छन ? | नाईजर, ५१ |
| UNO महासभालार्ई सम्बोधन गर्ने प्रथम नेपाली को हुन् ? | चुडाप्रसाद |
| “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ? | UNESCO |
| संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९ औंं शिखर सम्मेलन सन् २०१३ को नोभम्बर ११–२२ सम्म कुन देशमा भएको थियो ? | पोल्याण्ड |
| संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९२ राष्ट्र सम्मिलित १५ औं शिखर सम्मेलन कहिले भएको थियो ? | डिसेम्वर –१८, २००९ |
| संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १८ औंं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? | २६ नोभेम्बर देखि ७ डिसेम्बर २०१२, कतारको दोहामा |
| राष्ट्र संघ (League of Nations) को स्थापना हुँदा संस्थापक सदस्य राष्ट्र कति थिए ? | २७ |
| संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने पहिलो सार्क मुलुक भारत हो भने अन्तिम मुलुक कुन हो ? | वंगलादेश |
| UN को सदस्यता लिने हालसम्मको अन्तिम देश कुन हो ? | दक्षिण सुडान |
| संयुक्त राष्ट्रसंघको १९३ औंं सदस्यको रूपमा सदस्यता प्राप्त गर्ने देश कुन हो ? | दक्षिण सुडान |
| संयुक्त राष्ट्रसंघले सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो ? | अरबी |
| नेपाल सर्वप्रथम सदस्य वनेको संस्था कुन हो ? | ECAFE |
| सन् २०११ लार्ई संयुक्त राष्ट्र संघले कुन वर्षको रूपमा घोषणा गरेको थियो ? | अन्तर्राष्ट्रिय वन वर्ष |
| राष्ट्रसंघीय मिसन् UNMIN कहिलेदेखि नेपालबाट औंपचारिक रूपमा बिदा भयो ? | माघ १, २०६७ |
| राष्ट्रसंघको प्रमूख अंग कति थिए ? | ३ |
| UN को आधिकारिक वेभ साइटका अनुसार हाल UNO का विशिष्टिकृत संस्था कति रहेका छन् ? | १५ |
| UNO सूरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरूको निर्वाचन कसरी गरिन्छ ? | भौगोलिक क्षेत्रको कोटामा महासभाको दुई तिहाई बहुमतबाट |
| संयुक्त राष्ट्रसंघका महासभाका मुख्य समितिहरू कति ओटा छन् ? | ६ वटा |
| संयुक्त राष्ट्रसंघको महासभाको बैठक कहिलेदेखि सुरु हुन्छ ? | प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबार |
| UNO सूरक्षा परिषदमा कसलार्ई Veto प्रयोग गर्ने अधिकार छ ? | ५ स्थायी सदस्य राष्ट्रहरूलार्ई |
| UNO महासभामा प्रत्येक सदस्य राष्ट्रले ५–५ जना प्रतिनिधि पठाउने सक्ने भएता पनि मतदानमा कति सहभागी हुन पाउने व्यवस्था छ ? | १ जना |
| महासभामा महत्वपूर्ण विषयमा निर्णय गर्दा कति बहुमतले अनुमोदन गर्नुपर्छ ? | दुई तिहाई |
| संयुक्त राष्ट्रहरूको कुन अंगलार्ई निषेधाधिकार (Veto) प्रयोग गर्ने अधिकार छ ? | सूरक्षा परिषद |
| अहिलेसम्म सबैभन्दा धेरै पटक नोबल पुरस्कार पाउने संस्था कुन हो ? | UNHCR |
| संयुक्त राष्ट्रसंघका महासचीव वान कि मुनको दोश्रो कार्यकाल कहिलेदेखि कहिले सम्म हो ? | सन् २०१२ जनवरीदेखि २०१६ डिसेम्बरसम्म |
| League of Nation का प्रथम महासचीव को हुन् ? | James Eric Drummond |
| सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरू UN को कुन धारा अन्तर्गत स्थापना भएका हुन् ? | धारा ५२ |
| संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्था ICAO(International Civil Aviation Organization ) को कार्यालय कहाँ रहेको छ ? | मन्ट्रियल |
| अमेरिकी राष्ट्रपति Woodrow Wison को सक्रिय सहभागितामा स्थापना भएको Legue of Nation को प्रधान कार्यालय कहाँ रहेको थियो ? | जेनेभा |
| अन्तर्राष्ट्रिय न्यायालयको गणपुरक संख्या कति हो ? | ९ |
| संयुक्त राष्ट्र संघको वडापत्रमा २६ जुन १९४५ मा हस्ताक्षर गरियो भने उक्त वडापत्रमा हस्ताक्षर गर्ने पोल्याण्ड सहित कति संस्थापक राष्ट्रहरू रहेका थिए ? | ५१ |
| संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलार्ई जान्छ ? | फ्रयांकलिन रुजवेल्ट |
| संयुक्त राष्ट्र संघका आधिकारिक भाषा कति रहेका छन् ? | ६ |
| अरवी भाषालार्ई सन् १९७३ मा साधारणसभाले आधिकारिक भाषाको रूपमा मान्यता दिएको हो, भने सूरक्षा परिषदले कहिले मान्यता दिएको हो ? | सन् १९८२ |
| संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने आधारहरूमा देहायको कुन भनाइ सहि छैन ? | ख) लगातार २ वर्ष सम्म आर्थिक सहयोग |
| सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र बेलायतले कुन निर्णय विरुद्ध Veto प्रयोग गरेको थियो ? | इजिप्टबाट Anglo French सैनिक हटाउने निर्णय |
| संयुक्त राष्ट्रसंघको विचार विमर्श गर्ने प्रमूख विमर्शकारी अंग कुन हो ? | महासभा |
| कम्वोडियाको भाषालार्ई खमेर भनिन्छ, भने मले कुन देशको भाषा हो ? | ब्रुनाइ |
| कस्ता विषयहरूमा महासभाले वहुमतको आधारमा निर्णय लिन सक्छ ? | साधारण बिषयहरुमा |
| सूरक्षा परिषदमा कति सदस्य रहेका छन् ? | १५ |
| सूरक्षा परिषदको अस्थायी सदस्यहरूको निर्वाचन कति वर्षको लागि गरिन्छ? | २ |
| सूरक्षा परिषदका १० अस्थायी राष्ट्र मध्ये पूर्वी यूरोप राष्ट्र र पश्चिम यूरोप राष्ट्र तथा अन्यबाट क्रमशः कति राष्ट्र चुनिन्छन् ? | पूर्वी यूरोप १ र पश्चिम यूरोप २ |
| आर्थिक तथा सामाजिक परिषदमा कति सदस्य रहन्छन् ? | ५४ |
| आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरू कति वर्षको लागि चुनिन्छन् ? | ३ वर्ष |
| आर्थिक तथा सामाजिक परिषदमा एशिया महादेश बाट ११ राष्ट्र तथा ल्याटिन अमेरिका बाट १० वटा राष्ट्र चुनिन्छन्, भने पूर्वी यूरोप, अफ्रिका र पश्चिम यूरोप तथा अन्य राष्ट्रबाट क्रमशः कति राष्ट्र चुनिने व्यवस्था छ ? | पूर्वी यूरोप ६, अफ्रिका १४ र पश्चिम यूरोप १३ |
| अन्तर्राष्ट्रिय न्यायलयका न्यायधिशहरूको पदावधि कति वर्षको हुन्छ ? | ९ वर्ष |
| अन्तर्राष्ट्रिय न्यायलयमा एक जना प्रमूख न्यायधीश हुन्छन, भने उनको कार्यकाल कति वर्षको हुन्छ ? | ३ वर्ष |
| अन्तर्राष्ट्रिय न्यायलयको प्रधान कार्यालय कहाँ रहेको छ ? | नेदरल्याण्डको हेग |
| अन्तर्राष्ट्रिय न्यायलयको औंपचारिक भाषा के–के हुन् ? | फ्रेन्च र अंग्रेजी |
| संयुक्त राष्ट्रसंघको प्रशासकीय अंग कुन हो ? | सचिवालय |
| UNO महासचीव तथा न्यायधीशहरूको नियुक्ति कसरी हुने व्यवस्था छ ? | सूरक्षा परिषदको सिफारिश र महासभाको २-३ बहुमतको आधारमा |
| संयुक्त राष्ट्रसंघको प्रथम महासचीव को र कुन देशका थिए ? | ट्रिग्वेली, नर्वे |
| संयुक्त राष्ट्रसंघको स्थापना कालदेखि हालसम्म कति जना महासचीवहरूको नियुक्ति भएको छ ? | ८ जना |
| नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त ग¥यो ? | १४ डिसेम्वर १९५५ |
| सन् १४ डिसेम्वर १९५५ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेका थिए, भने त्यस कार्यलार्ई के भनिन्छ ? | Package deal |
| नेपालसँगै संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने राष्ट्रहरू अष्ट्रिया, इटाली, पोर्चुगल, कम्वोडिया लगायतका १६ राष्ट्र थिए, भने एक मात्र दक्षिण एशियाली राष्ट्र जसले नेपालसँगै UN को सदस्यता प्राप्त गरेको थियो त्यो कुन हो ? | श्रीलंका |
| सन् १९४७ को अक्टोवर २० देखि प्रयोगमा ल्याइएको संयुक्त राष्ट्र संघको झन्डाको विशेषता देहाएको मध्ये कुन होइन ? | क) परेवाको प्रतिक चिन्ह रहेको |
| संयुक्त राष्ट्र संघको वजेटमा सबैभन्दा बढी योगदान गर्ने देशहरूको समूहलार्ई के भनिन्छ ? | Big Seven |
| सूरक्षा परिषदमा सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र कुन हो ? | वेलायत |
| सूरक्षा परिषदमा सबैभन्दा बढी पटक Veto प्रयोग गर्ने राष्ट्र कुन हो ? | सोभियत रुस |
| Veto प्रयोग गर्ने अधिकार सूरक्षा परिषदका स्थायी सदस्य राष्ट्रलार्ई हुन्छ, भने देहायको कुन राष्ट्रलार्ई Veto प्रयोग गर्ने अधिकार छैन ? | क) जर्मन |
| संयुक्त राष्ट्र संघले सन् १९६७ लार्ई पर्यटन वर्ष, १९६८ लार्ई मानव अधिकार वर्ष को रूपमा मनायो भने सन् १९७५ र १९८५ लार्ई कुन–कुन वर्षको रूपमा मनायो ? | १९७५ नारी वर्ष, १९८५ युवा वर्ष |
| UN ले सन्् १९९० लार्ई अन्तर्राष्ट्रिय साक्षरता वर्षको रूपमा मनायो भने कुन वर्षलाई अन्तर्राष्ट्रिय पर्वतीय वर्षको रूपमा मनायो ? | सन् २००२ |
| संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ? | ऋषिकेश शाह |
| An Agenda for Peace, An Agenda for Development जस्ता प्रतिवेदन र कार्यपत्रको तर्जुमा गरी UN सुदृढ वनाउने महासचीव को हुन् ? | वुत्रोस वुत्रोस घाली |
| Quite Revolution नामक कार्यपत्र कुन महासचीवले प्रस्तुत गरेका थिए ? | कोफी अन्नान |
| संयुक्त राष्ट्रसंघको वडापत्रमा १०,००० शव्द रहेका छन्, भने कति धारा तथा अध्याय रहेका छन् ? | १११ धारा १९ अध्याय |
| संयुक्त राष्ट्रसंघको सदस्यताको लागि नेपालबाट प्रस्ताव लिएर जाने व्यक्ति को हुन् ? | पदम वहादुर क्षेत्री |
| नेपालले सदस्यता UNO को लागि भएको मतदानमा महासभामा कतिवटा राष्ट्रको समर्थन प्राप्त गरेको हो ? | ५७ |
| नेपालले संयुक्तराष्ट्र संघको सदस्यता प्राप्त गर्न औंपचारिक रूपमा कहिले निवेदन दर्ता गराएको थियो ? | १३ फेब्रअरी १९४९ |
| नेपालले संयुक्तराष्ट्र संघको सदस्यताको लागि निवेदन दर्ता गराउँदा कुन भाषाको प्रयोग गरेको थियो ? | नेवारी |
| नेपालले संयुक्तराष्ट्र संघको सदस्यता प्राप्त गर्दा नेपालको प्रधानमन्त्री को थिए ? | टंकप्रसाद आचार्य |
| नेपालले संयुक्तराष्ट्र संघको महासभामा कहिलेदेखि भाग लिदै आइरहेको छ ? | सन् १९५६ |
| नेपालले संयुक्त राष्ट्र संघको महासभामा पहिलो पटक भाग लिनको लागि कसको नेतृत्वमा ६ सदस्यीय टोली पठाएको थियो ? | चुडाप्रसाद शर्मा |
| नेपाली सेनाले कहिलेदेखि संयुक्तराष्ट्र संघीय शान्ति सेनामा भाग लिदै आएको छ ? | सन् १९५८ |
| नेपाल सूरक्षा परिषदको अस्थायी सदस्यमा कतिपटक निर्वाचित भएको छ ? | २ पटक |
| नेपाल पहिलो पटक सूरक्षा परिषदको अस्थायी सदस्य राष्ट्रमा कहिले निर्वाचित भएको थियो ? | सन् १९६९ देखि १९७० सम्म |
| नेपाल सन् १९८८ देखि १९८९ सम्मको लागि सूरक्षा परिषदको अस्थायी राष्ट्रमा निर्वाचित भएको थियो, भने साधारण सभाको उपाध्यक्षमा कहिले निर्वाचित भएको थियो ? | सन् १९५६ |
| संयुक्त राष्ट्रसंघको पहिलो अधिवेशन कहिले र कहाँ भएको थियो ? | १९४६ जनवरी १०, लण्डन |
| विश्वको नगरसभा भनेर पनि चिनिने संयुक्तराष्ट्र संघको चार्टर कसले तयार गरेका थिए ? | आर्किवाल्ड म्याकलिक्सव |
| संयुक्तराष्ट्र संघीय शान्ति सेनालार्ई के भनिन्छ ? | Blue helmets |
| UNO महासचीवलार्ई अझ बढी अधिकार दिनुपर्छ भनी प्रस्ताव गर्ने महासचीव को हुन् ? | उथान्त |
| हालसम्म UNO महासभाको अध्यक्ष पदमा ३ जना महिलाले अध्यक्षता ग्रहण गरिसकेका छन् भने UNO महासभाको पहिलो महिला अध्यक्ष को हुन् ? | विजय लक्ष्मी पण्डित, भारत |
| UNO वडापत्रको कुन धारा २ पटक संशोधन भएको थियो ? | ६१ |
| संयुक्तराष्ट्र संघीय विश्वविद्यालय कहाँ रहेको छ ? | टोकियो, जापान |
| UNO मानव अधिकार पुरस्कारको स्थापना कहिले गरिएको हो ? | सन् १९६६ |
| UNO का वर्तमान महासचीव वान कि मुनले कहिलेदेखि आफ्नो पद सम्हालेका थिए ? | सन् २००७ जनवरी १ |
| UNO को प्रथम उपमहासचीव को हुन् ? | लुइस फ्रेसेट |
| हालसम्मका महासचीव मध्ये दुई कार्यकाल व्यतित नगर्ने महासचीवहरू को–को हुन् ? | ट्रिग्वेली र वुत्रोस वुत्रोस घाली |
| संयुक्त राष्ट्र संघको नेपाल कति औंं सदस्य राष्ट्र हो ? | ७२ औं |
| हवाइ दुर्घटनामा परी मूत्यु हुने UNO का महासचीव को हुन् ? | ड्रयाग ह्यामर शोल्ड |
| सन् १९६५ मा UNICEF ले नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो भने ILO ले कहिले नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो ? | सन् १९६९ |
| संयुक्त राष्ट्र संघको सबैभन्दा ठूलोे पदक कुन हो ? | नान्सेन |
| विश्व मानव अधिकारको घोषणा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट कहिले पारित भएको थियो ? | १० डिसेम्वर १९४८ |
| संयुक्त राष्ट्र संघको सदस्य नभएता पनि खर्च व्यहोर्ने राष्ट्र कुन हो ? | होली सी |
| सदस्य राष्ट्रले संयुक्त राष्ट्र संघलार्ई वुझाउनु पर्ने रकम कति वर्षसम्म नवुझाए मतदानमा भाग लिन पाउदैनन् ? | २ वर्ष |
| संयुक्त राष्ट्रसंघको वडापत्रको धारा १ मा के कुरा उल्लेख छ ? | उद्धेश्य |
| UNO ले पहिलो पटक महिलाहरू मात्र रहेको शान्ति सैन्य टोली कुन देश पठाएको थियो ? | लाईवेरिया |
| UNO को महासभामा सबैभन्दा बढी समय भाषण गर्ने व्यक्ति क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम समय (३० सेकेन्ड) मात्र वोल्ने व्यक्ति को हुन् ? | दावा छिरिङ,भूटान |
| UNO का विशिष्टीकृत संस्था मध्ये नेपाल सर्वप्रथम कुन संस्थाको सदस्य वनेको थियो ? | FAO |
| संयुक्त राष्ट्र संघको सबैभन्दा कान्छो राष्ट्र दक्षिणी सुडान कहिले UN को सदस्य भएको थियो ? | १४ जुलार्ई २०११ |
| विश्व वैंकको स्थापना कहिले भएको थियो ? | १९४७ नोभेम्बर १४ |
| IAEA को स्थापना कहिले भएको थियो ? | सन् १९५७ |
| तलका मध्ये कुन अल्प विकसित राष्ट्र होइन ? | क) श्रीलंका |
| संयुक्त राष्ट्र संघको अल्पविकसित राष्ट्रको सूची (LDCS) मा कति राष्ट्र छन् ? | ४९ राष्ट्र |
| संयुक्त राष्ट्र संघले LDC (अल्प विकसित राष्ट्र को) वर्गिकरण कहिले गरेको हो ? | सन् १९७१ |
| अल्पविकसित राष्ट्रबाट विकासशिल राष्ट्रको सूचीमा पर्न प्रतिव्यक्ति राष्ट्रिय आय(GNI Per Capita) कति अमेरिकी डलर हुनुपर्ने व्यवस्था छ ? | १९९० अमेरिकी डलर |
| सन् २०१३ मा नेपालका लागि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि को नियुक्त भएको छ ? | दुर्गाप्रसाद भट्टराई |
| संयुक्त राष्ट्रसंघीय छाताभित्रका अति कम बिकसित र टापु राष्ट्रका लागि उपमहासचीव पदमा नेपालका ज्ञानचन्द्र आचार्य कहिले नियुक्त भएका थिए ? | 14 Aug. 2012 |
| GATT को पूरा रुप (Full From) के हुन्छ ? | General Agreement on Tariff & Trade |
| विश्व खाद्य संगठन FAO को रिपोर्ट अनुसार विश्वमा उत्पादित कूल खाद्यान्नको कति भाग खाद्य पदार्थ खेर गएर सकिएको छ ? | एक तिहाई |
| विश्व स्वास्थ्य संगठन (WHO) ले कहिलेदेखि प्रत्येक वर्ष अप्रिल २५ मा विश्व औंलो दिवस मनाउने गरेको हो ? | सन् २००८ |
| अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को पहिलो महिला प्रमूख को हो ? | क्रिस्टिना ल्यागार्ड (फ्रान्स) |
| UNO को सदस्यता त्याग गरी पुन सदस्यता प्राप्त गर्ने मुलुक कुन हो ? | इण्डोनेसिया |
| असंलग्न आन्दोलन (NAM) को स्थापना कहिले र कहाँ भएको हो ? | १९६१, बेलग्रेड |
| मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको स्थापना कहिले भएको थियो ? | सन् १९३१ |
| UNICEF को स्थापना कहिले भएको थियो ? | सन् १९४६ |
| महिलाका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषको स्थापना कहिले भएको थियो ? | सन् १९७६ |
| संयुक्त राष्ट्र संघमा सन् १९५५ मा नेपालसंगै सदस्यता पाउने अर्को एशियाली राष्ट्र कुन थियो ? | कम्बोडिया |
| महिला र पुरुषवीच समानता कायम रहनुपर्छ भन्ने पहिलो अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ? | मानव अधिकार सम्बन्धी वडापत्र |
| नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)को सदस्यता कहिले प्राप्त गरेको हो ? | ३० अगष्ट १९६६ |
| नेपालले विश्व बैंक (WB/IBRD)को सदस्यता कहिले प्राप्त गरेको हो ? | ६ सेप्टेम्बर १९६१ |
| विश्व पर्यटन संगठन(UNWTO) को प्रधान कार्यालय कहाँ रहेको छ ? | मेड्रिट, स्पेन |
| अन्तर्राष्ट्रिय कृषि विकास कोष( IFAD) को प्रधान कार्यालय कहाँ रहेको छ ? | इटाली, रोम |
| अन्तर्राष्ट्रिय कृषि विकास कोष(IFAD) को स्थापना कहिले भएको हो ? | सन् १९७७ |
| अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को स्थापना कहिले भएको हो ? | सन् १९१९ |
| अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को प्रधान कार्यालय कहाँ रहेको छ ? | जेनेभा, स्वीटजरल्याण्ड |
| खाद्य तथा कृषि संगठन (FAO) को प्रधान कार्यालय कहाँ रहेको छ ? | इटाली, रोम |
| खाद्य तथा कृषि संगठन (FAO) को स्थापना कहिले भएको हो ? | सन् १९४५ |
| अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ एम एफ)ले प्रयोग गर्ने मुद्रालार्ई के भनिन्छ ? | पेपर गोल्ड |
| अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रथम महिला अध्यक्ष कहाँकी हुनुहुन्छ ? | फ्रान्स |
| नेपालमा तत्कालीन सरकार र विद्रोही माओवादीको अनुरोधमा राष्ट्र संघीय मिसन् (UNMIN) को स्थापना कहिले गरिएको हो ? | वि.सं. २०६३-१०-९ |
| विश्व बैंकले नेपाललाई पहिलो प्राविधिक सहयोग कहिले दिएको थियो ? | सन् १९६४ |
| विश्व बैंकले नेपालमा पहिलो ऋण सहयोग कहिले दिएको थियो ? | १९६८ |
| विश्व बैंकले नेपालमा पहिलो ऋण सहयोग केमा दिएको थियो ? | टेलिकम्युनिकेशन प्रोजेक्ट |
| विश्व बैंकले नेपालको योजनागत विकासमा कुन योजना कार्यान्वयन गर्न सहयोग दिएर विकासमा सहयोग दिन शुरु गरेको थियो ? | दोश्रो पञ्चवर्षीय योजना |
| दक्षिणी सुडान संयुक्त राष्ट्रसंघको १९३ औंं सदस्य राष्ट्र कहिले बनेको हो ? | सन् २०११ जुलाई १४ |
| नेपालले अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (IMO) को सदस्यता कहिले प्राप्त गरेको हो ? | सन् १९७९ जनवरी ३१ |
| नेपालले अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAd) को सदस्यता कहिले प्राप्त गरेको हो ? | ५ मे १९७८ |
| नेपालले संयुक्त राष्ट्र संघीय औंद्योगिक विकास संगठन (UNIDO) को सदस्यता कहिले प्राप्त गरेको हो ? | १९८३ डिसेम्बर ९ |
| नेपालले विश्व जलवायु संगठन (wmo) को सदस्यता कहिले प्राप्त गरेको हो ? | सन् १९६६ अगस्त १२ |
| नेपालले अन्तर्राष्ट्रिय हुलाक संघ (UPU) को सदस्यता कहिले प्राप्त गरेको हो ? | सन् १९५६ जुलाइ ११ |
| नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार कोष (ITU) को सदस्यता कहिले प्राप्त गरेको हो ? | सन् १९५७ डिसेम्बर ५ |
| नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सदस्यता कहिले प्राप्त गरेको हो ? | सन् १९६१ सेप्टेम्बर ६ |
| नेपालले विश्व स्वास्थ्य संगठन (WHO) को सदस्यता कहिले प्राप्त गरेको हो ? | सन् १९५४ मे १० |
| नेपालले खाद्य तथा कृषि संगठन (FAO) को सदस्यता कहिले प्राप्त गरेको हो ? | सन् १९५१ नोभेबर २७ |
| भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कहिले पारित भएको थियो ? | ३१ अक्टुबर २००३ |
| भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिलाई नेपालले कहिले अनुमोदन गरेको हो ? | २३ फेब्रुवरी २०११ |
| भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कहिलेदेखि लागू भएको हो ? | १४ डिसेम्बर २००५ |
| नेपालले अपाङ्गता सम्वन्धी महासन्धिलाई कहिले पारित गरेको थियो ? | सन् २००६ |
| युनेस्कोले विश्व दस्तावेजमा सूचीकृत गरेको दुई पाण्डुलिपि मध्ये निश्वासक्तत्व संहिता तन्त्र सम्बन्धी ग्रन्थ हो भने अर्को सुरुता संहिता कुन विषयसँग सम्बन्धिन छ ? | आर्युवेद सम्बन्धी |
| संयुक्त राष्ट्र संघले कुन वर्षलाई अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष मनाउने घोषणा गरेको छ ? | सन् २०१४ |
| संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम कहिले शुरु भएको थियो ? | सन् १९७२ |
| नेपालले विश्व भन्सार संगठनको सदस्यता कहिले प्राप्त ग¥यो ? | २२ जुलाई १९८५ देखि |
| अन्तर्राष्ट्रिय श्रम संगठनको आयोजनामा आदिवासी जनजाति पहिलो विश्व सम्मेलन कहिले भयो ? | सन् १९५६ |
| संयुक्त राष्ट्रसंघले कुन वर्षलाई अन्तर्राष्ट्रिय आदिवासी वर्ष घोषणा ग¥यो ? | सन् १९९३ लाई |
| संयुक्त राष्ट्रसंघले कहिलेदेखि कहिलेसम्मको अवधिलाई विश्व आदिवासी दशकको रुपमा घोषणा ग¥यो ? | सन् १९९५ –२००४ |
| विशिष्टीकृत संस्थाका बारे UNO को वडापत्रको कुन धारामा व्यवस्था गरिएको छ ? | धारा ५७ |
| संयुक्त राष्ट्र संघबाट बालअधिकार सम्बन्धी महासन्धि कहिले पारित भएको हो ? | सन् १९८९ |
| नेपालले संयुक्त राष्ट्रसंघ अन्तर्गत सर्वप्रथम शान्ति सेना पठाएको मुलुक कुन हो ? | लेवनान |
| UNO को विशिष्टकृत संस्था र प्रधान कार्यालय जोडा | 1b2c3d4a (UPU-बर्न, WHO-जेनेभा, ICAO-मन्ट्रियल, UNID-भियाना) |
| संयुक्त राष्ट्रसंघको कुन अंगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र तयार गरेको थियो ? | आर्थिक तथा सामाजिक परिषद् |
| जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप १९ कुन ठाउँमा सम्पन्न भयो ? | पोल्याण्डको वार्सामा |
| जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप १९ कहिले भयो ? | सन् २०१३ नोभेम्वर ११ देखि २२ सम्म |
| कोप १९ मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व कसले गरेका थिए ? | दुर्गा भट्टराई |
| संयुक्त राष्ट्रसंघको मुख्य सचिवालय कहाँ रहेको छ ? | अमेरिकाको न्युयोर्क |
| संयुक्त राष्ट्र संघको वडापत्र कति पटक संशोधन भएको छ ? | ५ |
| मानव अधिकार सम्वन्धी घोषणापत्र महासभाको कुन निर्णयवाट पारित भएको हो ? | निर्णय नं. २१७ |
| UNO को जीवनका लागि पानी दशक कहिलेदेखि कहिलेसम्मका लागि घोषणा गरियो ? | २००५–२०१४ |
| विशिष्टकृत संस्था र प्रधान कार्यालय जोडा | 3a2b1c4d (WHO-जेनेभा, UPU-बर्न, FAO-रोम, UNESCO-पेरिस) |
| नेपालले पहिलोपटक कहिले संयुक्त राष्ट्रसंघ दिवस मनाएको थियो ? | सन् १९५६ अक्टुवर २४ |
| नेपालले UN सदस्यता लिँदा नेपाल समेत कति देशले सदस्यता लिएका थिए ? | १६ देश |
| संयुक्त राष्ट्रसंघले सन् २०१४ लाई कुन वर्षको रुपमा मनाउदै छ ? | अन्तर्राष्ट्रिय परिवार किसान वर्ष |
| संयुक्त राष्ट्रसंघका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि को हो ? | ऋषीकेश शाह |
| विश्व खाद्य कार्यक्रम (World Food program )को स्थापना कहिले भएको थियो ? | सन् १९६३ |
| तलका दिइएका मध्ये कसको पूरा रुप ठीक छ ? | घ) माथिका सबै |
| अन्तर्राष्ट्रिय सामुन्द्रिक सङ्गठनको प्रधान कार्यालय कहाँ रहेको छ ? | लण्डन |
| विश्व व्यापार संगठन (WTO) स्थापनाको पहिलो चरणको वार्ता सन् १९४८ मा कहाँ भएको थियो ? | स्विट्जरल्याडको जेनेभा |
| संयुक्त राष्ट्रसंघको स्थापनाको समयमा संयुक्त राज्य अमेरिकामा राष्ट्रपति को थिए ? | Harry S. Trumer |
| संयुक्त राष्ट्रसंघको साधारणसभाले कुन दिनलाई नेल्शन मण्डेला अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ? | जुलाई १८ |
| संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको स्थापना कहिले भएको हो ? | सन् १९६९ |
| संयुक्त राष्ट्रसंघको माहासभाको सम्बोधन गर्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन ? | बी.पी. कोइराला |
| एसिया तथा प्यासिफिक देशहरूको जनसंख्या सम्मेलन सेप्टेम्बर २०१३ मा कहाँ सम्पन्न भएको थियो ? | थाइल्याण्डको बैंकक |